शुक्र, मंसिर ५, २०८३
Fri, November 20, 2026
Shadow

दुई संक्रमितको विराटनगरमा मृत्यु

असोज २५ विराटनगर – सुनसरीका दुई जना कोरोना संक्रमितको विराटनगरस्थित नोबेल शिक्षण अस्पतालमा उपचारका क्रममा मृत्यु भएको छ ।

अस्पतालका प्रबन्धक नारायण दाहालका अनुसार शनिबार राति हरिनगर गाँउपालिका ४ का ७१ वर्षीय बृद्ध र दुहबी ३ की ४० वर्षीया महिलाको उपचारका क्रममा मृत्यु भएको हो।

दाहालका अनुसार श्वासप्रश्वासमा समस्या देखिएसँगै असोज २१ गते ७१ वर्षीय बृद्धलाई अस्पतालमा भर्ना गरिएको थियो । कोरोनाको लक्षणसँगै उनको स्वाब परीक्षण गर्दा सोही दिन बुधबार रिपोर्ट पोजिटिभ आएको थियो ।

त्यससँगै बृद्धलाई अस्पतालकै आइसोलेसनमा राखेर उपचार भइरहेको थियो । फोक्सो सम्बन्धी पुरानो समस्याबाट पीडित बृद्धको शनिबार राति करिब सवा १० बजे मृत्यु भएको उनले बताए ।

त्यसैगरि, दुहबी ३ की महिलालाई उपचारका लागि असोज २० गते अस्पतालमा भर्ना गरिएको थियो । महिलाको बुधबार नै पिसिआर परीक्षण गर्दा पोजिटिभ रिपोर्ट आएको थियो।

उनको शनिबार राति ११ बजे मृत्यु भएको हो । महिलामा मधुमेह र फोक्सो सम्बन्धी पुरानो समस्या रहेको डाक्टरले बताएका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *