बुध, मंसिर १०, २०८३
Wed, November 25, 2026
Shadow

समाचार

आज नेप्से ७२.२८ अंकले बढेर २ हजार ४ दशमलब ३९ विन्दुमा

आज नेप्से ७२.२८ अंकले बढेर २ हजार ४ दशमलब ३९ विन्दुमा

आर्थिक, समाचार
 नेपाल स्टक एक्सचेञ्ज (नेप्से) साताको दोस्रो दिन आज (सोमबार) हरियाली छाएको छ । हिजो (आइतबार) नेप्से १२३.३४ अंकले घटेर कारोबार समय भन्दा ४५ मिनेट अघि नै बन्द भएको थियो । आज नेप्से ७२.२८ अंकले बढेर २ हजार ४ दशमलब ३९ विन्दुमा पुगेको छ भने ६ अर्ब ६६ करोड ७९ लाख ५६ हजार ८३१ रुपैयाँ बराबरको कारोबार भएको छ ।   नेप्सेका अनुसार आज कारोबार भएका कूल १२ उपसमूहमध्ये सबै समूहमा हरियाली छाएको छ । आज सबैभन्दा बढी बीमा समूहमा लगानीकर्ता आकर्षित भएका छन् । आज सबैभन्दा बढी जीवन बीमा समूह ६९८.८१ र निर्जीवन बीमा समूह ४०५.५४ अंकले बढेका हुन् ।  आज सबैभन्दा बढी नारायणी डेभलपमेन्ट बैंक र रसुवागढी हाइड्रोपावर कम्पनीका शेयरधनीहरुले १०–१० प्रतिशत नाफा कमाएका छन् भने एभरेस्ट एन्स्योरेन्सक कम्पनीका शेयरधनीहरुले सबैभन्दा बढी ६.६७ प्रतिशतले घाटा व्यहोरेका छन् । आज पनि पुनर्बीमा कम्पनीकै उ...
नेपालमा कोरोना संक्रमण मुक्त हुनेको संख्या २ लाख २७ हजार ४ सय ३३

नेपालमा कोरोना संक्रमण मुक्त हुनेको संख्या २ लाख २७ हजार ४ सय ३३

समाचार, स्वास्थ्य
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा थप १ हजार ६ सय २८ जना कोरोना मुक्त भएका छन् भने संक्रमण मुक्त हुनेको संख्या २ लाख २७ हजार ४ सय ३३ पुगेको छ । नेपालमा पछिल्लो २४ घण्टामा थप १ हजार १४ जनामा कोरोना भाइरस (कोभिड १९) संक्रमण पुष्टि भएको छ । यससँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या २ लाख ४१ हजार ९ सय ९५ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । त्यस्तै पछिल्लो २४ घण्टामा थप २० जनाको कोरोनाबाट मृत्यु भएसँगै कुल मृतकको संख्या १ हजार ६ सय १४ पुगेको छ । यसअघि आइतवार कोरोनाको कारण १७ जनाको मृत्यु भएको थियो । पछिल्लो समय नेपालमा क्यारेन्टाइनमा बस्नेहरुको संख्या घटिरहेको छ । हाल नेपालमा ५ सय २७ जना क्वारेन्टाइनमा रहेका छन् । भने हाल १२ हजार ९ सय ४८ जना सक्रिय संक्रमित रहेका छन् । ...
चर्चित पब्लिक स्पिकर रमेश प्रसाईं वैवाहिक बन्धनमा बाँधिए

चर्चित पब्लिक स्पिकर रमेश प्रसाईं वैवाहिक बन्धनमा बाँधिए

मनोरन्जन, समाचार
चर्चित पब्लिक स्पिकर रमेश प्रसाईं वैवाहिक बन्धनमा बाँधिएका छन् । उनले कालीकोट महाबै गाउँपालिका वडा नम्बर ४ की नन्दा सिंहसँग विवाह गरेका हुन् । उनीहरुले धरानबाट विहे गरेका हुन् । नन्दा र रमेशविच ३ बर्षदेखि गहिरो प्रेम सम्बन्ध रहेको छ । २५ वर्षिया नन्दा पनि दृष्टीबिहिन हुन् । स्नातक तह सम्ममा अध्ययन गरेकि नन्दा अहिले सामाजिक कार्यमा सक्रिय छन् । अन्तर दृष्टि नेपाल नामक संस्था मार्फत १२ जना अनाथ बालबालिकाकी आमा बनेकी छन् । उनले काठमाडौंको कपनस्थित १२ जना बालबालिकालाई आश्रय दिएकी छन् । यस्तै रमेश प्रसाईँ पनि सामाजिक अभियन्ता हुन् । साथै उनले सामाजिक सञ्जालमा सामाजिक तथा राष्ट्रिय मुद्दामा आफ्ना विचारहरु राख्ने गर्दछन्। पछिल्लो समय भने प्रसाई फरक परिचयका साथ युट्युबमा छाएका छन् । उनी अहिले दोहोरी गायकका रुपमा चर्चामा छन् । रमेशलाई पछिल्लो समय ‘रिंकेबुङको राँगो’ बोलको गीतले चर्चा...
दरबार हाइस्कुल अहिले सामुदायिक विद्यालयमध्ये विद्यार्थीको पहिलो रोजाइ

दरबार हाइस्कुल अहिले सामुदायिक विद्यालयमध्ये विद्यार्थीको पहिलो रोजाइ

शिक्षा, समाचार
नेपालको शैक्षिक इतिहासमा अत्यन्त ठूलो महत्व राख्ने रानीपोखरीस्थित दरबार हाइस्कुल अहिले सामुदायिक विद्यालयमध्ये विद्यार्थीको पहिलो रोजाइ बनेको छ । विसं २०७२ को भूकम्पले पूर्ण रुपमा क्षति भएकोे सो स्कूल भवनलाई आकर्षक ढङ्गले पुनर्निर्माण गरिएपछि नयाँ विद्यार्थी आउने क्रम बढेको छ । क्रान्तिकारी कवि गोपालप्रसाद रिमाल, प्रखर कूटनीतिज्ञ र प्रशासक सरदार यदुनाथ खनाल, सरदार भीमबहादुर पाँडे, पिनाकिप्रसाद आचार्यलगायत नेपालको पहिलो प्रतिभावान् शिक्षित पुस्ताको अध्ययनको थलो थियो दरबार हाइस्कूल । यसबाट निस्केका प्रतिभाहरुले नै उतिबेला नेपालको आर्थिक, राजनीतिक र सामाजिक खाका कोर्नमा अग्रणी भूमिका निर्वाह गरेका हुन् । त्यतिबेला नेपालमा यसको विकल्प थिएन तर राणाशासनको अन्तिमतिर जुद्धोदय र पद्मोदय जस्ता विद्यालय खुल्न थाले । सात सालको परिवर्तनपछि नेपालभर नै शिक्षालयहरु विस्तार भए पनि लामो अवधिसम्म दरबा...
‘सुपर प्लस साइज मोडल नेपालको ’ तेश्रो संस्करण आयोजना हुँदै

‘सुपर प्लस साइज मोडल नेपालको ’ तेश्रो संस्करण आयोजना हुँदै

मनोरन्जन, समाचार
काठमाडौँ, मंसिर २२- धेरै युवतीहरु शरीरको मोटोपना बढ्दा चिन्तित हुन्छन् । तर, यही मोटोपनाले कहिलेकाहीँ अवसरको ढोका पनि खोलिदिन्छ । यस्तै एउटा एउटा अवसर हो, ‘सुपर प्लस साइज मोडल नेपाल ।’ सामान्यभन्दा मोटा युवतीहरुलाई लक्षित गर्दै यो सौन्दर्य प्रतियोगिता आयोजना हुने गरेको छ । मोडल सङ्स नेपालको आयोजनामा यस प्रतियोगिताको दुई संस्करण नेपालमा सम्पन्न भइसकेका छन् । विश्वव्यापी रुपमा फैलिएको कोरोना महामारीका कारण स्थगित भएको प्रतियोगिताको तेश्रो संस्करण ‘सुपर प्लस साइज मोडल नेपाल,२०२१’ आयोजना हुँदैछ । प्रतियोगितामा १६ देखि ५५ बर्ष उमेर समूहका विवाहित तथा अविवाहित युवती/महिलाहरुले भाग लिन सक्नेछन् । ५५ केजीभन्दा माथिको तौल भई स्पष्ट रुपमा मोटोपना देखिएको हुनुपर्ने प्रावधान तोकिएको छ । काठमाडौँको बागबजारस्थित द बर्गर हाउसमा जनवरी ९ मा अडिसन हुने आयोजक संस्था मोडल सङ्स नेपालका प्रमुख डेबिल सिंह रा...
फ्रान्सले  आफ्ना जनतालाई कोरोना भाइरसविरुद्धको खोप निस्शुल्क उपलब्ध गराउने

फ्रान्सले आफ्ना जनतालाई कोरोना भाइरसविरुद्धको खोप निस्शुल्क उपलब्ध गराउने

अन्तराष्ट्रिय, समाचार
एजेन्सी । फ्रान्सले कोरोना भाइरसविरुद्धको खोप निस्शुल्क उपलब्ध गराउने भएको छ ।   फ्रान्सका प्रधानमन्त्री जा कार्तेक्सले आफ्ना जनतालाई यो खोप निशुल्क दिने घोषणा गरेका हुन् । उनका अनुसार जनवरीमा प्रारम्भिक चरणमा स्वास्थ्य संस्थामा रहेका १० लाख व्यक्तिलाई खोप लगाइने बताएका छन । फेब्रुअरीमा संक्रमणको उच्च जोखिममा रहेका १ करोड ४० लाख नागरिकले खोप लगाउन पाउनेछन् । खोप लगायने प्रस्ताव युरोपेली संघको नियामक संस्था युरोपियन मेडिसिन एजेन्सीमा विचाराधीन रहेको बेलामा फ्रान्सले भने यस्तो घोषणा गरेको हो । अब युरोपेली संघको स्वीकृति मिल्नेबित्तिकै शुरु गरिने उनले बताए । फ्रान्सको सामाजिक सुरक्षा प्रणालीमा रहेका सबैलाई कोरोना भाइरसविरुद्धको खोप निस्शुल्क दिन सुनिश्चित गर्ने र त्यसका लागि १ अर्ब ५० करोड युरो छुट्याइएको समाचारमा जनाइएको छ । ...
कुन बैंकले कति दिँदैछ लाभांश ?

कुन बैंकले कति दिँदैछ लाभांश ?

आर्थिक, समाचार
बैंक तथा वित्तिय संस्थाले आफ्ना शेयरधनीलाई धमाधम लाभांश दिने घोषणा गरिरहेका छन् । गत आर्थिक वर्षको नाफाबाट शेयरधनीलाई लाभांश वितरण गर्न लागेका हुन् । साधारण सभाबाट पारित भएपश्चात उक्त लाभांश शेयरधनीहरूलाई वितरण गरिनेछ । कुन बैंकले कति दिँदैछ लाभांश ?  प्रभु बैंकप्रभु बैंक लिमिटेडले गत आर्थिक वर्षको नाफाबाट आफ्ना शेयरधनीहरूलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ । बैंकको मंसिर २१ गते, आइतबार बसेको सञ्चालक समितिको बैठकमा आर्थिक वर्ष २०७६/७७ को मुनाफाबाट बैंकका शेयरधनीहरूलाई १० प्रतिशत बोनस शेयर र ०.५२६३ प्रतिशत नगद (कर प्रयोजनका लागि) गरी कुल १०.५२६३ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । उक्त प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंक र आगामी वार्षिक साधारण सभाले अनुमोदन गरेपछि वितरण गरिनेछ ।  सिद्धार्थ बैंक सिद्धार्थ बैंकले यस वर्षका लागि १५ प्रतिशत लाभांश प्रस्ताव गरेक...
चिया क्षेत्रमा पछिल्लो समय एकपछि अर्को उपलब्धि हासिल

चिया क्षेत्रमा पछिल्लो समय एकपछि अर्को उपलब्धि हासिल

आर्थिक, समाचार
इलाम। चिया क्षेत्रमा पछिल्लो समय एकपछि अर्को उपलब्धि हासिल भएको छ । प्रायः अन्तरद्वन्द्व परिरहने चियामा पछिल्ला उपलब्धिलाई सुधारको सङ्केतका रूपमा हेरिएको छ। कोरोना महामारीले विश्व बजारमा सङ्कटमा परेको छ तर चियामा भने असर पर्नुको सट्टा उपलब्धि हासिल भएको छ। तीन महिनाअघि चियाको व्यापार चिह्न उद्योगलाई हस्तान्तरण गरियो। लोगो पाएपछि चियामा आशा पलाएको बताएका उद्योगी भारत र अमेरिकाले सो लोगो स्वीकृति जनाएपछि अझै खुशी देखिएका छन्। नेपाली चियालाई विश्व बजारमा चिनाउन लोगो निर्माण गरिएको हो । लोगो निर्माणपछि भारत, अमेरिका र युरोपियन युनियन(इयु)मा दर्ता गरियो। भर्खरै दुई देशले लोगो स्वीकृति दिएपछि अब नेपाली अर्गानिक (जैविक) चिया आफ्नै ब्राण्ड भएर बजार पुग्ने भएको छ। “लोगोका लागि धेरै रस्साकस्सी गरियो तर पछिल्लो समय आशा पलाएको छ”, केन्द्रीय चिया सहकारी सङ्घका महासचिव रवीन राईले भने। उद्योगले आफ...
बैतडी ट्रक दुर्घटना हुँदा तीन जनाको मृत्यु

बैतडी ट्रक दुर्घटना हुँदा तीन जनाको मृत्यु

समाचार, समाज
बैतडी। महाकाली राजमार्गअन्तर्गत गोकुलेश्वर–दार्चुला सडकखण्डको मालिकार्जुन गाउँपालिका–१ भर्तोलामा गए राति ट्रक दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा ट्रक चालक बैतडीको दोगडाकेदार गाउँपालिका–५ न्वालीका २४ वर्षीय शेरसिंह कार्की रहेका प्रहरी नायब उपरीक्षक पदमबहादुर विष्टले जानकारी दिए। मृतक अन्य दुईको पहिचान हुन सकेको छैन । उनीहरु सबैको घटनास्थलमै मृत्यु भएको हो। गोकुलेश्वरबाट दार्चुला सदरमुकाम खलङ्गातर्फ गइरहेको ना ३ ख ३४८५ नम्बरको ट्रक गए राति सवा १० बजे दुर्घटनामा परेको हो। ट्रक सडकबाट झण्डै १२० मिटर तल खसेको छ। ट्रकमा सवार तीनै जनाको मृत्यु भएकाले दुुर्घटनाको कारण खुल्न नसकेको प्रहरीले जनाएको छ। मृतकहरूको शव परीक्षणका लागि जिल्ला अस्पतालमा राखिएको छ। रासस ...
आज मंसिर २२ गते सोमबारको राशिफल

आज मंसिर २२ गते सोमबारको राशिफल

राशिफल, समाचार
मेष – दिन शुभ र भाग्योदयकारी सिद्ध होला । आरोग्यता र प्रशन्नता बढ्नेछ । सुख शान्तिमा वृद्धि हुनेछ । वार्तामा सफलता प्राप्त होला । विलासमा पनि आकर्षण बढ्ला । मान पुरस्कार मिल्नेछ । उन्नति–पदोन्नति हुनेछ । यश वर्चश्व बढ्ला । विजयश्री प्राप्त होला । मिठो भोजन मिल्नेछ । प्रेममा रूचि बढ्ला । भ्रमण पनि गर्नुहुने सम्भावना रहनेछ । बौद्धिक र रचनात्मक कार्य बन्नेछ । सुख सन्तति धन यश इष्टमित्र बढ्ला । ख्याति फैलिनेछ । सुख शान्ति ऐश्वर्य बढ्ला । बृष – भागदौडमा वृद्धि हुनेछ । शारीरिक र आर्थिक कार्यमा प्रगति होला । विवाद आदिदेखि सचेत भई अरुको भर नपरेर आफ्नै बलविवेकले काम गर्नु हितकर रहला । खर्चमा नियन्त्रण आउनेछ । व्यापारमा सफलता मिल्नेछ । सुख र भाग्यवर्द्धक काम बन्नेछ । विकासको नयाँ सम्भावना देखापर्नेछ । आशा आँट उत्साह बढ्नेछ । साथीभाइको सहयोग मिल्नेछ । उन्नति–पदोन्नति हुनेछ । मिथुन – भागदौड व्य...