बुध, मंसिर १०, २०८३
Wed, November 25, 2026
Shadow

समाचार

जनकपुर विमानस्थल सङ्घ, प्रदेश र स्थानीय तहको मित्रताको सेतु र सुन्दर उपहार:संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराई

जनकपुर विमानस्थल सङ्घ, प्रदेश र स्थानीय तहको मित्रताको सेतु र सुन्दर उपहार:संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराई

समाचार, समाज
संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले जनकपुरधामको उच्चतम ढङ्गले पूर्वाधारको विकासका लागि सरकार क्रियाशील रहेको बताएका छन् । नेपाल नागरिक उड्डयन प्राधिकरणद्वारा जनकपुर विमानस्थलमा निर्माण गरिएको टर्मिनल भवन र कन्ट्रोल टावरको आज मन्त्री भट्टराईले उद्घाटन गर्दै उद्घाटित भवन र टावर सङ्घ, प्रदेश र स्थानीय तहको मित्रताको सेतु र सुन्दर उपहार भएको धारणा राखे । सङ्घ र प्रदेश नं २ सरकारबीच घनिष्ठ सम्बन्ध रहेको चर्चा गर्दै उनले ‘निर्माण गरिएको भवन र टावर सङ्घीयताको विशेषतासँग गाँसिएको प्रतीक हो’ भने । सभ्यता र संस्कृतिको केन्द्र भएको जनकपुरधामको गरिमा र महत्व सन्दर्भमा जनकपुर विमानस्थलको नाम जनकपुरधाम विमानस्थल नामकरण राख्नुपर्ने मागप्रति सरकार सकारात्मक रहेको बताउँदै भन्दै उनले यसका लागि नीतिगत प्रक्रिया अघि बढाउनु आवश्यकता औंल्याए। मन्त्री भट्टराईले जनकपुरधामबाट अन्तरप...
बुङ्मतीस्थित रातो मच्छिन्द्रनाथ मन्दिरको पुनःनिर्माण अलपत्र

बुङ्मतीस्थित रातो मच्छिन्द्रनाथ मन्दिरको पुनःनिर्माण अलपत्र

समाचार, समाज
बुङ्मतीस्थित रातो मच्छिन्द्रनाथ मन्दिरको पुनःनिर्माण अलपत्र परेको छ । मन्दिर पुनःनिर्माणका लागि आवश्यक पर्ने काठ बजारमा अभाव भएसँगै पुनःनिर्माणमा ढिलाइ भइरहेको बताइएको छ । पुनःनिर्माणका लागि आठ बाइ आठ, छ बाइ छ, चार बाइ छ र चार बाइ चार प्रकारका काठ आवश्यक पर्ने हुन्छ । बजारमा ती प्रकारका काठ पाउन नसकिएको रातो मच्छिन्द्रनाथ मन्दिर उपभोक्ता समितिका अध्यक्ष अमिर शाक्यले बताए । उनले भने, “हामीले पुरातात्विक महत्वका विगत मन्दिरमा प्रयोग गरिएका ३३ प्रकारका इँटा भेट्यौँ । यसमा अझै एक प्रकारको इँटा खोज्ने र त्यो नपाए खरिद गरेर भए पनि प्रयोग गर्नुपर्ने छ ।” सो प्रकारको काठ र इँटा मन्दिर पुनःनिमार्णमा प्रयोग गर्दा पर्न जाने करालो अर्थात भिरालो आफै मिल्ने र लामो समयसम्म पानी वा घामलेसमेत असर गर्न नसक्ने शाक्यले जानकारी गराए । उक्त मन्दिरको एक तला पुनःनिर्माण सम्पन्न भइसकेको छ भने गारो लगाउने का...
सर्वोच्च शिखर सगरमाथाको नयाँ आधिकारिक उचाइ ८८४८.८६ मि सार्वजनिक

सर्वोच्च शिखर सगरमाथाको नयाँ आधिकारिक उचाइ ८८४८.८६ मि सार्वजनिक

समाचार, समाज
सर्वोच्च शिखर सगरमाथाको नयाँ उचाइ सार्वजनिक भएको छ । नापी विभागमा आयोजित पत्रकार सम्मेलनमा परराष्ट्रमन्त्री प्रदिप ज्ञवालीले नेपाल र चीन दुवै देशका लागि संयुक्त रुपमा सगरमाथाको नयाँ उचाइ घोषणा गरेका हुन् । ८६ सेन्टिमिटरको वृद्धिपश्चात् अहिले सगरमाथाको उचाइ ८८४८.८६ मि कायम भएको छ । सार्वजनिकरण समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारीले परराष्ट्र मन्त्री ज्ञवाली मार्फत् चीनका राष्ट्रपति सी चिनफिङलाई सन्देश पठाएकी थिइन् । राष्ट्रपति भण्डारीले चीनका राष्ट्रपति चिनफिङलाई पठाएको सन्देशमा चीन र नेपाल असल मित्र, निकट छिमेकी र विश्वसनीय सहयात्री भएको उल्लेख गरिएको छ । ‘वर्षौंदेखि समझदारी, आपसी सहयोग, सहकार्य मार्फत् पारस्परिक सम्बन्ध कायम गर्दै आएका चीन र नेपालले शान्तिपूर्ण सह–अस्तित्वको सिद्धान्त आत्मसाथ गर्ने मात्र होइन असल मित्रता पनि स्थापित गर्दै आएका छन्,’ राष्ट्रपतिलाई उद्धृत गर्...
नेपालमा  थप १ हजार ३ सय ८२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि

नेपालमा थप १ हजार ३ सय ८२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि

समाचार, स्वास्थ्य
नेपालमा थप १ हजार ३ सय ८२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालाहरुमा गरिएको परीक्षणका क्रममा थप १ हजार ३ सय ८२ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ । पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालामा गरी ८ हजार ९ सय ४७ जनाको आरटी पीसीआर विधिबाट नमूना परीक्षण गरिएको थियो । यस्तै, पछिल्लो २४ घण्टामा २३ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ । मन्त्रालयका अनुसार हालसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १ हजार ६ सय २३ पुगेको छ । कोरोना संक्रमण देखिएकामध्ये पछिल्लो २४ घण्टामा १ हजार ६ सय २१ जना संक्रमण मुक्त भएका छन् ।नेपालमा हालसम्म २ लाख ४३ हजार ३ सय ७७ जनामा कोरोना संक्रमण देखिएको छ । कोरोना संक्रमण देखिएकामध्ये हालसम्म २ लाख २९ हजार ५४ जना संक्रमण...
सर्वोच्च अदालतले जग्गाको कित्ताकाट गर्ने भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले गरेको निर्णय खारेज

सर्वोच्च अदालतले जग्गाको कित्ताकाट गर्ने भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले गरेको निर्णय खारेज

समाचार, समाज
सर्वोच्च अदालतले जग्गाको कित्ताकाट गर्ने भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले गरेको निर्णय खारेज गरेको छ। प्रधानन्यायाधीश चोलेन्द्र राणा र न्यायाधीश मनोज शर्माको इजलासले जग्गा रोक्काको निर्णय खारेज गर्न माग गर्दै परेको रिटमा सुनुवाइ गर्दै उक्त निर्णय जारी गरेको सर्वोच्च अदालतको वेबसाइटमा उल्लेख छ। अधिवक्ता सन्तोष भण्डारीले दिएको रिटमाथि दुवै पक्षको बहस सुनेर सर्वोच्चले यस्तो निर्णय गरेको हो। भू-उपयोग ऐन २०७६ दफा ८ ले जुन प्रयोजनको लागि तोकिएको जग्गा हो, त्योबाहेक अर्को कामका लागि उक्त जग्गा प्रयोग गर्न नपाइने भनेको छ। सरकारले कित्ताकाट गर्ने निर्णय उक्त कानुनविपरीत भएको भन्दै अधिवक्ता भण्डारीले रिट दायर गरेका थिए। भूमि व्यवस्था मन्त्रालयले गत भदौ १८ गते जग्गाको कित्ता गर्न पाइने निर्णय गरेको थियो। सरकारले २०७३ देखि जग्गा कित्ताकाट गर्न रोक लगाएको थियो। उ...
‘मिष्टर एण्ड मिस बेष्टमोडल अफ द इयर २०२०’सिजन-२ को उपाधि बिमला र धुर्बले हात पारे

‘मिष्टर एण्ड मिस बेष्टमोडल अफ द इयर २०२०’सिजन-२ को उपाधि बिमला र धुर्बले हात पारे

मनोरन्जन, समाचार
युथ क्रियसन नेपालको आयोजनामा राजधानीमा सम्पन्न भएको ‘मिष्टर एण्ड मिस बेष्टमोडल अफ द इयर २०२०’सिजन-२ को उपाधि बिमला लिम्बु र धुर्ब श्रेष्ठले जित्न सफल भएका छन्। त्यसैगरी युवती तर्फ रोजिना तामाङ फर्स्ट रनरअप,स्वस्तिका श्रेष्ठ सेकेन्ड रनरअप र पुरुष तर्फ अशोक मगर फर्स्ट रनरअप, साजन तामाङ सेकेन्ड रनरअप भएका छन् । त्यस्तै बेष्ट वाल्क कमला तामाङ र अशोक मगर , भिउर्स च्वाईस स्वेता लो लामा र साजन तामाङ, बेष्ट ड्रेस स्वस्तिका श्रेष्ठ र अशोक मगर, मल्टिमिडिया च्वाईस रेजिना श्रेष्ठ र साजन तामाङ, डिसिप्लिन अनिला बास्तोला, बेष्ट फोटोजेनिक रुपा आचार्य र रोसिन जंग थापा, पंचुअल रोजिना तामाङ र साजन तामाङ, बेष्ट स्माइल अनिला तामाङ र रंजित ठाकुर, बेस्ट पर्सनालिटी रेश्मा लामा र रुपेश गुरुङ, मिस फ्रेन्ड्ली रेजिना श्रेष्ठ, पपुलर अवार्ड बिमला लिम्बु र साजन तामाङ, अर्गनाईजर च्वाइस माया पुरी र बिकाश लामाले पाउन स...
अमेरिकाका शीर्ष सङ्क्रामक रोग विज्ञ डा. एन्थोनी फाउचीले क्रिसमसपछि कोभिडका घटनाहरूको अर्को लहरको चेतावनी

अमेरिकाका शीर्ष सङ्क्रामक रोग विज्ञ डा. एन्थोनी फाउचीले क्रिसमसपछि कोभिडका घटनाहरूको अर्को लहरको चेतावनी

अन्तराष्ट्रिय, समाचार
बीबीसी। अमेरिकाका शीर्ष सङ्क्रामक रोग विज्ञ डा. एन्थोनी फाउचीले क्रिसमसपछि कोभिडका घटनाहरूको अर्को लहरको चेतावनी दिएका छन्। अहिले नै पनि थ्याङ्सगिभिङ पर्वपछि बढ्न थालेका सङ्क्रमण ठूलो समस्या बनिरहेको छ। उनले लामो क्रिसमस र नयाँ वर्षको छुट्टिको समय थप चुनौति बन्न सक्ने बताएका हुन्। अमेरिकामा सङ्क्रमण एउटा उच्च विन्दु पछ्याउँदै औसतमा दैनिक दुई लाख पुग्ने क्रममा छ। अस्पतालहरू कोरोनाभाइरसका बिरामीले भरिन थालेपछि अमेरिकाका दुई ठूला राज्यहरू क्यालिफोर्निया र न्यूयोर्कले खराब जनस्वास्थ्य सङ्कटको चेतावनी दिएका छन्। न्यूयोर्कका गभर्नर एन्ड्रिउ कुमोले त्यस्तो अवस्थासँग जुझ्न थप प्रतिबन्धहरू लगाउनुपर्ने बताएका छन्। क्यालिफोर्नियाका गभर्नर ग्याभिन न्यूजोमले अस्पतालहरू खतराको तहमा भरिभराउ भइसकेको भन्दै मानिसहरूलाई सजग गराएका छन्। क्यालिफोर्निया राज्य कडा लकडाउनमा गएको छ भने अन्य ...
विश्वमा कोरोना संक्रमितको संख्या ६ करोड ७९ लाख

विश्वमा कोरोना संक्रमितको संख्या ६ करोड ७९ लाख

समाचार, स्वास्थ्य
 विश्वभरमा कोरोना संक्रमितको संख्या ६ करोड ७९ लाख ३ हजार ९ सय ३७ पुगेको छ। गत २४ घण्टामा ५ लाख ३ हजार ३ सय २७ कोरोनाका संक्रमित थपिएसँगै विश्वमा कोरोना संक्रमितको संख्या ६ करोड ७९ लाख नाघेको हो। हालसम्म विश्वभमा १५ लाख ४९ हजार ६ सय २० जनाको कोरोना संक्रमणका कारण ज्यान गएको छ। गत २४ घण्टामा ७ हजार ९ सय १५ जनाको कोरोनाका कारण मृत्यु भयो। अमेरिकामा मात्र गत २४ घण्टामा १४ सय बढीले ज्यान गुमाएका छन्। हालसम्म कोरोना संक्रमणबाट मुक्त हुनेको संख्या ४ करोड ६९ लाख ९० हजार ३ सय २० पुगेको छ। सबैभन्दा बढी भारतमा ९१ लाख ७७ हजार ६ सय ४५ जना कोरोनाका संक्रमितहरु संक्रमण मुक्त भएका छन्। भारतमा जम्मा कोरोनाका संक्रमितको संख्या ९७ लाख ३ हजार ९ सय ८ रहेको छ। गत २४ घण्टामा सबैभन्दा बढी अमेरिकामा १ लाख ८१ हजार ४ सय ३८ जना कोरोनाका संक्रमितहरु फेला परेका छन्। अमेरिकामा यो सँगै कोरोना संक्रमित हुने...
मन्त्रालयहरुको चौमासिक प्रगति विवरण प्रस्तुत

मन्त्रालयहरुको चौमासिक प्रगति विवरण प्रस्तुत

राजनीति, समाचार
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको वित्तीय प्रगति ४० दशमलव ९४ र भौतिक प्रगति ४२ दशमलव ६६ प्रतिशत रहेको छ । राष्ट्रिय विकास समस्या समाधान समितिअन्तर्गतको राष्ट्रिय विकास समस्या समाधान उपसमितिको मङ्गलबारदेखि शुरु भएको बैठकमा सो मन्त्रालयका सचिव रवीन्द्रनाथ श्रेष्ठले सडक विभागको वित्तीय प्रगति ४३ र भौतिक प्रगति ४६ दशमलव चार प्रतिशत भएको बताए । उनका अनुसार रेल विभागको वित्तीय प्रगति २७ दशमलव ६३ र भौतिक प्रगति २७ दशमलव ६३ प्रतिशत रहेको छ भने यातायात व्यवस्था विभागको वित्तीय प्रगति दुई दशमलव ३२ र नेपाल पानीजहाज कार्यालयको वित्तीय प्रगति शून्य दशमलव ४७ प्रतिशत र भौतिक प्रगति शून्य दशमलव ८४ प्रतिशत रहेको जानकारी दिए । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयको वित्तीय प्रगति ६७ दशमलव ७३ र भौतिक प्रगति ७६ दशमलव ७४ प्रतिशत रहेको सहसचिव नुरमोहम्मद खाँले बताए । ऊर्जातर्फ वित्तीय प्रगति ७८ र भौत...
कोरोना  कहरले सङ्घीय संसद्को बजेट अधिवेशन छिट्टै अन्त्य हुँदा हिउँदे अधिवेशनमा विधेयकको चाप

कोरोना कहरले सङ्घीय संसद्को बजेट अधिवेशन छिट्टै अन्त्य हुँदा हिउँदे अधिवेशनमा विधेयकको चाप

राजनीति, समाचार
कोरोना भाइरस (कोभिड–१९) कहरले सङ्घीय संसद्को बजेट अधिवेशन छिट्टै अन्त्य हुँदा हिउँदे अधिवेशनमा विधेयकको चाप परेको छ । सङ्घीय संसद्का दुवै सदनमा गरी ५० विधेयक विभिन्न चरणमा विचाराधीन छन् । कोरोनाका कारण अधिवेशन अन्त्य भएको करिब छ महिना हुन लागेको छ । अधिवेशन नहुँदा विधेयक पारित प्रक्रिया रोकिएको छ । समिति बैठकसमेत प्रभावित हुँदा दफाबार छलफल सुस्त भएको छ । निकै महìवपूर्ण र आधारभूत विधेयकसमेत अलपत्र परेका छन् ।संसद्को दोस्रो अधिवेशनमा ल्याइएका बीमा विधेयक र नागरिकता विधेयक पनि अहिलेसम्म नै विचाराधीन छन् । सरकारले अधिवेशन पुस दोस्रो सातासम्म बस्ने गरी सिफारिसको गृहकार्य गरेको छ । संसद् सचिवालयले कोभिडका कारण आवश्यक स्वास्थ्य सतर्कता अपनाउँदै अधिवेशन सञ्चालनको तयारी गरिसकेको छ । अधिवेशन मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिबाट आह्वान हुने संवैधानिक व्यवस्था छ । गोरखापत्र ...