बुध, मंसिर १०, २०८३
Wed, November 25, 2026
Shadow

समाचार

नेपाली कांग्रेसका शीर्ष नेताको बैठक आज बस्ने

नेपाली कांग्रेसका शीर्ष नेताको बैठक आज बस्ने

राजनीति, समाचार
 प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका शीर्ष नेताको बैठक आज पनि बस्ने भएको छ। वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षले बुझाएको विरोध पत्रमा छलफल गर्न बिहीबार बसेको बैठक टुंगोमा पुग्न नसकेपछि बैठक आज पनि बस्ने भएको हो। बैठक देउवा निवास बुढानीलकण्ठमा आज मध्यान्ह साढे १२ बजे बस्नेछ। बिहीबारको बैठकमा सभापति शेरबहादुर देउवाले विभाग गठनको निर्णय फिर्ता नहुने बताएका थिए। विभाग बाहेक अन्य विवादित मुद्दामा छलफल गर्न सकिने देउवाको भनाइ थियो। विधानतः २८ हुनुपर्ने विभागलाई ४७ पुर्या इएको छ। २० विभागका प्रमुख र सदस्यले देउवाले मनोनयन गरिसकेका छन्। बिहीबारको बैठकबाट पनि आफूहरु आशावादी नभएको वरिष्ठ नेता पौडेल पक्षले जनाएको छ। पौडेल पक्षले पेश गरेको १६ बुँदेमा बिहीबार छलफल भए पनि संस्थापन पक्ष विगतको निर्णयको बचाउमै देखिएको थियो। ...
सार्वजनिक भएको छोटो समयमा चर्चामा प्रिन्सको ‘पखाई'(भिडियो)

सार्वजनिक भएको छोटो समयमा चर्चामा प्रिन्सको ‘पखाई'(भिडियो)

मनोरन्जन, समाचार
नेपालीहरुको महान चाड दशै तिहारको कोसेलीस्वरुप प्रतिभाशाली बाल कलाकार प्रिन्स प्रसिद्ध सिंह थापा’को दमदार अभिनयमा सर्ट फिल्म पर्खाइ रिलिज भएको छ ।सार्वजनिक भएको छोटो समयमा उक्त शर्ट फिल्मले चर्चा परिचर्चा पाएको छ । दशैको टीका लगाउन बिदेशमा रहेका आफ्नो बाबाको पर्खाइमा बसेका आम बालबालिकाको मनोबिज्ञानलाई नजिकबाट केलाइएको छ । कोरोनाको असर,परदेशीको पिडा र पारिवारिक महत्वलाई दशैको माध्यमबाट दर्शाइएको छ । सानो उमेरबाट नै अभिनयमा सक्रिय प्रिन्सले विभिन्न बिज्ञापन र म्युजिक भिडियोमा अभिनय गरेका छन । साथै गरिब बालबालिकालाई सहयोग गर्न प्रिन्स फाउन्डेसन नामक संस्था समेत संचालन गर्दै आएका छन । https://youtu.be/LgcmRpF5nWE पर्खाइ मा प्रिन्सका अलवा सन्ध्या श्रेष्ठ,प्रेम श्रेष्ठ,एलिना थापा लगाएत स्थानिय कलाकारहरुको अभिनय देख्न सकिन्छ । शर्ट फिल्म पर्खाइ’लाई मोडेल तथा भिजे सबनम चौधरी’को लेखन रहे...
जनतामा सरकार प्रतिको आशा र भरोसा क्षीण हुँदै:डा.डिआर उपाध्याय

जनतामा सरकार प्रतिको आशा र भरोसा क्षीण हुँदै:डा.डिआर उपाध्याय

राजनीति, समाचार
जनतामा सरकार प्रतिको आशा र भरोसा क्षीण हुँदै सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को आन्तरिक बिवाद सतहमा छ । यो संकटको समयमा पनि सत्तारुढ दल नेकपाले देश र जनता प्रतिको जिम्मेवारी बोध देखाउन सकेन । नेकपामा पटकपटक सहमति हुने र भत्कने क्रम दोहोरिँदै आएको छ । खासै अनौठो मान्नु पर्ने बिषय छैन । नेकपामा पछिल्लो समय राजदूत नियुक्ति, मन्त्री नियुक्ति, भारतीय गुप्तचर संस्था ‘रअ’का प्रमुखसँगको भेट, कर्णाली प्रदेशका मुख्यमन्त्रीविरुद्धको अविश्वास प्रस्ताव, आदि विषयमा दुई अध्यक्ष केपी ओली र पुष्पकमल दाहालबीच मतभेद छ । जुन कारणले गर्दा यतिखेर सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) गम्भीर संकटमा छ । यसको कारक व्यक्तिवाद, अहंकार, आवेग र आक्रोश हो । त्यसैले आम जनतामा सरकार प्रतिको आशा र भरोसा क्षीण हुँदै गएको छ । मुलुक कोरोना भाइरस कोभिड–१९ महामारीको संकटमा परिरहेको छ । यसले भयावह रूप लिइरह...
कक्षा ११ र १२ को नयाँ पाठ्यक्रम लागू नगर्न अन्तरिम आदेश

कक्षा ११ र १२ को नयाँ पाठ्यक्रम लागू नगर्न अन्तरिम आदेश

समाचार
कात्तिक २० काठमाडौं । सर्वोच्च अदालतले कक्षा ११ र १२ को नयाँ पाठ्यक्रम लागू नगर्न अन्तरिम आदेश दिएको छ। सर्वोच्चका न्यायधीश पुरुषोत्तम भण्डारीको एकल इजलासले बिहीबार अन्तरिम आदेश दिएको हो। सर्वोच्चले भागवता अर्याललगायतले दायर गरेको रिटमाथि सुनुवाई गर्दै नयाँ पाठ्यक्रम लागू गर्नुको कारणसमेत मागेको छ। पाठ्क्रम विकास केन्द्र, पोखरा विश्वविद्यालय, मध्यपश्चिम विश्वविद्यालय, सुदूरपश्चिम विश्वविद्यालय र कृषि तथा वन विज्ञान विश्वविद्यालय रामपुरलाई विपक्षी बनाएर रिट दायर गरिएको थियो। सर्वोच्चले किन नयाँ पाठ्यक्रम लागू गर्ने भन्दै १५ दिन भित्र जवाफ दिन पनि विपक्षीलाई आदेश दिएको छ। ...
सैनिक श्रीमती सङ्घकी अध्यक्ष थापा र श्रीमती नरवणेबीच भेट

सैनिक श्रीमती सङ्घकी अध्यक्ष थापा र श्रीमती नरवणेबीच भेट

समाचार
कात्तिक २० काठमाडौं । सैनिक श्रीमती सङ्घ(नेपाल)की अध्यक्ष दीपा थापा र सेना श्रीमती कल्याणकारी सङ्घ (भारत)का अध्यक्ष वीना नरवणेबीच भेटवार्ता भएको छ । भद्रकालीस्थित सङ्घको कार्यालयमा भएको भेटमा अध्यक्ष नरवणेलाई सङ्घद्वारा सञ्चालित विविध कल्याणकारी कार्यक्रम र गतिविधिबारे जानकारी गराइएको थियो । सो अवसरमा अध्यक्ष श्रीमती नरवणेले सङ्घका अन्य पदाधिकारीसँग कल्याणकारी कार्यक्रममा केन्द्रित रही अन्तक्रिया गरेको नेपाली सेनाले जनाएको छ । ...
नेपाली सेनाको मानार्थ महारथीको भारतीय सेनाध्यक्षलाई उपाधि प्रदान

नेपाली सेनाको मानार्थ महारथीको भारतीय सेनाध्यक्षलाई उपाधि प्रदान

समाचार
कात्तिक २० काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले भारतीय स्थल सेनाध्यक्ष मनोज मुकुन्द नरवणेलाई नेपाली सेनाको मानार्थ महारथीको दर्जा प्रदान गरेकी छन्।बिहिबार दिउसो राष्ट्रपति भवन शितल निवासमा आयोजित समारोहमा राष्ट्रपति भण्डारीले मानार्थ महारथीको दर्जा प्रदान गरेकी हुन। नेपाल र भारतबीच एक देशका सेनापति अर्को देशको मानार्थ सेनापति हुने प्रचलन रहीआएको छ।भारतीय सेनाध्यक्ष नरवणे तीन दिने नेपाल भ्रमणको लागि बुधबार काठमाडौं आएका थिए। नेपाली सेनाको मानार्थ महारथीको सम्मान पाउने नरवणे भारतीय सेनाका १८औं सेना प्रमुख हुन्।योसँगै उनी नेपाली सेनाको मानार्थ महारथी बनेका छन्। नेपाली सेनाका प्रधानसेनापति पूर्णचन्द्र थापाले दुई वर्षपहिले भारतीय सेनाको मानार्थ महारथीको सम्मान ग्रहण गरेका थिए।दुई देशका सेनाबीचको यो परम्पराले आपसी सम्बन्ध थप मजबुद बनाउने विश्वास गरिएको छ। ...
उपत्यकामा थपिए १३९८ कोरोना संक्रमित

उपत्यकामा थपिए १३९८ कोरोना संक्रमित

समाचार
कात्तिक २० काठमाडौं । उपत्यकामा पछिल्लो २४ घण्टामा थप १३९८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा १०९१, भक्तपुरमा १४७ र ललितपुरमा १६० गरी जम्मा १३९८ जना संक्रमित थपिएका छन् । नेपालमा पछिल्लो २४ घण्टामा थप ३०५१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । योसँगै कोरोना संक्रमितको संख्या १ लाख ८५ हजार ९७४ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार हालसम्म कोरोनाका सक्रिय संक्रमितको संख्या ३६५१४ रहेको छ । यसैगरी पछिल्लो २४ घण्टामा थप ३४३० जना कोरोना संक्रमणमुक्त भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमण भएर निको हुनेको संख्या हालसम्म १ लाख ४८ हजार ४०८ पुगेको छ । नेपालमा पछिल्लो २४ घण्टामा थप १८ जनाको कोरोना भाइरसको संक्रमणका कारण मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ । योसँगै नेपालमा को...
पछिल्लो २४ घण्टामा थप १८ संक्रमितको मृत्यु

पछिल्लो २४ घण्टामा थप १८ संक्रमितको मृत्यु

समाचार
कात्तिक २० काठमाडौं । पछिल्लो २४ घण्टामा थप १८ जनाको कोरोना भाइरसको संक्रमणका कारण मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ । योसँगै नेपालमा कोरोनाले ज्यान गुमाउनेको संख्या १०५२ पुगेको छ ।
त्रिविद्वारा दीक्षान्त समारोहमा सहभागी हुन आह्वान

त्रिविद्वारा दीक्षान्त समारोहमा सहभागी हुन आह्वान

समाचार
कात्तिक २० काठमाडौं । त्रिभुवन विश्वविद्यालय (त्रिवि)ले ४६औँ दीक्षान्त समारोहमा भाग लिनका लागि विद्यार्थीसँग आवेदन माग गरेको छ । त्रिविले सूचना प्रकाशित गरी समारोहमा इच्छुक विद्यार्थीसँग आवेदन माग गरेको हो । पुसमा महिनामा हुने समारोहमा सहभागी हुन २०७६ साल असार १ गतेदेखि २०७७ जेठ ३२ गतेसम्म सेमेष्टर र वार्षिक परीक्षा प्रणालीअनुसार स्नातक, स्नातकोत्तर तह र एमफिल तह उत्तीर्ण गरी ट्रान्स्क्रीप्ट लिएका र सोही अवधिभित्र विद्यावारिधि पूरा गरेका विद्यार्थीले आवेदन दिन सक्ने त्रिविले जनाएको छ । आवेदन फाराम अनलाइनबाट आउँदो मङ्सिर १ गतेभित्र भरिसक्ने भनिएको छ । समारोहमा भाग लिनका लागि स्नातक तहले रु तीन हजार ७००, स्नातकोत्तर तह र एमफिलले रु चार हजार २०० र विद्यावारिधिले रु चार हजार ७०० शुल्क बुझाउनुपर्ने छ । तीमध्ये रु एक हजार ५०० धरौटीबापतको शुल्क हो भने अन्य शुल्क दीक्षान्त शुल्क हो । समा...
पछिल्लो २४ घण्टामा थप ३,०५१ जनामा कोरोना पुष्टि

पछिल्लो २४ घण्टामा थप ३,०५१ जनामा कोरोना पुष्टि

समाचार
कात्तिक २० काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप ३,०५१ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । देशभरका प्रयोगशालामा भएको नमुना परीक्षणमा १,२०९ महिला र १,८४२ पुरुषमा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ । योसँगै नेपालमा कूल संक्रमितको संख्या एक लाख ८५ हजार ९७४ पुगेको छ । यस्तै बितेको २४ घण्टामा थप ३,४३० जना निको भएसँगै संक्रमणमुक्त हुनेको कुल संख्या एक लाख ४८ हजार ४०८ पुगेको छ । आज देशभर ३६ हजार ५१४ जना सक्रिय संक्रमित छन् । पछिल्लो २४ घण्टामा थप १८ जना संक्रमितको मृत्यु भएको छ । योसँगै कोरोनाबाट ज्यान गुमाउनेको संख्या १,०५२ पुगेको छ । ...