बुध, मंसिर १०, २०८३
Wed, November 25, 2026
Shadow

समाचार

लोकतन्त्रको बिकल्प लोकतन्त्र नै

लोकतन्त्रको बिकल्प लोकतन्त्र नै

राजनीति, समाचार
डा.डिआर उपाध्याय अहिले पछिल्लो समयमा देशका विभिन्न सहरमा राजावादीहरु नारा जुलुस प्रदर्शन गरिरहेका छन । राजावादीहरु उत्साहित देखिन्छन । तर यो उत्साहको कुनै अर्थ छैन । राजतन्त्रका पक्षमा जति सुकै चर्को नारावाजी गरे पनि राजतन्त्र फर्किनेवाला छैन । लामो त्याग ,तपस्या र बलिदानवाट प्राप्त अहिले सम्मका उपलव्धिहरु जनताले गुम्न दिने छैनन् । राजा समर्थकहरूले हिन्दु धर्म र राजतन्त्रलाई जोड्ने गरेका छन् । साथै, प्रदर्शनकारीले संघीयताका विरुद्ध पनि आवाज उठाएको देखिन्छ । अप्रत्यक्षरूपमा जनमत तयार गर्ने प्रयत्न राजावादीहरुले गरेका छन । दोस्रो जनआन्दोलनका सबै उपलब्धि जोगाउँन लोकतन्त्रवादी शक्तिहरु सचेत रहन भने जरुरी छ । लोकतान्त्रिक शासन व्यवस्थामा आफ्नो पक्षमा जनमत बनाउन शान्तिपूर्ण सभा , जुलुश गर्ने अधिकार सवैलाई हुन्छ । तर देशको हित बिपरित गतिविधि बढाउन भने कसैलाई छुट छैन । नेपालको संविधानले पनि ...
पिसाब रोकेर राख्नाले मृगौलाको रोग लाग्न सक्छ

पिसाब रोकेर राख्नाले मृगौलाको रोग लाग्न सक्छ

समाचार, स्वास्थ्य
काठमाडौं । धेरैको बानी हुन्छ, पिसाब रोक्ने । कहिले चाहिँ कामको व्यस्तताले गर्दा पिसाब गर्न भुलिन्छ । कतिले अल्छी गर्छन् । यात्राको क्रममा पनि पिसाब रोक्न बाध्य भइन्छ । तर, यो बानी एकदमै घातक हो । यसले हाम्रो शरीरमा अनेकौं रोग निम्त्याउन सक्छ । – लामो समयसम्म पिसाब रोकेर बस्दा ब्लाडरमा ब्याक्टेरिया जम्मा हुन पुग्छ । यही ब्याक्टेरियाको कारण मूत्रनलीमा संक्रमण नित्याउँछ । – पिसाब रोकेर राख्नाले मूत्रथैलीमा त्यसले असर गर्छ । मूत्रथैली सुनिन्छ । यसले गर्दा पिसाब फेर्दा दुख्ने समस्या हुन्छ । – पिसाबमा यूरिया र अमिनो एसिड जस्ता टक्सिन तत्व हुन्छ । यदि हामी लामो समयसम्म पिसाब रोक्छौं भने उक्त टक्सिन मृगौलामा पुग्छ र पत्थरीको समस्या पैदा हुन्छ । – लामो समय पिसाब रोक्दा पिसाबको रंग गाढा पहेंलो र दुर्गन्धित हुन्छ । ब्याक्टेरियाको कारण यस्तो भएको हो । – पिसाब रोक्नाले मूत्रथैली फुलिन्छ...
सरकारले विश्व बैंकबाट ८ करोड अमेरिकी डलर ऋण लिने

सरकारले विश्व बैंकबाट ८ करोड अमेरिकी डलर ऋण लिने

राजनीति, समाचार
काठमाडौं। सरकारले विश्व बैंकबाट ८ करोड अमेरिकी डलर ऋण लिने भएको छ। बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले सहुलियत ब्याजको ८ करोड अमेरिकी डलर ऋण स्वीकार गर्ने निर्णय गरेको एकमन्त्रीले जानकारी दिए। अर्थ मन्त्रालयको प्रस्तावमा मन्त्रिपरिषद्ले सो निर्णय गरेको हो। सो ऋणबाट ग्रामीण उद्यम तथा आर्थिक विकास आयोजना सञ्चालन गरिने छ। यस्तै बिहीबारको मन्त्रिपरिषद् बैठकले सामाजिक सुरक्षा ऐन २०७५ लाई संशोधन गर्न अध्यादेश जारीका लागि राष्ट्रपति समक्ष सिफारिस गर्ने निर्णय गरेको छ। यस्तै मन्त्रिपरिषद्ले देशभरका विभिन्न स्थानीय तह अन्तर्गत रहेको अस्पताल तथा प्राथामिक स्वास्थ्य केन्द्रलाई प्रदेश सरकार अन्तर्गत ल्याई व्यवस्थापनको जिम्मा दिने निर्णयसमेत गरेको छ। उता मन्त्रिपरिषद्ले भिमफेदीस्थित भिमफेदी शेख घर हात्तिसार कार्यालयलाई हात्तिसार संग्रालयमा रुपान्तरण गरी व्यवस्थापन गर्न बागमती सरकारलाई जिम्मा द...
संयुक्त राष्ट्रसंघीय आयोगले गाँजालाई सबैभन्दा बढी जोखिमपूर्ण लागुऔषधको सूचीबाट हटायो

संयुक्त राष्ट्रसंघीय आयोगले गाँजालाई सबैभन्दा बढी जोखिमपूर्ण लागुऔषधको सूचीबाट हटायो

अन्तराष्ट्रिय, समाचार
वासिंगटन । संयुक्त राष्ट्रसंघीय आयोगले गाँजालाई सबैभन्दा बढी जोखिमपूर्ण लागुऔषधको सूचीबाट हटाएको छ। राष्ट्रसंघको पछिल्लो बैठकले गाँजा र गाँजाबाट बन्ने वस्तुलाई पुनःभाषित गरेको हो। अत्यन्त प्राणघातक लागू औषधको वर्गीकरणमा रहेको गाँजालाई उक्त सूचीबाट हटाउँदै औषधिजन्य प्रयोजन र रोगको उपचारमा प्रयोग गर्न आवश्यक नियमन गर्न सम्बन्धित देशहरुका लागि बाटो खुला गरिएको अन्तराष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्। सन् १९६१ देखि खेती गर्न, ओसारप्रसार र सेवन गर्न प्रतिबन्ध लगाइएको गाँजाबारे आयोगका ५३ सदस्यमध्ये २७ जनाले उक्त प्रतिबन्धबाट फुकुवा गर्न मतदान गरेका थिए । उक्त निर्वाचनमा २५ जनाले विरोध गर्नुको साथै एकजना अनुपस्थित रहेको बताइएको छ। राष्ट्रसंघको सो आयोगका निर्णय अनुसार उक्त गाँजासम्बन्धी अनुसन्धान गर्न र मनोरञ्जनको साधन र औषधीय गुणको रुपमा कानुनी रुपमा अङ्गिकार गर्ने अन्य देशहरुलाई पनि प्...
आज मंसिर १९ गते शुक्रबारको  राशिफल

आज मंसिर १९ गते शुक्रबारको राशिफल

राशिफल, समाचार
मेष – भागदौड चलिरहनेछ । मान पुरस्कार प्राप्त होला । आर्थिक कार्यमा अनुकूलता रहला । अरुको भर नपर्दा उचित हुनेछ । लगानी उठ्ला । कार्यव्यपारमा सफलता मिल्नेछ । वस्तुसित सम्बन्धित काममा सफलता मिल्नेछ । समस्याको समाधान मिल्नेछ । मिठो भोजन प्राप्त हुनेछ । पारिवारिक सुख समृद्धि हासिल हुनेछ । बृष – सुख सम्पति धन मान आनन्द बढ्नेछ । मिठो भोजन मिल्नेछ । शक्ति सामर्थ्य बढ्नेछ । राजकीय कार्य बन्नेछ । उन्नति–पदोन्नति हुनेछ । यात्रामा सफलता मिल्नेछ । विकासको नयाँ सम्भावना देखेर आशा उत्साह वृद्धि होला । उच्चाधिकारीको सहयोग मिल्नेछ । ऐश्वर्य बढ्नेछ । मिथुन – सुख आरोग्यता बढ्ला । यात्रामा सफलता मिल्नेछ । धनको पक्ष बलियो बन्नेछ । ऋण रोग र शत्रुलाई जित्ने क्षमता बढ्नेछ । वार्तामा सफलता मिल्नेछ । मिठो भोजन मिल्नेछ । धर्मकर्ममा रुचि बढ्नेछ । ख्याति फैलिनेछ । रोकिएको काम बन्ला र नयां कार्य पनि बन्नेछ । ...
जापानले आगामी पन्ध्र वर्षभित्रै पेट्रोल कारको बिक्री बन्द गर्ने योजना सार्वजनिक

जापानले आगामी पन्ध्र वर्षभित्रै पेट्रोल कारको बिक्री बन्द गर्ने योजना सार्वजनिक

अन्तराष्ट्रिय, समाचार
जापानले सन् २०५० सम्ममा कार्बन तटस्थताको आफ्नो लक्ष्य पूरा गर्ने उद्देश्यले आगामी पन्ध्र वर्षभित्रै पेट्रोल कारको बिक्री बन्द गर्ने योजना सार्वजनिक गर्न लागेको छ। जापानी संचारमाध्यमहरुका अनुसार अर्को साताभित्रै जापानले नयाँ नीति सार्वजनिक गर्न लागेको छ। जापानी अखबार माइनिची शिमबुनले स्रोत उद्धृत नगरी प्रकाशन गरेको समाचारमा जापानले विद्युतीय र हाइब्रिड सवारी साधनको बिक्रीलाई पहिलो प्राथमिकतामा राखेको जनाएको छ । प्रधानमन्त्री योशिहिदे सुगाले गत अक्टोबरमा जापानलाई सन् २०५० भित्र कार्बन तटस्थ मुलुकको दाँजोमा उभ्याउन आवश्यक पहल गर्ने घोषणा गरेका थिए। प्रधानमन्त्री सुगाले आफ्नो नीति सार्वजनिक गरेलगत्तै ठूला कम्पनीहरुले कार्बन उत्सर्जनलाई नियन्त्रणमा ल्याउने योजनाको मस्यौदा निर्माण गर्न दबाब सिर्जना भएको थियो। जापानको उक्त कदमको वातावरण अभियन्ता र राष्ट्रसंघले स्वागत गरेका छन्। जा...
६ महिनाभन्दा बढी ब्याज भुक्तानी बक्यौता नभए ऋणीको धितो लिलाम नहुने,नेपाल राष्ट्र बैंक

६ महिनाभन्दा बढी ब्याज भुक्तानी बक्यौता नभए ऋणीको धितो लिलाम नहुने,नेपाल राष्ट्र बैंक

आर्थिक, समाचार
नेपाल राष्ट्र बैंकले ६ महिनाभन्दा बढी ब्याज भुक्तानी बक्यौता नभए ऋणीको धितो लिलाम नहुने व्यवस्था गरेको छ । नेपाल राष्ट्र बैंकले आज मौद्रिक नीतिको त्रैमासिक समिक्षा गर्दै ६ महिनाभन्दा बढीको ब्याज बक्यौता नभए धितो लिलाम नहुने नीतिगत व्यवस्था गरेको राष्ट्र बैंकका प्रवक्ता गुणाकर भट्टले  बताए ।  साथै, सो भचुर्अल कार्यक्रममा कोभिडका कारण चार्ज नलगाइएका अनलाइन भुक्तानी कारोबारमा शुल्क लाग्ने भएको छ ।  मुद्दती खाता र बचत खाताको ब्याजदर अन्तर ५ प्रतिशतभन्दा बढी हुन नहुने व्यवस्था राष्ट्र बैंकले गरेको छ । राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले कल डिपोजिटमा भने सो व्यवस्था लागू नहुने बताएका छन् ।  ...
आज नेप्सेमा १५.५७ अंकले घटेर २ हजार ५५ दशमलब ४५ विन्दुमा

आज नेप्सेमा १५.५७ अंकले घटेर २ हजार ५५ दशमलब ४५ विन्दुमा

आर्थिक, समाचार
 नेपाल स्टक एक्चेञ्ज (नेप्से)मा साताको अन्तिम दिन आज (बिहिबार) दोहोरो अंकले घटेको छ । आज नेप्सेमा १५.५७ अंकले घटेर २ हजार ५५ दशमलब ४५ विन्दुमा थापिएको छ भने ८ अर्ब २ करोड ६० लाख २३ हजार ७९८ रुपैयाँ बराबरको कारोबार भएको छ ।  नेप्सेका अनुसार आज कारोबार भएका कूल १२ उपसमूहमध्ये आज दुई समूहबाहेक अन्य सबै समूह राताम्मे भएका छन् । आज जलविद्युत १० र माइक्रोफाइनान्स ३० अंकले ओर्लिएका छन्। त्यस्तै, बैंकिङ ८.७, ब्यापार १६०, होटल ८.३, विकास बैंक २०.३, फाइनान्स ६.७, निर्जीवन बीमा १६६, उत्पादन ७२, अन्य १९ र जीवन बीमा समूह २५८ अंकले घटेका छन्।  एभरेष्ट इन्स्योरेन्सको संस्थापक समूह, माथिल्लो तामाकोसी, नेपाल सेवा लघुवित्तको मूल्य ९ प्रतिशतभन्दा धेरैले बढेको छ। आज नेपाल पुनर्बीमा कम्पनीको सबैभन्दा बढी १ अर्ब ११ करोड रुपैयाँको सेयर किनबेच भएको छ। एउटै कम्पनीको साधारण सेयर १ अर...
भारतका चर्चित चलचित्र कलाकार रजनीकान्तले नयाँ पार्टी खोल्ने

भारतका चर्चित चलचित्र कलाकार रजनीकान्तले नयाँ पार्टी खोल्ने

राजनीति, समाचार
एजेन्सी । भारतका चर्चित चलचित्र कलाकार रजनीकान्तले नयाँ पार्टी खोल्ने घोषणा गरेका छन। विषेश गरेर तमिल सिनेमाबाट धेरै चर्चामा रहेका रजनीकान्तले आफूले नयाँ पार्टी खोल्न लागेको बिहिबार जानकारी दिएका हुन। उनले पार्टीको औपचारिक घोषणा भने यही डिसेम्बर ३१ तारिखका दिन गर्ने पनि बताएका छन। तमिलनाडुमा निर्वाचन हुन लागेको पूर्व सन्ध्यामा उनले पार्टी खोल्ने र निर्वाचनमा जाने बताएका हुन। “हामीले एउटा नयाँ राजनीतिक पार्टी गठन गरेर घोषणा गर्न लागेका छौँ, जनवरीदेखि दर्ता गरेर त्यसले काम गर्न थाल्ने छ, त्यस मार्फत हामीले अत्यन्त कडाइका साथ काम गर्नेछौँ,” उनले भने। सामाजिक सञ्जाल ट्वीटरमार्फत उनले दिएको जानकारीअनुसार पार्टी खोल्ने निर्णयमा पुग्नु अगाडि उनले धेरैसँग परामर्श गरेका थिए। “मैले पटक पटक विभिन्न व्यक्तिहरुसँग छलफलहरु गरेँ, उहाँहरुको सल्लाह सुझावलाई लिएर मैले पार्टी खोल्ने निर्णय...
अर्थ मन्त्रालयले विमा कम्पनीहरुलाई कोरोना विमा भुक्तानीको लागि दावी पुगेका व्यक्तिलाई तीन दिनभित्र रकम उपलब्ध गराउन निर्देशन

अर्थ मन्त्रालयले विमा कम्पनीहरुलाई कोरोना विमा भुक्तानीको लागि दावी पुगेका व्यक्तिलाई तीन दिनभित्र रकम उपलब्ध गराउन निर्देशन

आर्थिक, समाचार
अर्थ मन्त्रालयले विमा कम्पनीहरुलाई कोरोना विमा भुक्तानीको लागि दावी पुगेका व्यक्तिलाई तीन दिनभित्र रकम उपलब्ध गराउन निर्देशन दिएको छ। साथै यसबारे मन्त्रालयलाई नियमित जानकारी गराउन पनि अर्थ मन्त्रालयले निर्देशन दिएको छ। गत कात्तिक १८ गतेको निर्णयअनुसार एक सातामै भुक्तानी दिइसक्नुपर्ने भए पनि हालसम्म न्यून संख्यामा भुक्तानी भएको गुनासो आएपछि मन्त्रालयले यस्तो ताकेता गरेको हो। अर्थले बिमा समितिलाई दिएको निर्देशनमा भनिएको छ ‘कोरोना बीमाको हालसम्मको दाबी संख्या, कागजात पूरा भएका दाबी संख्या, प्रमाणीकरणका लागि स्वास्थ्य सेवा विभागमा पठाएको संख्या, प्रमाणीकरण नभएका वा नक्कली दाबी विवरण, दाबी भुक्तानीको विवरण र सबै कागजात पूरा भई भुक्तानी गर्न बाँकी विवरण सार्वजनिक समेत गर्नुहुन अनुरोध छ।’ अन्य निर्णय पनि समितिले पालना नगरेपछि अर्थले कागजात पूरा गरेकालाई भुक्तानी दिन र भेरिफिकेसन प्रक...