डा.डिआर उपाध्यायको गीत संगीत क्षेत्रमा ३२ वल्र्ड रेकर्ड कायम
श्रम रोजगार तथा समाजिक सुरक्षा मन्त्री रामेश्वर राय यादवले डा. डीआर उपाध्यायले गीत संगीतका क्षेत्रमा विभिन्न ३२ वल्र्ड रेकर्ड कायम गरेर देशकै गौरव बढाएको बताउनु भएको छ । आइतबार राजधानीमा डा. डीआर उपाध्यायका एक साथ १७ विश्व रेकर्ड सार्वजनिक तथा हस्तान्तरण कार्यक्रममा मन्त्री यादवले डा. उपाध्यायले विश्व रेकर्ड मार्फत नेपाल चिनाउने काम गर्नुभएको बताउँनु भएको हो ।यस अघि गिनिज बुक अफ वल्र्ड रेकर्डसहित विभिन्न १५ विश्व रकेर्ड कायम गर्नुभएका विश्व कीर्तिमानी गीतकार तथा उपन्यासकार डा. डीआर उपाध्यायका आइतबार राजधानीमा सामाजिक दुरी कायम गर्दै भएको कार्यक्रममा एक साथ १७ विश्व रेकर्ड विभिन्न दश संस्थाहरुले प्रदान गरेका छन् ।
श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री रामेश्वर राय यादवको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा गीतकार संघका अध्यक्ष चुण्डामणी देवकोटा, एभरेष्ट वल्र्ड बुकका फाउण्डर अध्यक्ष मधु...









