आइत, मंसिर ७, २०८३
Sun, November 22, 2026
Shadow

समाचार

आईपीएल क्रिकेटमा मुम्बई र चेन्नाई विजयीः चेन्नाई शीर्ष स्थानमा

आईपीएल क्रिकेटमा मुम्बई र चेन्नाई विजयीः चेन्नाई शीर्ष स्थानमा

खेलकुद, समाचार
काठमाडौँ — चैत्र २४ । इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा हिजो मुम्बई इन्डियन्स र चेन्नाई सुपर किङ्ग्स विजयी भएका छन् । जारी प्रतियोगितामा तेस्रो जित निकाल्ने क्रममा मुम्बईले सनराइजर्स हैदरावादलाई ४० रनले पराजित गर्‍यो । राजिब गान्धी क्रिकेट रंगशालामा मुम्बईले दिएको १ सय ३७ रनको लक्ष्य पछ्याएको हैदरावादले १७ ओभर ४ बलमा अलआउट हुँदै ९६ रनमात्रै जोड्न सक्यो । हैदरावादलाई सस्तैमा समेट्न मुम्बईका अल्जारी साहीम जोसेफ एक्लैले ६ विकेट लिए । कीर्तिमानी प्रदर्शन गरेका डेब्यु खेलाडी जोसेफले ३ ओभर ४ बलमा एक मेडनसहित १२ रन खर्चिएर ६ विकेट लिए । जोसेफको यो बलिङ प्रदर्शन आईपीएल इतिहासकै सर्वाधिक किफायती बलिङ हो । यसअघि टस हारेर पहिले ब्याटिङ गरेको मुम्बईले २० ओभरमा ७ विकेट गुमाएर १३६ रन बनाएको थियो । मुम्बईका लागि काइरन पोलार्डले अविजित ४६ रन बनाएका थिए । आईपीएल क्रिकेटअन्तर्ग...
थ्री व्रदर्सको आयोजनामा “मिस्टर एण्ड मिस स्कुल नवलपुर, २०१९” आयोजना हुँदै

थ्री व्रदर्सको आयोजनामा “मिस्टर एण्ड मिस स्कुल नवलपुर, २०१९” आयोजना हुँदै

मनोरन्जन, समाचार
काठमाडौँ — चैत्र २२ । अहिलेको एक्काईसाै शताब्दीको युगमा मानिसको चाहाना कला, नृत्य, सौन्दर्यता जस्ता विविध कुरझरुमा अत्याधिक भएकाले उहाँहरुको प्रतिभालाई नेपालमा मात्र हैन संसारसामु चिनाउने र युवाह युवतीहरुको व्यक्तित्व बिकास गर्ने उद्देश्यको साथ नवलपुरमा थ्री व्रदर्स फोटोग्राफीको आयोजनामा "मिस्टर एण्ड मिस स्कुल नवलपुर, २०१९" को आयोजना गर्ने भएको छ । भर्खरै विद्यालय स्तरको वार्षिक परिक्षा दिएर बसेका कक्षा ६ देखि ९ सम्मका दिएर वसेका विद्यार्थीहरुलाई लक्षित गरि उनिहरुको खाली समयलाई सदुपयोग गर्दै उनीहरुको अन्तर्निहित क्षमतालाइ अभिबृद्दि गरी विभिन्न सामाजिक संस्थाहरुमा उनिहरुलाई सहभागीता गराउने उदेश्यले यो कार्यक्रमको आयोजना हुन लागेको जानकारी आयोजक संस्था थ्री व्रदर्शले जानकारी दिएको छ । सौन्दर्य प्रतियोगिता मार्फत निखारिएर मोडलिङ क्षेत्रमा प्रवेश गर्ने चाहना भएका साना साना विद्यार्थीह...
अमेरिकामा एक प्रविधि कम्पनीमा कार्यरत २८० गैरकानुनी आप्रवासी पक्राउ

अमेरिकामा एक प्रविधि कम्पनीमा कार्यरत २८० गैरकानुनी आप्रवासी पक्राउ

अन्तराष्ट्रिय, समाचार
डालस — चैत्र २२ । अमेरिकी आप्रवासन अधिकारीहरुले टेक्सास राज्यको एक प्रविधि कम्पनीमा कार्यरत २८० भन्दा बढी कर्मचारी पक्राउ गरेका छन् । अमेरिकी आप्रवासन तथा भन्सार कार्यालयका अनुसार संघीय जाँच अधिकारीका अनुसार उनीहरु गैरकानुनी रूपमा अमेरिकामा बस्दै आएका आप्रवासी हुन् । अमेरिकी इतिहासमा टेक्सासको कुनै कम्पनीबाट यति ठूलो संख्यामा कामदार पक्राउ गरिएको यो पहिलो घटना हो। अमेरिकी आप्रवासन तथा भन्सार कार्यालयका अनुसार संघीय जाँच एजेन्टहरुले बुधबार टेक्सासस्थित सीभीई टेक्नोलजी ग्रुपमा कार्यरत २८० कर्मचारीलाई पक्राउ गरेका हुन्। यो कम्पनी डालसबाट करिब २४ किलोमिटर उत्तरपूर्वको कोलिन काउन्टीमा छ। एजेन्सीले 'गैरकानुनी रूपमा अमेरिकामा बसोबास गरिरहेका व्यक्ति कम्पनीमा कार्यरत रहेको' दाबी गरेको छ। तर पक्राउ परेका व्यक्तिबारे विस्तृत विवरण सार्वजनिक गरिएको छैन। एजेन्सीले गैरकानुनी रूपमा अमेरिकामा...
राष्ट्रिय गौरवको माथिल्लो तामाकोसी जलविद्युत् आयोजनाको २% काम बाँकी

राष्ट्रिय गौरवको माथिल्लो तामाकोसी जलविद्युत् आयोजनाको २% काम बाँकी

आर्थिक, समाचार
दोलखा — चैत्र २२ । माथिल्लो तामाकोसी जलविद्युत् आयोजनाका लागि अपुग ७ अर्ब ७० करोड रुपैयाँ सुरुका लगानीकर्ताहरूले नै थप्ने इच्छा देखाएका छन्  । दोलखाको लामाबगरमा सञ्चालित राष्ट्रिय गौरवको उक्त आयोजनाका लागि पुरानो भुक्तानी र दुई प्रतिशत कामका लागि थप त्यति रकम आवश्यक देखिएको छ  । त्यति रकमका लागि सुरुका लागानीकर्ताहरूबाटै व्यवस्था हुने माथिल्लो तामाकोसी हाइड्रो पावर कम्पनीका प्रमुख कार्यकारी अधिकृत विज्ञानप्रसाद श्रेष्ठले बताए । राष्ट्रिय गौरवको उक्त आयोजनाले सन् २०२० को नयाँ वर्ष लाग्नेबित्तिकै व्यावसायिक उत्पादन गर्न थाल्ने कार्यसूची छ । यही फागुन महिनामा सार्वजनिक प्रतिवदेनअनुसार आयोजनाको कुल ९८ प्रतिशत कार्य सम्पन्न भइसकेको छ । सुरुको प्रक्षेपणको तुलनामा लागत बढदै गएपछि आयोजनालाई अघि बढाउन रकम अभाव हुँदै गएको हो । असारमा धान लगाउनेले नै मंसिरमा बाली उठाउन खर्च व्यवस्था गर्ने उद...
अंगीकृत नागरिकताको रन्कोः फेरि ‘रन्के’ भीम रावल, कसले–के भने ?

अंगीकृत नागरिकताको रन्कोः फेरि ‘रन्के’ भीम रावल, कसले–के भने ?

राजनीति, समाचार
काठमाडौँ — चैत्र २२ । संसदमा सरकार आफैंले लगेको नागरिकतासम्बन्धी ऐनको संशोधन विधेयक विचाराधीन रहेकै समयमा अंगीकृत नेपालीका नागरिकलाई वंशजको नागरिकता वितरण गर्ने सरकारी निर्णय विवादको घेरामा परेको छ । मन्त्री रामबहादुर थापा नेतृत्वको गृह मन्त्रालयले वंशजको नागरिकता दिन मन्त्रिस्तरीय निर्णय गरी ‘सर्कुलर’ जारी गरेपछि सत्तारुढ दलकै नेतादेखि नागरिक समाजबाट तीव्र विरोध हुन थालेको हो । अंगीकृतका सन्तानलाई नागरिकता दिने गृह मन्त्रालयको सर्कुलरप्रति सत्तारुढ नेकपाका नेता एवं पूर्वगृहमन्त्री भीम रावलले आपत्ति जनाउँदै कडा आलोचना गरेका छन् । नागरिकता ऐन संशोधन विधेयक संसदमा विचाराधीन रहेकै समयमा गृहले मंगलबार मन्त्रिस्तरीय निर्णय गरी अंगीकृतका सन्तानलाई वंशजका आधारमा नागरिकता दिन परिपत्र गरेको थियो । यस्तो निर्णयप्रति नेता रावलले संसदप्रति सरकारको सम्मान के हो भन्ने प्रश्न नै उठाएका छन्...
नेपाल मिडिया सोसाइटी भन्छ– ‘प्रेसविरोधी निर्देशन खारेज गर’

नेपाल मिडिया सोसाइटी भन्छ– ‘प्रेसविरोधी निर्देशन खारेज गर’

समाचार, समाज
काठमाडौँ — चैत्र २२ । नेपाल मिडिया सोसाइटीले प्रेसलाई नियन्त्रण गर्ने खालका आदेश र निर्देशन तत्काल सच्याउन सरकारसित माग गरेको छ । सूचना तथा प्रसारण विभागले प्रेस पासका लागि व्यक्तिगत गोपनीयतासँग समेत जोडिने बैंक स्टेटमेन्ट बुझाउनुपर्ने निर्देशन जारी गरेकाले पत्रकारले बैंक स्टेटमेन्ट नबुझाएसम्म प्रेस पास पाएका छैनन् । यस्ता निर्देशन प्रेसलाई नियन्त्रण गर्ने उद्देश्यबाट आएको सोसाइटीको ठहर छ । सोसाइटीका अध्यक्ष शुभशंकर कँडेलले बिहीबार विज्ञप्ति जारी गर्दै प्रेस प्रतिनिधि प्रमाणपत्रका लागि पञ्चायतकाल बिर्साउने गरी आदेश जारी भएको बताएका छन् । ‘नेपाली मिडियाको समेत अपनत्व रहेको संविधानको प्रेस स्वतन्त्रतासम्बन्धी प्रदत्त र अविच्छिन्न अधिकार उपभोगमा कुनै पनि प्रकारको बन्देज नलगाइयोस् भन्ने कुरा सम्माननीय प्रधानमन्त्री र सिंगो मन्त्रिपरिषद्मार्फत सच्याइयोस् भन्ने माग गर्दछौं,’ विज्ञप्त...
सन्दीप लामिछानेको दिल्ली क्यापिटल्स हैदरावादसँग पराजित

सन्दीप लामिछानेको दिल्ली क्यापिटल्स हैदरावादसँग पराजित

खेलकुद, समाचार
नयाँ दिल्ली — चैत्र २२ । सन्दीप लामिछानेको दिल्ली क्यापिटल्स इन्डियन प्रिमियर लिग (आईपीएल) २०१९ मा बिहीबार राति सनराइज हैदरावादसँग ५ विकेटले पराजित भएको छ । जितका लागि १ सय ३० रन पछ्याइरहेको सनराइजले ९ बलको खेल बाँकी छँदै ५ विकेटमा १ सय ३१ रन बनाएको थियो । त्यसमा इंग्ल्यान्डका जोनी बियरस्टोले सर्वाधिक ४८ रन बनाए । दिल्लीका लागि सन्दीपले ४ ओभरमा ३२ रन खर्चेर १ विकेट लिए । उनले दीपक होडाको विकेट लिए । यसअघि दिल्लीले कमजोर ब्याटिङ गर्दै ८ विकेटमा १ सय २९ रन बनाएको थियो । जितपछि हैदरावाद ४ खेलबाट ६ अंकसहित लिग तालिकाको शीर्ष स्थानमा उक्लेको छ । दिल्ली भने ४ अंकमा पाँचौं स्थानमा छ । (एजेन्सी/कान्तिपुर दैनिक)...
आँधीहुरीबाट घरबास गुमाएका का लागि सरकारले आवास बनाइदिने

आँधीहुरीबाट घरबास गुमाएका का लागि सरकारले आवास बनाइदिने

राजनीति, समाचार
काठमाडौँ — चैत्र २२ । प्रदेश नम्बर–२ मा हालैको आँधीहुरीबाट घरबास गुमाएका बारा र पर्सा जिल्लाका परिवारहरुका लागि नेपाल सरकारले आवास बनाइदिने भएको छ । जनता आवास कार्यक्रमको ढाँचामा निर्माण गरिने घरहरू वर्षात् सुरु हुनुअघि नै आँधीप्रभावित घरबारविहीन परिवारलाई हस्तान्तरण गरिनेछ । सन्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले राष्ट्रिय समाचार समितिसँग आँधीपीडितका लागि सरकारको ताजा योजनाबारे बिहीबार साँझ कुरा गर्दै सरकारको पछिल्लो निर्णयबारे जानकारी दिएका हुन् । मन्त्री बाँस्कोटा नेपाल सरकारका प्रवक्तासमेत हुन् । संघीय सरकारले यस्ता आवासको निर्माणकार्यको समन्वय र सहजीकरणका लागि प्रदेश नम्बर–२ का मुख्यसचिवलाई संयोजनको जिम्मेवारी दिएको छ । यस समितिमा सहरी विकास मन्त्रालयका प्रतिनिधि, दुई जिल्लाका प्रमुख जिल्ला अधिकारी र रक्षा मन्त्रालयका तर्फबाट नेपाली सेनाका प्रतिनिधि ...
प्रदेश–२ मा एसइई परीक्षा पुनः सुरु, केन्द्राध्यक्षबाहेक सबैलाई मोबाइल निषेध

प्रदेश–२ मा एसइई परीक्षा पुनः सुरु, केन्द्राध्यक्षबाहेक सबैलाई मोबाइल निषेध

शिक्षा, समाचार, समाज
काठमाडौँ — चैत्र २२ । परीक्षा सुरु हुनुपूर्व नै प्रश्नपत्र आउट भएपछि रद्द र स्थगित गरिएको प्रदेश नम्बर–२ को एसइई परीक्षा शुक्रबारदेखि पुनः सुरु भएको छ । प्रश्नपत्र ‘आउट’ भएपछि राष्ट्रिय परीक्षा बोर्डले रद्द र स्थगित गरेको एसइई परीक्षाअन्तर्गत् शुक्रबार विज्ञान विषयको परीक्षा सुरु भएको हो । प्रदेश–२ का ८ ओटै जिल्लामा रद्द र बाँकी विषयको परीक्षा शुक्रबारदेखि पुनः सुरु भएको हो । प्रदेश–२ मा जम्मा २६३ परीक्षा केन्द्र छन् भने ७० हजार ५६८ परीक्षार्थी परीक्षामा सहभागी भएको प्रदेश–२ का शिक्षा निर्देशक रमाकान्त शर्माले जानकारी दिए । मोबाइल निषेध चैत २९ गतेसम्म चल्ने परीक्षालाई मर्यादित बनाउँदै अवान्छित गतिविधि रोक्न केन्द्राध्यक्षबाहेक परीक्षामा खटिने परीक्षा निरीक्षक, सुरक्षाकर्मी, कर्मचारी र सहयोगी सबैलाई मोबाइल निषेध गरिएको छ । यसअघि, विज्ञान र समाजिक विषयको परीक्षापूर्व नै ...
कांग्रेसका असन्तुष्ट जिल्ला सभातिहरुको भेला ठमेलमा

कांग्रेसका असन्तुष्ट जिल्ला सभातिहरुको भेला ठमेलमा

राजनीति, समाचार
काठमाडौँ — चैत्र २० । स्वतः प्रतिनिधि बन्ने प्रावधान हटाउनु पर्ने माग सम्बोधन नभएपछि कांग्रेसका असन्तुष्ट जिल्ला सभापतिहरुको भेला ठमेलस्थित काठमाडौं होटलमा सुरु भएको छ । बिहीबारसम्म चल्ने भेलामा ४३ जिल्लाका सभापतिहरु सहभागी छन् । सात जिल्ला सभापतिहरु आउँदै गरेको नुवाकोटका जिल्ला सभापति जगदीशनरसिंह केसीले बताए । भेला राखेकोप्रति पार्टी सभापति शेरबहादुर देउवाले असन्तुष्टि प्रकट गरेका छन् । उनको असन्तुष्टिको कारण संस्थापन पक्षीय जिल्ला सभापतिहरु भने भेलामा सहभागी छैनन् । गत पुसमा सम्पन्न महासमिति बैठकमा सबै जिल्ला सभापतिहरु यो मुद्दामा एकमत थिए । पछिल्लोपटक पार्टीभित्रको खिचातानीका कारण जिल्ला सभापतिहरु पनि दुई कित्तामा विभाजित बन्न पुगेका छन् । संस्थापनपक्षीय भक्तपुरका जिल्ला सभापति दुर्लभ थापाले मुद्दामा सहमत भए पनि पार्टी केन्द्रीय कार्यसमितिले निर्णय लिइसकेका विषय भएकाले अहिले कि...