आइत, मंसिर ७, २०८३
Sun, November 22, 2026
Shadow

समाचार

कर्पोरेशनलाई सरकारले दिएको जिम्मेवारी आफ्नो दायित्व सम्झेको छ :अध्यक्ष श्रेष्ठ

कर्पोरेशनलाई सरकारले दिएको जिम्मेवारी आफ्नो दायित्व सम्झेको छ :अध्यक्ष श्रेष्ठ

आर्थिक, समाचार
काठमाडौँ । मुलुकमा सहजरूपमा आयोडिनयुक्त नुन उपलब्ध गराउने मुख्य उद्देश्यका साथ स्थापित साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेड आफ्नो स्थापनाको ६० वर्ष पूरा गरी ६१ औँ वर्ष प्रवेश गरेको छ । साल्ट ट्रेडिङको वार्षिकोत्सव कार्यक्रममा बोल्नुहुँदै उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री रमेश रिजालले दैनिक उपभोग्य वस्तु उपलब्ध गराइरहेको साल्ट ट्रेडिङ कर्पोरेशनले नेपाली उत्पादनको बजारीकरण र कृषि क्षेत्रमा पनि योगदान गर्नुपर्ने बताए । आन्तरिक उत्पादनले मात्र माग पूरा नहुने अवस्थामा उपभोग्य वस्तु आयात गरी उपभोक्ता हित संरक्षणमा टेवा पु¥याउन साल्ट ट्रेडिङले महत्त्वपूर्ण भूमिका खेलेको र सार्वजनिक–निजी अवधारणाको दरिलो उदाहरण बनेको मन्त्री रिजालको भनाइ छ । “आगामी दिनमा दैनिक उपभोग्य वस्तुको कारोबारका अतिरिक्त कृषि क्षेत्रमा पनि प्रत्यक्ष योगदान पु¥याउन सकेमा संस्थाको महत्त्व अझ बढ्दै जानेछ । कर्पोरेशनले भविष्य...
चौथो जिनियस म्यूजिक अवार्ड भव्य रुपमा सम्पन्न

चौथो जिनियस म्यूजिक अवार्ड भव्य रुपमा सम्पन्न

मनोरन्जन, समाचार
चौथो संस्करणको जिनियस म्युजिक अवार्ड सम्पन्न भएको छ । काठमाडौंको सांस्कृतिक संस्थान (राष्ट्रिय नाचघर) जमलमा एक विशेष समारोहबीच गीतसंगीतका विभिन्न विधाका श्रष्टालाई अवार्ड प्रदान गर्दै कार्यक्रम सम्पन्न भएको हो । भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाको प्रमुख आतिथ्यता रहेको समारोहमा वरिष्ठ संगीतकार राजु सिंहलाई दीर्घसाधना सम्मान अर्पण गरिएको थियो । समारोहमा हिमालय टाइम्सका कृष्ण भुसाल, रेडियो नेपालका राम थापा ‘अविरल’, लेन्स नेपालका विष्णु सुवेदी र ओएस नेपालका सुमन सापकोटालाई पत्रकारिता सम्मानले विभूषित गरिएको थियो । ‘नेपाली कला, संस्कृति हाम्रो पहिचान, संरक्षण प्रबद्र्धन गर्ने हाम्रो अभियान’ भन्ने मूल मन्त्रलाई आत्मसात गर्दै नेपाली कला, भाषा, संगीत क्षेत्रको विकास, विस्तार र प्रवद्र्धनका लागि क्रियाशील हुँदै कलाकर्मीलाई प्रोत्साहन एवं सम्मान गर्न जिनियस म्युजिक प्रालिले आफ...
‘एनआरएनए’ सह-कोषाध्यक्षमा ददिवल खड्काको उम्मेदवारी घोषणा

‘एनआरएनए’ सह-कोषाध्यक्षमा ददिवल खड्काको उम्मेदवारी घोषणा

आर्थिक, समाचार
गैरआवासीय नेपाली संघ (एनआरएनए) अन्तर्राष्ट्रिय समन्वय परिषद्को आगामी २०२३-२५ कार्यकालका लागि वर्तमान एसिया-प्रशान्त उपसंयोजक ददीवल खड्काले सह-कोषाध्यक्षमा उम्मेदवारी घोषणा गरेका छन्। विगत तिन दशक देखि जापानलाई आफ्नो कर्मथलो बनाएका खड्काले एनआरएनए अभियन्ताको ढुकढुकी , सफल व्यवसायी साथसाथै सरल नम्र अनुशासक को रूपमा परिचित छन्। उनी अनुभवी र सम्भावना बोकेका एनआरएनए अभियन्ता मानिन्छन्। संघको अभियानमा आफूले प्राप्त गरेको अनुभव,अग्रजहरूको आग्रह र साथीभाइको अनुरोधमा सहकोषाध्यक्ष पदमा उम्मेदवारी दिने निर्णयमा आफू पुगेको खड्काको भनाइ छ। खड्का भन्छन ‘सन् २०२३–२५ कार्यकालका लागि सबैको आग्रह र एनआरएनएभित्र काम गर्न सक्ने पदमा पुगेर आफ्नो केही गर्ने इच्छाअनुसार मैले एनआरएनए आइसीसी सहकोषाध्यक्षमा उम्मेदवारी दिने निर्णय गरेको छु।’ एनआरएनए जापानको सल्लाहकार , आइसीसी सदस्य हुँदै अहिले एसिया प्यासिफिक...
फुरलिमा फाउण्डेसन रक्तदान कार्यक्रम

फुरलिमा फाउण्डेसन रक्तदान कार्यक्रम

समाचार, समाज
काठमाडौं । फुर्लिमा फाउन्डेसनको दोस्रो बार्षिक उत्सवको अवसरम आयोजित फुरलिमा फाउण्डेसन रक्तदान कार्यक्रम  बृहत रुपमा सम्पन्न भएको छ। त्रि-पद्म रोभर/रेन्जर क्र्युको सहकार्यमा पुल्चोक स्थित त्रि- पद्म बिद्याश्रम मा.बि.को प्राङ्गणमा संचालित रक्तदान कार्यक्रम १०९ जना रक्तदाताले रक्तदान गरेका थिए  ।निकै नै भब्य सब्य रुपमा कार्यक्रम सम्पन्न भएको कुरा मा.बि.का प्रधानाध्यापक हरि प्रसाद खनाल बताउनुहुन्छ । सामाजिक उत्तरदायित्व अन्तर्गत संचालित उक्त कार्यक्रममा फाउन्डेसनका पदाधिकारी,ग्रेस इभेन्ट्सका पदाधिकारी ,त्रि-पद्म मा.बि. का शिक्षक तथा कर्मचारी ,नेपाल स्काउट्स का सदस्यहरु,रोभर/रेन्जर तथा स्थानीय युवाहरुको बिशेश उपस्तिथि साथै सहभागीता रहेको थियो। रक्तदान गर्नुहुने सम्पुर्ण दयालु एवं मनकारी रक्तदाताहरुलाइ हृदय देखि बिशेष धन्यवाद दिदै उक्त कार्यक्रममा सहयोग गर्नुहुने सहयोगी हातहर...
सांस्कृतिक जनमत संघको संयोजकमा सन्तोष

सांस्कृतिक जनमत संघको संयोजकमा सन्तोष

राजनीति, समाचार
जनमत पार्टीले सांस्कृतिक जनमत संघको केन्द्रिय संयोजक समिति घोषणा गरिएको छ। सोमबार काठमाडौंको बानेश्वरस्थित सिद्धार्थ फुडल्याण्डमा आयोजित एक कार्यक्रमबीच जनमत पार्टीले सांस्कृतिक जनमत संघको केन्द्रिय समिति घोषणा गरेका हुन। सन्तोष राज सहनीलाई केन्द्रिय संयोजकको जिम्मेवारी दिएको हो। त्यसैगरी सह-संयोजकमा सेलिना कुँवर,सचिन पटेल,अरुण कान्त यादव , सचीवमा बन्दे प्रसाद साह ,सह-सचिवमा नितु पटेल,बिमल साह,राम नरेश सहनी रहेको छ।भने कोषाध्यक्षमा तनुजा चौरसिया रहेकी छिन् । जनमत पार्टीका राष्ट्रिय अध्यक्ष डा.सीके राउतको प्रमुख आतिथ्यमा कार्यक्रम सम्पन्न भएको हो।सो कार्यक्रममा जनमत पार्टीका राष्ट्रिय सचिव तथा मधेश प्रदेशका सांसद संजय यादव,पार्टीका कोषाध्यक्ष सुरेन्द्र नारायण यादव,राष्ट्रिय प्रवक्ता डा.शरद सिंह यादव,चिकित्सक जनमत संघका केन्द्रिय संयोजक डा.सीके सिंह,नेता आर के राउत र पार्टीकी महिला...
एक दशक देखी पत्रकारिता क्षेत्रमा कृयाशिल गौतमलाई नगद सहित सम्मान

एक दशक देखी पत्रकारिता क्षेत्रमा कृयाशिल गौतमलाई नगद सहित सम्मान

आर्थिक, समाचार
काभ्रे । जिल्ला सहकारी सङ्घ लिमिटेड डिस्कोफले कोशिपारी अनलाइन न्युजका संचालक अरबिन्द्र गौतमलाई पत्रकारिता सम्मान तथा पुरस्कार प्रदान गरेको छ । प्रेस चौतारी नेपाल काभ्रेका सह सचिव एवं काभ्रे प्रेस डट कमका प्रधान सम्पादक गौतमलाई डिस्कोफको ४२ औँ वार्षिक साधारणसभाको अवसरमा मंगलबार बनेपामा आयोजित कार्यक्रममा बागमती प्रदेशका संस्कृती, पर्यटन तथा सहकारी मन्त्री पुकार महर्जनले ‘पत्रकारिता सम्मान तथा पुरस्कार’ बाट सम्मानित गरे । नव क्षितिज साप्ताहिकको सह सम्पादक तथा पावर न्युजको संवाददाता समेत रहेका गौतमलाई जिल्ला सहकारी संघ काभ्रेले पाँच हजार नगद सहित दोसल्ला ओडाएर सम्मानपत्र प्रदान गरेको छ । एक दशक देखी पत्रकारिता क्षेत्रमा कृयाशिल गौतमले यस भन्दा अगाडि पनि धेरै सम्मानहरु प्राप्त गरिसकेका छन् । कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री महर्जनले बागमती प्रदेशभित्र अब कुनै पनि प्रकारका नयाँ सहकारी दर्...
गायक युवराज छन्त्यालको ‘छन्त्याल परे म त’ सार्वजनिक(भिडियो)

गायक युवराज छन्त्यालको ‘छन्त्याल परे म त’ सार्वजनिक(भिडियो)

मनोरन्जन, समाचार
काठमाडौै ।  काठमाडौं । आफ्नो पहिचान कस्लाई प्यारो हुदैन र ? तर पहिचान मात्रै भन्ने भन्दा पनि आफ्नो पहिचानलाई फैलाउनु महत्त्वपूर्ण कुरा हो । यही काममा लागेका छन्  गायक युवराज छन्त्याल । उनले एउटा गीत निकालेका छन । जसको बोल छ,”छन्त्याल परे म त” । मेला महोत्सवमा घन्किने प्रकारको यो गीतलाई लिएर युवराज उत्साहित पनि छन । लामो समय यता गीत संगीतमा मेहनत गर्दै आएका युवराजले एक दर्जन बढी गीतका शब्द लेख्दै स्वर भरेका छन । “बजाउँदै पञ्चे बाजा” बोलको गीतबाट उनले मौलिक गायकको अवार्ड पाएका छन । त्यस्तै उनको अर्को गीत “पैसा वाला हेर्छन्” बाट बेस्ट लोकदोहोरी कम्पोजर नोमिनेसनमा परेको थियो । त्यस्तै यही गीत कि अर्की गायिका जया छन्त्यालले पनि दर्जनौं गीत गाएकी छन । https://youtu.be/cSUsue1fxPs सरिता छन्त्यालले त झन २,३ वटा एल्बममा नै स्वर भरेकी छन । भने यी गीतको शब्द संगीत युवराज कै रहेक...
यमु शर्मा सुब्बाद्वारा कालीकोटको विकट वस्तीमा स्टेचर सहयोग

यमु शर्मा सुब्बाद्वारा कालीकोटको विकट वस्तीमा स्टेचर सहयोग

समाचार, समाज
कालिकोट : गितकार तथा मेम्बसा ईन्टरनेशनलकी अध्यक्ष यमु शर्मा सुब्बाले कालिकोट जिल्ला सान्नी त्रिवेणी गाउँपालिका वडा न. २ स्थित दुर्गम लेखबाट बस्तीलाइ २ थान स्टेचर  प्रदान गर्नु भएको छ । प्राइम टाइम्स टेलिभिजन स्थानीय संवाददाता पत्रकार रमेश बहादुर बुढाको बिशेष पहलमा उक्त स्टेचर उक्त वस्तीलाई उपलब्ध गराईएको हो। सो गाउमा स्टेचर नभएका कारण बिरामीलाई स्वास्थ्य चौकी सम्म लैजान कठिनाई भएको हुनाले स्टेचर सहयोग गरिएको मेची महाकाली बुहारी संयुक्त आवाजकी अध्यक्ष समेत रहकी सुब्वाले जानकारी दिनुभयो । । अमेरिकामा रहेर पनि नेपालमा पिडा र शोषणमा परेका महिला,वालवालिका,वृद्धा सबैलाई सहयोग गर्दै आएकी समाजसेवी सुब्वाले अत्यन्त समस्यामा परेका विपन्न परिवारहरुलाई आर्थिक,खाद्यान्न तथा अन्य सहयोग गर्दै आउनु भएको छ  । गीतकारको रुपमा समेत परिचित उहांका केही गीतहरुले अवार्ड समेत जितेको छ । ...
नेपाल महिला चेम्बरको तीज मेला

नेपाल महिला चेम्बरको तीज मेला

आर्थिक, समाचार
नेपाल चेम्बर अफ कमर्स अन्तर्गत गठित नेपाल महिला चेम्बरद्वारा तीजलाई लक्षित गरी ‘ट्रेड सो तीज स्पेसल २०२३’  को आयोजना गरिएको छ । नेपाली महिला उद्यमीहरूद्वारा उत्पादन गरिएका विविध सामाग्रीहरूको प्रदर्शन तथा बिक्री प्रवर्द्धनमा महिला उद्यमशीलताको विकास गर्ने हेतुले आयोजना गरिएको उक्त मेलाको समुद्घाटन नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेन्द्र मल्लले गरेका थिए । उद्घाटन मन्तव्यमा अध्यक्ष मल्लले नेपाल महिला चेम्बर महिलाहरूको सर्वागिंण विकासको लागि स्थापना गरिएको र यस मेलाले महिलाहरूको उद्यमशीलताको विकास तथा सामाजिक, सांस्कृतिक तथा आर्थिक क्रियाकलापहरूमा महिलाहरूको सहभागितामा वृद्धि हुने आशा व्यक्त गरे । महिलाहरू आर्थिक रूपमा सशक्त भएमा मात्र मुलुकले आर्थिक समृद्धि हासिल गर्न सक्ने भन्दै अध्यक्ष मल्लले यस किसिमको रचनात्मक कार्यको लागि नेपाल महिला चेम्बरलाई धन्यवाद व्यक्त गरे । ...
नारायणको “ओ लभ्ली” सार्वजनिक(भिडियो)

नारायणको “ओ लभ्ली” सार्वजनिक(भिडियो)

मनोरन्जन, समाचार
नारायणले ल्याए “ओ लभ्ली” नारायणको “ओ लभ्ली” मा रोशन र सृष्टि काठमाडौं । गीत “ओ लभ्ली ” सार्वजनिक भएको छ । लामो समय देखि अमेरिका बस्दै आएका गितकार नारायण भारती को शब्द यो गीतमा रहेको छ । अमेरिका बसेर पनि उनी गीत संगीतलाई माया भने उस्तै गरिरहेका छन् । उनको शब्द रचनाको कयौं गितहरु नेपाली साङितिक आकाशमा चर्चित छन । त्यो मध्यको ‘ओह लभ्ली’ पनि एक बन्ने उनको बिश्वास छ । https://www.youtube.com/watch?v=-cLMWT7RT44 यस गीतमा रोशन श्रेष्ठले अभिनय गरेका छन । जसले नेपाली सिने क्षेत्रमा लामो समय देखि काम गर्दै आएका हुन । उनलाई अभिनयमा साथ दिएकी छिन चर्चित मोडेल तथा नायिका सृष्टि खड्काले । कृष्ण रसालले निर्देशन गरेमो भिडियो नारायण र इशा शर्मा भारती मिलेर बनाएका हुन् । सुनिल क्षेत्रीले संगीत गरेको गीतमा सुनिल राईले संगीत सम्योजन गरेका छन् । गीत करण राईले गाएका हुन । बिवेक सुनारले सम्पादन गरेको भि...