आइत, मंसिर ७, २०८३
Sun, November 22, 2026
Shadow

समाचार

आईपीएल ट्वेन्टी–ट्वेन्टी क्रिकेटमा चौथो जितका साथ कोलकाता शीर्ष स्थानमा

आईपीएल ट्वेन्टी–ट्वेन्टी क्रिकेटमा चौथो जितका साथ कोलकाता शीर्ष स्थानमा

खेलकुद, समाचार
काठमाडौँ — चैत्र २५ । भारतमा जारी इन्डियन प्रिमियर लिग (आईपीएल) ट्वेन्टी–ट्वेन्टी क्रिकेटमा कोलकाता नाईट राईडर्सले चौथो जित निकालेको छ । गएराति भएको खेलमा कोलकाताले राजस्थान रोयल्सलाई ८ विकटले हराएको हो । जयपुरमा राजस्थानले दिएको १ सय ४० रनको लक्ष्य कोलकाताले १३ ओभर ५ बलमा २ विकेट गुमाएर पुरा गर्‍यो । कोलकाताको जितमा क्रिस लीनले ५० रन जोड्दा सुनिल नारिनेले ४७ रनको योगदान दिए । यसअघि टस हारेर पहिले ब्याटिङ गरेको राजस्थानले २० ओभरमा ३ विकेट गुमाएर १ सय ३९ रन मात्रै बनाएको थियो । उसका लागि स्टिभ स्मिथले ७३ रनको योगदान दिँदा जोस बट्लरले ३७ रन जोडे । गएरातिको जितसँगै कोलकाता लिगको शीर्ष स्थानमा उक्लिएको छ । कोलकाताले ५ खेलबाट ८ अंक जोडेको छ । (ईमेज खबर)...
नेपालमा पहिलो पटक ‘मिडिया, कम्युनिकेसन र एड्भर्टाइजिङ एक्स्पो – २०१९’ भृकुटी मण्डपमा आयोजना हुने

नेपालमा पहिलो पटक ‘मिडिया, कम्युनिकेसन र एड्भर्टाइजिङ एक्स्पो – २०१९’ भृकुटी मण्डपमा आयोजना हुने

समाचार, समाज
काठमाडौँ — चैत्र २५ । यहि चैत्र २८, २९ र ३० गते काठमाडौँको भृकुटी मण्डपमा ‘मिडिया, कम्युनिकेसन र एड्भर्टाइजिङ एक्स्पो – २०१९’ तथा ‘अन्तरास्ट्रिय मिडिया सम्मेलन’ हुने भएको छ । करिब १९ देशबाट सहभागिता रहने कार्यक्रम बारे आज राजधानीमा आयोजित पत्रकार भेटघाट कार्यक्रममा जानकारी गराइएको हो । नेपाल सरकारले आमसंचार विकासमा लिएको लक्ष्य पुरा गर्न यो एक्स्पोले निकै मद्घत पुग्नेमा आयोजक बिष्वस्त छन । एक्स्पोमा सुचना-संचार-प्रविधि सम्बन्धि कम्पनीहरु, निजि तथा सरकारी- गैरसरकारी संघ संस्था हरु तथा ति संघ-संस्था संग सम्बन्धित व्यक्तिहरु लगायत सहभागी हुने छन । एक्स्पोमा ‘अन्तरास्ट्रिय मिडिया सम्मेलन’ पनि हुने हुदा ४५ भन्दा बढी विज्ञहरु, सरोकारवालाहरू, मिडिया क्षेत्रमा लगानी गर्ने लगानीकर्ताहरुले कार्यपत्र प्रस्तुत गर्नुका साथै विभिन्न विषयमा छलफल गर्ने छन् । आयोजकका अनुसार सम्मेलनमा देश तथा वि...
एक बर्षसम्मअंग्रेजी शिक्षकको तलबको लागि मासिक दश हजार सहयोग गर्ने वडा अध्यक्ष श्रेष्ठको घोषणा

एक बर्षसम्मअंग्रेजी शिक्षकको तलबको लागि मासिक दश हजार सहयोग गर्ने वडा अध्यक्ष श्रेष्ठको घोषणा

शिक्षा, समाचार, समाज
तनहुँ— चैत्र २५ । तनहुँको व्यास नगरपालिका वडा न. ५ का वडा अध्यक्ष मोहन कुमार श्रेष्ठले आफ्नो तलब बापत आउने रकम आफ्नै वडामा रहेको शुक्र आधारभुत बिधालयलाई मासिक १० हजारको दरले एक बर्ष सम्ममा एक लाख बिस हजार दिने घोषणा गरेका छन् । शुक्र आधारभुत बिधालयको शनिबार सम्पन्न अभिभावक भेलाका क्रममा अध्यक्ष श्रेष्ठले उक्त घोषणा गरेका हुन । वडा अध्यक्ष श्रेष्ठले आफ्नो तलब मध्येबाट मासिक दस हजार रुपैयाको दरले २०७६ सालको शैक्षिक सत्रबाट एक बर्ष सम्म दिने घोषणा गरेका छन् । श्रेष्ठले अंग्रेजी विषय पढाउने निजि शिक्षक नियुक्तिको लागि उक्त रकम सहयोग गरेको बताए थिए । सोही अवसरमा श्रेष्ठले बारा र पर्सामा आएको हावाहुरीबाट भएको जनधनको क्षतिबाट पीडित व्यक्ति तथा प्रभावित परिवारलाई आफ्नो एक महिनाको तलब बराबरको १९ हजार ८ सय समेत सहयोग गर्ने घोषणा गरेका छन ।...
आईपीएलमा रोयल च्यालेन्जर बैंगलोरको पराजय शृंखला जारी, दिल्लीको तेस्रो जित

आईपीएलमा रोयल च्यालेन्जर बैंगलोरको पराजय शृंखला जारी, दिल्लीको तेस्रो जित

खेलकुद, समाचार
बैंगलोर— चैत्र २५ । इन्डियन प्रिमियर लिग (आईपीएल) मा विराट कोहलीको कप्तानीमा रहेको रोयल च्यालेन्जर बैंगलोरको पराजय शृंखला जारी छ । आइतबार घरेलु मैदानमा बैंगलोरले दिल्लीसँग ४ विकेटले पराजित हुँदै जारी सिजनमा लगातार छैठौं पराजय व्यहोरेको हो । टस जितेर पहिले फिल्डिङ रोजेको दिल्लीले निर्धारित २० ओभरमा बैंगलोरलाई १४९ रनमा समेटेको थियो । बैंगलोरले उक्त योगफल तयार पार्ने क्रममा ८ विकेट गुमाएको थियो । १५० रनको लक्ष्य पाएको दिल्लीले ७ बल बाँकी छँदै ६ विकेटको क्षतिमा १५२ रन बनाएर जित हासिल गरेको हो । बैंगलोरका लागि कप्तान विराट कोहलीले सर्वाधिक ४१ रन बनाएका थिए । त्यस्तै मोइन अलीले ३२, आकाशदीप नाथले १९ र एबी डेभिलियर्सले १७ रन बनाए । बलिङतर्फ दिल्लीका लागि कागिसो रबाडाले चार विकेट लिए । उनले ४ ओभरमा २१ रन दिएर चार विकेट हात पारेका हुन् । त्यस्तै क्रिस मोरिसले २ र सदीप लामिछाने र अक्षर पट...
अमेरिकी स्वतन्त्रता संग्रामी पुलस्की महिला थिइन् ? अचम्मको रहस्य खुल्यो!

अमेरिकी स्वतन्त्रता संग्रामी पुलस्की महिला थिइन् ? अचम्मको रहस्य खुल्यो!

अन्तराष्ट्रिय, समाचार
काठमाडौँ — चैत्र २४ । अमेरिकी स्वतन्त्रता संग्राममा सहभागि एक सैनिक जनरलको लिंगका बारेमा यतिबेला नयाँ खुलासा भएको छ । अनुसन्धानकर्ताहरुले १८ औं शताब्दीमा भएको स्वतन्त्रता संग्राममा सामेल पोलिश–अमेरिकी जनरल कासिमिर पुलस्की या त महिला थिइन् नभए पनि इन्टरसेक्सवाला थिइन् भनेका छन् । वैज्ञानिकहरुले गरेको लगातारको अनुसन्धानपछि अढाई सय वर्षपछि आएर उनी पुरुष नरहेको खुलासा भएको हो । सन् १७७७ मा जर्ज वासिंगटनको सेनामा सामेल भएर व्रिटिश सेनासँग लड्ने पुलस्कीलाई पोल्याण्ड र अमेरिका दुबै देशमा युद्ध नायकका रुपमा मानिन्छ । लगभग २० वर्ष पहिले वैज्ञानिकहरुले उनको कंकालमा गरेको अनुसन्धानमा महिलाको विशेषता पाएको बताएका थिए । यद्यपि, त्यो उनकै थियो थिएन भन्ने पुष्टी गर्न सकेका थिएनन् । तर अहिले आएर डीएनए परीक्षणपछि उक्त कंकाल पुलस्कीकै भएको पुष्टी भएको हो । यससम्बन्धमा बनेको एक डकुमेन्ट्री ...
सात सयभन्दा बढी कलाकारले गरे बीजेपीलाई भोट नहाल्न अपील

सात सयभन्दा बढी कलाकारले गरे बीजेपीलाई भोट नहाल्न अपील

अन्तराष्ट्रिय, समाचार
काठमाडौँ — चैत्र २४ । भारतमा सात सयभन्दा बढी प्रतिष्ठित कलाकारले संसदको आसन्न निर्वाचनमा सत्तारुढ भारतीय जनता पार्टी (भाजपा)लाई मत नदिन अपील गरेका छन् । जति निर्वाचनको मिति नजिकिँदैछ, उति उति मतदातालाई प्रभावित पार्न मुख्य राजनीतिक दलहरुबीच अकार्काबीच आरोपप्रत्यारोप चलिरहेका बेला कलाकारहरुले एक साथ विज्ञप्ति निकालेर भाजपालाई मत नदिन भनेका हुन् । भाजपा विरुद्ध संयुक्त रुपमा गरिएको अपीलमा उनीहरुले ‘समानता तथा सामाजिक न्यायका लागि अन्धकार एवं जंगली शक्तिलाई पराजित गर्न’ आव्हान गरेका छन् । यसरी भाजपाविरुद्ध अपील गर्नेमा प्रतिष्ठित कलाकार नसरुद्दिन शाह, अरुन्धती नाग, कोनकोना सेन शर्मा, अमोल पालेकर, अस्ताद देबू, अर्सिया सत्ताट, डेनिश हुसौन, गिरिश कर्नाद, एम के रैना, कविथा लंकेश, लिलेटे दूबे, मल्लिका तनेजा, नभतेज जोहरलगायत छन् । भारतीय मतदाताहरुलाई अपील गर्दै उनीहरुले ‘संविधानको र ...
बर्ड फ्लू भेटिएपछि काठमाडौँमा सचेत रहन पशु चिकित्सकको आग्रह

बर्ड फ्लू भेटिएपछि काठमाडौँमा सचेत रहन पशु चिकित्सकको आग्रह

समाचार, समाज
काठमाडौँ — चैत्र २४ । काठमाण्डौ उपत्यकासहित मोरङ र सर्लाहीमा बर्ड फ्लू देखिएपछि सचेत रहन पशु चिकित्सकले आग्रह गरेका छन् । सकेसम्म कुखुरालगायत पशुको मासु नखान, रोग भेटिएको आसपासका ठाउँबाट पन्छिको मासु नकिन्न, र खानै परे राम्रोसँग पकाएर मात्र खान पशु सेवा विभागका उपमहानिर्देशक सम्झना काफ्लेले आग्रह गर्नुभयो । व्यवसायीलाई पनि रोगबाट संक्रमित ठाउँबाट पन्छी नकिन्न पनि उहाँले सुझाव दिनुभएको छ । खानेलाई भन्दा मासु काट्ने, किनेर ल्याउने, कुखुराको हेरचाह गर्नेलाई रोग सर्ने जोखिम धेरै हुने चिकित्सकहरुको भनाइ छ । काठमाण्डौमा काग र कुखुरामा बर्ड फ्लू भएको पुष्टि भएपछि निगरानी बढाइएको पशु सेवा विभागले जनाएको छ । काठमाण्डौको नारायणहिटी दरबार र बेलायती दुतावास रहेको क्षेत्रमा मरेका भेटिएका झण्डै ३ सय कागमा बर्ड फ्लू भएको पुष्टि भएपछि थप निगरानी बढाइएको पशु सेवा विभागका उपमहानिर्देशक काफ्लेले ...
“मिस्टर एण्ड मिस एसईई ग्लोवल स्टार, २०१९” को अडिसन सम्पन्न, दोश्रो अडिसन चैत्र ३० गत्ते हुने

“मिस्टर एण्ड मिस एसईई ग्लोवल स्टार, २०१९” को अडिसन सम्पन्न, दोश्रो अडिसन चैत्र ३० गत्ते हुने

मनोरन्जन, समाचार
काठमाडौँ — चैत्र २४ । देशका विभिन्न शहर लगायत विदेशमा सफल ईभेन्ट, फेशन शो, सौन्दर्य प्रतियोगिता लगायतका कार्यक्रमहरु आयोजना गरेर ख्याती कमाउन सफल प्याजेन्ट नेपालले हालै बुटवल र बिराटनगरमा भव्य रुपमा सम्पन्न गरेको “प्याजेन्ट नेपाल फेशन शो” पश्चात राजधानीको वानेश्वरस्थित ईन्टरनेसनल होटेलमा “मिस्टर एण्ड मिस एसईई ग्लोवल स्टार, २०१९” को पहिलो अडिसन सम्पन्न भएको छ । एसईई दिएर वसेका परिक्षार्थीहरुलाई लक्षित गरि उनिहरुको खाली समयलाई सदुपयोग गर्दै उनीहरुको क्षमतालाइ अभिबृद्दि गरी समाजमा सकारात्मक संदेश फैलाउने उद्देश्यले यो कार्यक्रमको आयोजना हुन लागेको जानकारी प्याजेन्ट नेपालका प्रबन्ध निर्देशक तथा चर्चित फेशन डिजाईनर ममथा बस्नेतले जानकारी दिईन । पहिलो चरणको अडिसनमा सहभागी हुन छुटेकाहरुले काठमाडौको बानेश्वरस्थित अर्याल ईन्टरनेसनल यहि चैत्र ३० गते दोस्रो अडिसनमार्फत सहभागी हुन पाउने छन । स...
आलिया भट्ट र रणबिर कपूरले गुपचुप रुपमा गरे इन्गेजमेन्ट ?

आलिया भट्ट र रणबिर कपूरले गुपचुप रुपमा गरे इन्गेजमेन्ट ?

मनोरन्जन, समाचार
काठमाडौँ — चैत्र २४ । बलिउड अभिनेता रणबिर कपूर र आलिया भट्टले गुपचुप रुपमा इन्गेजमेन्ट गरेको खबर यतिबेला चर्चामा छ । साथै आलिया र रणबिरले भारतमा नभइ स्वीट्जरल्याण्डमा इन्गेजमेन्ट गरेको बताइएको छ । रणबिर कपूरले आलियाका अगाडि घुँडा टेक्दै स्वीटजरल्याण्डको सेन्ट मोरिसमा प्रपोज गरेका चर्चा यतिबेला भइरहेको छ । रणबिर कपूरले हालै आयोजित एक अवार्ड शो मा आलियाका अगाडि घुँडा टेक्दै आफ्नो माया दर्शाएका थिए । भारतीय सञ्चारमाध्यमका अनुसार रणबिरले स्वीट्जरल्याण्डमा पनि त्यसरी नै घुँडा टेक्दै आलियालाई प्रपोज गरेको बताइएको छ । आलिया र रणबिरले आफ्ना नजिकका साथीहरुलाई इन्गेजमेन्ट पछि भव्य पार्टी पनि आयोजना गरेको पनि चर्चा रहेको छ । यस विषयमा आलिया र रणबिर वा उनीहरुका परिवारको तर्फबाट कुनै पनि बयान आएको छैन । तर रणबिरका बुवा ऋषि कपूर छिट्टै नै स्वास्थ्य उपचार पूरा गरेर अमेरिकाबाट भारत फर्कने तयारीमा...
काठमाडौको वानेश्वरमा “मिस्टर एण्ड मिस एसईई सुपर स्टार, २०१९” को पहिलो अडिसन सम्पन्न, दोश्रो अडिसन चैत्र ३० गत्ते हुने

काठमाडौको वानेश्वरमा “मिस्टर एण्ड मिस एसईई सुपर स्टार, २०१९” को पहिलो अडिसन सम्पन्न, दोश्रो अडिसन चैत्र ३० गत्ते हुने

मनोरन्जन, समाचार
काठमाडौँ — चैत्र २४ । राजधानीको वानेश्वरस्थित द बर्गर हाउसमा ‘मिस्टर एण्ड मिस एसईई सुपरस्टार नेपाल, २०१९’ को पहिलो अडिसन शनिवार सम्पन्न भएको छ । राज्य दैनिकसंगको को प्रस्तुतीमा एस ईई दिएर बसेका विद्यार्थीहरुलाई लक्षित गरी इभेन्ट मेनेजमेन्ट एशोसिएसन अफ नेपालको सम्बन्धनमा मोडल सङस नेपालले आयोजना गर्न लागेको सौन्दर्य प्रतियोगिता ‘मिस्टर एण्ड मिस एसईई सुपरस्टार नेपाल, २०१९’ को दोस्रो अडिसन यहि चैत्र ३० गते वानेश्वरस्थित "द बर्गर हाउस" मा हुने आयोजक संस्थाले जनाएको छ। उनिहरुको खाली समयलाई सदुपयोग गर्दै उनीहरुको अन्तर्निहित क्षमतालाइ अभिबृद्दि गरी विभिन्न सामाजिक संस्थाहरुमा उनिहरुलाई सहभागीता गराउने उदेश्यले यो कार्यक्रमको आयोजना गर्न लागिएको आयोजक मोडल सङ्ग्स नेपालका सिईओ डेविल सिंह राजपुतले जनाए । पहिलो चरणको अडिसनमा सहभागी हुन छुटेकाहरुले दोस्रो अडिसनमार्फत सहभागी हुन...