बुध, मंसिर १०, २०८३
Wed, November 25, 2026
Shadow

समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीले संसद पुर्नस्थापना नहुने बताए

प्रधानमन्त्री केपी शर्मा ओलीले संसद पुर्नस्थापना नहुने बताए

राजनीति, समाचार
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले संसद पुर्नस्थापना नहुने बताएका छन् । बुधवार नेपाल कम्युनिष्ट पार्टी(नेकपा)को उपत्यकामा उपलब्ध सुदुरपश्चिम प्रदेश स्तरीय कार्यकर्ता भेलालाई सम्बोधन गर्दै प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी शर्मा ओलीले संसद पुर्नस्थापना नहुने बताएका छन् । संविधानतः संसदको पुनस्र्थापना गर्न नमिल्ने उनको भनाई छ । आफू संसदको ६४ प्रतिशत मतले बनाएको प्रधानमन्त्री भएको र बाँकी ३६ प्रतिशतले बिकल्प दिन नसक्ने भएकोले संविधानको धारा ७६ को उपधारा ४ बमोजिम संसद विघटन गरिएको प्रधानमन्त्री ओलीले बताए । प्रधानमन्त्री ओलीले नेपाल कम्युनिष्ट पार्टी(नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जालझेल र षडयन्त्रको राजनीति गरेको पनि आरोप लगाए । आफूले मित्रताले अंगालो हालेपनि प्रचण्डले धृतराष्ट्रले जसरी अंगालो मार्ने गरेको प्रधानमन्त्री ओलीको...
पछिल्लो २४ घण्टामा थप ५११ जनामा कोरोना भाइरस संक्रमण पुष्टि

पछिल्लो २४ घण्टामा थप ५११ जनामा कोरोना भाइरस संक्रमण पुष्टि

समाचार, स्वास्थ्य
पछिल्लो २४ घण्टामा थप ५११ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ५११० जनामा गरिएको परीक्षणमा ३०७ पुरुष र २०४ महिला गरी ५११ जनामा संक्रमण पुष्टि भएको हो । योसँगै नेपालमा कोरोना भाइरस संक्रमितको कुल संख्या २ लाख ६० हजार ५९ पुगेको छ । पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमणमुक्त हुनेको संख्या ६०० रहेको छ । हालसम्म संक्रमणमुक्त हुनेको संख्या २ लाख ५१ हजार ९१२ रहेको छ । कोरोना भाइरस संक्रमणका कारण पछिल्लो २४ घण्टामा ७ जनाको मृत्यु भएको छ । हालसम्म मृत्यु हुनेको संख्या १८४७ पुगेको छ । पछिल्लो २४ घण्टामा काठमाडौं जिल्लामा २२५, ललितपुरमा ४९ र भक्तपुरमा ३८ जनामा कोरोना भाइरस संक्रमण भएको छ । त्यस्तै कास्कीमा ५०, रुपन्देहीमा १९, चितवनमा १६ र पाल्पामा १० जनामा संक्रमण देखिएको छ । ...
दिनदिनै सडक प्रदर्शनहरू

दिनदिनै सडक प्रदर्शनहरू

राजनीति, समाचार
डा.डिआर उपाध्याय अहिले देशमा सडक आन्दोलनहरू चलिरहेका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीले असंवैधानिक एवं अनुचित कदमचाले पछि मुलुक आन्दोलित भएको छ । नेपाल प्रचण्ड समूहले आन्दोलन गरिरहेका छन भने अर्कोतिर प्रतिपक्षी दलहरू पनि सडकमा ओर्लिएका छन् । मुलुकको अभिभावकको भूमिका खेल्नुपर्ने संस्था र राष्ट्रप्रमुखको गरिमा समाप्त भएको छ । प्रधानमन्त्री ओलीको असंवैधानिक कदमले मुलुकलाई संवैधानिक संकट र राजनीतिक अस्थिरतातर्फ धकेलेको छ । आन्तरिक कलहको कारण आफू कमजोर भएपछि प्रधानमन्त्री ओलीले प्रतिनिधिसभा विघटनको गलत बाटो रोजेका हुन । जसले मुलुकलाई अस्थिरता र अन्योलतर्फ धकेलिदिएको छ । प्रतिनिधिसभा विघटनको मुद्दा सर्वोच्च अदालतमा पुगेको छ । यो विघटनमा अन्तर्राष्ट्रिय शक्तिहरूको हात रहेको धेरैको अनुमान छ । विघटन अघि भारतबाट विभिन्न तहमा भ्रमण भएका थिए । प्रतिनिधिसभा विघटनको घटनाले चीनलाई ठूलो धक्का लाग...
पहिलो पटक म्यूजिक भिडियोको शुभ मुहुर्त गर्दै छायांकन शुभारम्भ गरे निर्देशक गोपाल ढकालले, दुवै भिडियोमा नायक संजित भण्डारी

पहिलो पटक म्यूजिक भिडियोको शुभ मुहुर्त गर्दै छायांकन शुभारम्भ गरे निर्देशक गोपाल ढकालले, दुवै भिडियोमा नायक संजित भण्डारी

मनोरन्जन, समाचार
पहिलो चोटि म्युजिक भिडियोको शुभ मुहूर्त लोकप्रिय हाँस्यकलाकार गोपाल ढकाल (छन्दे) अव भिडियो निर्देशनमा समेत व्यस्त हुन थालेका छन । हरेक काम फरक ढंगले गर्दै आएका ढकाल आफुले निर्देशन गर्ने म्युजिक भिडियो समेत फरक तरिकाले शुरुवात गरेका छन । सम्भवतः शुभ मुहूर्त कार्यक्रम नै राखेर म्यूजिक भिडियो छायांकन गर्ने पहिलो भिडियो निर्देशक समेत बनेका ढकालले एक साथ दुई गीतहरुको म्यूजिक भिडियोको छायांकन प्रारम्भ गरेका छन । कमलादीस्थित गणेशस्थान मन्दिर परिसरमा बरिष्ठ नृत्य निर्देशक एवं चलचित्र नृत्य निर्देशक राजु शाहको प्रमुख आतिथ्यतामा “शहर” र “जुन दिन मलाई” बोलको गीतको भिडियोको छायाँकन गर्ने शुभ साईत पारेर नेपाली चलचित्र क्षेत्र,सांगीतिक लगायतका विभिन्न क्षेत्रका व्यक्तिहरुको उपस्थितिमा शुभमुहूर्त कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा निर्देशक माधवराज खरेल,संचारकर्मी राज लुईटेल,पत्रकार स...
‘संसद पुनर्स्थापना गर्न तयार हुनुहुन्छ भने  छलफल गर्न तयार छौं’ :माधवकुमार नेपाल

‘संसद पुनर्स्थापना गर्न तयार हुनुहुन्छ भने छलफल गर्न तयार छौं’ :माधवकुमार नेपाल

राजनीति, समाचार
 नेकपा प्रचण्ड–माधव समूहका अध्यक्ष माधवकुमार नेपालले प्रधानमन्त्री केपी शर्मा ओलीलाई सच्चिनका लागि अन्तिम मौका रहेको बताएका छन् । पार्टी अनुशासनको उल्लंघन गर्दै स्वेच्छाचारी कदम चालेपछि अध्यक्ष पदबाट हटाएपनि केन्द्रीय सदस्य र पार्टी सदस्यबाट नहटाएको उनले बताए । संसद विघटनको विरोधमा प्रचण्ड–माधव समूहले राजधानीमा गरेको विरोध सभालाई सम्बोधन गर्दै अध्यक्ष नेपालले भने, ‘सुध्रिनिहुन्छ कि भनेर आशा गरेका छौं । केन्द्रीय सदस्य, पार्टी सदस्यबाट हटाएका छैनौं । अन्तिम मौका दिएका छौं ।’ पार्टीका कतिपय नेतालाई पनि ओलीलाई सुधार्न सकिन्छ कि भन्ने लागेको उनले बताए । ओलीतिर लागेका नेताहरुतर्फ संकेत गर्दै उनले भने, ‘बालुवाटारको बालुवा पेल्दा तेल निकाल्न सक्नुभयो भने स्याबास भन्छु । बाङ्गो पुच्छरलाई तोरीको तेल घस्दा सोझो बनाउन सक्नुभयो भने स्याबास भन्छु ।’ उनले प्रधानमन्त्री ओली पश्चाताप ...
मन्त्रिपरिषद्मा गरिएको नयाँ नियुक्ति तथा हेरफेरविरुद्ध सर्वोच्चमा रिट

मन्त्रिपरिषद्मा गरिएको नयाँ नियुक्ति तथा हेरफेरविरुद्ध सर्वोच्चमा रिट

राजनीति, समाचार
नवनियुक्त मन्त्रीहरुलाई काममा रोक लगाउन माग गर्दै सर्वोच्च अदालतमा रिट दायर भएको छ । मंगलबार वरिष्ठ अधिवक्ता डा. दिनेश त्रिपाठीले मन्त्रिपरिषद्मा गरिएको नयाँ नियुक्ति तथा हेरफेरविरुद्ध सर्वोच्चमा रिट निवेदन दर्ता गरेका हुन् । रिटमा नवनियुक्त मन्त्रीहरूलाई काम गर्न नदिनू भनी अन्तरिम आदेश माग गरिएको छ । रिटमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र राष्ट्रपतिको कार्यालयलाई विपक्षी बनाइएको छ । गएको शुक्रबार सातजना नयाँ मन्त्री नियुक्त गर्दै केही मन्त्रीहरुको जिम्मेवारी हेरफेर गरिएको थियो । यसअघि, सोमबार पनि मन्त्रिपरिषद् पुनर्गठनविरुद्ध रिट दायर भएको थियो । ...
नयाँ वर्ष सन् २०२१ लाई उपचारात्मक वर्ष बनाउन संयुक्त राष्ट्रसंघको आह्वान

नयाँ वर्ष सन् २०२१ लाई उपचारात्मक वर्ष बनाउन संयुक्त राष्ट्रसंघको आह्वान

अन्तराष्ट्रिय, समाचार
कोरोनाभाइरसका कारण सङ्कटग्रस्त मुलुकहरुलाई नयाँ वर्ष सन् २०२१ लाई उपचारात्मक वर्ष बनाउन संयुक्त राष्ट्रसंघले आह्वान गरेको छ । राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेर्रेसले विश्वका सबै समुदायलाई उपचारात्मक वर्षको रुपमा सन् २०२१ लाई मनाउन भिडियो सन्देश मार्फत् आह्वान गरेका हुन् । नयाँ बर्षको अवसरमा शुभकामना सन्देश सहितको भिडियो सन्देशमा उनले महामारीका विरुद्धमा सँगसगै लड्नु पर्नेमा जोड दिएको छ । आउनुहोस्, शान्ति स्थापनाका लागि सँगसगै काम गरौँ, सहकार्य गरौँ र अबरोध तथा समस्याहरुको सामना पनि गरौँ, उनले भिडियोमा भनेका छन् । सन् २०२० भरी कोरोनाभाइरसको महामारी चलेकाले सन् २०२१ मा यो महामारीबाट मुक्त भइसक्ने गरी काम गर्नु पर्नेमा उनले जोड दिएका छन् । कोरोनाभाइरसका कारण अहिलेसम्म संसारभरी १७ लाख ८३ हजार १०० भन्दा बढीको मृत्यु भएको छ भने आठ करोड १७ लाख ३५ हजार भन्दा बढी सङ्क्रमित भएका छन् । ...
नेपालमा पछिल्लो २४ घण्टामा ७०८ जनामा कोरोना संक्रमण पुष्टि

नेपालमा पछिल्लो २४ घण्टामा ७०८ जनामा कोरोना संक्रमण पुष्टि

समाचार, स्वास्थ्य
 नेपालमा पछिल्लो २४ घण्टामा ७०८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कुल कोरोना संक्रमितको संख्या २ लाख ५९ हजार ५४८ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । त्यस्तै पछिल्लो २४ घण्टामा नेपालमा कोरोना भाइरसका कारण ८ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको कुल संख्या १ हजार ८४० पुगेको छ । नेपालमा पछिल्लो २४ घण्टामा कोरोना संक्रमण मुक्त हुनेको संख्या ७३१ रहेको छ । योसँगै नेपालमा कुल कोरोना संक्रमण मुक्त हुनेको संख्या २ लाख ५१ हजार ३१२ पुगेको छ। हाल नेपालमा सक्रिय संक्रमितको संख्या ६ हजार ३९६ रहेको छ । अहिलेसम्म नेपालमा १९ लाख २१ हजार ३६७ वटा पीसीआर नमूना परीक्षण भएका छन् । नेपालमा क्वारेन्टाइनमा रहनेको संख्या ३६५ रहेको छ । ...
लोकतन्त्र कमजोर बनाउने खेल

लोकतन्त्र कमजोर बनाउने खेल

राजनीति, समाचार
डा.डिआर उपाध्याय अहिले लोकतान्त्रिक व्यवस्था नै कमजोर हुने अवस्था सृजना भएको छ । प्रतिगामीलाई प्रोत्साहित गर्ने कार्य संसद विघटन पछिकोअवस्थाले गरिदिएको छ । लोकतान्त्रिक मुल्यर मान्यताका विरुद्ध प्रहार भएको छ । लोकतन्त्रको खिल्ली उडाउने काम भएको छ । लोकतन्त्रको घाँटी निमोठ्ने र आम जनताको वलिदानी पुर्ण संघर्षबाट निर्मित संविधान माथि नै धावा बोल्ने कार्य भएको छ । अब हामी सबै लोकतन्त्रवादी शक्तिहरु लोकतन्त्रको रक्षार्थ सजग र सचेत हुनु पर्ने बेला आएको छ । लोकतन्त्र र लोकतान्त्रिक संविधान नेपाली जनताको ७० वर्ष सम्मको संघर्ष र वलिदानको परिणाम हो । विगत लामो समय देखि नेपाली राजनीति अस्थिर हुनुको मुख्य कारण लोकतान्त्रिक प्रणाली सस्थागत हुन नसक्नु हो । स्थिर राजनीति र तिव्र आर्थीक तथा सामाजीक विकास नेपाली जनताको चाहना हो । देश अहिले कोरोना महामारी सँग जुधिरहेको छ । आम नागरिक यो महामारीबाट कसर...
मंगलबार(आज) देखि स्मार्ट ड्राइभिङ लाइसेन्स अनलाइन रजिष्ट्रेसन खुल्ने

मंगलबार(आज) देखि स्मार्ट ड्राइभिङ लाइसेन्स अनलाइन रजिष्ट्रेसन खुल्ने

समाचार, समाज
कोरोना महामारीका त्रासका कारण ९ महिनायता बन्दरहेको मंगलबार(आज) देखि अनलाइन रजिष्ट्रेसन (स्मार्ट ड्राइभिङ लाइसेन्स) का लागि अनलाइन आवेदन दिन सकिने भएको छ । मंगलबार(आज) देखि अनलाइन रजिष्ट्रेसन गर्न सकिनेछ । त्यसका लागि समय बिहान ६ बजेदेखि १० बजेसम्म रहेको यातायात व्यवस्था विभागले जनाएको छ । साप्ताहिक रूपमा छुट्याइएको कोटा उपलब्ध हुँदा मात्र फर्म रजिष्टर हुन्छ । विभागले बायोमेट्रिक डेटका आधारमा आइतबार, सोमबार, मंगलबार र बुधबार कोटा उपलब्ध गराउनेछ । ड्राइभिङ लाइसेन्स परीक्षाका लागि उपलब्ध गराइएको मितिमा सेवाग्राहीले परीक्षा नदिए पुनः १५ दिनपछि अनलाइन फर्म भर्न पाउँछन् । लिखित परीक्षा अनुत्तिर्ण भएका सेवाग्राहीले ९० दिनपछि पुन: अनलाइन दर्ता गर्न सक्छन् । अनलाइन आवेदकले अनलाइन एप्लिकेशन र लाइसेन्सको अवस्था थाहा पाउन Check Status बटन क्लिक गरी थाहा पाउन सक्छन् । लिखित परीक्ष...