बुध, मंसिर १०, २०८३
Wed, November 25, 2026
Shadow

समाचार

‘कोभिड १९ को संक्रमित बढ्दै जाँदा फेरि लकडाउन हुने डरले पनि बुकिङ नगरेको हुनसक्छ।’

‘कोभिड १९ को संक्रमित बढ्दै जाँदा फेरि लकडाउन हुने डरले पनि बुकिङ नगरेको हुनसक्छ।’

आर्थिक, समाचार
सामान्य अवस्थाभन्दा करिब ५० प्रतिशत मात्रै उडान हुँदा पनि दशैँलक्षित प्रि–बुकिङ हुन नसकेको हो। हवाइ व्यवसायीले ६ महिना बन्द रहेको आन्तरिक उडान दशैँको समयमा रौनक आउने विश्वास गरे पनि प्रि–बुकिङ हुनसकेको छैन। हाल करिब ५० प्रतिशत मात्रै उडान हुँदा पनि फुल अकुपेन्सी हुनै गाह्रो रहेको व्यवसायी बताउँछन्। पछिल्लो समय कोभिड–१९ का संक्रमित बढ्दै जाँदा मानिसहरुले यात्रा गर्न अनिच्छा देखाएका छन्। अत्यावश्यक मानिस मात्रै बाहिर जाँदा हवाइ कम्पनीलाई यात्रु पाउन मुस्किल रहेको छ। सरकारले दशैँ तिहारमा सकेसम्म जुन ठाउँमा छौँ, त्यही बस्न आग्रह गरेको छ। हरेक दशैँमा उपत्यका छाडेर जाने लाखौं भए पनि यो वर्ष धेरै नजाने व्यवसायीको आँकलन रहेको छ। ‘सरकारले दशैँमा सकेसम्म बाहिर नजानु। जहाँ छौँ, त्यही भर्चुअल माध्यमबाट आशीर्वाद लिनु भनेको छ’, यति एयरलाइन्सका सुरक्षा प्रमुख तथा प्रवक्ता सुदर्शन बर्तौलाले...
घटस्थापनाको दिनदेखिनै सरकारी कार्यालयहरु विदा दिने बारे छलफल

घटस्थापनाको दिनदेखिनै सरकारी कार्यालयहरु विदा दिने बारे छलफल

समाचार, समाज
पछिल्लो केही दिनयता कोरोना संक्रमितको संख्या ह्वात्तै बढेको छ । शनिवार(हिजो) मात्र देशभर ५ हजार भन्दा धेरै संक्रमित बनेका छन् भने आधा भन्दा धेरै काठमाडौं उपत्यकामा संक्रमित थपिएका छन् । कोरोना संक्रमणबाट पर्यटनमन्त्री योगेश भट्टराई संक्रमित बनेका छन् भने न्यायाधीशहरु, विभिन्न संस्था, सरकारी कर्मचारीहरु संक्रमित बनेसँगै कार्यालयहरु बन्द हुन थालेका छन् । कोरोना संक्रमणको पछिल्लो अवस्था जटिल र भयावह बन्दै गएसँगै सरकारी संयन्त्रहरु छलफलमा जुटेका छन् । यसैबीच कोरोना संक्रमणको पछिल्लो अवस्था र यसको नियन्त्रणको प्रयास, संक्रमण जोखिम न्यूनीकरण लगायतका विषयमा आज मुख्यसचिबको कार्यालयमा सचिबहरुको बैठक बसेको छ । संक्रमण रोकथामका लागि थप रणनीति चाल्ने विषयमा बैठकमा कुराकानी भएको स्रोतको भनाइ छ । उक्त बैठकपछि आजै साँझ बस्ने सीसीएमसीको बैठकले यसबारे थप निर्णय गर्ने आकलन गरिएको छ । स...
कोरोना भाइरसको उच्च सङ्क्रमण रहेका  देश

कोरोना भाइरसको उच्च सङ्क्रमण रहेका देश

अन्तराष्ट्रिय, समाचार, स्वास्थ्य
संयुक्त राज्य अमेरिकामा कोरोना भाइरसको सङ्क्रमितको संख्या ७९ लाख ४५ हजार नाघेको जोन्स हप्किन्स विश्वविद्यालय आइतबार जानकारी दिएको छ। पेशा व्यवसाय खोल्ने वा नखोल्ने भन्ने विषयमा दोधारमा रहेको अमेरिकामा कोरोना भाइरसको सङ्क्रमणबाट विश्वको तुलनामा सबैभन्दा बढी मानिसको मृत्यु भएको छ । कोरोना सङ्क्रमणबाट अमेरिकामा मृत्यु हुने व्यक्तिको संख्या दुई लाख १८ हजार नाघेको छ। कोरोना सङ्क्रमणको कारण दोस्रो स्थानमा रहेको अर्थात विश्वकै दोस्रो ठूलो जनसंख्या रहेको देश भारतमा कोरोनाबाट ७० लाख ५३ हजार भन्दा बढी सङ्क्रमित भएका र यस सङ्क्रमणबाट एक लाख ८ हजार ३७१ जनाको मृत्यु भईसकेको छ । कोरोना सङ्क्रमणलाई हेर्दा तेस्रो स्थानमा रहेको देश ब्राजिलमा सङ्क्रमितको संख्या ५० लाख ९१ हजार नाघेको छ । सङ्क्रमणको कारण एक लाख ५० हजार भन्दा बढीको मृत्यु भएको छ । खोप विकास गरिसकेको घोषणा गरेको रसियामा १२ लाख ८५ ह...
भ्याली होम्सको ‘टेरेस्स व्यबस्थापन समिति’को साधारण सभाबाट नयां कार्य समिती चयन, अध्यक्षमा ओमदेवी सचिवमा रिन्कु श्रेष्ठ

भ्याली होम्सको ‘टेरेस्स व्यबस्थापन समिति’को साधारण सभाबाट नयां कार्य समिती चयन, अध्यक्षमा ओमदेवी सचिवमा रिन्कु श्रेष्ठ

आर्थिक, समाचार, समाज
ललितपुरको सुनाकोठी स्थित भ्याली होम्सद्वारा निर्माण गरिएको आवास क्षेत्रमा रहेका घरधनीहरुको हक हित र सुरक्षाका लागी गठन गरिएको 'द टेरेसेस व्यबस्थापन समिति'को पांचौ वार्षिक साधारण सभा सम्पन्न भएको छ । २४ गते सम्पन्न उक्त साधारण सभामा सरकारले तोकेको कोभिड १९ को सुरक्षा मापदण्ड अनुसार विभिन्न सूरक्षाका उपायहरु अवलम्वन गर्दै ४० जना सदस्यहरुको उपस्थितीमा साधारण सभा समापन गरिएको जानकारी समितिमा सोही साधारण सभाबाट चयन हुनुभएकी सचिब रिन्कु बज्राचार्य श्रेष्ठले जानकारी दिनुभयो । ५४ जना सदस्य रहेको उक्त समितिमा उपस्थित ४० सदस्यहरुको उपस्थितीले नयां कार्यकाल का लागी पदाधिकारीहरु चयन गरेको थियो । जस अनुसार ओम देबी मल्ल अध्यक्ष, नबिन ज्योती तुलाधर उपाध्यक्ष रिन्कु बज्राचार्य श्रेष्ठ सचिब तथा गगन प्रधान कोषाध्यक्षमा चयन हुनु भएको छ । सोही कोलोनीमा रहनुभएका वरिष्ठ एवं प्रख्यात कलाकार मदन कृष्ण श्रेष्ठल...
बलेरो जीपले स्कुटरलाई ठक्कर दिँदा एक जनाको मृत्यु

बलेरो जीपले स्कुटरलाई ठक्कर दिँदा एक जनाको मृत्यु

समाचार
असोज २५ कास्की । पोखरा–बाग्लुङ सडकखण्डमा गएराति भएको सवारी दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ । पोखरा महानगरपालिका–२ बाग्लुङ बसपार्क अगाडि राति हरिचोकबाट जिरोकिमीतर्फ आउँदै गरेको ग१ज ५८९६ नंको बलेरो जीपले बाटो काट्ने क्रममा ग १२ प ५३१३ नंको स्कुटरलाई ठक्कर दिँदा कास्कीको माछापुच्छ«े गाउँपालिका–७ धम्पुसका २६ वर्षीया स्कुटर चालक तारा विकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक सुवास हमालले जानकारी दिनुभयो । दुर्र्घटना लगत्तै घाइते विकलाई उपचारका लागि फिस्टेल अस्पतालमा पु¥याइएकामा चिकित्सकले मृत घोषणा गरेको बताइन्छ । प्रहरीले जीप चालक गोर्खा आरुघाट गाउँपालिका–९ बस्ने २१ वर्षीय सुदीप विकलाई नियन्त्रणमा लिएर घटनाको अनुसन्धान गरिरहेको जनाएको छ ।(रासस) ...
गण्डकी प्रदेशमा नेपाल आर्मीका ३० सहित थप ६२ जनामा कोरोना संक्रमण

गण्डकी प्रदेशमा नेपाल आर्मीका ३० सहित थप ६२ जनामा कोरोना संक्रमण

समाचार
असोज २५ काठमाडौं । नेपाल आर्मीका ३० सहित गण्डकी प्रदेशमा थप ६२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।संक्रमित भएका नेपाल आर्मीमा कार्यरत ३० जना बागलुङमा कार्यरत छन् । बागलुङमा  आइतबार बिहान एकैपटक  ३६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । बागलुङ जिल्लाको बागलुङ नगरपालिकामा नेपाल आर्मीमा कार्यरत ३० जना, नेपाल प्रहरीका २ जना, इजलासमा कार्यरत २ जना र एक थुनुवा गरी ३६ जनामा कोरोना पुष्टि भएको गण्डकी स्वास्थ्य निर्देशनालायले जनाएको छ । संक्रमण पुष्टि हुनेमा नेपाल आर्मीमा कार्यरत २१-२१, २२, २३, २४/२४ वर्षका ४ जना, २५, २६/२६ वर्षका ३ जना, २७ , २८, ३०/३०, ३१, ३३/३३, ३४/३४ वर्षका ४ जना, ३५/३५ वर्षका ३ जना,  ४१, र ५१  वर्षका  २९ पुरुष तथा १९ वर्षीया महिला छन् । यस्तै नेपाल प्रहरीमा कार्यरत ३० र ३६ वर्षीय पुरुष, ३६ वर्षीय एक थुनुवा पुरुष, इजलासमा कार्यरत ३१ वर्षीय पुरुष तथा ३२ व...
दुई संक्रमितको विराटनगरमा मृत्यु

दुई संक्रमितको विराटनगरमा मृत्यु

समाचार
असोज २५ विराटनगर – सुनसरीका दुई जना कोरोना संक्रमितको विराटनगरस्थित नोबेल शिक्षण अस्पतालमा उपचारका क्रममा मृत्यु भएको छ । अस्पतालका प्रबन्धक नारायण दाहालका अनुसार शनिबार राति हरिनगर गाँउपालिका ४ का ७१ वर्षीय बृद्ध र दुहबी ३ की ४० वर्षीया महिलाको उपचारका क्रममा मृत्यु भएको हो। दाहालका अनुसार श्वासप्रश्वासमा समस्या देखिएसँगै असोज २१ गते ७१ वर्षीय बृद्धलाई अस्पतालमा भर्ना गरिएको थियो । कोरोनाको लक्षणसँगै उनको स्वाब परीक्षण गर्दा सोही दिन बुधबार रिपोर्ट पोजिटिभ आएको थियो । त्यससँगै बृद्धलाई अस्पतालकै आइसोलेसनमा राखेर उपचार भइरहेको थियो । फोक्सो सम्बन्धी पुरानो समस्याबाट पीडित बृद्धको शनिबार राति करिब सवा १० बजे मृत्यु भएको उनले बताए । त्यसैगरि, दुहबी ३ की महिलालाई उपचारका लागि असोज २० गते अस्पतालमा भर्ना गरिएको थियो । महिलाको बुधबार नै पिसिआर परीक्षण गर्दा पोजिटिभ रिपोर्ट आएको थि...
सरकारले ल्यायो चाडपर्व मनाउने मापदण्ड

सरकारले ल्यायो चाडपर्व मनाउने मापदण्ड

समाचार
असोज २५ काठमाडौं । विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) संकटमा चाडपर्व मनाउनका निम्ति सरकारले मापदण्ड सार्वजनिक गरेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शनिबार नियमित पत्रकार सम्मेलनमा चाडपर्व मनाउने मापदण्ड सार्वजनिक गरेको हो । सरकारले व्यक्तिगत तह र आधारभूत तह गरेर विभिन्न तहमा लागू हुनेगरी मापदण्ड ल्याएको हो। चाडपर्वमा एउटै घरमा बस्ने व्यक्तिबाहेक भेटघाट नगर्न सरकारले अनुरोध गरेको छ । दसैैं तथा अन्य जात्रा तथा पर्वमा प्रसाद र टीका सकेसम्म वितरण नगर्न मन्त्रालयले अनुरोध गरेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा.डा.जागेश्वर गौतमले चाडपर्वमा घर बाहिर नजाने र जानै पर्ने भए मास्क अनिवार्य लगाउन अनुरोध गरेका छन् । सरकारले धार्मिकस्थल तथा मेलापर्वमा २५ जनामात्रै भेला हुन अनुरोध गरेको छ । मन्दिरमा भगवानका मूर्ति नछुन र भेटघाट गर्दा टाढैबाट न...
समुुदायमा कोरोना  फैलदै गएपछि पठनपाठन स्थगित

समुुदायमा कोरोना फैलदै गएपछि पठनपाठन स्थगित

समाचार
असोज २५ प्युठान । जिल्लाको नौबहिनी गाउँपालिकाले शिक्षण सिकाइका क्रियाकलाप स्थगन गरेको छ। समुदायमा कारोना भाइरसको सङ्क्रमण दर बढ्दै गएपछि बहिनीका विद्यालयका पठनपाठन कार्य स्थगन गरिएको हो। शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले जारी गरेको वैकल्पिक प्रणालीबाट विद्यार्थीको सिकाइ सहजीकरण निर्देशिका, २०७७ ले विद्यार्थीको पुहँचको आधारमा वर्गीकरण गरी पठनपाठनको विकल्पहरु प्रदान गरेको छ । कुनै पनि वैकल्पिक शिक्षण सिकाइ माध्यमको पहुँचको अभावमा रहेका विद्यार्थीलाई विद्यालयमै पठनपाठन गरिरहेको भए पनि कोरोनाको जोमिख बढ्दै गएपछि पठनपाठन क्रियाकलाप स्थगन गरिएको पालिकाले जनाएको छ। विद्यालयमा शिक्षण सिकाइका अभ्यास भइरहेको अवस्थामा गाउँपालिकास्तरमा कोरोना सङ्क्रमण फैलिएपछि नौबहिनी गाउँपालिकास्तरीय विपद् व्यवस्थापन समितिको बैठकले आजदेखि विद्यालय बन्द गर्ने निर्णय गरेको हो । समुदायस्तरमा कोरोना सङ्क्रम...
पीसीआर रिपोर्ट नहुँदा विमानस्थलमा १६० यात्रु थुनिए

पीसीआर रिपोर्ट नहुँदा विमानस्थलमा १६० यात्रु थुनिए

समाचार
असोज २५ काठमाडौं । त्रिभुवन विमानस्थलमा दक्षिण कोरियाबाट आइपुगेका केही याुत्रको पीसीआर रिपोर्ट नहुँदा केही समय तनाव सिर्जना भएको छ। शनिबार दिउँसो कोरियाबाट नेपाल आएकामध्ये ११ जनाको पीसीआर नपाइएपछि अन्य १६० जना यात्रु समेत विमानस्थलमै थुनिएको एक यात्रुले बताए। सँगै आएकाहरुमध्ये केहीको रिपोर्ट नभएपछि सबैयात्रुलाई बाहिर निस्कन नदिइएको हो। विमानस्थलले बाहिर निस्कन नदिएपछि विमानस्थल भित्रै नारावाजी समेत भएको छ। दक्षिण कोरियामा कार्यरत नेपालीहरु चार्टर गरेर शनिवार दिउसो असियाना एयरलाइन्समार्फत् स्वदेश फर्केका थिए। विमानस्थल स्रोतले भने उनीहरु मध्ये ५ जनाको मात्रै स्पष्ट कोरोना परीक्षणको नतिजा खुलेको र अन्य १५५ जनाको रिपोर्ट स्पष्ट नदेखिएको जनाएको छ। सरकारले विदेशबाट आउँदा अनिवार्य पीसीआर हुनुपर्ने माग गरेको छ। सरकारको मापदण्डअनुसारको परीक्षण नतिजा नभएकाले उनीहरू रोकिएको विम...