बुध, मंसिर १०, २०८३
Wed, November 25, 2026
Shadow

समाचार

जोखिम भत्ता माग गर्दै स्वास्थ्यकर्मी मन्त्रालयमा

जोखिम भत्ता माग गर्दै स्वास्थ्यकर्मी मन्त्रालयमा

समाचार
कात्तिक २५ काठमाडौं । कोभिड–१९ महामारीमा फ्रन्टलाइनमा खटिएका आफूहरूले समयमै जोखिम भत्ता नपाएको गुनासो लिएर स्वास्थ्यकर्मीहरू स्वास्थ्य मन्त्रालय पुगेका छन् । नेपाल स्वास्थ्यकर्मी संघले कोरोना रोकथाम तथा नियन्त्रणमा खटिने सबै स्वास्थ्यकर्मीलाई यथाशीघ्र जोखिम भत्ता उपलब्ध गराउन सरकारसँग माग गरेको हो । २ चैतमा सरकारले नै फ्रन्टलाइनमा खटिएका स्वास्थ्यकर्मीलाई जोखिम भत्ता दिने निर्णय गरेको थियो । संघले सोमबार स्वास्थ्यसचिव लक्ष्मण अर्याललाई १३ बुँदे ज्ञापनपत्र बुझाएको छ । देशभरका स्वास्थ्यकर्मीले जोखिम भत्ता नपाएको गुनासो बढेपछि मन्त्रालय पुग्नुपरेको संघका अध्यक्ष रामजी घिमिरेले बताए । ‘कोरोना संक्रमणको उपचारमा संलग्न जनशक्तिको जोखिम भत्ता व्यवस्थापन आदेश, २०७७’ र ‘कोभिड केस इन्भेस्टिगेसन तथा कन्ट्याक्ट ट्रेसिङ टिम परिचालन तथा व्यवस्थापन निर्देशिका, २०७७’ अनुसार सबै स्वास्थ्यकर्मीले ज...
आगामी वर्ष जनगणना : एक परिवारलाई ८० प्रश्न

आगामी वर्ष जनगणना : एक परिवारलाई ८० प्रश्न

समाचार
कात्तिक २५ काठमाडौं । आउँदो वर्ष हुने जनगणनाका दौरान एउटा परिवारलाई जम्माजम्मी ८० वटा प्रश्न सोधिने भएको छ । विभिन्न तीन विषयमा ८० वटा प्रश्न सोधिने भएको केन्द्रीय तथ्यांक विभागले जनाएको छ । त्यसमा घर परिवार तथा लगतसम्बन्धी २५ वटा प्रश्न सोधिनेछ । मूल प्रश्नावलीमा विभिन्न ५५ वटा प्रश्न गरी जम्मा ८० वटा सोधिने विभागमा महानिर्देशक नवीनलाल श्रेष्ठले बताए । यस पटक सामुदायिक प्रश्नसमेत सोध्ने तयारी छ । यी प्रश्न सम्बन्धित वडा कार्यालयले भर्नेछ । महानिर्देशक श्रेष्ठका अनुसार वडामा राजस्व संकलनको स्रोत, कृषि उपज तथा गैरकृषि उत्पादन र निकासीको अवस्था, वडाको आम्दानीको स्रोत, आर्थिक पूर्वाधारको अवस्था, सेवा, सुविधाको पहुँच, विपद्सम्बन्धी विवरण समेत संकलन गरिने भएको छ । व्यक्तिगत प्रश्नतर्फ घरसम्बन्धी विवरण, कृषिमा प्रयोग भएको जग्गा र क्षेत्रफल, पशुपक्षी, वित्तीय सुविधा, पहुँच, व्यावसायिक श...
महामारीका बेला विद्यालय खोल्ने शिक्षा मन्त्रीको तयारी

महामारीका बेला विद्यालय खोल्ने शिक्षा मन्त्रीको तयारी

समाचार
कात्तिक २५ काठमाडौं । कोभिड–१९ का कारण बन्द रहेका शिक्षालय सञ्चालन गर्न सक्ने अधिकार स्थानीय तहको तोकिएको छ । संक्रमणको अवस्था हेरी विद्यालय खोल्न शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले कार्यढाँचा तयार गरेको छ । कार्यढाँचाअनुसार स्थानीय तहको समन्वयमा विद्यालय व्यवस्थापन समितिको सिफारिसमा विद्यालय खोल्न सक्ने गरी कार्यढाँचा तयार गरेको छ । यसअघि शिक्षा तथा मानवस्रोत विकास केन्द्रले तयार गरेको कार्यढाँचालाई मन्त्रालयले छलफल गरी पुनः संशोधन गर्न शुरु गरेको छ । असोजमा बसेको मन्त्रिपरिषद्को बैठकले विद्यालय खोल्ने अधिकार स्थानीय तहलाई दिएको थियो । सोहीअनुसार अवस्था हेरेर विद्यालय खोल्न सक्ने मन्त्रालयले जनाएको छ । मन्त्रालयका प्रवक्ता एवं सहसचिव दीपक शर्माले संक्रमण नभएका, कम भएका र बढी भएका क्षेत्रका विद्यालयको अवस्थाबारे अध्ययन गरी खोल्ने निर्णय स्थानीय तहले पाइसकेको जानकारी गराउए । ...
आतंककारी हमला बढ्दै गएपछि युरोपेली मुलुकहरूले आफ्नो सीमा क्षेत्रमा सुरक्षा व्यवस्था कडा पार्दै

आतंककारी हमला बढ्दै गएपछि युरोपेली मुलुकहरूले आफ्नो सीमा क्षेत्रमा सुरक्षा व्यवस्था कडा पार्दै

अन्तराष्ट्रिय, समाचार
आतंककारी हमला बढ्दै गएपछि युरोपेली मुलुकहरूले आफ्नो सीमा क्षेत्रमा सुरक्षा व्यवस्था कडा पार्दै लगेका छन्। गत साता फ्रान्स र अस्ट्रियामा आतंकारी हमला भएपछि युरोपेली मुलुकहरुले आफ्नो सीमा क्षेत्रमा सुरक्षा व्यवस्था मजबुद बनाउँदै लगेका अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन्। गत साता फ्रान्सको राजधानी पेरिसमा एक शिक्षकको हत्या भएको थियो। त्यसलगत्तै फ्रान्सको निस, लियों, पेरिस र अस्ट्रियाको राजधानी भियनामासमेत आतंककारी हमला भएका थिए। युरोपेली देशमा निर्बाध घुमफिर गर्न पाउने सेन्जेन भिसाको दुरुपयोग गर्दै आतंककारीहरुले हमला गर्न थालेको ठहरसहित युरोपियन मुलुकले सीमामा कडाइ गरेका हुन्। फ्रान्समा आतंककारी हमला हुने सम्भावित स्थान चर्च, स्कुल र धार्मिक स्थलहरूमा सैनिकको संख्या बढाइएको छ। अस्ट्रिया, जर्मनी, बेल्जियम, स्विट्जरल्यान्ड, स्पेन, इटालीलगायत मुलुकले पनि आफ्नो सीमामा सुरक्ष...
पारसले निर्माणाधिन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा खेलेरे मात्रै सन्यास लिने

पारसले निर्माणाधिन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा खेलेरे मात्रै सन्यास लिने

खेलकुद, समाचार
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्व कप्तान पारस खडकाले आफ्नो सन्यास बारे बोलेका छन । सोमवार चितवनमा निर्माण भइरहेको गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट मैदानको भ्रमणका क्रममा उनले धुर्मुस–सुन्तली फाउन्डेसनले तयार पोरका भिडियोमा सन्यास बारे बोलेका छन । आफ्नो जिवनको ३२ औं वसन्त पार गरिसकेका पारसले निर्माणाधिन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा खेलेरे मात्रै सन्यास लिने बताएका छन । पारसले भ्रमणका क्रममा आफु एकदमै उत्साहित भएको र मैदान निर्माणको काम आफुले सोचको भन्दा छिटो भएको बताएका छन । उनले आफु क्रिकेट खेलाडी रहेको नाताले पनि आफु एकदमै उत्साहित भएको र मैदान निर्माणमा सहयोग गरेको सम्पूर्णलाई बधाई दिएका छन । पारस खड्का र क्रिकेट एसोसियसन नेपाल (क्यान)का सदस्य छुम्बी लामाले उक्त मैदानको भ्रमण गरेका थिए । कलाकारद्वय सीताराम कट्टेल र कुञ्जना घिमिरेले स्थापना गरेको धुर्मुस–सुन्तली फाउन...
सरकारले बंगलादेशबाट ५० हजार मेट्रिक टन रासायनिक मल किन्ने निर्णय

सरकारले बंगलादेशबाट ५० हजार मेट्रिक टन रासायनिक मल किन्ने निर्णय

राजनीति, समाचार
सरकारले बंगलादेशबाट रासायनिक मल किन्ने निर्णय गरेको छ। सोमबार बसेको मन्त्रिपरिषद् बैठकले बैगलादेशबाट जीटूजी प्रक्रियामार्फत ५० हजार मेट्रिक टन मल किन्ने निर्णय गरेको एकमन्त्रीले जानकारी दिए। सरकारले यसअघि धानका लागि भन्दै बंगलादेशबाट पैँचोमा मल ल्याउने निर्णय गरेको थियो। प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नी बंगलादेशी समकक्षी शेख हसिना वाजेदसँग सो विषयमा कुरा पनि गरेका थिए। बंगलादेश पनि त्यतिबेला तयार भएको थियो। तर, हालसम्म पनि पैंचोको मल भने आउन सकेन। पैँचोको मल दिन बंगलादेशले आनाकानी गरेपछि खरिद गर्ने निर्णय गरिएको हो। यो सिजन किसानले धानका लागि मल पाउन नसक्दा यो वर्ष धानको उत्पादन नै घट्ने प्रक्षेपण गरिएको छ। उता अब गहुँका लागि पनि मल आवश्यक पर्नेबेला भइसक्दा पनि मलको अभाव हुने देखिएपछि सरकारले जीटूजी प्रक्रियामार्फत मल किन्ने निर्णय गरेको हो। ...
नवौँ राष्ट्रिय खेलकूद आयोजना गर्न कोरोना सङ्क्रमण चुनौती

नवौँ राष्ट्रिय खेलकूद आयोजना गर्न कोरोना सङ्क्रमण चुनौती

खेलकुद, समाचार
राष्ट्रिय खेलकूद परिषद्का सदस्य सचिव रमेशकुमार सिलवालले आगामी फागुन अन्तिम साता गण्डकी प्रदेशमा तय भएको नवौँ राष्ट्रिय खेलकूद प्रतियोगिता तोकिएको मितिमा आयोजना गर्न कोरोना सङ्क्रमण चुनौतीका रुपमा रहेको बताए छन। पश्चिमाञ्चल क्षेत्रीय खेलकूद विकास समिति तथा जिल्ला खेलकूद विकास समिति कास्कीले आज साँझ पोखरामा आयोजना गरेको स्वागत कार्यक्रममा उनले आगामी मङ्सिर १५ सम्म कोरोना सङ्क्रमण कम भएर अवस्था सहज भएकामा प्रतियोगिता निर्धारित समयमै आयोजना हुने स्पष्ट पारे। तीन महिनाका अवधिमा प्रतियोगिता तयारी, खेलाडी प्रशिक्षणलगायत काम सम्पन्न गर्न सकिने भएकाले निर्धारित समयमै प्रतियोगिता आयोजना हुनेमा आफूहरु आशावादी रहेको सदस्य सचिव सिलवालले बताए। प्रतियोगिताका लागि पोखरामा एकदुई खेलका पूर्वाधारबाहेक अन्य सबै पूर्वाधार तयारी अवस्थामा रहेकाले समेत प्रतियोगिता सञ्चालनमा कठिन नपर्ने उनले उल्लेख गरे। ...
आज कार्तिक २५ गते मंगलवारको राशिफल

आज कार्तिक २५ गते मंगलवारको राशिफल

राशिफल, समाचार
मेष – दिन शुभ र भाग्योदयकारी सिद्ध होला । आरोग्यता र प्रशन्नता बढ्नेछ । सुखशान्तिमा वृद्धि हुनेछ । वार्तामा सफलता प्राप्त होला । विलासमा पनि आकर्षण बढ्ला । मान पुरस्कार मिल्नेछ । उन्नति–पदोन्नति हुनेछ । यश वर्चश्व बढ्ला । विजयश्री प्राप्त होला । मिठो भोजन मिल्नेछ । प्रेममा रूचि बढ्ला । भ्रमण पनि गर्नु हुने सम्भावना रहनेछ । बौद्धिक र रचनात्मक कार्य बन्नेछ । सुख सन्तति धन यश इष्टमित्र बढ्ला । ख्याति फैलिनेछ । बृष – भागदौडमा वृद्धि हुनेछ । शारीरिक र आर्थिक कार्यमा प्रगति होला । विवाद आदिदेखि सचेत भइ अरुको भर नपरेर आफ्नै बल विवेकले काम गर्नु हितकर रहला । खर्चमा नियन्त्रण आउनेछ । व्यापारमा सफलता मिल्नेछ । सुख र भाग्यवर्द्धक काम बन्नेछ । विकासको नयाँ सम्भावना देखापर्नेछ । आशा आँट उत्साह बढ्नेछ । साथीभाइको सहयोग मिल्नेछ । मिथुन – भागदौड व्यस्तता बढ्ला । जोखिममा नपर्नु बेस होला । सोचीविचारी...
जर्मनीका लागि नेपाली राजदुत रामकाजी खडका र चेम्बर पदाधिकारी बीच भेटवार्ता

जर्मनीका लागि नेपाली राजदुत रामकाजी खडका र चेम्बर पदाधिकारी बीच भेटवार्ता

आर्थिक, समाचार
काठमाडौं, २४ कार्तिक- संघीय गणतन्त्र जर्मनीका लागि नेपालका नवनियुक्त राजदूत रामकाजी खडका र नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेश काजी श्रेष्ठ एवम् पदाधिकारी बीच भेटवार्ता भएको छ । छलफलमा राजदूत खडकाले बिश्व आर्थिक परिदृष्यमा जर्मनी बिश्वको चौथो आर्थिक शक्ति तथा नेपालको आर्थिक क्षेत्रको महत्वपूर्ण साझेदार भएकोले नेपालको पर्यटन, लगानी तथा व्यापारको क्षेत्रमा जर्मनीको योगदान महत्वपूर्ण हुने धारणा राखे । राजदुत खडकाले नेपाल र जर्मनी बीच सन् १९५८ मा कुटनीतिक सम्वन्ध कायम भए पश्चात नेपालको विकास प्रयासमा जर्मनीको उल्लेखनीय योगदान रहेकोे उल्लेख गर्दै आफ्नो कार्यकालमा जलविद्युत लगायत पूर्वाधारको विकास, वैदेशिक लगानी विस्तार, नेपालको निकासी अभिवृद्धि तथा पर्यटन प्रवद्र्धन गर्ने तर्फ पहल गर्ने बताए । नेपाली तथा जर्मन निजी क्षेत्र बीच समन्वय कायम गरी आर्थिक सम्बन्धलाई सबल बनाउनेतर्फ पहल गरिने पनि उन...
माहावाणिज्यदुत ढकाल र चीन उद्योग वाणिज्य संघका पदाधिकारी बीच भेटवार्ता

माहावाणिज्यदुत ढकाल र चीन उद्योग वाणिज्य संघका पदाधिकारी बीच भेटवार्ता

आर्थिक, समाचार
काठमाडौं, २४ कार्तिक-मित्रराष्ट्र चीनको स्वशासित क्षेत्र तिव्वतका लागि नवनियुक्त माहावाणिज्यदुत नवराज ढकाल र नेपाल चीन उद्योग वाणिज्य संघका पदाधिकारीहरु बीच आज भेटवार्ता भएको छ । उक्त भेटवार्ता नेपाल र तिब्बत बीचको व्यापार, पर्यटन तथा आर्थिक प्रवद्र्धनका विषयमा केन्द्रित रह्यो । भेटवार्ताका क्रममा संघका अध्यक्ष त्रिभुवनधर तुलाधरले नेपाल र तिव्बत बीच सदियौं पुरानो ऐतिहासिक सम्बन्धको चर्चा गर्दै संघका गतिविधिहरु तथा विद्यमान व्यापारिक संभावना एवम् समस्याहरु बारे जानकारी गराए । संघले तिव्बतका व्यापारीक संगठनहरुसँग समझदारी पत्रमा हस्ताक्षर गरी व्यापारिक सूचना, प्रतिनिधि मण्डलको आदान प्रदान, पर्यटन प्रवद्र्धन, व्यापारिक मेला, एस्पो, सेमीनारमा सहभागिता लगायतका विविध बिषयमा सहकार्य गरी अघि बढीरहेको उनले जनाए । अध्यक्ष तुलाधरले कोभिड १९ का कारण नाका पूर्ण रुपमा सुचारु हुन नसकेकोले यातायात सु...