बुध, मंसिर १०, २०८३
Wed, November 25, 2026
Shadow

समाचार

सरकारकले करिब ४१ अर्ब रुपैयाँ कर बक्यौक्ता,असुल्ने तयारी

सरकारकले करिब ४१ अर्ब रुपैयाँ कर बक्यौक्ता,असुल्ने तयारी

आर्थिक, समाचार
सरकारकले करिब ४१ अर्ब रुपैयाँ कर बक्यौक्ता उठाउन बाँकी रहेको छ । चालु आर्थिक वर्षको मंसिर १८ गतेसम्म राजस्वका विभिन्न शीर्षकमा उद्यमी व्यवसायीले सरकारलाई तिर्नुपर्ने सो कर नतिरेका हुन् । सरकारलाई तिर्न बाँकी रहेको करमा सबैभन्दा बढी मूल्य अभिवृद्धि कर (भ्याट) रहेको आन्तरिक राजस्व विभागले जानकारी दिएको छ । विभागले दिएको जानकारी अनुसार चालु आर्थिक वर्षको यो अवधिसम्म करिब २० अर्ब रुपैयाँभन्दा बढी मूल्य अभिवृद्धि कर तिर्न बाँकी रहेको विभागका सूचना अधिकारी अर्जुन दाहालले बताए । गत आवको अन्त्यसम्म यो करको बक्यौक्ता १९ अर्ब ९१ करोड रुपैयाँ रहेको थियो । अहिले र बक्यौक्ता त्यस्तै चालु आवको यो अवधिसम्म १८ अर्ब ८५ करोड रुपैयाँ आयकरको बक्यौक्ता रहेको छ । गत आवको अन्त्यसम्म २२ अर्ब ७० करोड आयकरको बक्यौक्ता रहेको थियो । यो अवधिमा अन्तःशुल्क भने ७३ करोड ४८ लाख रुपैयाँमात्र रहेको छ ।  खर्चका...
काठमाडौं महानगरपालिकाले कक्षा १ देखि ८ सम्म अनिवार्य विषयका रुपमा ‘येँ देय् म्हसीके’ नामक (नेवारी भाषा)को पाठ्यपुस्तक तयार

काठमाडौं महानगरपालिकाले कक्षा १ देखि ८ सम्म अनिवार्य विषयका रुपमा ‘येँ देय् म्हसीके’ नामक (नेवारी भाषा)को पाठ्यपुस्तक तयार

शिक्षा, समाचार
काठमाडौं महानगरपालिकाले सामुदायिक र संस्थागत विद्यालयहरुमा पठनपाठन गराउन नेपाल भाषा (नेवारी भाषा)को पाठ्यपुस्तक तयार गरेको छ। महानगरपालिकाले कक्षा १ देखि ८ सम्म अनिवार्य विषयका रुपमा ‘येँ देय् म्हसीके’ नामक स्थानीय विषयको पठ्युस्तक पठनपाठन गराउने भएको हो। नेपालको संविधानको भाग ३ धारा ३२ को उपधारा (२) र (३)मा मुलुकका हरेक स्थानीय तहबाट स्थानीय पाठ्यक्रमका रुपमा आफैँले एक विषय अध्ययन अध्यापन गराउन सक्ने व्यवस्था भए अनुसार महानगरले सो पाठ्यक्रमको विकास गरेको हो। यो पुस्तक महानगरपालिका भित्रका सबै संस्थागत तथा साुुदायिक विद्यालयहरुमा पढाइने महानगरपालिकाका शिक्षा विभाग प्रमुख नवराज ढकालले बताए। पाठ्यक्रममा महानगरभित्रका चाडपर्व, संस्कार संस्कृति, सीप कौशल, व्यवसाय, नैतिक शिक्षा, भौगोलिक र प्राकृतिक स्वरुप, स्वास्थ्य र सरसफाई, रहनसहन, व्यक्तित्व परिचय, भाषा र लिपीजस्ता विषयहरु समेटिएका...
परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली ‘नेपालको परराष्ट्र नीति, २०७७’ सार्वजनिक

परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली ‘नेपालको परराष्ट्र नीति, २०७७’ सार्वजनिक

समाचार, समाज
सरकारले एकीकृत परराष्ट्र नीति सार्वजनिक गरेको छ । आइतबार परराष्ट्र मन्त्रालयमा पत्रकार सम्मेलन आयोजना गरी परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले ‘नेपालको परराष्ट्र नीति, २०७७’ सार्वजनिक गरेका हुन् । कार्यक्रममा परराष्ट्रमन्त्री ज्ञवालीले कोही सत्रुता नभई सबै मित्रता हुने गरी परराष्ट्र नीति अवलम्बन गरिएको बताए । उनले भन्नुभयो ‘यो सरकार आइसकेपछि मन्त्र जस्तै बनायौं । ‘सबैसँग मित्रता कसैसँग छैन शत्रुता’ भन्ने कुरालाई हामीले मन्त्र जस्तै बनायौं ।’ संसारमा राजनीति, शक्ति र व्यवस्थाका हिसाबले भिन्दाभिन्दै प्रणालीहरु रहेको भएपनि नेपालको परराष्ट्र नीति तर्जुमा गर्दा निस्चित विचारधारा र राजनीतिक प्रणालीलाई आधार बनाइएको स्पष्ट पारे । कुनैपनि देशसँग नजिकको वा टाढाको भनेर कुटनीतिक व्यवहारमा फरक पार्न नखोजिएको पनि मन्त्री ज्ञवालीले बताए । परराष्ट्र नीतिले आर्थिक कूटनीतिलाई प्राथमिकता दिदै जलवायु...
नेप्से परिसूचक ६ प्रतिशत अर्थात १ सय २३ दशमलव ३४ अंकले घटेर १ हजार ९ सय ३२ दशमलव ११ अंकमा

नेप्से परिसूचक ६ प्रतिशत अर्थात १ सय २३ दशमलव ३४ अंकले घटेर १ हजार ९ सय ३२ दशमलव ११ अंकमा

आर्थिक, समाचार
शेयर बजारमा नेप्से परिसूचक ६ प्रतिशतले घटेपछि नेगेटिभ सर्किट लागेर निर्धारित समय अगाडि नै कारोबार बन्द भएको छ । नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिको पहिलो त्रैमासिक समिक्षामार्फत शेयर धितो कर्जामा पुनरावलोकन गर्ने बताएपछि आइतवार बजारमा उच्च गिरावट देखिएको छ । यस्तै एक महिनामा ४ सय अंक बढीले बढेको बजारमा अल्पकालिन लगानीकर्ताले नाफा सुरक्षित गर्न विक्रीचाप बढाएकाले पनि बजार ओरालो लागेको हो । आइतवार मात्रै नेप्से परिसूचक ६ प्रतिशत अर्थात १ सय २३ दशमलव ३४ अंकले घटेर १ हजार ९ सय ३२ दशमलव ११ अंकमा बन्द भएको छ । नेप्सेमा आज भएको गिरावट अहिले सम्मकै उच्च हो । यस्तै ‘क’ वर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक पनि ५ दशमलव ५१ प्रतिशत अर्थात २१ दशमलव ६२ अंकले घटेर ३ सय ७० दशमलव ६७ अंकमा बन्द भएको छ । आज नेप्सेमा ६ प्रतिशतको नकारात्मक सर्किट लाग्दा २ बजेर १४ मिनेटमा नै कारोबार बन्...
नेपालमा पछिल्लो २४ घण्टामा थप १ हजार ९६ जनामा कोरोना भाइरस (कोभिड १९) संक्रमण पुष्टि, १७ जनाको  मृत्यु

नेपालमा पछिल्लो २४ घण्टामा थप १ हजार ९६ जनामा कोरोना भाइरस (कोभिड १९) संक्रमण पुष्टि, १७ जनाको मृत्यु

समाचार, स्वास्थ्य
नेपालमा पछिल्लो २४ घण्टामा थप १ हजार ९६ जनामा कोरोना भाइरस (कोभिड १९) संक्रमण पुष्टि भएको छ । यो सँगै नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ४० हजार ९ सय ६१ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका पछिल्लो २४ घण्टामा थप १ हजार ७ सय ५२ जना कोरोना संक्रमण मुक्त भएका छन् । यो सँगै नेपालमा कोरोना मुक्त हुनेको संख्या २ लाख २५ हजार ८ सय ५ पुगेको छ । त्यस्तै देशभर थप १७ जनाको कोरोनाको कारण मृत्यु भएसँगै कुल मृतकको संख्या १ हजार ५ सय ९४ पुगेको छ । पछिल्लो समय नेपालमा सक्रिय संक्रमितको संख्या घटिरहेको छ । हाल नेपालमा कोरोनाका संक्रमित संक्रमितको संख्या १३ हजार ५ सय ८२ रहेको र हाल ५ सय ३६ जना क्वारेन्टाइनमा रहेका छन् । भने हालसम्म नेपालमा १७ लाख ८४ हजार ५ सय १९ जनाको पीसीआर परीक्षण भएका छन् । ...
चीनमा कोइला खानीमा भएको दुर्घटनामा परेर कम्तीमा  २३ जनाको गयो

चीनमा कोइला खानीमा भएको दुर्घटनामा परेर कम्तीमा २३ जनाको गयो

अन्तराष्ट्रिय, समाचार
चीनमा कोइला खानीमा भएको दुर्घटनामा परेर कम्तीमा पनि २३ जनाको ज्यान गएको छ । चीनको चोकिङमा रहेको एक कोइला खानीमा सो दुर्घटना भएको बताइएको हो । उक्त क्षेत्रको सो कोइला खानीमा अधिक मात्रामा कार्बन मोनोअक्साइडको मात्रा बढी रहेकोले ग्याँस विस्फोट भएको थियो । त्यस दुर्घटनामा परेर २३ जनाको ज्यान गएको थियो । त्यस दुर्घटनामा परेका अर्का एकजनालाई भने उद्धार गरेर बाहिर निकालिएको यहाँका उद्धारकर्मी तथा मजदुरहरुले जानकारी दिएका हुन् । चीनको समाचार समिति सिन्ह्वाले दिएको समाचारमा शुक्रबार अपरान्ह पाँच बजेतिर सो खानीमा उक्त दुर्घटना भएको थियो । त्यो कोइला खानी करिब दुई महिना अघिदेखि बन्द गरिएको थियो । सरकारले तय गरेका सुरक्षाका मापदण्डहरु पूरा नगरेको भनेर उक्त कोइला खानी बन्द गरेकोमा हालैमात्र त्यसलाई सञ्चालनमा ल्याइएको थियो । चीनमा कोइला खानीमा यस्ता दुर्घटनाहरु बारम्बार हुने गरेका छन् ।...
गायिका योजना तथा गायक राजाको ‘थोत्रे साइकल’ सार्वजनिक(भिडियो)

गायिका योजना तथा गायक राजाको ‘थोत्रे साइकल’ सार्वजनिक(भिडियो)

मनोरन्जन, समाचार
संचारकर्मी समेत रहेकी गायिका योजना पुरी तथा गायक राजा खतिवडाको युगल गायनको नयाँ गीत ‘थोत्रे साइकल’ को म्युजिक भिडियो सार्वजनिक भएको छ । पुष्कर खतिवडाको शब्द र संगीतमा रहेको उक्त गीतमा ओम सुनारले संगीत संयोजन गरेका छन् । https://youtu.be/LYFVBudXHbM म्युजिक भिडियोमा गायक राजा खतिवडा, सृजु ढुंगाना, राजन मोक्तान, हेमलाल घिमिरे र सफल पुरीले अभिनय गरेका छन् । ईलामको रमणीय चिया बगानको दृश्य समावेश गरिएको म्युजिक भिडियोलाई ओम प्रसाईले छायांकन गरेका हुन् । भिडियोमा नविन निरौलाको सम्पादन छ । जीवन शाहीको निर्देशनमा भिडियो तयार पारिएको हो । ...
लोकतन्त्रमा विधिको शासन, कानुनी राज्य हुनु पर्छ

लोकतन्त्रमा विधिको शासन, कानुनी राज्य हुनु पर्छ

राजनीति, समाचार
डा.डिआर उपाध्याय नेकपाको आन्तरिक कलह र नेपाली कांग्रेसको मौनता प्रमुख राजनीतिक दल नेकपाको आन्तरिक कलह र नेपाली कांग्रेसको मौनताको फाइदा उठाउँदै दक्षिणपन्थी शक्तिहरु सल्बलाउन थालेका छन्। यो चिन्ताको बिषय हो । देशका बिभिन्न शहरहरुमा राजावादीहरु नारा जुलुस लगाउँदै हिडिरहेका छन । सबैजसो पार्टीभित्र आन्तरिक बिवाद छ । दलहरु सत्ता स्वार्थको राजनीति गर्नाले समस्या उव्जिएको छ । दलहरुमा राजनीतिक संस्कार, उच्च नैतिकता, इमानदारी भएको देखिँदैन। झन्डै दुइतिहाई बहुमतको दम्भले नेकपाभित्र आन्तरिक कलह चुलिएको छ। कोभिड– १९ ले विश्व नै नराम्ररी प्रभावित भएको छ। नेपाल पनि यसबाट आक्रान्त छ। यस्तो महामारीमा जनतामा कसरी स्वास्थ्योपचार, परीक्षण र राहत पुर्‍याउने भनेर नेकपा सरकार लाग्नु पर्नेमा उल्टो आन्तरिक बिवादमा रुमल्लिदै बसेको छ । पार्टीको आन्तरिक झगडाका कारण ओली सरकारको ध्यान पूर्णरूपमा कोरोना नियन्...
जिप दुर्घटना हुँदा तीन जनाको घटनास्थलमै मृत्यु , पाँच जना घाइते

जिप दुर्घटना हुँदा तीन जनाको घटनास्थलमै मृत्यु , पाँच जना घाइते

समाचार, समाज
डोटीको बोगटान फुड्सिल गाउँपालिका–७ सेउणीखेत पिउसिया भिरमा जिप दुर्घटना हुँदा तीन जनाको घटनास्थलमै मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी प्रमुख तथा प्रहरी उपरीक्षक जनकराज पाण्डेयका अनुसार दिपायलबाट चवराचौतारातर्फ जाँदै गरेको म १ च ५५० नंको महेन्द्रा जिप गए राति करिब एक बजेतिर दुर्घटनामा परेको हो । दुर्घटनामा परी मृत्यु हुनेमा बोगटन फुड्सिल गाउँपालिका–७ का वडा सचिव मञ्जु त्रिपाठी, निजकी सासू करिब ५५ वर्षकी नाम नखुलेको, केआइसिंह गाउँपालिका–४ बस्ने करिब ४० वर्षका हरिनारायण भट्ट रहेका छन् । यसैगरी उक्त घुर्टनामा परी घाइते हुनेमा बोगटान फुड्सिल गाउँपालिका–६ का करिब ३० वर्षका चालक कैलाश बम, कञ्चनपुरको भिमदत्तनगरपालिका–१९ बस्ने २८ वर्षीय हेमन्त भट्ट, बोगटान फुड्सिल गाउँपालिका–७ बस्ने ४० वर्षीया खेमादेवी गिरी, सोही ठाउँ बस्ने २६ वर्षीय टीकाराम गि...
गौतमबुद्ध विमानस्थलको काम २५ दिनभित्र सक्न संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री योगेशकुमार भट्टराईको निर्देशन

गौतमबुद्ध विमानस्थलको काम २५ दिनभित्र सक्न संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री योगेशकुमार भट्टराईको निर्देशन

समाचार, समाज
संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री योगेशकुमार भट्टराईले निर्माणाधीन गौतमबुद्ध विमानस्थलको काम २५ दिनभित्र सक्न आयोजना प्रमुख र निर्माणको ठेक्का पाएको चिनियाँ ठेकेदार नर्थ वेस्ट कम्पनीलाई निर्देशन दिएका छन् । शनिबार विमानस्थलको स्थलगत निरीक्षणपश्चात मन्त्री भट्टराईले भने, “तपाईँहरुलाई २५ दिनको ‘होमवर्क’ दिन्छु । आयोजना प्रमुख र निर्माण व्यवसायी दुवैले २५ दिनपछि मलाई जवाफ दिनुपर्छ, काम सकाउनुपर्छ ।” उनले निकट भविष्यमा गौतमबुद्ध विमानस्थल सम्पन्न भएर राष्ट्रिय आयोजनामा एक नम्बर हुने पनि विश्वास व्यक्त गरे । उनले भने, “विगतमा ‘ब्याक’ भएको आयोजना सम्पन्न हँुदैछ ।” उनले कोरोनाका कारण काममा प्रभाव परेको बताउँदै उपकरण जडानका लागि आवश्यक केही विदेशी दक्ष जनशक्ति नेपाल ल्याउन सबै प्रयास गरिरहेको पनि बताउनुभयो । मन्त्री भट्टराईले भने, “सकेसम्म उहाँहरु आउनुहुन्छ । यदि कोरोनाकै कारण आ...