बुध, मंसिर १०, २०८३
Wed, November 25, 2026
Shadow

समाचार

अनलाईन डान्स कम्पिटिसन-२०२० को उपाधी सगुन श्रेष्ठ लाई

अनलाईन डान्स कम्पिटिसन-२०२० को उपाधी सगुन श्रेष्ठ लाई

मनोरन्जन, समाचार
काठमाडौं — कार्तिक २६, २०७७। ग्लोवल अनलाईन पे को प्रस्तुती तथा ईनोभेशन ईभेन्ट मेनेजमेन्टको आयोजनामा सम्पन्न ‘अनलाईन डान्स कम्पिटिसन,२०२०’ को बिजेताहरुलाई पुरस्कार वितरण गरिएको छ । विश्वव्यापी आतंकको रुपमा फैलिएको कोरोना भाइरसलाई मध्यनजर गरी भौतिक दुरी कायम गर्दै बिजयीहरुलाई राजधानीको नयाँ बानेश्वरमा एक कार्यक्रमविच आयोजकले पुरस्कृत गरेका हुन् । घरबाटै नृत्य प्रतियोगितामा सहभागी भएर प्रथम हुने सगुन श्रेष्ठ, दोश्रो हुने अभिनव श्रेष्ठ , तेश्रो हुने गर्दिष्मा मल्ललाई पुरस्कृत गरिएको हो । यस्तै, उत्कृष्ट ६ भित्र पर्न सफल रहेका सदिक्षा पौडेल, सेरेना महर्जन र सिद्दार्थ श्रेष्ठलाई समेत सम्मानित गरिएको थियो। विजेताले ‘अनलाईन डान्सिङ एण्ड सिङ्गिङ स्टार-२०२०’ को उपाधी सहित नगद रु १५,०००/-, द्धितिय हुनेले नगद रु १०,००/- र तृतिय हुनेले नगद रु ५,०००/- प्राप्त गरेकाछन भने अन्य उत्कृष्ट ६ भित्र पर्न सफ...
सुनचाँदीको सिक्का किन्न राष्ट्र बैंकमा घुइँचो,धनतेरस लक्ष्मी पूजा

सुनचाँदीको सिक्का किन्न राष्ट्र बैंकमा घुइँचो,धनतेरस लक्ष्मी पूजा

आर्थिक, समाचार
नेपाल राष्ट्र बैंकले गत वर्षको तिहारको जस्तै यस वर्षपनि सुन तथा चाँदीका सिक्का बिक्री शुरु गरेको हो । कोरोना भाइरस (कोभिड १९) बीच स्वास्थ्य मापदण्ड अपनाएर राष्ट्र बैंकले सुन तथा चाँदीको सिक्का बिक्री गरेको हो । सदाको वर्ष जस्तै यस वर्ष पनि राष्ट्र बैंकले सुनचाँदीको सिक्का बिक्री गर्न थालेको राष्ट्र बैंकका डेपुटी गभर्नर चिन्तामणी सिवाकोटीले बताए । ‘अहिले सुनचाँदीको सिक्का किन्नेको राष्ट्र बैंकमा घुइँचो लागेको छ,’ उनले भने ‘प्रत्येक वर्ष तिहारमा राष्ट्र बैंकले सुनचाँदीको सिक्का बिक्री गर्दै आएको छ ।’ तिहारको लक्ष्मी पूजाका दिन सुन, चाँदी जस्ता बहुमूल्य बस्तु खरीद गरी पूजा गर्ने परम्परा अनुसार राष्ट्र बैंकले सिक्का बिक्री गर्न थालेको हो । धनतेरसमा सुन तथा चाँदीका सिक्का खरिद गर्नेहरूको संख्या धेरै नहुने भएकोले स्वास्थ्य सुरक्षा मापदण्ड अपनाएर सिक्का बिक्री गरिरहेको नेपाल राष्ट्र बताए...
नेपाल आयल निगमले गण्डकी प्रदेशको पोखरामा एक करोड लिटर क्षमताको पेट्रोलियम भण्डारण गृह निर्माण गर्ने

नेपाल आयल निगमले गण्डकी प्रदेशको पोखरामा एक करोड लिटर क्षमताको पेट्रोलियम भण्डारण गृह निर्माण गर्ने

आर्थिक, समाचार
कास्की-पर्याप्त भण्डारण क्षमताको अभावमा पेट्रोलियम पदार्थको वितरणमा देखिएको समस्या समाधान गर्ने उद्देश्यले नेपाल आयल निगमले गण्डकी प्रदेशको पोखरामा एक करोड लिटर क्षमताको पेट्रोलियम भण्डारण गृह निर्माण गर्ने भएको छ। तीन महिनाको माग धान्ने गरी पेट्रोलियम पदार्थको भण्डारण गृह निर्माण गर्ने नेपाल सरकारको नीति अनुसार पोखरा भण्डारण गृह निर्माण तथा पुनरुत्थान गर्न लागिएको निगमले जनाएको छ । भण्डारण गृहको आज उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले शिलान्यास गर्ने कार्यक्रम रहेको छ । पोखरा महानगरपालिका वडा नं २९ र ३० गगनगौँडास्थित निगमको गण्डकी प्रादेशिक कार्यालय मातहत पाँच हजार/पाँच हजार किलोलिटर क्षमताका दुई वटा भण्डारण ट्याङ्क निर्माण गरिने छ । रु ७७ करोड ७७ लाख (भूल्य अभिवृद्धि करबाहेक) को लगानीमा ट्याङ्की निर्माण गर्न लागिएको निगमका प्रवक्ता विनितमणि उपाध्यायले जानकारी दिनुभयो ।...
बलिउड अभिनेता आसिफ बसरा मृत अवस्थामा फेला

बलिउड अभिनेता आसिफ बसरा मृत अवस्थामा फेला

मनोरन्जन, समाचार
बलिउड अभिनेता आसिफ बसरा मृत अवस्थामा फेला परेका छन्। शुक्रबार हिमाञ्चल प्रदेशको धर्मशाला स्थित एक निजी कम्प्लेक्समा उनी झुण्डिएकोअवस्थामा भेटिएको भारतीय सञ्चार माध्यमले जनाएका छन्। घटनास्थलमा प्रहरी टोली पुगेको र प्रहरीले अनुसन्धान गरिरहेको भारतीय प्रहरीले जनाएको छ। आसिफको ५३ बर्षको उमेरमा निधन भएको हो। बसरा पछिल्लो ५ वर्षदेखि म्याक्लोडगन्जस्थित एक घरमा भाडामा बस्दै आएका थिए। उनीसँग एक विदेशी महिला पनि बस्थिन्। आसिफ बसरा मौलिक र फरक अभिनयका कारण बलिउडका रुचाइएका कलाकार हुन्। अमेरिकी कमेडी फिल्म आउटसोर्स्डमा खेलेपछि उनी चर्चाको शिखरमा पुगेका थिए। यसका अलावा उनले कयौँ हिन्दी फिल्ममा पनि काम गरेका थिए। उनले परजानिया, ब्ल्याक फ्राइडे, वन्स अपन अ टाइम इन मुम्बई, कृष–३, एक भिलेन, जब वी मेट आदि चलचित्रमा काम गरेका छन्। उनका थुप्रै टिभी सिरियल पनि प्रशारित छन्। ...
सिमानाकामा मंसिर ३० गतेसम्म प्रतिबन्ध

सिमानाकामा मंसिर ३० गतेसम्म प्रतिबन्ध

राजनीति, समाचार
सरकारले कोरोना महामारी रोकथामका लागि भन्दै सिमानाकामा लगाएको प्रतिबन्ध बढाएको छ। सरकारले सिमानाकामाथि लगाएको प्रतिबन्ध एक महिना थप गर्दै मंसिर ३० गतेसम्म पुर्‍याएको छ। बिहीबार बसेको मन्त्रिपरिषद बैठकले मंसिर ३० सम्म अन्तर्राष्ट्रिय सिमानाका बन्द जारी राख्ने निर्णय गरेको हो। मन्त्रिपरिषद् बैठकको निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता सञ्‍चारमन्त्री पार्वत गुरुङले सो जानकारी दिए। सरकारले यसअघि कात्तिक ३० गतेसम्म सिमानाकामा प्रतिबन्ध लगाएको थियो। कोरोना महामारीका कारण चैत ११ यता नेपालका सबै स्थल नाकाबाट नेपालीबाहेकलाई प्रवेशमा रोक लगाइएको थियो। भारतसँग अहिले १० वटा प्रमुख नाकामा मात्रै आवत जावत कायम छ। त्यस बाहेकका नाकामा कडाइ यथावत राखिएको उनले बताए। ्यसअघि सरकारले भारत आवज जावत गर्ने नाका कात्तिक ३० सम्म बन्द गर्ने निर्णय गरेको थियो। ...
पछिल्लो २४ घण्टामा थप १ हजार ९१३ जनामा कोरोना संक्रमण पुष्टि

पछिल्लो २४ घण्टामा थप १ हजार ९१३ जनामा कोरोना संक्रमण पुष्टि

समाचार, स्वास्थ्य
 पछिल्लो २४ घण्टामा थप १ हजार ९१३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या २ लाख ४ हजार २४२ पुगेको छ । हालसम्म नेपालमा सक्रिय संक्रमितको संख्या ३८ हजार ४६१ रहेको छ । पछिल्लो २४ घण्टामा २३ सय ४९ जना निको भएका छन् । हालसम्म संक्रमणमुक्त हुनेको संख्या १ लाख ६४ हजार ५९२ पुगेको छ । पछिल्लो २४ घण्टामा १५ जना थपिएसँगै कोरोनाका कारण ज्यान गुमाउनेको संख्या १ हजार १८९ पुगेको छ। यस्तै हालसम्म ९७४ जना क्वारेन्टिनमा रहेका छन् । ...
नेगेटिभ रिपोर्ट कुर्दा महिना दिन आइसोलेसनमा

नेगेटिभ रिपोर्ट कुर्दा महिना दिन आइसोलेसनमा

समाचार
कोरोना भाइरसबाट संक्रमित भएपछि पोखरा महानगरपालिका–५ का प्रदीप पौडेल ३२ दिनसम्म होम आइसोलेसनमा बसे । सुरुमा उनलाई लक्षण देखिँदा केही अप्ठेरो भयो । एक साताका बीचमा उनको शरीरले स्वस्थ भएको संकेत त गरिसकेको थियो तर पिसिआर परीक्षण रिपोर्टका लागि भने ३२ दिन कुर्नुपर्‍यो । सुरुका दिनमा जस्तो अप्ठेरो नभए पनि उनले घरबाट निस्कन पाएनन् । ‘म निको भइसकेको थिएँ । स्वास्थ्यकर्मीले १४ दिनपछि अरूलाई संक्रमण सर्दैन भनिरहेका पनि थिए,’ उनले भने, ‘तर समाजलाई नेगेटिभ रिपोर्ट देखाउनुपर्ने भएकाले मैले एक महिना घरभित्रै बस्नुप¥यो ।’ स्वास्थ्यकर्मीका अनुसार संक्रमण पुष्टि भएको १४ दिनपछि कुनै समस्या नहुनेले पुनः परीक्षण गराउनु पर्दैन । संघीय र प्रदेश सरकारले स्वास्थ्यमा समस्या नभएका व्यक्तिले १४ दिनपछि परीक्षण गर्नुनपर्नेगरी छुटकारा पाउने निर्णय गरिसकेको छ । तर नेगेटिभ रिपोर्टको पर्खाइमा एक महिनाभन्दा बढी ...
भ्याक्सिन आयात सहज बनाउन अध्यादेश

भ्याक्सिन आयात सहज बनाउन अध्यादेश

समाचार
कात्तिक २७ काठमाडौं । कोरोना भाइरस रोकथामको भ्याक्सिन तयार हुनेबित्तिकै आयात गर्ने कानुनी प्रक्रिया सहज बनाउन सरकारले अध्यादेश ल्याउने भएको छ । यसअघि विश्व स्वास्थ्य संगठनले मान्यता नदिएको रेमडेसिभिर ल्याउनसमेत अड्चन भएकाले कोरोनाविरुद्धको खोपलगायत औषधि पत्ता लाग्नासाथ ल्याउन सजिलो हुने गरी कानुन संशोधन गर्न अध्यादेश ल्याउन लागिएको हो । अहिले विभिन्न मुलुकमा कोरोना भ्याक्सिनको क्लिनिकल परीक्षण भइरहेको छ । नेपालमा कोरोना संक्रमितको संख्या बुधबार २ लाख नाघेको छ । स्वास्थ्य मन्त्रालयको तथ्यांकअनुसार कोरोनाबाटै मृत्यु हुनेको संख्या १ हजार १ सय ७४ पुगिसकेको छ । सार्क मुलुकमा कोरोनाबाट संक्रमित भएपछि निको हुने दर नेपाल छैटौं स्थानमा छ । निको हुने दर कमी हुनेमा नेपालभन्दा तल श्रीलंका र बंगलादेश मात्रै छन् । ‘संक्रमित हुने संख्या रोक्न भ्याक्सिन बन्ने बित्तिकै ल्याउनका लागि कानुनी अड्चन ...
कलंकीमा बिहानै ट्रक दुर्घटना, तीन जनाको मृत्यु

कलंकीमा बिहानै ट्रक दुर्घटना, तीन जनाको मृत्यु

समाचार
कात्तिक २७ काठमाडौं । काठमाडौंको कलङ्कीमा आज ९बिहीबार० बिहानै पार्किङ गरेर राखेको ट्रकलाई अर्को ट्रकले ठक्कर दिंदा तीन जनाको ज्यान गएको छ । मकालु पेट्रोल पम्प छेउमा पार्किङमा राखेको बा ३ ख ७५३० नम्बरको ट्रकलाई बा ५ ख ८८६५ नम्बरको ट्रकले ठक्कर दिएको हो । दुर्घटनामा बा ५ ख ८८६५ नम्बरको ट्रकमा सवार तीन जनाको ज्यान गएको प्रहरीले जानकारी दिएको छ । तीव्र गतिका कारण दुर्घटना भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । ८८६५ नम्बरको ट्रक कुखुरा बोक्ने ट्रक हो । दुर्घटनामा नुवाकोट सुन्दरदेवी गाँउपालिकाका २४ वर्षीय रोशन तामा, नुवाकोट तारकेश्वरका ३७ वर्षीय माधव घिमिरे र एक जना अन्यको शहीद मेरोरियर अस्पतालमा उपचारका क्रममा मृत्यु भएको महानगरीय प्रहरी वृत्त कालीमाटीका डीएसपी अपिलराज बोहराले जानकारी दिए । दुर्घटनामा घाइते भएका नुवाकोटका विजय तामाङको अवस्था गम्भीर रहेको डीएसपी बोहराले बताए । दुवै...
राजा राजेन्द्रको गीत ‘पिरतीको चस्मा’मा टिकटक भाईरल जोडी संगै जितु नेपाल(भिडियो)

राजा राजेन्द्रको गीत ‘पिरतीको चस्मा’मा टिकटक भाईरल जोडी संगै जितु नेपाल(भिडियो)

मनोरन्जन, समाचार
राजा राजेन्द्र पोखरेलको स्वर रहेको ‘पिरतीको चस्मा’को भिडियो सार्वजनिक भएको छ । लोकप्रिय कलाकार तथा होष्ट समेत रहेका राजा राजेन्द्रको गीतको भिडियोमाअभिनेता जीतु नेपालले आफ्नो अभिनय करियर मै पहिलो पटक एउटा म्युजिक भिडियोमा अभिनय गरेका छन् । अभिनेता नेपालको अभिनय रहेको उक्त गीतको म्यूजिक भिडियो राजा राजेन्द्र पोखेरलको आफ्नै आधिकारिक युट्युव च्यानलबाट सार्वजनिक गरिएको छ।टिकटकमा पछिल्लो समय भाइरल भएका जुम्ल्याहा दिदीबहिनी समारिका र स्मारिका ढकाल र जितु नेपालको अभिनय रहेको भिडियो सार्वजनिक भएको हो । https://youtu.be/2OgNQEY73UE समारिका र स्मारिकाले पनि यही भिडियो मार्फत औपचारिक रुपमा अभिनय यात्रा प्रारम्भ गरेका हुन् ।राजुबाबु श्रेष्ठको शब्द तथा राजनराज शिवाकोटीको संगीत तथा राजन इशानको संगीत संयोजन रहेको छ । अहिलेका व्यस्त भिडियो निर्देशक तथा कोरियोग्राफर माइकल चन्दको निर्देशनमा बन...