बुध, मंसिर १०, २०८३
Wed, November 25, 2026
Shadow

समाचार

आजदेखि नयाँ वर्ष इस्वी सन् २०२१ शुरु

आजदेखि नयाँ वर्ष इस्वी सन् २०२१ शुरु

समाचार
गे्रगोरियन पात्रो अनुसार आजदेखि नयाँ वर्ष इस्वी सन् २०२१ शुरु भएकाे छ । जिजस क्राइस्टलाई फाँसी दिएपछि इस्वी सन्को सुरुवात् भएको भन्ने भनाइ रहेको छ । पोप गे्रगोरीले जुलियन पात्रो अनुसारको सन्लाई प्रतिस्थापन गर्दै अहिले प्रचलनमा आएको पात्रोलाई चलाएकाले यसलाई गे्रगोरियन पात्रो अनुसारको नयाँ वर्ष भनिन्छ । जुलियन पात्रो शासक जुलियस सिजरले प्रचलनमा ल्याएका थिए । विवादकै कारण यो पात्रो रसियाले २०० वर्षपछि मात्र प्रचलनमा ल्याएको पूर्व प्रशासक एवम् ज्योतिषाचार्य डा खिलानाथ बस्ताकोटी बताउँछन् । विवाद भएपनि उपनिवेशकालमा विभिन्न स्थानमा यो संवत् लादेकाले हाल यसको विश्वव्यापी प्रचार छ । यो संवत् नेपालमा प्रचलनमा नभए पनि भ्रमणमा आउने विदेशीले यसको प्रयोग गर्छन् । केही वर्ष अघिदेखि नेपालका विभिन्न स्थानमा इस्वी सन् मनाउने गरिएको छ । विदेशी पर्यटकको भीड भाड हुने काठमाडौँको ठमेल, बौद्ध, पोख...
नेपालमा चीन र भारत दुवैको चलखेल

नेपालमा चीन र भारत दुवैको चलखेल

राजनीति, समाचार
डा.डिआर उपाध्याय यति बेला नेपालमा चीन र भारत दुवैको चलखेल बढेर गएको छ । राजनीतिक दलको आन्तरिक विवादमा विदेशी शक्तिको हस्तक्षेप बढनु उचित होईन । यसले नेपालको राजनीतिलाई नै प्रभाव पार्छ । नेपालले कुनै पनि बिदेशी हस्तक्षप सहेर बस्न सक्दैन । र सहनु पनि हुदैन । अहिले बिदेशी चलखेल बढनु भनेको नेकपाभित्रको विवाद नै मुख्य बिषय हो । त्यसको असर देशको राजनीतिमा परेको छ । अहिले संसद् विघटन भएको अवस्था छ । संसद बिघटन पछिको अवस्था जटिल बन्दै गएको छ । संसद बिघटन हुँदा सबैभन्दा बढी प्रसन्न राजावादीहरू छन्। उनीहरु धमिलो पानीमा माछा मार्ने दाउ खेल्दै छन । मधेसवादीहरूले संसद् विघटनको विरोध गरेका छन्। त्यसको पुनस्र्थापनाका पक्षमा आन्दोलन पनि गरिरहेका छन्। संसद् विघटनपछि बिभिन्न राजनीतिक दलहरुले ओली कदमलाई असंवैधानिक, अप्रजातान्त्रिक र अधिनायकवादी भनेर विरोध गरेका छन । नेकपाभित्रको फुट वा विभाजन लोकतन्त्रका...
निजी क्षेत्र सरकारको बिना लगानीको पार्टनर :वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकाल

निजी क्षेत्र सरकारको बिना लगानीको पार्टनर :वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकाल

आर्थिक, समाचार
नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले निजी क्षेत्र सरकारको बिना लगानीको पार्टनर भएको बताएका छन् । पर्यटकीय नगरी पोखराको सराङ्गकोटमा सोमवारदेखि सुरुभएको आइएमई लिटरेचर फेस्टिभलमा कोरोनाकालीन उद्योग वाणिज्य विषयक अन्तर्कृया कार्यक्रममा बोल्दै वरिष्ठ उपाध्यक्ष ढकालले जबसम्म सरकारले निजी क्षेत्रलाई आफ्नो व्यवसायिक पार्टनरको रुपमा हेर्दैन तबसम्म मुलुकमा व्यावसायिक वातावरण बन्न नसक्ने बताएका छन् । मलेशियाले छोटै समयमा गरेको विकासका नमूनाबारे उदाहरणहरु प्रस्तुत गर्दै ढकालले जबसम्म राज्यले निजी क्षेत्रलाई व्यावसायिक पार्टनरको रुपमा लिँदैन निजी क्षेत्रको लगानी विस्तार हुन नसक्ने बताए । आइएमई ग्रुपका अध्यक्ष समेत रहेका वरिष्ठ उपाध्यक्ष ढकालले देशमा लगानीमैत्री वातावरण बनाउन, निजी क्षेत्रलाई लगानीका लागि सहजीकरण गर्न र सम्मृद्ध नेपाल निर्माण गर्न राज्यले निजी क्ष...
हुकिङ गरी विद्युत् चोरीमा संलग्न ४२ जनालाई कारवाही

हुकिङ गरी विद्युत् चोरीमा संलग्न ४२ जनालाई कारवाही

अपराध, समाचार
 नेपाल विद्युत् प्राधिकरण वितरण केन्द्र राजविराजले विद्युत् चोरीमा संलग्न ४२ जनालाई कारवाही गरेको छ । विद्युत् चोरी नियन्त्रण अभियानलाई तीव्रता दिँदै हुकिङ गरी विद्युत् चोरी गरिरहेको अवस्थामा विद्युतीय सामग्री पनि ठूलो सङ्ख्यामा जफत गरेको छ । प्राधिकरणका कर्मचारी तथा प्रहरीको सहयोगमा गाउँगाउँमा पुगेर टिभी, फ्रिज, पङ्खा, पानी तान्ने मोटर, तार, कटरलगायतका १४० थान विद्युतीय उपकरणसमेत नियन्त्रणमा लिएको विद्युत् प्राधिकरण वितरण केन्द्र राजविराजले जनाएको छ । कोरोनाको महामारीमा नेपाल सरकारले गरेको लकडाउनदेखि हालसम्मको अवधिमा विद्युत् चोरीमा संलग्न ४२ जनालाई पक्रउ गरी कारवाही गरिएको वितरण केन्द्रका प्रमुख आमोद यादवले जानकारी दिए । उनीहरुबाट तीन लाख दुई हजार ५४९ राजस्व असुलीसमेत गरिएको छ । प्राधिकरणका इञ्जिनीयर विमलप्रसाद साहका अनुसार विद्युत् चोरीमा संलग्नलाई न्यूनतम तीन हजारदेखि विद्य...
सलमान खान अभिनित चलचित्र ‘राधे’ २ सय ३० करोड रुपैयाँमा बिक्री

सलमान खान अभिनित चलचित्र ‘राधे’ २ सय ३० करोड रुपैयाँमा बिक्री

मनोरन्जन, समाचार
बलिउड अभिनेता सलमान खान अभिनित चलचित्र ‘राधे’ २ सय ३० करोड रुपैयाँमा बिक्री भएको छ । यो वर्षको इदमा कोरोना भाइरसको महामारीकै कारण रिलिज हुन नसकेको यो चलचित्र प्रभुदेवाले निर्देशन गरेका छन्। चलचित्रको हाल पोष्ट प्रोडक्शनको काम चलिरहेको छ । चलचित्रको ट्रेलर सार्वजनिक नभएको अवस्थामा यो चलचित्रलाई जि स्टूडियोले उक्त महँगो रकममा खरिद गरेको हो । चलचित्रको भारत र ओभरजि राइट्ससँगै सेटलाइट्स राइट्स पनि यसमा समावेश छ । कोरोनाको महामारी चलिरहेको समयमा जीले सलमानको यो चलचित्रका लागि महँगो रकम तिरेको छ । सलमानको चलचित्रको डिजिटल र सेटलाइट्समा निकै नै माग छ । यसैले जीले महँगो रकम तिर्दा लगानी उठ्नेमा विश्वास लिएको भारतीय मिडियाले उल्लेख गरेको छ । यो चलचित्रमा सलमानसँगै नायिका दिशा पटानीको मुख्य भूमिका छ । ...
स्थानीय तहमा बढ्दो भ्रष्टाचार

स्थानीय तहमा बढ्दो भ्रष्टाचार

राजनीति, समाचार
डा.डिआर उपाध्याय स्थानीय तहमा भ्रष्टाचार बढेर गएको तत्थ्याङकले बताएको छ । स्थानिय सरकार भनेको जनताको घरदैलोको नजिकको सरकार हो । सिंहदरबारको अधिकार गाउँगाउँमा गएको छ । अहिले मुलुक संघीय संरचनामा छ । स्थानीय सरकार गठन भएपछि भ्रष्टाचार तिब्र रुपमा बढिरहेको जनगुनासो छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको पछिल्लो प्रतिवेदनअनुसार सबैभन्दा धेरै भ्रष्टाचार स्थानीय तहमा भएको छ । स्थानीय सरकारबाट हुने गरेको आर्थिक अनियमितता तथा भ्रष्टाचारजन्य गतिविधिले जनतामा वितृष्णा फैलिएको छ । स्थानीय तहमा हुने अनियमितता जस्तै सामाजिक सुरक्षाभत्ता वितरणमा दोहोरोपना, अपारदर्शिता तथा मृत्यु भइसकेका व्यक्तिको समेत भत्ता उपलब्ध गराउने तथा किर्ते दस्तखत गरी भत्ता लिनेसम्मका गतिविधि स्थानीय तहमा हुने गरेका छन्। प्राकृतिक स्रोतसाधनको दोहन, विकास निर्माणका कार्यमा अनियमितता, नियुक्ति, लगायतका विषयमा उजुरी पर्ने गर...
सम्पूर्ण अनलाईन सुविधा भएको ‘सुपर एप’ सार्वजनिक

सम्पूर्ण अनलाईन सुविधा भएको ‘सुपर एप’ सार्वजनिक

आर्थिक, समाचार
काठमाडौं– सम्पूर्ण अनलाईन सुविधा भएको सुपर एप सार्वजनिक भएको छ । विजनेश ग्रोथ कम्पनिले सञ्चालनमा ल्याएको बहुउपयोगी सूपर एप नामको उक्त एपमा राइड सेयरिङदेखी अनलाईन सपिङसम्मको सुविधा रहेको कम्पनिले जनाएको छ । हाल राइड सेयरिङ मात्र सञ्चालन गरेको कम्पनिले केहि समयपछि सबै सुविधा थपिने कम्पनिका अध्यक्ष शेखर श्रेष्ठले जानकारी दिए । पछिल्लो समय लोकप्रिय भएको राइड सेयरिङ सेवालाई यस एपले विना इन्टरनेट वा एसएमएस गरेर पनि सेवा लिन सकिन्छ । काठमाडौं उपत्यकामा मात्र नभई देशका अन्य शहरी भागमा पनि सेवा प्रदान गर्ने मुख्य लक्ष्य रहेको अध्यक्ष श्रेष्ठले बताए । कम्पनिले आफ्नो आम्दानीको केहि प्रतिशत समाजसेवामा खर्च गर्ने जनाएको छ । रोजगारी गुमाएका युवाका लागि राइड सेयरिङ सेवा आम्दानी गर्ने राम्रो माध्यम बनेको छ । राइड सेयरिङको माध्यमबाट युवाहरुले रोजगार पाउनुका साथै सेवाग्राहिहरुले सस्तो, विश्वसनिय सेवा पा...
सन् २०२१ मा व्यवसायिक वातावरण निर्माण गर्न एकजुट हुनुपर्नेमा महिला चेम्बर अध्यक्षको जोड

सन् २०२१ मा व्यवसायिक वातावरण निर्माण गर्न एकजुट हुनुपर्नेमा महिला चेम्बर अध्यक्षको जोड

आर्थिक, समाचार
काठमाडौं, १५ पौष, सन २०२१ मा व्यवसायिक वातावरण निर्माण गर्न एकजुट हुनुपर्नेमा नेपाल चेम्बरका अध्यक्ष राजेशकाजी श्रेष्ठ र महिला चेम्बरकी अध्यक्ष उर्मिला श्रेष्ठले जोड दिएका छन् । अध्यक्षद्वयले नेपाल चेम्बर अफ कमर्श सत्तरी बर्ष प्रवेश गरेको उपलक्ष्य तथा अंग्रेजी नयाँ बर्ष २०२१ को अवसर पारेर नेपाल महिला चेम्बरद्वारा आज आयोजित शुभकामना आदान कार्यक्रम माझ सो धारणा राखेका हुन ।सो अवसरमा प्रमुख अतिथीको आसनबाट बोल्ने क्रममा नेपाल चेम्बर अफ कमर्शका अध्यक्ष राजेशकाजी श्रेष्ठले चेम्बरको गर्विलो ईतिहास रहेको उल्लेख गर्दै चेम्बरको ७० बर्ष प्रवेश साथै अंग्रेजी नयाँ बर्ष २०२१ को अवसर पारेर आयोजित कार्यक्रमले नयाँ उत्साह र उद्यमशिलता विकासमा टेवा पुग्ने विश्वास आफुले लिएको बताए । कोभिड १९ ले शिथिल बनेको अर्थतन्त्र र देशमा पछिल्लो समय विकसित राजनितिक घटना क्रमले निजी क्षेत्रलाई निराश बनाएको भन्दै व्यवसायि...
नेप्से, आज४ अर्ब ४४ करोड ६२ लाख २२ हजार ५७९ रुपैयाँ बराबरको कारोबार

नेप्से, आज४ अर्ब ४४ करोड ६२ लाख २२ हजार ५७९ रुपैयाँ बराबरको कारोबार

आर्थिक, समाचार
 नेपाल स्टक एक्सचेञ्ज (नेप्से) साताको चौथो दिन आज (बुधबार) हरियाली छाएको छ । आज नेप्से ४९.१७ अंकले बढेर दुई हजार ६२ दशमलब ६ विन्दुमा पुगेको छ भने ४ अर्ब ४४ करोड ६२ लाख २२ हजार ५७९ रुपैयाँ बराबरको कारोबार भएको छ । नेप्सेका अनुसार आज कारोबार भएका कूल १२ उपसमूहमध्ये दुई वटा समूह घटेका छन् भने १० वटा समूह बढेका छन् । आज ३ कम्पनीको शेयर अर्थात् हिमालयन डिष्टिलरी लिमिटेड, साल्ट ट्रेडिङ्ग कर्पोरेशन लिमिटेड र नागरिक लगानी कोषको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ । ...
नेपाल कम्युनिष्ट पार्टी नेकपाका सबै बैंक खाता रोक्का हुने

नेपाल कम्युनिष्ट पार्टी नेकपाका सबै बैंक खाता रोक्का हुने

आर्थिक, समाचार
काठमाडौं – प्रतिनिधि सभा विघटनपछि सत्तारुढ (नेकपा) विभाजनमा पुगेसँगै नेताहरु बोलेर वा सांकेतिक रुपमा एकअर्कालाई जवाफ दिइरहेका छन् । एकअर्कालाई कटाक्ष गर्न दुई पक्षका नेताहरु उद्यत देखिरहेका बेला नेपाल कम्युनिष्ट पार्टी नेकपाका सबै बैंक खाता रोक्का हुने भएको छ । पार्टी फूटेसँगै नेकपाको सम्पति रोक्का गर्न माग गर्दै पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपालले सबै बैंकहरुलाई पत्राचार गरेसँगै राष्ट्र बैंकले निर्वाचन आयोग वा अदालतको आधिकारिक निर्णय नआएसम्मका लागि नेकपाको नाममा रहेको सबै बैंक खाता रोक्का गर्न निर्देशन दिएको छ । स्रोतका अनुसार आज कार्यालय समयभन्दा पछि जानकारी आएकाले राष्ट्र बैंकले भोली सबै बैंकहरुलाई औपचारिक रुपमा निर्देशन दिनेछ । ...