नेशनल बोस्टर म्यूजिक अवार्डमा पपुलर मोडल तर्फको अवार्ड कलाकार तथा संचारकर्मी राज लुईटेलले हात पारे
काठमाडौँ — फागुन १९।
राष्ट्रिय नाचघरमा सम्पन्न नेशनल बोस्टर म्यूजिक अवार्डमा यस वर्षको नेशनल बोस्टर पपुलर मोडल अवार्ड कलाकार तथा संचारकर्मी राज लुईटेलले हात पार्न सफल भएका छन ।
लुईटेललाई अवार्ड कार्यक्रमका प्रमुख अतिथी तथा पूर्व अर्थमन्त्री एवं वरिष्ठ रचनाकार एसपी कोईराला, वरिष्ठ संगीतकार राजु सिंह लगायतले उक्त अवाड प्रदान गरेका थिए । गायक स्वरुपराज आचार्यको स्वरमा रहेको मृत्यु पछि बोलको गीतमा मोडलिङ्ग गरेर कलाकार राज लुईटेलले पपुलर मोडलको अवार्ड जित्न सफल भएका हुन । रचनाकार भवानी पोख्रेलको शव्द रहेको गीतलाई लाल बहादुर सुब्वाले संगीत श्रृजना गरेका हुन भने ऐरेन्ज चन्दु गोर्खालीको रहेको थियो । भिडियोलाई छायांकार अमृत सुनुवारले खिचेका थिए । भिडियोको सम्पादन माधव बेलवासे र भिडियोको निर्देशन निर्देशक एवं संचारकर्मी नव ढुंगेलले गरेका थिए ।
पछिल्लो समय कलाकारिताका क्षेत्रबाट नेपाली ग...









