सफल महिला व्यवसायी तथा समाजसेवीको रुपमा चिनिँदै जुना श्रेष्ठ
काठमाडौं, पुस- १२ ।
पोख्रेली दिदिबहिनी समुहमा विगत अठार वर्ष देखि आवद्द हुदै ट्रेजरको रुपमा रही विभिन्न समाजसेवामुलक कार्यमा अग्रसर जुना श्रेष्ठ समाज सेवाको क्षेत्रमा चिरपरिचित नाम हो ।
नयाँवजार, पोखरामा जन्मिएकि श्रेष्ठ विगत लामो समयदेखि काठमाडौंको चावहिलमा स्थायी रुपमा रहदै आएकि छिन ।
२०४३ सालमा विश्वकै उत्कृष्ट नोटको सुचीमा सुचीकृत नेपाली नोटका डिजाईनर सुन्दर श्रेष्ठसंगको बैवाहिक सम्बन्धमा गाँसिन पुगेकी श्रेष्ठ पेशाले एक सफल महिला व्यवसायीको रुपमा समेत चिनिन्छिन । श्रीमान संसारकै उत्कृष्ट भनिएको नेपाली नोटहरुको डिजाईनर भए संगै काठमाडौको बागबजारस्थित आईडल डिजाईनिङ सन्चालनमा आवद्दभए पछि उनी समेत त्यसैमा आवद्द हुन पुगिन ।
आईडल डिजाईनिङ नेपालमै फिल्मि क्षेत्रको पोस्टर डिजाईनिङमा सु-प्रसिद्द रहदै आएको छ । त्यसैगरी राजधानी तथा राजधानी बाहिर हुने विभिन्न इभेन्थरुको पोस्टर तथा अ...









