निषेधाज्ञा जारी गर्न भक्तपुर नगरपालिकाको आग्रह
असोज २५ काठमाडौं । भक्तपुर नगरपालिकाले दैनिक कोरोना संक्रमितको संख्या बढ्दै गएपछि यसको रोकथाम तथा नियन्त्रणका लागि पुनः निषेधाज्ञा लगाउन सरकारसमक्ष आग्रह गरेको छ।
नगरप्रमुख सुनिल प्रजापतिको अध्यक्षतामा आइतवार बसेको नगरस्तरीय प्रकोप व्यवस्थापन केन्द्रको बैठकले कोरोना भाइसको रोकथाम तथा नियन्त्रणका लागि पुनः निषेधाज्ञा लगाउन आग्रह गरेको हो ।
बैठकले अत्यावश्यक सेवा बाहेकका अन्य सेवाहरू बन्द गर्नुपर्ने सुझाव समेत दिएको छ ।दशैँको समयमा भीडभाड बढेर कोभिड–१९ को संक्रमण थप फैलिनसक्ने सम्भावनालाई मध्यनजर गर्दै नगरपालिकाले पुनः निषेधाज्ञा लगाउन आग्रह गर्ने निर्णय गरेको नगरप्रमुख प्रजापतिले बताए।
कोभिड–१९ रोकथाम र नियन्त्रणको लागि नजिकिँदै गरेको बडा दशैँमा हुने सबै प्रकारका जात्रा र पूजाआजाहरूलाई औपचारिकतामा सीमित गरी भीडभाड हुन नदिन भक्तपुर नगरपालिकाबाट नगरबासीहरूमा आह्वान गर्ने र सोका लागि...









