काठमाडौं । फुर्लिमा फाउन्डेसनको दोस्रो बार्षिक उत्सवको अवसरम आयोजित फुरलिमा फाउण्डेसन रक्तदान कार्यक्रम  बृहत रुपमा सम्पन्न भएको छ।

त्रि-पद्म रोभर/रेन्जर क्र्युको सहकार्यमा पुल्चोक स्थित त्रि- पद्म बिद्याश्रम मा.बि.को प्राङ्गणमा संचालित रक्तदान कार्यक्रम १०९ जना रक्तदाताले रक्तदान गरेका थिए  ।
निकै नै भब्य सब्य रुपमा कार्यक्रम सम्पन्न भएको कुरा मा.बि.का प्रधानाध्यापक हरि प्रसाद खनाल बताउनुहुन्छ ।

सामाजिक उत्तरदायित्व अन्तर्गत संचालित उक्त कार्यक्रममा फाउन्डेसनका पदाधिकारी,ग्रेस इभेन्ट्सका पदाधिकारी ,त्रि-पद्म मा.बि. का शिक्षक तथा कर्मचारी ,नेपाल स्काउट्स का सदस्यहरु,रोभर/रेन्जर तथा स्थानीय युवाहरुको बिशेश उपस्तिथि साथै सहभागीता रहेको थियो।

रक्तदान गर्नुहुने सम्पुर्ण दयालु एवं मनकारी रक्तदाताहरुलाइ हृदय देखि बिशेष धन्यवाद दिदै उक्त कार्यक्रममा सहयोग गर्नुहुने सहयोगी हातहरुलाइ मन नै देखि नमन गर्दै ,फुर्लिमा फाउन्डेसन सामाजिक कार्य तथा सेवामा सधै नै तल्लिन रहने ब्यहोरा यश फाउन्डेसनका अध्यक्ष मिङमा शेर्पाले व्यक्त गर्नु भयो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here