मङ्ल, मंसिर ९, २०८३
Tue, November 24, 2026
Shadow

समाचार

विश्वभर कोरोना भाइरस ‘कोभिड १९’ बाट संक्रमितको संख्या एक करोड बढी, मृत्यु पाँच लाख चार हजार माथी

विश्वभर कोरोना भाइरस ‘कोभिड १९’ बाट संक्रमितको संख्या एक करोड बढी, मृत्यु पाँच लाख चार हजार माथी

समाचार, समाज, स्वास्थ्य
विश्वभर कोरोना भाइरस ‘कोभिड १९’ बाट संक्रमित हुनेको संख्या एक करोडभन्दा बढी पुगेको छ। संक्रमित एक करोड १० लाखभन्दा बढी पुगेको जोन हपकिन्स युनिभर्सिटीले जनाएको छ। संक्रमितमध्ये पाँच लाख चार हजारभन्दा बढीको भने मृत्यु भइसकेको छ। कोरोना संक्रमण देखिएको ६ महिना बितिसक्दा पनि हालसम्म यो नियन्त्रणमा आउन सकेको छैन। अमेरिका, ब्राजिल, रुस र भारतमा यतिबेला तिव्र गतिमा कोरोना संक्रमित थपिरहेका छन्। यी राष्ट्रहरु हाल विश्वमा कोरोनाबाट सबैभन्दा बढी प्रभावित बनेका राष्ट्र हुन्। हालसम्म कोरोनाबाट संक्रमित बनेका ५० लाखभन्दा बढी मानिस उपचारपछि स्वस्थ बनिसकेका छन् यद्यपी हालसम्म यसको औषधि र खोप बन्न सकेको छैन। विश्वभर सयभन्दा बढी खोप विकासको क्रममा रहेको डब्लूएचओले जनाएको छ। चीन, अमेरिका, बेलायत लगायतका मूलुकले कोरोनाविरुद्धको खोप मानवमा परीक्षण गरिरहेका छन्। एकदेखि डेढवर्ष भित्र ...
स्टार अस्पतालमा उपचाररत एक युवकको मृत्यु, कोरोना संक्रमण पुष्टि

स्टार अस्पतालमा उपचाररत एक युवकको मृत्यु, कोरोना संक्रमण पुष्टि

समाचार, स्वास्थ्य
ललितपुरको सानेपास्थित स्टार हस्पिटलमा उपचाररत एक जनाको मृत्यु भएको छ। भेन्टिलेटरमा राखेर उपचार भइरहेका रौतहटका २९ वर्षीय पुरूषको शनिबार राति आठ बजे मृत्यु भएको अस्पतालले जनाएको छ। ‘सास फेर्न सस्टार अस्पतालमा उपचाररत एक युवकको मृत्यु, कोरोना संक्रमण पुष्टिमस्या भएर उहाँ शनिबार दिउँसो ४ बजे अस्पतालमा आउनु भएको थियो। हामीले कोरोनाको शंका गरेर भेन्टिलेटरमा उपचार गरिरहेका थियौं। स्वाब निकालेर पिसिआर परीक्षण गर्न पठाएका थियौं,’ अस्पतालको कोरोना रेस्पोन्स टिमका प्रमुख डाक्टर अनिल पोखरेलले भने,‘शनिबार साँझ नै उहाँको मृत्यु भएको थियो। हिजो आएको पिसिआर रिपोर्टमा उहाँलाई कोरोना संक्रमण देखियो।’ मृतक युवकमा कोरोना संक्रमण पुष्टि भएपछि अब नेपाली सेनाले उनको अन्तिम संस्कार गर्न लैजाने तयारी भएको डाक्टर पोखरेलले जानकारी दिए। रौतहटका ती युवामा पहिलादेखि नै छातीको समस्या थियो। केही दिनयता सास फ...
कलाकार किरण केसीले आज आफ्नो जन्मदिनमा वरिष्ठ पत्रकार डब्बु क्षेत्री वरिष्ठ कलाकार लक्ष्मी गिरीलाई नगद सहित सम्मान गर्ने

कलाकार किरण केसीले आज आफ्नो जन्मदिनमा वरिष्ठ पत्रकार डब्बु क्षेत्री वरिष्ठ कलाकार लक्ष्मी गिरीलाई नगद सहित सम्मान गर्ने

मनोरन्जन, समाचार
काठमाडौं– लोकप्रिय वरिष्ठ हाँस्यकलाकार किरण केसी आज असार १५ गतेदेखि आफ्नो जन्मदिन मनाउँदै छन। कृषकहरुको महत्वपूर्ण चाड समेत परेको दिन भएकोले जन्मदिनको साथमा दहि चिउरा भोजको आयोजना गरि कृषिको महत्व समेत दर्शाउदै आएका केसीले प्रत्येक वर्ष यस दिनलाई हांस्यव्यंङ्ग क्षेत्रको विकास र प्रवद्र्धनात्मक कार्यक्रम समेत गर्दै आईरहेका छन । आफ्नो जन्मदिनको दिन भव्य रुपमा कार्यक्रम आयोजना गर्दै हरेक वर्ष कलाकारिता क्षेत्रबाट लामो समय देखी योगदान गर्ने वरिष्ठ कलाकार तथा पत्रकारिता क्षेत्रमा लामो समय देखि निरन्तर कलम चलाउदै आएका एक जना पत्रकारलाई गरि वर्षमा दुईजना व्यक्तित्वहरुलाई नगद दश /दश हजार सहित सम्मान गर्दै आएका ख्याति प्राप्त हांस्य कलाकार केसीले यो पटक आफ्नो जन्मदिनमा लकडाउनका कारण सम्मान कार्यक्रमलाई मात्र निरन्तरता दिई अन्य कार्यक्रम नगरिने उनले बताए । केसीले यो पटकको जन्मदिनमा कलाकारिता क्ष...
कीर्तिमानी गीतकार डा. डीआर उपाध्यायको नयाँ गीत ‘म केही भन्छु…’ सार्वजनिक (भिडियोसहित)

कीर्तिमानी गीतकार डा. डीआर उपाध्यायको नयाँ गीत ‘म केही भन्छु…’ सार्वजनिक (भिडियोसहित)

मनोरन्जन, समाचार
विश्व कीर्तिमानी गीतकार डा. डीआर उपाध्यायको नयाँ गीत ‘म केही भन्छु…’ सार्वजनिक भएको छ । डीआरको शब्द, नरहरि प्रेमी र सुम्निमा लोको स्वर तथा नरहरिकै सङ्गीत रहेको गीतको लिरिकल भिडियो सार्वजनिक भएको हो । गीतको भिडियो डीआर म्युजिक एण्ड क्रियशन मार्फत सार्वजनिक गरिएको छ । यो गीत उपाध्यायको केही समय अघि सार्वजनिक एल्बम ‘अनुभुतिको मझेरी’मा समाविष्ट छ । गीतकारका रुपमा विभिन्न थुप्रै विश्व रेकड् कायम गरेका डा. उपाध्यायले यो सार्वजनिक गीतमा बाबु छोरीको प्रेमलाई प्रस्तुत गरेका छन् । ‘छोरीको लागि बाबाको कत्वर्य के हो र बाबाप्रति छोरीको जिम्मेबारीका कुरालाई गीत मार्फत सवैले आफ्नो जिम्मेबारी वहन गरुन भन्ने हेतुले मैले यो गीत स्रोता/दर्शकमाझ ल्याएको हुँ’, कीर्तिमानी गीतकार डा. डीआर उपाध्यायले भने । https://youtu.be/CF05EoproB8 यस्तो छ गीत :- म केही भन्छु आज सुनमुटुको टुक्रा तिमीआर्शीवचन ...
जेसिआइ काठमाडौं लेडीको “महिनावारी सरसफाई,प्रजनन स्वास्थ्य परामर्श तथा पुनः प्रयोग सेनेटरी प्याड तयारी अनलाईन तालिम”सम्पन्न

जेसिआइ काठमाडौं लेडीको “महिनावारी सरसफाई,प्रजनन स्वास्थ्य परामर्श तथा पुनः प्रयोग सेनेटरी प्याड तयारी अनलाईन तालिम”सम्पन्न

समाचार, समाज, स्वास्थ्य
जेसिआइ काठमाडौं लेडीले प्रोजेक्ट साथि अन्तर्गत “महिनावारी सरसफाई,प्रजनन स्वास्थ्य परामर्श तथा पुनः प्रयोग सेनेटरी प्याड तयारी तालिम” सम्पन्न गरेको छ। जेसिआइ नेपाल एसडीजी(SDG) कमिटि र जेसिआइ नेपाल वुमन स्किल डेवलोपमेन्ट कमिटिको सहयोगमा जेसिआइ काठमाडौं लेडीले उक्त कार्यक्रमको आयोजना गरेको हो । उक्त कार्यक्रममा प्रमुख अतिथि जेसिआइ काठमाडौं लेडीका पुर्व अध्यक्ष डा. शुसिला मल्ल,विशिष्ट अतिथि नेपाल जेसिज २०२० का राष्ट्रिय अध्यक्ष जेसिआइ सिनेटर अशोक शंकर रहनु भएको थियो। त्यसैगरि कार्यक्रममा अतिथिका रुपमा जेसिआइ नेपालका नेशनल एसडीजी संयोजक जेसिआइ सिनेटर आशिस शर्मा,जेसिआइ नेपाल वुमन स्किल डेवलोपमेन्ट कमिटिका संयोजक जेसी रुकमणि सिग्देल हुनु हुन्थ्यो। कार्यक्रमको सरुवातमा जेसिआइ काठमाडौं लेडीका निवर्तमान अध्यक्ष जेसी अर्चना मुनंकर्मी श्रेष्ठले जेसिज आस्था पाठ वाचन गर्नु भएको थियो। कार्यक्रममा जेस...
चर्चित गायक दिनेश गौतमको ‘मायाँ आफैं हुन्छ’ बोलको नयाँ गीतको भिडियो सार्बजनिक (भिडियो सहित)

चर्चित गायक दिनेश गौतमको ‘मायाँ आफैं हुन्छ’ बोलको नयाँ गीतको भिडियो सार्बजनिक (भिडियो सहित)

मनोरन्जन, समाचार
गायक दिनेश गौतमको ‘मायाँ आफैं हुन्छ’ बोलको नयाँ गीतको भिडियो सार्बजनिक भएको छ । गीतमा राम भट्टराईको शब्द तथा बसन्त सापकोटाको संगीत छ । भिडियोमा विनोद श्रेष्ठ र लक्ष्मी शर्मा फिचर्ड छन् । कलाकार तथा निर्माता दीपशिखा सिंह खड्काले निर्देशन गरेको भिडियोमा भेषबन्धु ढकालको छायांकन, विक्रमकुमार श्रेष्ठको सम्पादन छ । चर्चित गीत पैसा कस्ले बनायो ? बाट चर्चामा आएका गायक गौतम दुई दशकदेखी निरन्तर नेपाली गीत संगीतमा लागि रहेका छन । पैसा, इश्वर, प्रजुसा, प्रभाब, शीतल, चुपचाप चुपचाप, लगायत ११ म्युजिक एल्बम सर्बजनिक गरिसकेका गौतमका पैसा कस्ले बनायो ? , घरबनाउला बाँसै काटेर , फर्केर आएन मायाँलु ,इमान बेचिदिन्छ मान्छे, म मरिसके पछि लगायत थुप्रै चर्चित गीतहरु पस्किसकेका छन । विशेष गरि कालजयी गीत गाउने गौतमले थुप्रै नेपाली फिल्ममा आफ्नो सुमधुर आवाज दिई सकेका छन । गायन मात्र नभएर नेपाली साहित्यमा...
थप ४६३ जनामा कोरोना संक्रमण, संक्रमित संख्या १२७७२ पुग्यो

थप ४६३ जनामा कोरोना संक्रमण, संक्रमित संख्या १२७७२ पुग्यो

समाचार, स्वास्थ्य
काठमाडाैँ– नेपालमा पछिल्लाे २४ घण्टामा १ सय ५ जना महिला र ३ सय ५८ पुरुषसहित ४ सय ६३ जना कोरोना संक्रमित थपिएका छन्। यससँगै नेपालमा कोरोना संक्रमितको संख्या १२ हजार ७ सय ७२ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। यस्तै हालसम्म नेपालमा कोरोना भाइरसको संक्रमणबाट २८ जनाको मृत्यु भइसकेको छ। कोरोनाको प्रकोप दिन प्रतिदिन बढ्दै गएको छ। हालसम्म देशका ७७ वटै जिल्लामा कोरोनाको संक्रमण फैलिसकेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभर १ सय ७९ जना कोरोना संक्रमित डिस्चार्ज भएका छन्। डिस्चार्ज हुनेमध्ये १३ महिला र १ सय ६६ पुरुष रहेको स्वास्थ्य मन्त्रालयको नियमित प्रेस विफ्रिङका क्रममा प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए। यससँगै हालसम्म डिस्चार्ज हुनेको संख्या ३ हजार १३ पुगेको छ। यसैगरी पीसीआर विधिबाट पछिल्लो २४ घण्टामा ४ हजार ९ सय ६२ गरी आजसम...
कुवेर पि. उप्रेती ‘दाह्री’को ‘एमसीसी चाहिदैन’ गीतको भिडियो सार्वजनिक (भिडियो सहित)

कुवेर पि. उप्रेती ‘दाह्री’को ‘एमसीसी चाहिदैन’ गीतको भिडियो सार्वजनिक (भिडियो सहित)

मनोरन्जन, समाचार
काठमाडौं । देशको पछिल्लो घटनाक्रम अनुसारको गीतहरु सार्वजनिक हुने क्रममा एमसीसी विषयको समय सान्दर्भिक गीत ‘एमसीसी चाहिदैन’ बोलको गीत सार्वजनिक भएको छ । नेपालको समसामयिक घटना र वास्तविकतालाई मध्यनजर गरि तयार गरिएको गीत एमसीसी चाहिदैन लाई गायक कुवेर पि. उप्रेती दाह्रीले स्वर दिएका छन । गायक स्वयंकै संगित तथा शव्द रहेको गीतको भिडियो उनकै कुवेर पि. उफ्रेती दाह्रीको युट्यूब च्यानलबाट सार्वजनिक भएको हो । विद्युतीय व्यबसायी समेत रहेका उफ्रेतीको उक्त गीतको ऐरेन्ज दर्पण यात्रीले गरेका हुन भने मिक्सिङ्ग तथा मास्टरिङ्ग मान बहादुर बरालले गरेका हुन ।भिडियो हेर्नुहोस:  https://www.youtube.com/watch?v=n1xW2fR_TdE&feature=share&fbclid=IwAR1AqhfBYM_jMr8elAQG0gq7marVyXT9K4cj2JSZaEUjmVTPYMdoxlukuNc ...
नेपाली अभिनेत्री नितुलाई भारतमा शान्ति अवार्डस

नेपाली अभिनेत्री नितुलाई भारतमा शान्ति अवार्डस

मनोरन्जन, समाचार
भारतको पिस अफ ईन्डिया नामक संस्थाली आफ्नो चौथो वार्षिकोत्सवको अवसर पारेर विभिन्न क्षेत्रमा बिशेष योगदान पुर्याए बापत हालै नेपालकी अभिनेत्री नितु कोईराला तथा भारतका चर्चित अभिनेता राहुल रोय, मिसेज एसिया विनर मोडेल तथा नायिका हिना कौसेर, बलिउड अभिनेता वरुन सुरी तथा राज अरोरा लगायतका बिशिष्ट व्यक्तित्वहरुलाई “शान्ती”अवार्डद्वारा सम्मानित गरिएको छ । कार्यक्रमको निश्चित अवधी यही सन २०२० जुनको २३ तारिख राखिएको तर हालै चलेको बिषम परिस्थितिका कारण भने अनलाइनबाटै भर्चुयल कार्यक्रम गरी अवार्ड समारोह सम्पन्न गरिएको कुरा सम्मानित मध्यकी एक नेपाली अभिनेत्री तथा पिस अफ इण्डियाका लागि नेपालबाट प्रतिनिधित्व गर्दै आएकी नितु कोइरालाले जानकारी गराउनु भयो । कार्यक्रममा सो अवार्ड समारोहलाई पिस अफ इन्डियाका संस्थापक अध्यक्ष बिशाल भारद्वजले सम्बोधन गर्नु भएको थियो । अवार्ड बितरणसंगै कार्यक्रममा सम्पूर्ण स...
उपत्यका बाहिर जान लिनुपर्ने सवारी पासको ढाँचा सार्वजनिक

उपत्यका बाहिर जान लिनुपर्ने सवारी पासको ढाँचा सार्वजनिक

समाचार, समाज
जिल्ला प्रशासन कार्यालय काठमाडौंले उपत्यका बाहिर जान लिनुपर्ने सवारी पासको ढाँचा सार्वजनिक गरेको छ। सवारी पास पाउन अबदेखि निवेदकले कार्यालयले जारी गरेको ढाँचाअनुसार निवेदन दिनुपर्नेछ। ढाँचामा यात्रुहरूको नाम, उमेर, स्थायी ठेगाना र सम्पर्क नम्बर लेख्नुपर्नेछ। जाने स्थान, जाने मिति, सवारी धनीको नाम, चालकको नाम पनि उल्लेख गर्नुपर्छ। निवेदनमा हुलाक टिकट टाँस्नु नपर्ने कार्यालयले जनाएको छ। कार्यालयले जारी गरेको ढाँचा सेवाग्राही आफैंले प्रिन्ट गरी निवेदनसहित दिनुपर्नेछ। उक्त ढाँचा कुनै स्टेशनरी पसलबाट प्रिन्ट गरी बेच्नु परेमा ५ रूपैंयाँभन्दा बढी नलिन पनि कार्यालयले आग्रह गरेको छ। निवेदनका साथमा जानु पर्ने स्थानीय तहको सिफारिश वा यात्रा प्रयोजन खुल्ने कागजातको फोटोकपीसमेत समावेश गर्नुपर्ने कार्यालयले जनाएको छ। यस्तो छ सवारी पासको लागि आवेदनको ढाँचा ...