आइत, मंसिर ७, २०८३
Sun, November 22, 2026
Shadow

कलंकीमा बिहानै ट्रक दुर्घटना, तीन जनाको मृत्यु

कात्तिक २७ काठमाडौं । काठमाडौंको कलङ्कीमा आज ९बिहीबार० बिहानै पार्किङ गरेर राखेको ट्रकलाई अर्को ट्रकले ठक्कर दिंदा तीन जनाको ज्यान गएको छ ।

मकालु पेट्रोल पम्प छेउमा पार्किङमा राखेको बा ३ ख ७५३० नम्बरको ट्रकलाई बा ५ ख ८८६५ नम्बरको ट्रकले ठक्कर दिएको हो । दुर्घटनामा बा ५ ख ८८६५ नम्बरको ट्रकमा सवार तीन जनाको ज्यान गएको प्रहरीले जानकारी दिएको छ ।

तीव्र गतिका कारण दुर्घटना भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । ८८६५ नम्बरको ट्रक कुखुरा बोक्ने ट्रक हो ।

दुर्घटनामा नुवाकोट सुन्दरदेवी गाँउपालिकाका २४ वर्षीय रोशन तामा, नुवाकोट तारकेश्वरका ३७ वर्षीय माधव घिमिरे र एक जना अन्यको शहीद मेरोरियर अस्पतालमा उपचारका क्रममा मृत्यु भएको महानगरीय प्रहरी वृत्त कालीमाटीका डीएसपी अपिलराज बोहराले जानकारी दिए ।

दुर्घटनामा घाइते भएका नुवाकोटका विजय तामाङको अवस्था गम्भीर रहेको डीएसपी बोहराले बताए । दुवै ट्रकका चालकलाई प्रहरीले नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान शुरु गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *