मङ्ल, मंसिर ९, २०८३
Tue, November 24, 2026
Shadow

समाचार

काभ्रेमा पनि देखियो सलह किरा

काभ्रेमा पनि देखियो सलह किरा

आर्थिक, समाचार
काभ्रे । काभ्रेको डाँडापारि क्षेत्रमा पर्ने खानीखोला गाउँपालिकामा सलह किरा भेटिएको छ । गाउँपालिकामा आज दिउँसो सलह किरा देखिएको गाउँपालिकाका प्रवक्ता मान बहादुर गोलेले जानकारी दिए । उनका अनुसार गाउँपालिकाका विभिन्न स्थानमा सलह किरा भेटिएको हो । सलह किराको समूहले गाउँपालिकामा क्षति पुर्याए, नपुर्याएको भने खुलिसकेको छैन । गाउँपालिकामा सलह किरा भित्रिएसँगै स्थानीय कृषक चिन्तित बनेका छन् । सलह किरा भित्रिएसँगै यकिन विवरण संकलन गर्न गाउँपालिका जुटेको छ । ...
फेयर एण्ड लभ्लीमाथि रंगभेदी भएको आरोप लागेसँगै,नाम बदल्ने घोषणा

फेयर एण्ड लभ्लीमाथि रंगभेदी भएको आरोप लागेसँगै,नाम बदल्ने घोषणा

अन्तराष्ट्रिय, आर्थिक, समाचार
चर्चित ब्युटी क्रिम फेयर एण्ड लभ्लीको नाम परिवर्तन हुने भएको छ । गोरोपनालाई बढावा दिने भन्दै विज्ञापन गर्दै आएको फेयर एण्ड लभ्लीमाथि रंगभेदी भएको आरोप लागेसँगै निर्माता कम्पनी युनिलिभरले फेयर एण्ड लभ्लीको मार्केटिङको तरिका तथा ब्राण्ड नाम बदल्ने घोषणा गरेको हो । बिहिबार एक विज्ञप्ती जारी गर्दै युनिलिभरले आगामी केही हप्तामै फेयर एण्ड लभ्लीको ब्राण्ड नाम परिवर्तन हुने जनाएको छ। साथै अब आफ्ना उत्पादन तथा विज्ञापनहरुमा गोरो वा गोरोपन जस्ता शव्दहरुको प्रयोग नगर्ने पनि युनिलिभरले घोषणा गरेको छ । छालाको सौन्दर्य सम्बन्धी उत्पादनहरुमा सुन्दरताको मानकलाई लिएर मानिसहरुको सोँच बदलिइरहेको भन्दै उसले अब यसमा सबै तप्कालाई सामेल गरिने जनाएको छ । छालाको सौन्दर्य प्रशाधन सम्बन्धी आफ्ना विश्वस्तरीय उत्पादनहरुका विषयमा आफु पूर्णरुपमा सचेत रहेको भन्दै युनिलिभरले अब सबै रङ तथा प्रकारको छालालाई ध्य...
दुर्गम गाउंमा निशुल्क उपचार गर्दै डाक्टर गोविन्द केसी

दुर्गम गाउंमा निशुल्क उपचार गर्दै डाक्टर गोविन्द केसी

समाचार, स्वास्थ्य
चिकित्सा क्षेत्र सुधारका अभियन्ता डाक्टर गोविन्द केसी बाजुराको जिल्ला अस्पताल कोल्टी प्रथामिक स्वास्थ्य केन्द्रमा बिरामी उपचारपछि कर्णाली प्रदेशका दुर्गम गाउँमा पुगेको छन् । एक हप्ता बाजुरामा निशुल्क उपचार गरेका उनी अहिले हुम्लाको ताजाकोट गाउँपालिका २ मैलामा रहेको मैला स्वास्थ्य चौकीमा पुगेर बिरामीको निशुल्क उपचार गरिरहेका छन् । बिहीबार स्वास्थ्यचौकी पुगेका केसीले बिरामीको चेकजाँचसँगै उपचार गरिरहेका फेज नेपाल नामक गैर सरकारी संस्थामा कार्यरत अनमी अनिता श्रेष्ठले बताइन्। स्वास्थ्य चौकीमा सेवा दिन केसी पुगेपछि उपचार गर्न आउने बिरामीको निकै घुइँचो लागेको श्रेष्ठले बताइन् । लामो समयदेखि उपचार गर्न नसकेर रोग पालिरहेका बिरामीले सेवा लिएका उनले बताइन् । केसी बाजुरा जिल्लाको सदरमुकाम मार्तडीबाट तीन दिने पैदल यात्रामा त्यहाँ पुगेका थिए । केसी पुगेको ठाँउ नेपालको दुर्गम गाउँ हो । हुम्लाको सदर...
छाब्दी मन्दिरको शंख चोरी,भक्तजनलाई मन्दिरमा प्रवेश रोक

छाब्दी मन्दिरको शंख चोरी,भक्तजनलाई मन्दिरमा प्रवेश रोक

अपराध, समाचार, समाज
तनहुँ – धार्मिक पर्यटकीयस्थल छाब्दी बाराही मन्दिरमा रहेको पुरानो शंख चोरी भएको छ । छाब्दी क्षेत्रमा एकाएक चोरीका घटना बढ्दै जान थालेपछि भक्तजनलाई मन्दिरमा प्रवेश रोक लगाएको छ । सदरमुकाम दमौलीबाट करिब ८ किमि पूर्वतर्फ पर्ने छाब्दी मन्दिरमा शुक्रबार राति चोरी भएपछि छाब्दी सुधार समितिले शनिबार आकस्मिक बैठक बसी रातको १० बजेदेखि बिहानको ५ बजेसम्म हिँडडुलमा रोक लगाएको हो । समितिद्वारा अर्को सूचना जारी नहुँदासम्म छाब्दी मन्दिरमा भक्तजन प्रवेशमा रोक लगाइएको समितिका अध्यक्ष हिमबहादुर रानाभाटले जानकारी दिए । मन्दिरको दुईवटा च्यानलगेटको चाबी फोडेर उक्त शंख चोरी भएको बताइएको छ । केही दिन यतादेखि छाब्दीमा चोरी घटना बढ्दै गएपछि स्थानीयबासीहरु त्रासित भएका छन् । कुखुरा, बाख्रा, खसी, बोका र एक मोटरसाइकल चोरी भएको अध्यक्ष रानाभाटले बताए । स्थानीय युवालाई रातको समयमा गस्ती गर्ने व्यवस्था मिलाइए...
सुर्खेतमा कोरोना परीक्षण गर्ने पीसीआर मेसिन बिग्रियो

सुर्खेतमा कोरोना परीक्षण गर्ने पीसीआर मेसिन बिग्रियो

समाचार, स्वास्थ्य
सुर्खेत । कोरोना भाइरस (कोभिड–१९ं)को परीक्षणका लागि कर्णाली प्रदेश सरकारले प्रयोगमा ल्याएको आरटी पीसीआर मेसिन बिग्रिएको छ । प्रदेश अस्पताल सुर्खेत प्रयोग गर्दै आएको पशुपन्छी रोग अन्वेषण प्रयोगशाला सुर्खेतको पीसीआर मेसिन शुक्रबारदेखि बिग्रिएको हो । यसअघि यो मेसिनबाट दैनिक करिब चार सय स्वाबको परीक्षण गर्दै आएको थियो । सामाजिक विकास मन्त्रालय स्वास्थ्य महाशाखा प्रमुख डा। लक्ष्मीनारायण तिवारीका अनुसार बिग्रिएको मेसिन मर्मतका लागि आइतबारबाट पहल थालिने भएको छ । ‘शुक्रबार नै मेसिन बिग्रिएको हो सफ्टवेरमा समस्या भयो कि भनेर प्रयास गरौँ तर हार्डवेयरमै समस्या देखियो’, डा. तिवारीले भने, ‘मेसिन मर्मतका लागि अस्पतालले आइतबार सप्लायर कम्पनीलाई पत्र काट्ने कुरा भएको छ ।’ हार्डवेरमा समस्या देखिएका कारण मर्मतमा समय लाग्ने उनको भनाइ छ । मेसिन बिग्रिएपछि अत्यावश्यक व्यक्तिको अर्को पोर्टेबल पीस...
उपसभामुखको रिक्तपद पूर्तिको माग गर्दै सर्वोच्चमा रिट

उपसभामुखको रिक्तपद पूर्तिको माग गर्दै सर्वोच्चमा रिट

राजनीति, समाचार
काठमाडौं-उपसभामुखको रिक्तपद पूर्तिको माग गर्दै सर्वोच्च अदालतमा रिट निवेदन दायर भएको छ। नेपालको संविधानअनुसार उपसभामुखको अविलम्ब व्यवस्थाका निम्ति परमादेशको आदेशको माग गर्दै प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालाय, सङ्घीय संसद्अन्तर्गतको प्रतिनिधिसभा तथा सभामुखको कार्यालय, कानून, न्याय तथा संसदीय व्यवस्था मन्त्रालय, सङ्घीय संसद् सचिवालय र नेपाल कानून आयोगलाई विपक्षी बनाएर अधिवक्ता तुलसी सिम्खडाले रिट निवेदन दायर गरेका हुन। संविधानअनुसार उपसभामुखको पद एक महिनाभन्दा बढी रिक्त राख्न नहुने बाध्यात्मक व्यवस्था रहेको उल्लेख गर्दै निवेदनमा उक्त पदको निर्वाचनका निम्ति सम्बन्धित निकायका नाममा परमादेशको आदेश जारी गर्न आग्रह गरिएको छ। यही असार ९ गते दायर भएको उक्त रिटमा असार ११ गते प्रथम सुनावाई गर्दै न्यायाधीश प्रकाशकुमार ढुङ्गानाको एकल इजलासले निवेदनमाथि अग्राधिकारको आदेश दिएको अधिवक्...
‘चुरोट संगै चिया’ गीत गाउदै लोकप्रिय कलाकार शिवहरि पौडेल

‘चुरोट संगै चिया’ गीत गाउदै लोकप्रिय कलाकार शिवहरि पौडेल

मनोरन्जन, समाचार
बरिष्ठ कलाकार तथा निर्देशक शिवहरि पौडेलको स्वरमा ‘चियासँग चुरोट’ बोलको गीत सार्वजनिक हुने भएको छ । चर्चित हांस्य कलाकार पौडेलको साथमा समिक्षा अधिकारीको स्वर रहेको गीत ‘चियासँग चुरोट’को भिडियो स्रोतारदर्शकमाझ चांडै आउने पौडेलले बताए। सुन्दर पन्तको शब्द, वावुल गिरीको सङ्गीत रहेको छ । शिवहरिकै निर्देशन रहेको गीतको भिडियोमा विकास फिरोज, मनिषा श्रेष्ठको अभिनय रहेने छ । देवराज सापकोटा र नवराज रिजालको कोरियोग्राफी रहेको भिडियोलाई नवराज उप्रेतीले छायाँकन गरेका छन् भने मनोज कार्कीले सम्पादन गरेका छन् । नन्दा अधिकारीको मेकअप रहेको छ । ‘हामीले यो गीत मुखमा हान्नुजस्तो युट्युव च्यानलबाट छिट्टै सार्वजनिक गर्दै छौ’, पौडेलले भने । ...
महानगरीय अपराध महाशाखा टेकुमा कार्यरत प्रहरीमा कोरोना संक्रमण

महानगरीय अपराध महाशाखा टेकुमा कार्यरत प्रहरीमा कोरोना संक्रमण

समाचार, स्वास्थ्य
असार १२ : महानगरीय अपराध महाशाखामा कार्यरत एक प्रहरीमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। बिहीबार गरिएको परीक्षणमा ३० वर्षीय प्रहरी कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएको हो।  बिदामा खोटाङ गएका उनी असार ७ गते काममा फर्किएको महाशाखाले जनाएको छ।  उनमा कोरोना परीक्षण पोजिटिभ देखिएपछि महानगरीय परिसर भित्रकै २५ जनालाई ब्यारेकमा र अन्य पाँच जनालाई छुट्टै क्वारेन्टाइनमा राखिएको छ।  उनलाई टेकुस्थित शुक्रराज ट्रोपिकल तथा सरूवा रोग अस्पतालको आइसोलेसन कक्षमा राखिएको महाशाखाले जनाएको छ।  ...
नेपाल चलचित्र तथा सांस्कृतिक प्रतिष्ठानद्वारा बोर्डका नव नियुक्त अध्यक्ष दयाराम दाहाललाई सुझाव पेश

नेपाल चलचित्र तथा सांस्कृतिक प्रतिष्ठानद्वारा बोर्डका नव नियुक्त अध्यक्ष दयाराम दाहाललाई सुझाव पेश

मनोरन्जन, समाचार
नेपाल चलचित्र तथा सांस्कृतिक प्रतिष्ठानका पदाधिकारिको एक टोलिले नेपाल चलचित्र बिकास बोर्डका नव नियुक्त अध्यक्ष दयाराम  दाहाललाई भेटी समग्र नेपाली चलचित्र क्षेत्रको समस्या र त्यसको समाधानका लागि सुझाव पेश गरेको छ।बोर्ड अध्यक्षको कार्य कक्षमा प्रतिष्ठानका पदाधिकारीहरुको भेटमा नेपाली चलचित्रलाई कसरी अन्तरास्ट्रिय बजारमा लान सकिन्छ ? र त्यसका लागि के के निती अपनाउनु पर्छ ? भन्ने बारेमा छलफल भएको थियो। नेपाल चलचित्र तथा सांस्कृतिक प्रतिष्ठानले बिगत देखिनै नेपाली चलचित्रको स्तरोन्तीका लागि अन्तरास्ट्रिय चलचित्र महोत्सव (निफ) , कार्यशाला, गोष्ठी लगायत चलचित्र क्षेत्रको प्रवद्र्धन गर्दै आइरहेको छ। प्रतिष्ठानका अध्यक्ष केपि पाठकले सुझाव पत्र बोर्ड अध्यक्ष दाहाललाइ हस्तान्तरण गरेका थिए भने प्रतिष्ठानका महासचिव राजु के.सी.ले सुझाव पत्र वाचन गरेका थिए । सुझाव प्रति सकरात्मक प्रतिक्रिया द...
शशिविक्रम र जानकीको नालापानी दुख्यो सार्वजानिक (भिडियो सहित)

शशिविक्रम र जानकीको नालापानी दुख्यो सार्वजानिक (भिडियो सहित)

मनोरन्जन, समाचार
असार १२ । राष्ट्रिय गीत ‘नालापानी दुख्यो साथी कालापानी दुख्यो’ सार्वजनिक भएको छ । गौरीशंकर च्छोरोल्पा मिडिया प्रा.लि.को प्रस्तुति रहेको जानकी वज्रचार्य को शब्द रचना एवम् शशिविक्रम थापाको स्वर तथा पुरुषोक्त न्यौपानेको सङ्गीत रहेको राष्ट्रप्रेमले भरिएको गीत ‘नालापानी दुख्यो साथी कालापानी दुख्यो’को भिडियो सार्वजनिक भएको हो । गीत च्छोरोल्पा टी.भी. मार्फत राजधानीमा एक कार्यक्रमबीच सार्वजानिक गरिएको हो । सामाजिक दुरी कायम गर्दै सम्पन्न भएको उक्त कार्यक्रमा वरिष्ठ नाट्यकर्मी एवम् कलाकार मदनदास श्रेष्ठको प्रमुख अतिथ्यतामा सम्पन्न भएको थियो । कार्यक्रममा समाजसेवी शोभित उप्रेती, देवेन्द्र सिटौला, नेपाली काँग्रेस दोलखाका सभापति रुद्रबहादुर खड्का, कलकार प्रभाकरदेव शर्मा, चलचित्र निर्देशक माधवराज खरेल पत्रकार राजन थापा, सूर्य चन्द, कमला जोशी, समाजसेवी सोमा खत्री, लक्ष्मी वस्नेत, अनिता चौलागाईलगा...