आइत, मंसिर ७, २०८३
Sun, November 22, 2026
Shadow

समाचार

‘नरोउ राधा सम्झेर मलाई’सार्वजनिक(भिडियो)

‘नरोउ राधा सम्झेर मलाई’सार्वजनिक(भिडियो)

मनोरन्जन, समाचार
काठमाडौैं । श्रीकृष्ण महाष्टमीको अवसर पारेर गायक हरिबहादुर राउत तथा गायिका कोपिला तामाङको स्वरमा दोहोरी शैलीको ‘नरोउ राधा सम्झेर मलाई’ श्रीकृष्ण भजनको म्युजिक भिडियो सार्वजनिक भएको छ । हरि बहादुर राउतको प्रस्तुतिमा गोल्डेन हार्ट पिक्चर्सले निर्माण गरेको उक्त भजनको म्युजिक भिडियोमा अभिनेता अभिषेक श्रेष्ठले कृष्ण तथा संगम विष्टले राधाको भूमिका निर्वाह गरेका छन् । उनीहरुको जोडी निकै लोभलाग्दो देखिन्छ । https://youtu.be/nXK_III0CcU यो गीतमा विदुर तिमिल्सिनाको भजन अवधारण छ भने शब्दहरु प्रकाश सापकोटा तथा विदुर तिमिल्सिनाले रचना गरेका हुन् । माधव केसी यो गीतका संगीतकार हुन् । गम्भिर विष्टको कोरियोग्राफी तथा निर्देशनको यो भिडियोमा अभिषेक र संगमसंगै बाल कलाकारहरु आशुतोष न्यौपाने, इरा भट्टराई तथा आहाना मल्लले अभिनय गरेका छन् । दिनेश पराजुली यो गीतको भिडियोका छायांकार हुन् । भिडियोम...
रेनुका रिजालको निर्देशनमा तीज गीत ‘तीज आयो संगीनी’ सार्वजनिक(भिडियो)

रेनुका रिजालको निर्देशनमा तीज गीत ‘तीज आयो संगीनी’ सार्वजनिक(भिडियो)

मनोरन्जन, समाचार
रेनुका रिजालको निर्देशनमा रहेको तीज गीत ‘तीज आयो संगीनी’ सार्वजनिक भएको छ । पार्वती बुढाथोकीको शब्द, संगीत, स्वर र सञ्जय श्रीपालीको एरेञ्ज रहेको गीतको भिडियो सार्वजनिक भएको हो । विनिता महर्जन, हरिवंश पन्त, रसविता रिजाल, कविन्द्र तामाङ, प्रकाश लामिछाने, प्रनिता खडका, सुसमिता पौडेललगायतको अभिनय रहेको भिडियोमा रियान्शा बुढाथोकी, सोनाली गुरुङ र लुगिसा चुनारा बाल कलाकार हुनुहुन्छ । https://youtu.be/MdvrDB7bHzY वेदबहादुर बुढाथोकी (रोशन)को कोरियोग्राफी रहेको भिडियोमा नरेश खरेलको मेकअप, विष्णु शर्माको सम्पादन र केशव अधिकारीको छायांकन छ । नारायण रिजाल निर्देशक सल्लाहकार रहेको भिडियो हाइलाइट्स नेपालमार्फत सार्वजनिक गरिएको हो । ...
कृपाको मथुरामा नजाउ श्याम बोलको भजन सार्वजनिक(भिडियो)

कृपाको मथुरामा नजाउ श्याम बोलको भजन सार्वजनिक(भिडियो)

मनोरन्जन, समाचार
काठमाडौं । कृष्णजन्माष्टमीको अवसर पारेर गायिका कृपा पौडेलले मथुरामा नजाउ श्याम वोलको भजन सार्वजनिक गरेका छिन । सारेगमा लिटिल च्याम्पसकी विजेता समेत रहेकी कृपाले आफ्नै युट्युब च्यानल कृपा पौडेलबाट उक्त भजन सार्वजनिक गरेकी हुन । https://www.youtube.com/watch?v=QNP9jFyKa0c कुमार खनालको शव्द रहेको भजनलाई पंकज सिग्देलले संगीत तथा एरेन्ज गरेका छन । पंकज अडियोमा तयार गरिएको भिडियोमा स्वयं कृपालाई  देख्न सकिन्छ । ...
सङ्गीतकार राजु सिंहलाई दीर्घसाधना सहित चार पत्रकारलाई सम्मान प्रदान गरिने

सङ्गीतकार राजु सिंहलाई दीर्घसाधना सहित चार पत्रकारलाई सम्मान प्रदान गरिने

मनोरन्जन, समाचार
वरिष्ठ सङ्गीतकार राजु सिंहलाई दीर्घसाधना सम्मान अर्पण गरिने भएको छ । जिनियस म्युजिक अवार्डको चौथो संस्करणमा उहाँलाई दीर्घसाधना सम्मान अर्पण गर्न लागिएको हो । आयोजकले सोमबार एक प्रेस विज्ञप्ति जारी गर्दै उक्त कुराको जानकारी गराएको हो । यही २५ गते सांस्कृतिक संस्थान (राष्ट्रिय नाचघर) जमलमा एक विशेष समारोहबीच सम्पन्न हुन गइरहेको कार्यक्रममा हिमालय टाइम्स दैनिकका उपसम्पादक कृष्ण भुसाल, रेडियो नेपालका राम थापा ‘अविरल’, लेन्स नेपालका विष्णु सुवेदी र ओएस नेपालका सुमन सापकोटालाई पत्रकारिता सम्मानले विभूषित गरिने जिनियस म्युजिक अवार्डका अध्यक्ष रमेश पाठकले जानकारी गराउनुभएको छ । ‘नेपाली कला, संस्कृति हाम्रो पहिचान, संरक्षण प्रबद्र्धन गर्ने हाम्रो अभियान’ भन्ने मूल मन्त्रलाई आत्मसात गर्दै नेपाली कला, भाषा, संगीत क्षेत्रको विकास, विस्तार र प्रवद्र्धनका लागि क्रियाशील हुँदै कलाकर्मीलाई प्रोत्सा...
गायक युनिक केसीको स्वरमा ‘बाबा’ सार्वजनिक(भिडियो)

गायक युनिक केसीको स्वरमा ‘बाबा’ सार्वजनिक(भिडियो)

मनोरन्जन, समाचार
काठमाडौं । गायक युनिक केसीको स्वरमा रहेको ‘बाबा’ बोलको गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ । कुशे औशी अर्थात बावुको मुख हेर्ने छेको पारेर गायक केसीले बुवा सम्बन्धि गीत आफ्नै युनिक क्रियशन नामक युट्युब च्यानलबाट सार्वजनिक गरेका हुन । गीतमा टेकेन्द्र नेपालीको संगित रहेको छ भने म्युजिक भिडियोलाई नारायण मगरले निर्देशन गरेका छन् ।बाबा गीतका रचनाकार लेखु सहयात्री तिमिल्सिनाले आफ्नै बुबा र जन्म र कर्म दिने सवै बुवा प्रति समर्पित गर्दै शव्द कोरेका छन ।म्युजिक भिडियोमा बालक छोरालाई एउटा बावुले कसरी पढायो, बढायो, हुर्कायो र बाबुको महत्व कति छ भन्ने कुरालाई देखाउने प्रयास गरिएको छ । बाबुको सपना सन्तानको सुख र समृद्धि नै हो भन्ने कुरा देखाउन खोजिएको छ । https://youtu.be/Dn3kgjxXRdk भिडियोमा वरिष्ठ अभिनेता सरोज खनाल बावुको भूमिकामा देखा परेका छन भने उनलाई गीता अधिकारी,रुपेश लामा र आलोक चौ...
फुर्लिमा फाउन्डेसनद्वारा शैक्षिक तथा खेलकुद सामाग्री बितरण

फुर्लिमा फाउन्डेसनद्वारा शैक्षिक तथा खेलकुद सामाग्री बितरण

शिक्षा, समाचार
काठमाडौं । फुर्लिमा फाउन्डेसनले आफनो बार्षिक उत्सव मनाउने क्रम मा सिन्धुपाल्चोक जिल्ला, जुगल गाउँपालिका ६, याङ्गलाकोट स्थित श्री जलदेवी माध्यमिक विद्यालयलाइ खेलकुद सामाग्री बितरण गरेको छ । आफ्नो दिबंगत आमा प्रति श्रध्दाञ्जलि स्वरूप स्थापित यो संस्था ले बाल बालिकाहरु को सर्वाङ्गीण विकास, नेतृत्व क्षमता विकास एवमं समाज योग्य चरित्रवान तथा नैतिकवान युवा तय गर्ने कुरा फुर्लिमा फाउन्डेसनका अध्यक्ष मिङ्मा शेर्पा बताउनु हुन्छ । यो कार्यक्रम स्थानिय लाई प्रोत्साहन गर्न तथा उनिहरु को क्षमता विकास मा सहयोग पुराउने लक्षयका साथ सम्पन भएको स्थानिय व्यक्तिहरु बताउँछन् । खेलकद सामग्रि बितरण कार्यक्रम मा श्री जलदेवी मा बिका प्रधानाध्यापक तथा कार्यक्रम का सभापति श्री धन राज तामाङ ले खेलकु सामग्रि बिद्यार्थी मा नया उर्जा थपिने तथ बाल बालिकाहरुको खेल प्रति दक्ष्यता बृद्धि हुने कुरा राख्नु भयो। कार्यक्...
उचाइ र धूलो: युवराज अधिकारी

उचाइ र धूलो: युवराज अधिकारी

मनोरन्जन, समाचार
उचाइ र धूलो अर्कैको पर्खालमाथिको कुर्सीमा बसेर तल-तल हेर्दै ऊ बेस्सरी कुर्लियो म देखाइदिन्छु कि म को हुँ भनेर ! यो हैसियत र विराशत आदि-आदि ढल्नै लागेको पर्खाल हेर्दै स्रोताहरू भने किचिने भयले पर-पर सर्दै थिएँ निमेषमै गर्ल्याम्म आवाज आयो धूलो र धुवाले केही देखिएन स्रोताहरू खोज्दै थिए त्यही कतै भेटिन्छ कि भनेर र पनि केही भेडाहरू भने वहा अझै माथि नै हुनुहुन्छ भनेर माथि-माथि हेर्दै थिए तर अफसोस । ऊ टुप्पी पनि नदेखिने गरी पुरिएछ सायद, धरतीमा उचाइ र धूलोबीच गहिरो नाता रहेछ । – युवराज अधिकारी,कवि तथा गीतकार ...
राज मेकअप स्टुडियोले तिज विशेष कार्यक्रम गर्दै

राज मेकअप स्टुडियोले तिज विशेष कार्यक्रम गर्दै

मनोरन्जन, समाचार
काठमाडौं । हिन्दु महिलाहरुको महान चाड तिजको अवसरमा “राष्‍ट्रिय नारी सम्मान” कार्यक्रमको आयोजना हुने भएको छ । सौन्दर्य क्षेत्रमा लामो समयको अनुभव बटुलेको राज मेकअप स्टुडियोको आयोजनामा आउदो शुक्रवार अर्थात भाद्र २५ गते तिनकुनेस्थित रोयल बैंक्वेटमा आयोजना हुन लागेको उक्त कार्यक्रममा लामो समयदेखि आ- आफ्नो क्षेत्रमा योगदान दिने चर्चित सफल महिलाहरुलाई सम्मान गरिन लागेको आयोजक संस्थाका प्रमुख तथा वरिष्ठ सेलेब्रेटी मेकअप आर्टिष्ट टेकराज पाण्डेले जानकारी दिए । वरिष्ठ गायिका तारा थापा,वरिष्ठ अभिनेत्री वसुन्धारा भुुषाल,वरिष्ठ गायिका राधिका हमाल,चर्चित गायिका जुनुु रिजाल लगायत ख्याती प्राप्त महिलाकर्मीहरुलाई प्रतिनिधी सभाका उपसभामुख ईन्दिरा रानाको प्रमुख आतिथ्यतामा राष्‍ट्रिय नारी सम्मान प्रदान गरिन लागेको हो ।लोकप्रिय कलाकारहरुको आकर्षक प्रस्तुती समेत रहने उक्त कार्यक्रममा विशेष मनोरन्जनात्मक एवं...
फोन पे को ‘फोन पे डिरेक्ट : पैसा पठाऔँ ठाउँको ठाउँ’

फोन पे को ‘फोन पे डिरेक्ट : पैसा पठाऔँ ठाउँको ठाउँ’

आर्थिक, समाचार
फोन पेले ‘फोन पे डिरेक्ट : पैसा पठाऔँ ठाउँको ठाउँ’ नामक अभियानको  घोषणा गरेको छ । यसको उद्देश्य एक बैंकबाट अर्को बैंकमा पैसा ट्रान्सफर गर्नका लागि मोबाइल नम्बर र बैंकको नाम मात्रै भए पुग्ने विषयमा ग्राहकहरूलाई सचेत गराउनु रहेको कम्पनीले जनाएको छ । ‘मोबाइल नम्बर भए पुग्छ’ भन्ने ट्यागलाइनमा आधारित यस अभियानले आफ्नो  मोबाइलबाट पैसाको आदान प्रदान गर्दा उक्त कारोबार छिट्टो र सुरक्षित रहने कुरामा विशेष प्राथमिकता दिएको कम्पनीको भनाई छ । यस अभियानको मुख्य उद्देश्य ग्राहकहरूलाई कसरी फोन पे डिरेक्ट मार्फत एक बैंकबाट अर्को बैंकमा पैसा पठाउन सकिन्छ भन्ने बारे शिक्षित गर्नु हो । यसमा मोबाइल नम्बर, खाता नम्बर र व्यक्तिगत क्यूआरजस्ता तरिकाहरू रहेका छन् । भाद्र महिना भरि चलिरहने यस अभियानमा सहभागिता जनाउन ग्राहकहरू ले फोन पे को फोन पे  डिरेक्ट  सुविधा प्रयोग गर्नुपर्ने शर्त लाग...
‘मिसेस नेपाल वल्र्ड २०२३’को फिनालेमा ‘मिसेस वल्र्ड’ सरगम कौशल आउने

‘मिसेस नेपाल वल्र्ड २०२३’को फिनालेमा ‘मिसेस वल्र्ड’ सरगम कौशल आउने

मनोरन्जन, समाचार
काठमाडौं ।  ‘मिसेस नेपाल वल्र्ड २०२३’को फिनालेमा ‘मिसेस वल्र्ड २०२२’ सरगम कौशलले सहभागिता जनाउने पक्का भएको छ । आयोजक रिबन इन्टरटेनमेन्टले मिसेस वल्र्ड कौशलले सम्बोधन गरेको भिडियो सन्देश सार्वजनिक गर्दै उक्त कुराको जानकारी दिएको हो । कार्तिक पहिलो साता राजधानीमा आयोजना हुने फिनालेमा मिसेस वल्र्ड कौशलका अलवा नेपालका ख्यातिप्राप्त ब्यक्तित्वहरुको पनि उपस्थिति रहने आयोजक संस्थाका अध्यक्ष निशुकान्त झाले जानकारी गराएका छन् । विवाहित महिलाहरूबीचको सौन्दर्य प्रतियोगिता मिसेस नेपाल वल्र्डको विजेताले अमेरिकामा हुने मिसेस वल्र्डमा सहभागिता जनाउने अवसर प्राप्त गर्नेछिन् । यसका साथसाथै, सोही स्टेजमा मिसेस नेपाल इन्टरनेसनल र एमएस इन्टरनेसनल उपाधि विजेता पनि चयन गरिने अफिसियल कोरियोग्राफर अश्विनीकान्त झाले बताए । प्रतियोगिताका लागि आगामी भाद्र १६ गते नयाँ बानेश्वरस्थित अर्याल इन्टरनेसनल ह...