बुध, मंसिर १०, २०८३
Wed, November 25, 2026
Shadow

समाचार

कोरोना सङ्क्रमणका कारण उडान प्रभावित भएपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले पाँच अर्ब रुपियाँभन्दा बढी आम्दानी गुमायो

कोरोना सङ्क्रमणका कारण उडान प्रभावित भएपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले पाँच अर्ब रुपियाँभन्दा बढी आम्दानी गुमायो

समाचार, समाज
कोरोना सङ्क्रमणका कारण उडान प्रभावित भएपछि देशकै एक मात्र अन्तर्राष्ट्रिय विमानस्थलले पाँच अर्ब रुपियाँभन्दा बढी आम्दानी गुमाएको छ ।त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका अनुसार २०७६ चैतदेखि २०७७ कात्तिकसम्म विमानस्थलको आम्दानी एक अर्ब १९ करोड रुपियाँ मात्र पुगेको छ । जब कि २०७५ चैतदेखि कात्तिकसम्म विमानस्थलले छ अर्ब १९ करोड ७५ लाख रुपियाँ आम्दानी गरेको थियो । यस हिसाबले कोभिडको बीचमा विमानस्थलको आम्दानी पाँच अर्ब १७ लाख रुपियाँले घटेको तथ्याङ्क छ । कोभिड सङ्क्रमण नियन्त्रणस्वरूप सरकारले गत चैत ११ देखि निषेधाज्ञा जारी गरेको थियो । करिब पाँच महिना लामो निषेधाज्ञाका कारण अन्तर्राष्ट्रिय र आन्तरिक दुवैतर्फको नियमित उडान बन्द थियो । उडान नै नहुँदा विमानस्थलले नियमित किसिमका आम्दानी गुमाएको नेपाल नागरिक उड्डयन प्राधिकरणका प्रवक्ता राजकुमार क्षेत्रीले बताए । मासिक औसत ५० करोड रुपियाँभन्दा ब...
सगरमाथाको नयाँ उचाई सार्वजनिक हुँदै

सगरमाथाको नयाँ उचाई सार्वजनिक हुँदै

समाचार, समाज
 नेपाल र चीन दुवै देशले आज सगरमाथाको उचाई गर्दैछन् । नापी विभागका अनुसार नेपालले आफ्नै जनशक्ति र प्रविधिको प्रयोग गरी चीनसँगको संयुक्त टोलीमा सगरमाथाको उचाई मापन गरेको हो । सर्वेक्षणबाट प्राप्त प्रतिवेदन भोली दुवै देशका सहमतिमा एकैपटक सार्वजनिक हुने विभागले जनाएको छ । यसअघि एकैपटक सार्वजनिक गर्नका लागि नेपाल सरकारले गरेको प्रस्ताव चीन सरकारले स्वीकार गरेको छ । दिउँसो करिब दुई बजेतिर नापी विभागमा नेपालतर्फबाट उचाई सार्वजनिक हुनेछ । यसका लागि सम्पूर्ण तयारी पूरा भइसकेको नापी विभागले जनाएको छ । दुवै देशले छुट्टाछुट्टै साधन र स्रोत प्रयोग सगरमाथाको उचाइ मापन पूरा गरेका छन् । करिब २ वर्षअघि विभागले सगरमाथाको मापन गर्न सुरु गरेको हो । यसका लागि सुशिल डंगोलको संयोजकत्वमा सगरमाथा मापन सचिवालय टोली गठन गरिएको थियो । ...
आज मंसिर २३ गते मंगलबारको राशिफल

आज मंसिर २३ गते मंगलबारको राशिफल

राशिफल, समाचार
मेष – ग्रहगोचर शुभ र सफलताप्रदायक रहनेछ । आरोग्यता बढ्ला । साहसिक कार्य बन्ला । उन्नति पदोन्नति हुनेछ । मिठो भोजन खान पाउनुहुनेछ । भएको दायित्वलाई पूरा गर्नुको साथै नयाँ दायित्व पनि पाउनुहुनेछ । बौद्धिक र रचनात्मक क्षेत्रसित सम्बन्धित कार्यमा पनि सफलता प्राप्त गर्नुहुनेछ । आयमूलक काममा सफलता मिल्नेछ । सुख समृद्धि बढ्नेछ । इष्टमित्रको साथ मिल्नेछ । सुविधा बढ्ला । हरेक प्रकारले पराक्रम बढ्नेछ । विकासको नयाँ–नयाँ संकेत देखापर्ला । बृष – शुभ र बौद्धिक काममा सफलता मिल्नेछ । धन सम्पत्ति मान महत्व बढ्ला । ऋण रोग र शत्रुसित लड्ने सामर्थ्य बढ्नेछ । यात्रा होला । यश वर्चश्व वृद्धि होला । शुभकाममा प्रवृत्ति बढ्ला । योजना र बजेट बनाई काम गर्नु उचित होला । अरुको भरमा बस्नु र विवादमा पर्नु उचित हुने छैन तथापि आफन्तको सहयोग मिल्नेछ । मिथुन – समय शुभ फलदायक छ । मिठो भोजन खान पाउनुहुनेछ । आरोग्यतामा...
लोकेसेवा आयोगको साइट ह्याक गरेको आरोपमा  तीन जना पक्राउ

लोकेसेवा आयोगको साइट ह्याक गरेको आरोपमा तीन जना पक्राउ

अपराध, समाचार
लोकेसेवा आयोगको साइट ह्याक गरेको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ। नेपाल प्रहरीको साइबर ब्युरोले उनीहरुलाई कास्कीबाट पक्राउ गरेको हो। पक्राउ पर्नेहरुमा ललितपुरको महालक्ष्मी नगरपालिका ९ सानागाँउ बस्ने २५ वर्षीय विवेक महर्जन र अन्य दुई जना पोखरा महानगरपालिकाका १७ र १५ वर्षीय युवाहरु रहेको ब्युरोले जनाएको छ। उनीहरुमाथि साइट ह्याक गरेर गलत सूचना सम्प्रेषण गरेको आरोप लगाइएको छ। ‘आयोगको वेभसाइटमा अनाधिकृत रुपमा पहुँच बनाई गलत सूचना प्रवाह गरेको देखिएको छ यसबारे हामी अनुसन्धान गरिहेका छौ’, व्यूरोका प्रमुख एसएसपी नविन्द अर्यालले भने। लोकेसेवा आयोगको साइट ह्याक गरेर अनाधिकृत रुपमा गलत सूचना प्रवाह गरेको उजुरी ब्युरोमा परेपछि अनुसन्धान सुरु गरेको थियो। ...
उपत्यकाको बिभिन्न स्थानबाट मोटरसाइकल चोरी गर्ने १४ जना पक्राउ

उपत्यकाको बिभिन्न स्थानबाट मोटरसाइकल चोरी गर्ने १४ जना पक्राउ

अपराध, समाचार
महानगरीय ट्राफिक प्रहरी महाशाखाले उपत्यकाको बिभिन्न स्थानबाट मोटरसाइकल चोरी गर्ने १४ जनालाई यस आ.व. बर्षमा पक्राउ गरि कारबाहीको दायरामा ल्याएको छ ।  महाशाखाको पिडित सहायता ईकाइको बिशेष टोलीले उपत्यकाको बिभिन्न स्थानहरुबाट हराएका र चोरी भएका सवारी साधनहरुलाई खोजतलास गर्ने बिशेष अभियान संचालन गरिरहेको छ । महाशाखाले उपत्यकाको बिभिन्न स्थानबाट हराएका ८५ वटा मोटरसाइकलहरु खोजतलास गरि सम्बन्धित धनिलाई जिम्मा दिएकोछ ।  महाशाखाका प्रमुख प्रहरी बरिष्ठ उपरीक्षक जनक भट्टराईले “बिगत लामो समयदेखि मोटरसाईकल चोरी गर्ने पेसेवर गिरोहलाई निग्रानीमा राखि सादा पोशाकमा बिशेष अपरेसन टोली खटाइएका छौ, धेरै जसो उपत्यकाबाट हराएका मोटरसाइकलहरु उपत्यका बाहिरका ग्रामीण बस्तिहरुमा पुग्ने गरेको पाइएको छ, त्यस्ता बस्तीहरुमा समेत सुराकी परिचालन गरि सुचना संकलन गर्ने काम समेत भैरहेको” बताए । आज मात्रै मह...
दिवङ्गत पितृका नाममा पशुपतिनाथ मन्दिर क्षेत्रमा गरिने दीपदान  यस वर्ष कोरोना महामारीका कारण नपाइने

दिवङ्गत पितृका नाममा पशुपतिनाथ मन्दिर क्षेत्रमा गरिने दीपदान यस वर्ष कोरोना महामारीका कारण नपाइने

समाचार, समाज
प्रत्येक वर्ष मार्गशीर्ष कृष्ण त्रयोदशीका दिन दिवङ्गत पितृका नाममा पशुपतिनाथ मन्दिर क्षेत्रमा गरिने दीपदान यस वर्ष कोरोना महामारीका कारण नहुने भएको छ । त्रयोदशीको बेलुकीदेखि रातभर पशुपतिमा दीपदान गरी चतुर्दशीका दिन बिहान पशुपति क्षेत्रमा शतबीज छर्ने गरिएकामा यस वर्ष कोरोना महामारी फैलन सक्ने हुँदा भौतिक दूरी कायम गरी दीप दान गर्न असम्भव हुने देखिएकाले बन्द गरिएको पशुपति क्षेत्र विकास कोषले जनाएको छ । त्रयोदशीको बेलुकीदेखि दीपदान गर्न नदिएपनि चतुर्दशीको बिहान भौतिक दूरी कायम गरी स्वास्थ्य सुरक्षाका विधि अपनाएर शतबीज छर्न सकिने कोषका कार्यकारी निर्देशक डा घनश्याम खतिवडाले बताए । बाला चतुर्दशीसमेत भनिने यस पर्वका अवसरमा पशुपति क्षेत्रमा लाखौँ भक्तजन आउने गरेका थिए । कोरोनाका कारण यस वर्ष बाला चतुर्दशीको अवसर पारेर मङ्सिर २७ र २८ गते पशुपति क्षेत्रमा लाग्ने मेला स्थगित गरिएको कोषले जनाए...
मानव अधिकारको अवस्थामा अपेक्षाकृत सुधार हुन नसकेको औँल्याउँदै भविष्यमा सुधारको अपेक्षा

मानव अधिकारको अवस्थामा अपेक्षाकृत सुधार हुन नसकेको औँल्याउँदै भविष्यमा सुधारको अपेक्षा

समाचार, समाज
राष्ट्रिय मानव अधिकार आयोगले राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष आर्थिक वर्ष २०७६÷७७ को वार्षिक प्रतिवेदन पेश गरेको छ । राष्ट्रपति कार्यालयमा आज आयोजित कार्यक्रमममा संविधानको धारा, २९४ ९१० मा संवैधानिक निकायले आफूले गरेको काम कारबाहीको वार्षिक प्रतिवेदन राष्ट्रपतिसमक्ष पेश गर्नुपर्ने कानूनी व्यवस्थाअनुरुप आयोगले वार्षिक प्रतिवेदन गरेको हो । प्रतिवेदनमा आव २०७६÷७७ मा परेका उजुरी, ती उजुरीउपर भएका छानबिन, अनुसन्धान विवरण, सरकारलाई गरेका सिफारिस तथा मानव अधिकार संरक्षण र संवद्र्धनका लागि भविष्यमा गर्नुपर्ने सुधारसम्बन्धी विवरणहरू समावेश गरिएको छ । प्रतिवेदनले देशको मानव अधिकारको अवस्थामा अपेक्षाकृत सुधार हुन नसकेको औँल्याउँदै भविष्यमा सुधारको अपेक्षा गरिएको छ । आयोगको प्रतिवेदनले औँल्याएका विषयको कार्यान्वयन तथा नागरिकको मानव अधिकार संरक्षण र संवद्र्धनमा संवेदनशील हुन आयोगले सरकार तथ...
नेकपाभित्रको विवादले सरकारका काम कारबाही प्रभावित

नेकपाभित्रको विवादले सरकारका काम कारबाही प्रभावित

राजनीति, समाचार
डा.डिआर उपाध्याय सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को विवाद फेरि उत्कर्षमा पुगेको छ । गत निर्वाचनमा एउटै घोषणापत्रका आधारमा चुनाव लडेका तत्कालीन नेपाल कम्युनिस्ट पार्टी एमाले र माओवादी केन्द्रको भावनात्मक एकता अझै सम्म हुन सकेको छैन । एकता महाधिवेशनबाट निर्वाचित नेतृत्व नआउञ्जेलसम्म यो समस्या यहि अवस्थामा रहिरहने देखिन्छ । महाधिवेशन कहिले हुन्छ त्यो पनि टुंगो छैन । माथिल्लो तह देखि तल्लो तह सम्म नेकपाका आम नेता कार्यकर्ताहरू अन्योलमा छन् । नेताहरू महाधिवेशनको तयारीमा लागेको देखिँदैन । आन्तरिक बिवाद चुलिदै गएको छ । एमाले र माओवादी केन्द्रको संयुक्त घोषणापत्रका आधारमा जनताले झन्डै दुईतिहाइको बहुमत दिएर सरकार चलाउने अनुमति दिएका छन । तर सरकार जनताप्रति जवाफदेही हुन सकेन । बिगतमा अस्थिर सरकारको कारण मुलुकले विकासका काम गर्न सकेन । अस्थिर सरकार रहँदा कर्मचारीतन्त्रको असहयोग रहदै आए...
नेपालमा पछिल्लो २४ घण्टामा एक हजार १४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि

नेपालमा पछिल्लो २४ घण्टामा एक हजार १४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि

समाचार, स्वास्थ्य
नेपालमा पछिल्लो २४ घण्टामा एक हजार १४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सोमबार दिएको जानकारी अनुसार ३७० जना महिला र ६४४ पुरुषमा संक्रमण पुष्टि भएको हो। यो सँगै नेपालमा जम्मा संक्रमितको संख्या दुई लाख ४१ हजार ९९५ पुगेको मन्त्रालयले जनाएको छ। यस्तै, २४ घण्टामा थप २० जनाको मृत्यु भएसँगै नेपालमा कोरोनाका कारण मृत्यु हुनेको संख्या १ एक हजार ६१४ पुगेको छ। आज जम्मा ६ हजार २२० जनाको पीसीआर परीक्षण गरिएको थियो। यस्तै, काठमाडौं उपत्यकामा आज ४४२ जना संक्रमित थपिएका छन्। जसमा १८८ महिला तथा २५४ पुरुष रहेका मन्त्रालयले जनाएको छ। ...
नायिका स्वेता खड्काको आज  धनगढीका विजयेन्द्र सिंह रावतसँग काठमाडौंको गोकर्ण रिसोर्टमा विवाह

नायिका स्वेता खड्काको आज धनगढीका विजयेन्द्र सिंह रावतसँग काठमाडौंको गोकर्ण रिसोर्टमा विवाह

मनोरन्जन, समाचार
नायिका स्वेता खड्काले आज विवाह गरेकी छिन् । धनगढीका विजयेन्द्र सिंह रावतसँग उनले काठमाडौंको गोकर्ण रिसोर्टमा विवाह गरेकी हुन् । दुबै परिवार निकटका सदस्यको उपस्थितीमा विवाह गरेका हुन् । उनीहरु केही समयदेखि प्रेममा रहेको बताइए पनि श्वेताले भने यो हल्ला मात्र भएको बताएकी थिइन् । विभिन्न सञ्चारमाध्यममा यस अघि नै उनको विवाहको बारेमा समाचार सार्वजनिक भइसके पनि नायिका खड्काले भने बिहेको अघिल्लो दिन आइतबार आफ्नो विवाहको बारेमा सामाजिक सञ्जालमार्फत् औपचारिक जानकारी दिएकी थिइन् । नायिका खड्काको यसअघि नायक श्रीकृष्ण श्रेष्ठसँग २०७१ साल असार २३ गते बिवाह भएको थियो । विवाहको एक महिनापछि नै श्रेष्ठको निधन भएको थियो ।  ...