एशियन प्रोफेशनल अचिभमेन्ट अवार्ड’ स्वदेश देखी विदेशका व्यक्तित्वहरुलाई
काठमाडौँ – सिजन मिडिया आफ्नो १५ औँ स्थापना दिवस मनाएको छ । शुक्रबार स्थापना दिवसको अवसरमा होटल हिमालयन कुपन्डोलमा एशियाली देशका सफल व्यवसायीक व्यक्तित्वहरुलाई ‘एशियन प्रोफेशनल अचिभमेन्ट अवार्ड २०२३’ चौथो संस्करण विषयक सम्मान तथा अवार्ड वितरण कार्यक्रम आयोजना सम्पर्न गरेको हो । उक्त कार्यक्रममा प्रमुख अािथि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ विशेष अतिथि शहरी विकास मन्त्री सीता गुरुङ, विभिन्न दलका सांसदहरु गणेश पराजुली,रामहरि खतिवडा,राजेन्द्र पाण्डे,हितराज पाण्डे, एकनाथ ढकाल साथै व्यवसायीहरु एफएनसिसिआइका अध्यक्ष चन्द्र ढकाल, सिएनआइका अध्यक्ष राजेश अग्रवाल, पन्चकन्या गु्रपका प्रवन्ध निर्देशक प्रदीपकुमार श्रेष्ठ लगायत अन्य व्यवसायीक व्यतित्वहरुको उपस्थिति रहेको थियो ।
सिजन मिडिया प्रालिको १५औँ वार्षिकोत्सवका अवसरमा आयोजित ‘एशियन प्राफेसनल एचिभ्मेन्ट अवार्ड २०२३’ कार्यक्रमला...









