बिहि, मंसिर ४, २०८३
Thu, November 19, 2026
Shadow

पछिल्लो २४ घण्टामा थप ३,०५१ जनामा कोरोना पुष्टि

कात्तिक २० काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप ३,०५१ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । देशभरका प्रयोगशालामा भएको नमुना परीक्षणमा १,२०९ महिला र १,८४२ पुरुषमा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।

योसँगै नेपालमा कूल संक्रमितको संख्या एक लाख ८५ हजार ९७४ पुगेको छ । यस्तै बितेको २४ घण्टामा थप ३,४३० जना निको भएसँगै संक्रमणमुक्त हुनेको कुल संख्या एक लाख ४८ हजार ४०८ पुगेको छ ।

आज देशभर ३६ हजार ५१४ जना सक्रिय संक्रमित छन् । पछिल्लो २४ घण्टामा थप १८ जना संक्रमितको मृत्यु भएको छ । योसँगै कोरोनाबाट ज्यान गुमाउनेको संख्या १,०५२ पुगेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *