सिके राउतसँग गरिएको सम्झौता विवादित रहेको सत्तारुढ दलका नेता भीम रावलको दाबी, स्पष्ट पार्न सरकारसँग माग
काठमाडौँ — फागुन २६।
सत्तारुढ दलका नेता भीम रावलले सरकार र सिके राउतबीच भएको सम्झौताको केही शब्दबारे स्पष्ट गराउन माग गरेका छन् ।
आइतबारको प्रतिनिधि सभाको बैठकमा बोल्दै नेता रावलले राउतसँगभएका ११ बुँदे सहमतिका केही शब्दहरु विवादित रहेको भन्दै यसबारे स्पष्ट पार्न सरकारसँग माग गरेका हुन् ।
राष्टिय अखण्डता, सार्वभौम सत्ताको विषयमा संविधान अनुसार 'जनमतसंग्रह'को कल्पना पनि गर्न नमिल्ने बताए । उनले भने ‘जनअभिमत भन्ने शब्दलाई जनमतसंग्रह भनेर सिके राउत पक्षले बोलि राखेछन् । यसबारे सरकारले जनताले बुझ्ने गरी स्पष्ट गराउनु पर्यो ।’ मधेश टुक्राउने विषयमा विगतमा विभिन्न अभिव्यक्ति दिँदै आएका सिके राउतले त्यो अभिव्यक्ति सार्वजनिक रुपमा किन फिर्ता लिएनन् भन्दै उनले प्रश्न उठाए ।
त्यस्तै नेपाली कांग्रेसका नेता मिनेन्द्र रिजाल, गगन थापाले पनि पृथकतावादी गतिविधिमा लागेका राउत समूहलाई मूलधारमा ल्...









