आइत, मंसिर ७, २०८३
Sun, November 22, 2026
Shadow

समाचार

आईपीएल क्रिकेटमा हैदरावादलाई ६ विकेटले पराजित गर्दै पन्जाबको चौथो जित

आईपीएल क्रिकेटमा हैदरावादलाई ६ विकेटले पराजित गर्दै पन्जाबको चौथो जित

खेलकुद, समाचार
काठमाडौँ — चैत्र २६ । भारतमा जारी इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा किंङ्स इलाभेन पन्जाबले चौथो जित निकालेको छ । गएराति भएको खेलमा सनराइजर्स हैदरावादलाई ६ विकेटले पराजित गर्दै पन्जाबले चौथो जित निकालेको हो । चन्डीगढस्थित पन्जाब क्रिकेट एसोसियसनको मैदानमा हैदरावादले दिएको १ सय ५१ रनको लक्ष्य पन्जाबले १९ ओभर ५ बलमा ४ विकेट गुमाएर पुरा गर्‍यो । पन्जाबका लागि लोकेश राहुल र मायांक अग्रवालले अर्धशतकीय इनिङ्स खेले । राहुलले अविजित ७१ रनको योगदान दिँदा अग्रवालले ५५ रन जोडे । हैदरावादका सन्दीप शर्माले २ विकेट लिए । यसअघि टस हारेर पहिले ब्याटिङ गरेको हैदरावादले २० ओभरमा ४ विकेट गुमाएर १ सय ५० रन बनाएको थियो । हैदरावादका लागि डेभिड वार्नरले अविजित ७० रन जोड्दा विजय शंकरले २६ रन जोडे । जितसँगै ६ खेलबाट ८ अंक जोडेको पन्जाब लिगको तेस्रो स्थानमा उक्लिएको छ । ६ अंक जोडेको हैद...
राप्रपाको प्रदर्शनमा प्रहरीको हस्तक्षेप

राप्रपाको प्रदर्शनमा प्रहरीको हस्तक्षेप

राजनीति, समाचार
काठमाडौँ — चैत्र २५ । हिन्दू राष्ट्रको माग राख्दै राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले गरेको प्रदर्शनबाट अध्यक्ष कमल थापासहितका नेता गिरफ्तारीमा परेका छन् । प्रहरीले हस्तक्षेप गरी उनीहरुलाई गिरफ्तार गरेको थियो । तर कार्यकर्ताहरुले प्रहरी नियन्त्रण परिसकेका थापासहितका नेतालाई खोसेर आफैसँग फिर्ता ल्याएका छन् । काठमाडौंको भृकुटीमण्डपबाट शुरु भएको प्रदर्शन पद्मोदय मोडमा पुग्दा प्रहरीले हस्तक्षेप गरेको हो । प्रदर्शनकारीले निषेधित क्षेत्र तोड्न खोज्दा झडपको अवस्था आएको थियो । प्रहरीले अध्यक्ष थापा, नेताहरु दीपक बोहरा र बुद्धिमान तामाङलाई पक्रे पनि कार्यकर्ताले फेरि फिर्ता ल्याएको नेता मोहन श्रेष्ठले जानकारी दिए । हिन्दू राष्ट्र पुर्नस्थापनाको माग गर्दै राप्रपाले सोमबार दिउँसो काठमाडौंको भृकुटीमण्डपमा विरोध सभाको आयोजना गरेको थियो । (ईमेज खबर)...
देशैभरि एसईई सुन्दर सुन्दरी छान्ने लहर, राजधानीमा मात्रै ४० भन्दा बढी प्रतियोगिताको घोषणा

देशैभरि एसईई सुन्दर सुन्दरी छान्ने लहर, राजधानीमा मात्रै ४० भन्दा बढी प्रतियोगिताको घोषणा

मनोरन्जन, समाचार
काठमाडौँ — चैत्र २५ । वर्ष २०७५ को माध्यमिक शिक्षा परीक्षा (एसईई) चैत १० गते प्रारम्भ भएर चैत २१ गतेसम्पन्न भएको छ भने एसईई परीक्षा सकिँदा–नसकिँदै एसईई सौन्दर्य प्रतियोगिताको चहल–पहल प्रारम्भ भएको छ । एसईई सम्बन्धित प्रतियोगिताहरूले आ–आफ्नो फेसबुक पेजको भित्तामा प्रतियोगितासम्बन्धी प्रचारप्रसार गरेको पाइन्छ जसमा प्रायः सबैले फेसबुक स्पोन्सर्ड विज्ञापन सुविधा प्रयोग गरेका छन् । केहीले भने त्यससँगै पोस्टर, पम्प्लेट र लिफ्लेट समेत प्रयोग गरेका छन् । काठमाडौं केन्द्रित अधिकांश एसईई प्रतियोगिताले आफ्नो अडिसन चैत २३ र ३० गते शनिबारलाई तय गरेका छन् । यस अर्थमा एसईई प्रतियोगिताहरूबीच आफैंमा रोमाञ्चक प्रतिस्पर्धा हुने अनुमान गर्न सकिन्छ । एएनपी मिडिया हाउसको ब्यानरमा घोषणा भएको मिस्टर एन्ड मिस एसईई आइकन, नयाँ बानेश्वरस्थित रोयल एलिनाज् बेकरी क्याफेमा, रिबन इन्टरटेनमेन्टको ब्यानरमा सञ्चालन ...
नीलहीरा सामुदायिक समाजका तेश्रोलिङ्गीहरुलाई व्यावसायिक सिप विकास तालिम प्रदान

नीलहीरा सामुदायिक समाजका तेश्रोलिङ्गीहरुलाई व्यावसायिक सिप विकास तालिम प्रदान

समाचार, समाज
काठमाडौँ — चैत्र २५ । जेसीआई काठमाडौं लेडी नेपालको आयोजनामा गत चैत्र २४ गत्ते सानेपास्थित साथी श्रम प्रशिक्षण केन्द्रमा नीलहीरा सामुदायिक समाजका तेश्रोलिङ्गी सदस्यहरुलाई व्यापारिक सिप विकास तालिम (वेकरी) शुभारम्भ गरिएको छ । यस संस्थाको उद्देश्य संविधानले मान्यता दिएतापनि समाजले नगरेको र बाध्यताले गर्नुपर्ने कामलाई विस्थापन गराउने तथा दिगो विकास अन्तर्गत आर्थिक वृद्दि तथा समाजमा मर्यादित रोजगार लक्ष्य राखेर सामाजिक रुपान्तरणमा सहयोग पुग्ने विश्वास संस्थाकी अध्यक्ष अर्चना श्रेष्ठ मुनकर्मीले जनाएकी छिन ।...
कांग्रेस–कलहः देउवाले बोलाए नेताहरुको बैठक, सिटौला गएनन्

कांग्रेस–कलहः देउवाले बोलाए नेताहरुको बैठक, सिटौला गएनन्

राजनीति, समाचार
काठमाडौँ — चैत्र २५ । नेपाली कांग्रेसभित्रको कलह एकपछि अर्को गर्दै झागिँदै गएको छ । महाधिवेशन भएको वर्षौसम्म पनि बनाउन नसकिएको केन्द्रीय कार्यसम्पादन समिति गठनबारे फेरि अर्को रडाको देखिएको छ । सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता पौडेलबीच ६०/४० प्रतिशतका आधारमा समिति बनाउन खोजेपछि अर्का नेता कृष्ण सिटौला विरोध जनाएका छन् । नेताहरुबीच कुरा नमिलेकै कारण सभापतिले बोलाएको केन्द्रीय समितिको बैठकसम्म बस्न सकेको छैन । केन्द्रीय समितिको बैठकमा नाम प्रस्ताव गर्नु पूर्व सहमति खोज्न भन्दै सभापति देउवाले आज बोलाएको नेताहरुको बैठक पूर्व महामन्त्री सिटौलाले भने बहिष्कार गरेका छन् । सभापति देउवाले आफ्नै निवासमा पार्टी पादाधिकारी र पूर्व पदाधिकारीहरुको वैठक बोलाएपनि सिटौला जान नमानेका हुन् । बैठकमा केन्द्रीय कार्यसम्पादन समिति गठनको विषयमा छलफल हुने बताइएको छ । केन्द्रीय समिति पछिको श...
उपत्यकामा राति १० बजेसम्म सार्वजनिक यातायातका गाडीहरू चल्ने

उपत्यकामा राति १० बजेसम्म सार्वजनिक यातायातका गाडीहरू चल्ने

आर्थिक, समाचार
काठमाडौँ — चैत्र २५ । काठमाडौं महानगरले राजधानीमा चल्ने सार्वजनिक यातायातका गाडीहरू राति १० बजेसम्म सञ्चालन गर्नुपर्ने अनिवार्य गरेको छ । अबको १५ दिनमा ऐन प्रमाणीकरण भई राजपत्रमा प्रकाशित भएपछि राति १० बजेसम्म सार्वजनिक साधन अनिवार्य सञ्चालन गर्नुपर्ने व्यवस्था लागू हुने जानकारी महानगरले दिएको छ । काठमाडौं महानगरले सवारी तथा यातायात व्यवस्थापन ऐन २०७५ जारी गरी महानगरभित्रका रुटमा सञ्चालन हुने सार्वजनिक सवारी साधनले बिहान ५ देखि राति १० बजेसम्म सेवा सञ्चालन गर्नुपर्ने व्यवस्था गरेको हो । कात्तिकदेखि माघ मसान्तसम्म भने बसले बिहान ५ देखि राति ९ बजेसम्म सेवा दिनुपर्ने ऐनमा व्यवस्था गरिएको छ । ऐनमा महानगरसँग स्वीकृति नलिई सार्वजनिक सवारी साधनमा कुनै विज्ञापन राख्न नपाइने, बसमा फोहोर फाल्ने भाँडो, अग्नि नियन्त्रक उपकरण अनिवार्य रूपमा राख्नुपर्ने व्यवस्था गरिएको छ । चालक र सहचालकलाई प...
नेपाल राष्ट्र बैंकले आज करिव ९ अर्ब बराबरको ट्रेजरी बिल बिक्री गर्ने

नेपाल राष्ट्र बैंकले आज करिव ९ अर्ब बराबरको ट्रेजरी बिल बिक्री गर्ने

आर्थिक, समाचार
काठमाडौँ — चैत्र २५ । नेपाल राष्ट्र बैंकले आठ अर्ब ८९ करोड ६८ लाख ८० हजार रुपैयाँ बराबरको ट्रेजरी बिल बिक्री गर्ने भएको छ । बैंकले आज एक सूचनामार्फत सोमबार उक्त परिमाणको ट्रेजरी बिल बिक्री गर्न लागिएको जनाएको छ । ट्रेजरी बिल बोलकबोल प्रक्रियाबाट बिक्री गरिनेछ । बैंकका अनुसार ६ अर्ब रुपैयाँ बराबरको ट्रेजरी ३६४ दिनका लागि, रु एक अर्ब ८९ करोड ८६ लाख ८० हजार बराबरको १८२ दिनका लागि र एक अर्ब बराबरको ट्रेजरी बिल भने ९१ दिनका लागि बिक्री गरिनेछ । ट्रेजरी बिल एक वर्ष वा एक वर्षभन्दा कम अवधिको आन्तरिक ऋण उठाउन प्रयोग गरिने अल्पकालीन सरकारी ऋणपत्र हो। सरकारलाई आवश्यक पर्ने अल्पकालीन अवधिको बढीमा एक वर्ष स्रोत जुटाउन यो बिल बिक्री गरिन्छ । बैंकले यसअघि यही चैत १८ गतेसमेत ट्रेजरी बिल बिक्री गरेको थियो । पछिल्लाे समय नेपाल राष्ट्र बैंकले लगातार रुपमा नै ट्रेजरी बिल बिक्रि गर्दै आइरहेको छ । ...
सलमानको ‘दबंग ३’ को आइटम गीतमा सनी लियोनकाे सट्टा मौनी रोय

सलमानको ‘दबंग ३’ को आइटम गीतमा सनी लियोनकाे सट्टा मौनी रोय

मनोरन्जन, समाचार
काठमाडौँ — चैत्र २५ । बलिउड अभिनेता सलमान खान यतिबेला उनको फिल्म ‘दबंग ३’ को छायांकनमा व्यस्त छन् । फिल्म ‘दबंग ३’ को आइटम गीतमा यसअघि अभिनेत्री सनी लियोनलाई लिइने बताइएको थियो । तर अहिले आएर भने सनी लियोन नभएर अभिनेत्री मौनी रोयलाई लिइएको खबर सार्वजनिक भएको छ । यसअघिका खबर अनुसार फिल्मका निर्देशक प्रभु देवा र अरबाज खान याे गीतमा सनी लियोनलाई नै राख्न चाहिरहेका थिए । उनीहरुले सनी नै त्यस गीतका लागि ठिक रहेको बताइरहेका थिए । तर सलमानलाई भने सो आइटम गीतका लागि मौनी रोय नै ठिक रहेको लागेपछि उनले यस गीतमा सनी लियोन नभई मौनी रोयलाई चुनेका हुन । मौनीसँगै यस गितमा सलमान खानको पनि डान्स हुनेछ । पहिले फिल्म ‘दबंग’ मा अभिनेत्री मलाइका अरोडाको आइटम डान्स रहेको थियो भने ‘दबंग २’ मा करीना कपूर खानले आइटम डान्स गरेकी थिइन् । अब यस फिल्मको तेस्रो भाग ‘दबंग ३’ मा मौनी रोयको डान्स रहनेछ । फिल्म...
अभिनेत्री आलिया भट्ट पर्वतारोही अरुणिमा सिन्हाको बायोपिकमा मुख्य भूमिकामा देखिने

अभिनेत्री आलिया भट्ट पर्वतारोही अरुणिमा सिन्हाको बायोपिकमा मुख्य भूमिकामा देखिने

मनोरन्जन, समाचार
काठमाडौँ — चैत्र २५ । करण जोहरको धर्मा प्रोडक्शन कम्पनीले भारतीय पर्वतारोही अरुणिमा सिन्हाको बायोपिक बनाउने तयारी गरिरहेको छ । यस फिल्ममा अभिनेत्री आलिया भट्टले मुख्य भूमिका निर्वाह गर्ने खबर सार्वजनिक भएको छ । अभिनेत्री आलिया भट्ट स्वयमले आफू अरुणिमा सिन्हाको भूमिका निर्वाह गरिरहेको पुष्टि गरेकी छिन् । फिल्मको निर्देशन फिल्म ‘मसान’ फेम निर्देशक नीरज घेवनले गर्नेछन् । आलियाले निर्देशक निरज घेवनकासाथ भेट भइसकेको र आफू यस फिल्मको भूमिकाको लागि निकै नै उत्साहित रहेको बताएकी छिन् । साथै यो बायोपिकको कहानी निकै नै प्रेरणादायी रहेकोले यो कहानी दर्शक समक्ष पुर्‍याउन जरुरी रहेको पनि बताएकी छिन् । यस फिल्मको काम अर्को वर्षदेखि सुरु गरिनेछ । अभिनेत्री आलियाले फरक–फरक धारका फिल्ममा काम गर्ने अवसर पाइरहेकोमा आफू निकै भाग्यशाली रहेको प्रतिक्रिया दिएकी छिन् । को हुन अरुणिमा सिन्हा ? सानै उमे...
पाँच महिनादेखि बिजुली बस ग्यारेजमै थन्किए, पर्यटन मन्त्रालय भन्छ अझै मापदण्ड पुगेन

पाँच महिनादेखि बिजुली बस ग्यारेजमै थन्किए, पर्यटन मन्त्रालय भन्छ अझै मापदण्ड पुगेन

आर्थिक, समाचार
काठमाडौँ — चैत्र २५ । पाँच महिनाअघि काठमाडौँको सडकमा गुडाउन ठिक्क पारिएका बिजुली बस अझै ग्यारेजमा थन्किएका छन् । बस कहिलेदेखि सञ्चालनमा आउँछ भन्ने कुनै टुंगो लागेको छैन । प्रधानमन्त्री केपी शर्मा ओलीले गएको कात्तिक ६ गते उद्घाटन गरेपछि भोलिपल्टदेखि नै सडकमा बिजुली बस गुड्छ भन्ने धेरैलाई लागेको थियो । तर पाँच महिना बितिसक्दा समेत बस नगुड्दा धेरैले बिजुली बस बिर्सिसकेका छन् । काठमाण्डौमा चलाउन भनेर ल्याइएका पाँचवटा बस चिनियाँ विद्युतीय बस निर्माता कम्पनी बीवाईडीको नेपालस्थित सम्पर्क कार्यालय नक्सालमा थन्किएका छन् । मापदण्ड विपरीत र प्राविधिक त्रुटी भएको भन्दै सरकारी तवरबाट बिजुली बसहरु सञ्चालन गर्न रोक लगाएपछि बस सञ्चालनमा आउन नसकेको हो । एसीयाली विकास बैंक (एडीबी)को अनुदान सहयोगमा पर्यटन मन्त्रालयले लुम्बिनी विकास कोषले सञ्चालन गर्ने गरी पाँचवटा बस खरिद गरेको थियो । तर लुम्बिनी...