मङ्ल, मंसिर ९, २०८३
Tue, November 24, 2026
Shadow

समाचार

महिला उद्यमीलाई कोभिडबाट सिर्जित प्रतिकुल असर न्यूनिकरण गर्न महिला चेम्बरको परामर्शमुलक कार्यक्रम

महिला उद्यमीलाई कोभिडबाट सिर्जित प्रतिकुल असर न्यूनिकरण गर्न महिला चेम्बरको परामर्शमुलक कार्यक्रम

खेलकुद, समाचार
नेपाल महिला चेम्बरले ‘नेपालको व्यापार क्षेत्र र कोभिड १९ को सामना’ बिषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ । आईतबार आयोजित उक्त कार्यक्रममा नेपाल महिला चेम्बरकी उपाध्यक्ष अम्बिका शर्माले वक्ताको रुपमा प्रस्तुती दिएकी थिईन् । प्रस्तुती दिने क्रममा शर्माले कोभिड १९ विश्वव्यापी रुपमा फैलिएको हुनाले यसबाट जोगिदै अगाडि बढनुको विकल्प नभएको औल्याउदै नविनतम सोच र आत्मविश्वासका साथ कर्म क्षेत्रमा कृयाशिल हुनुपर्ने बताएकी थिईन । कार्यक्रम माझ उठेका प्रश्नहरुको जवाफ दिने क्रममा उपाध्यक्ष शर्माले महिला उद्यमशीलतालाई प्रबर्धन गर्न आपसी समन्वयको खाँचो टड्कारो रहेको बताउदै हाल महिला चेम्बरले गर्दै आईरहेको अन्तर्कृया कार्यक्रमले समस्याको पहिचान गर्दै निदानका लागि मार्ग प्रशस्त गर्ने उल्लेख गरिन । कार्यक्रममाझ नेपाल महिला चेम्बरकी उपाध्यक्ष सुष्मा शर्मा उपाध्यक्ष शर्माको व्यक्तित्व बारे प्रकाश ...
महानगरका सबै वडामा मंगलबारदेखि राजश्व प्रणाली अनलाइनबाट

महानगरका सबै वडामा मंगलबारदेखि राजश्व प्रणाली अनलाइनबाट

समाचार, समाज
 काठमाडौं महानगरका २० वटा वडाबाट ५० जना करदाताले अनलाइन प्रणालीबाट रकम भुक्तानी गरेका छन्। महानगरलाई बुझाउनु पर्ने कर राजस्व निर्धारण तथा संकलन अनलाइन प्रणालीबाट भुक्तानी गरेका हुन्। महानगरले असोज १ गतेदेखि वडा १, २, ३, ४, १०, ११, १५, २६, ३० र ३१ बाट प्रणाली सञ्चालनमा ल्याएको हो। सफ्टवेयर सञ्चालन गर्ने प्राबिधिक ज्ञान दिँदै असोज ५ गतेदेखि वडा ५, ६, ७, ९, १२, १४, १६, २, २९ र ३२ वडामा प्रणाली सञ्चालन गरिएको थियो। यस अवधिमा प्रणालीमा जोडिएका करदाताले तिरेको करबाट महानगरले १ करोड ६० लाख रुपैयाँ राजस्व प्राप्त गरेको, राजस्व विभागका निर्देशक शिवराज अधिकारीले जानकारी दिए। अहिले वडा ९, १३, १७, १८, १९, २० २१, २२, २३, २४, २५ र २७ गरी १२ वटा वडाका कर्मचारीका लागि तालिम भइरहेको छ। आज र भोलि २ दिन हुने तालिमपछि पर्सि अर्थात् मंगलबार ती सबै वडामा प्रणाली सञ्चालन गर्ने लक्ष्य छ। यसो भएम...
सौरहामा पर्यटकलाई ३० प्रतिशतसम्म छुट

सौरहामा पर्यटकलाई ३० प्रतिशतसम्म छुट

समाचार
असोज ११ चितवन । कोरोना सङ्क्रमणसँगै बन्द रहेको यहाँको पयर्टन व्यवसायलाई चलायमान बनाउन व्यवसायीले छुटको घोषणा गरेका छन् । सौराहाका पर्यटन व्यवसायीले विश्व पर्यटन दिवसका अवसरमा आज आयोजना गरेको कार्यक्रममा २० देखि ३० प्रतिशतसम्म छुटको घोषणा गरेका हुन् । कार्यक्रममा क्षेत्रीय होटल सङ्घ नेपाल सौराहाका अध्यक्ष दीपक भट्टराईले पर्यटनसँग सम्बन्धित सबै व्यवसायमा छुट गरिने बताउनुभयो । उहाँले भन्नुभयो, “व्यवसायको प्रकृतिअनुसार २० देखि ३० प्रतिशतसम्म छुट समावेश गरेर एक साताभित्र प्याकेज सार्वजनिक गर्छाै ।” लकडाउनले थला परेको सौराहाका व्यवसायीले सन् २०२० मा सरसफाइ र सम्पूर्ण तयारी गर्ने, सन् २०२१ मा व्यापक प्रचारप्रसार गरी सन् २०२२ मा पर्यटन व्यवसायलाई पूर्ववत अवस्थामा फर्काउने गृहकार्य थालेका छन् । भट्टराईले देशका प्रमुख शहरमा घुमौ चितवन अभियानका साथ जाने बताउनुभयो । उहाँले भन्नुभयो, “प्रमुख शहरमा ...
लहानका विद्यालय आजबाट खुले

लहानका विद्यालय आजबाट खुले

समाचार
असोज ११ काठमाडौं । स्वास्थ्य सुरक्षा मापदण्ड पूरा गर्दै सिरहाका विभिन्न स्थानका सामुदायिक तथा निजी विद्यालयहरु आजबाट सञ्चालनमा आएका छन्। जिल्लाको मिर्चैया र गोलबजार नगरपालिका तथा लक्ष्मीपुर पतारी गाउँपालिकालगायतका स्थानीय तहमा सामुदायिक तथा निजी विद्यालयहरु आवश्यक स्वास्थ्य सुरक्षाका मापदण्ड पूरा गरी सञ्चालनमा आएका हुन्। कोरोना सङ्क्रमण फैलिन नदिन सरकारले गरेको बन्दाबन्दीका कारण गत चैत्र ११ गतेदेखि बन्द रहेका विद्यालयहरु स्थानीय तहको निर्णयअनुसार नियमित सञ्चालनमा आएका छन्। विद्यालयमै सामाजिक दूरी कायम गरी स्वास्थ्य सतर्कता अपनाएर कक्षा सञ्चालन गर्न विद्यालयहरुलाई निर्देशन दिएअनुसार नगर क्षेत्रका विद्यालयहरु आजबाट सञ्चालनमा आएको मिर्चैया नगरपालिका शिक्षा शाखाका स्रोतव्यक्ति श्यामकुमार यादवले जानकारी दिए। करीब छ महिनापछि विद्यालय सञ्चालनमा आएकाले विद्यार्थीको सङ्ख्या कम भएपनि दु...
आकस्मिक बसेको मन्त्रिपरिषद् बैठकको निर्णय

आकस्मिक बसेको मन्त्रिपरिषद् बैठकको निर्णय

राजनीति, समाचार
आइतबार बसेको मन्त्रिपरिषदको बैठकले केहि महिनादेखि निमित्त कार्यकारी निर्देशकको रुपमा कार्यरत् रहेका भण्डारीलाई नै सो पदमा नियुक्त गरिएको छ । यसैगरी, नेपाल र इजरायलबीच कृषि प्रविधि हस्तान्तरणसम्बन्धी सम्झौता गर्नका लागि इजरायलयका लागि नेपाली राजदूत डा अञ्जान शाक्यलाई अख्तियार प्रदान गर्ने निर्णय बैठकले गरेको छ । मन्त्रिपरिषद्को आकस्मिक बैठकले कृषि अनुसन्धान परिषद् नार्कको कार्यकारी निर्देशकमा डा दीपक भण्डारीलाई नियुक्त गरेको छ। नियमित रुपमा सोमबार तथा बिहीबार बस्ने गरेको बैठक आइतबार नै राखिए पनि कुनै विशेष जरुरी प्रस्तावबारे छलफल नभएको एक मन्त्रीले जानकारी दिए । यसअघि आजको बैठकले दुई वटा मन्त्रालय फुटाउने निर्णय गर्ने सम्भावना रहेको जनाइएको थियो । ...
ऐतिहासिक फिल्म ‘देउमाइको किनारमा’ का निर्देशक रहेनन्

ऐतिहासिक फिल्म ‘देउमाइको किनारमा’ का निर्देशक रहेनन्

समाचार
असोज ११ दमक – शहिद रत्नकुमार वान्तवाको जीवनीमा आधारित ऐतिहासिक फिल्म ‘देउमाइको किनारमा’ का लेखक तथा निर्देशक प्रेम शेर्मा (माङ्जाबुङ्गे)को निधन भएको छ । लामो समयदेखि मिर्गाैला र कलेजोको समस्याबाट पीडित शेर्माको आज आफ्नै निवासमा निधन भएको हो । पचपन्न वर्षीय शेर्मा मोरङको उर्लावारीस्थित आइतबारेमा परिवारसहित बस्दैआउनुभएको थियो ।उनको श्रीमती, दुई छोरी र एक छोरा हुनुहुन्छ । उनी फिल्मी क्षेत्रसँगै साहित्य र सांस्कृतिक आन्दोलनमा सक्रिय रहँदै आएका थिए । शेर्माको आज दिउँसो उर्लावारीस्थित सुनझोडा जङ्गलमा अन्त्येष्टि गरिएको छ । यसैबीच, शेर्माको असमायिक निधन प्रति चलचित्रकर्मी, साहित्यक, सामाजिक क्षेत्र तथा विभिन्न पेशाकर्मीले समवेदना व्यक्त गरेका छन् । ...
आज देशभरमा १५ सय ७३ कोरोना संक्रमित थपिए, ८८५ डिस्चार्ज भए

आज देशभरमा १५ सय ७३ कोरोना संक्रमित थपिए, ८८५ डिस्चार्ज भए

समाचार, स्वास्थ्य
नेपालमा पछिल्लो २४ घण्टामा थप १ हजार ५७३जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। आइतबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमले देशभरमा  थप १ हजार ५७३ जनामा कोरोना संक्रमण पुष्टि भएको बताए। नयाँ थपिएकासँगै नेपालमा संक्रमितको संख्या ७३ हजार ३ सय ९४ पुगेको छ  भने आज देशमा संक्रिय संक्रमितको संख्या १९ हजार १९ रहेको छ। पछिल्लो २४ घण्टामा १० हजार १ सय २३ पीसीआर परीक्षण भएका छन् । संस्थागत आइसोलेनमा ८ हजार ३२१ रहेका छन्। पछिल्लाे २४ घण्टामा थप ८८५ जना निको भएर डिस्चार्ज भएका छन्। याेसँगै  निकाे हुनेकाे संख्या ५३ हजार ८ ९८ पुगेकाे छ।  ...
प्रधानसेनापति पूर्णचन्द्र थापा ‘सेल्फ क्वारेन्टिनमा’

प्रधानसेनापति पूर्णचन्द्र थापा ‘सेल्फ क्वारेन्टिनमा’

समाचार, समाज
सरकारी निवासको भान्छामा काम गर्ने एक जना सहयोगीलाई कोरोना संक्रमण पुष्टि भएपछि प्रधानसेनापति पूर्णचन्द्र थापा ‘सेल्फ क्वारेन्टिन’ मा बसेका छन्। प्रधानसेनापति थापाको सरकारी निवासको भान्छामा कार्यरत एक जनालाई शनिबार कोरोना संक्रमण पुष्टि भएको थियो। ‘उहाँको सरकारी निवासमा भान्छामा कार्यरत एक जनामा कोरोना पुष्टि भएपछि उहाँ आजदेखि सेल्फ क्वारेन्टाइनमा बस्नु भएको हो,’ सैनिक प्रवक्ता सहायकरथी सन्तोष बल्लभ पौडेलले डिसी नेपालसँग भने, ‘पाँच दिन क्यारेन्टिन पूरा गरेर छैटौं दिन पीसीआर टेस्ट गर्ने स्वास्थ्य मापदण्ड छ।’ प्रधानसेनापति थापा यसअघि पनि सेल्फ क्वारेन्टाइनमा बसेका थिए। सीसीएमको बैठकमा सहभागी हुने क्रममा त्यहाँ कार्यक्रम सहयोगीलाई कोरोना पुष्टि भएपछि प्रधानसेनापति थापासहित रक्षा मन्त्री ईश्वर पोखरेल, गृहमन्त्री रामबहादुर थापालगायत सेल्फ क्वारेन्टिनमा बसेका थिए। ...
काठमाडौं उपत्यकामा ५ जनाको मृत्यु थपिए ८०९ संक्रमित

काठमाडौं उपत्यकामा ५ जनाको मृत्यु थपिए ८०९ संक्रमित

समाचार, स्वास्थ्य
 काठमाडौं उपत्यकामा आइतबार ८०९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज उपत्यकाका तीन जिल्लामा २९४ महिला र ५१५ पुरुष गरी थप ८०९ कोरोना संक्रमित थपिएका हुन्। आज काठमाडौंमा ६३३ (२३० महिला, ४०३ पुरुष), भक्तपुरमा ७२ (२१ महिला, ५१ पुरुष), ललितपुरमा १०४ (४३ महिला, ६१ पुरुष० मा कोरोना पुष्टि भएको हो। मन्त्रालयले संक्रमितको ठेगाना भने खुलाएको छैन। यस्तै आज उपत्यकामा ५ जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा काठमाडौंका दुई पुरुष र एक महिला साथै ललितपुर दुई पुरुष रहेका छन्। ...
कीर्तिमानी गीतकार डा. डीआर को फरक शैलीको गीत ‘मायामा हामी’ सार्वजनिक (भिडियो)

कीर्तिमानी गीतकार डा. डीआर को फरक शैलीको गीत ‘मायामा हामी’ सार्वजनिक (भिडियो)

मनोरन्जन, समाचार
कीर्तिमानी गीतकार डा. डीआर उपाध्यायको फरक शैलीको गीत ‘मायामा हामी…’ सार्वजनिक भएको छ । डा. उपाध्यायको अक्षर अक्षरको गीत सार्वजनिक भएको हो । सार्वजनिक गीतमा एउटा अक्षरमा पुरुषको स्वर र अर्को अक्षरमा नारीको स्वर रहेको छ । सार्वजनिक गीतमा सन्तोष श्रेष्ठको सङ्गीत रहेको छ भने वविन ढुंगाना र रिता केसीले स्वर दिनुभएको छ । यो फरक शैलीको गीतले केही समयअघि विश्व रेकर्ड राख्न सफल भएको थियो । यो गीत उपाध्यायको केही समयअघि सार्वजनिक एल्वम ‘चहानाको महल’मा समावेस छ । https://youtu.be/hZNYve4h9KU फरक शैलीका गीत मार्फत डा. उपाध्यायले ३२ विश्व रेकर्ड राख्न सफल हुनुभएको छ । त्यही मध्येको यो एउटा गीत हो ‘चहानाको महल’ । गिनिज बुक अफ वल्र्ड रेकर्डसहित डा. उपाध्यायले गीत सङगीतका क्षेत्रमा विभिन्न ३२ विश्व रकेर्ड कायम गर्नुभएको छ । डा. उपाध्यायका गीत सबै वर्ग, पेशा र समुदायका लागि रहेका छन् । उहाँक...