अत्याधुनिक प्रविधि जडान गरेर पेट्रोलियम लोड–अनलोड गर्ने कार्य शुभारम्भ
नेपाल आयल निगमले लुम्बिनी प्रादेशिक कार्यालयमा अत्याधुनिक प्रविधि जडान गरेर पेट्रोलियम लोड–अनलोड गर्ने कार्य शुभारम्भ गरेको छ ।
उक्त प्रविधिको आज एक कार्यक्रमको आयोजना गरी उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव डा बैकुण्ठ अर्यालले उद्घाटन गरे । सचिव अर्यालले पेट्रोलियम पदार्थको कारोवारलाई व्यवस्थित र सहज बनाउन सो प्रविधि जडान गरिएको बताए ।
उक्त प्रविधि जडान गर्दा कार्यालय क्षेत्र वरिपरि भएका बस्तीसमेत सुरक्षित र विकास तथा विस्तारका लागि सहयोग आवश्यक रहेको बताए । निगमका कार्याकारी निर्देशक सुरेन्द्रकुमार पौडेलले आधुनिक प्रविधिमार्फत पेट्रोलियम पदार्थको कारोवारलाई व्यवस्थित र सुरक्षित बनाउँदै लैजाने जानकारी दिए ।
उनले लुम्बिनी प्रदेशसँगै अन्य कार्यक्षेत्रमा पनि आधुनिक प्रविधिको प्रयोग गरी पेट्रोलियम पदार्थको कारोवारलाई अगाडि बढाउने बताए । निगमले अन्तर्राष्ट्रिय मापदण्डअ...









