मङ्ल, मंसिर ९, २०८३
Tue, November 24, 2026
Shadow

समाचार

गत २४ घण्टामा विश्वभर ३ लाख ६१ हजार ५ सय ९३ जना कोरोनाका संक्रमित थपिए

गत २४ घण्टामा विश्वभर ३ लाख ६१ हजार ५ सय ९३ जना कोरोनाका संक्रमित थपिए

समाचार, स्वास्थ्य
विश्वभरमा हालसम्म १७ करोड ७३ लाख ८८ हजार ८ सय ७३ जनामा कोरोना भाइरस पुष्टि भएको छ भने ३८ लाख ३७ हजार ४ सय ५८ जनाले कोरोनाका कारण ज्यान गुमाएका छन्। हालसम्म १६ करोड १८ लाख १८ हजार ३ सय ८२ निको भएका छन् भने १ करोड १७ लाख ३२ हजार ३३ जना सक्रिय संक्रमित रहेका छन्। जसमध्ये ८३ हजार ७ सय २४ जना सिरियस केस रहेका छन्। गत २४ घण्टामा विश्वभर ३ लाख ६१ हजार ५ सय ९३ जना कोरोनाका संक्रमित थपिएका छन्। जसमध्ये सबैभन्दा बढी ब्राजिलमा ८८ हजार ९सय ९२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। गत २४ घण्टा मै भारतमा ६२ हजार २ सय २७, अर्जेन्टिनामा २७ हजार २ सय ६०, कोलोम्बियामा २४ हजार ४ सय ५२, रसियामा १४ हजार १ सय ८२ र अमेरिकामा १० हजार ७ सय ३६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। यसैगरी, वितेका २४ घण्टामै ८ हजार ६ सय ५७ जनाको कोरोना संक्रमणबाट ज्यान गएको छ। सबै भन्दा बढी ब्राजिलमा २ हजार ७ सय ६० जनाले ज्यान ग...
यस वर्ष मनसुनजन्य विपदबाट देशभरमा १८ लाख मानिस प्रभावित हुने अनुमान

यस वर्ष मनसुनजन्य विपदबाट देशभरमा १८ लाख मानिस प्रभावित हुने अनुमान

समाचार, समाज
यस वर्ष मनसुनजन्य विपदबाट देशभरमा १८ लाख मानिस प्रभावित हुने अनुमान छ । जल तथा मौसम विज्ञान विभागले विगतका वर्षहरूमा भन्दा यस वर्ष सरदरमा गत वर्षभन्दा धेरै वर्षा हुने जनाएको छ । गत वर्षको तथ्यांक हेर्दा विपद्बाट देशभरमा ५ सय ७३ जनाको ज्यान गएकोमा मनसुनजन्य विपद्बाट मात्रै ४ सय बढीको ज्यान गएको थियो । यस वर्ष मनसुन अवधिमा गत वर्षभन्दा जोखिम बढी रहेको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको हो । यस वर्ष पहाडी तथा हिमाली क्षेत्रसहित देशभर गत वर्षभन्दा बढी पानी पर्ने सम्भावना छ । यस वर्ष भने बाढी तथा पहिरो दुवैको पूर्वानुमान गर्न सकिनेगरी प्रणालीको विकास गरिएको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख अनिल पोखरेलले यस वर्ष मनसुनजन्य विपद्का घटनाबाट १८ लाख बढी मानिस प्रभावित हुने पूर्वानुमान गरिएको जानकारी दिए । उनले यस ...
चलचित्रकर्मी तथा समाजसेवी राजेश महर्जनद्वारा २०० परिवारलाई राहत वितरण

चलचित्रकर्मी तथा समाजसेवी राजेश महर्जनद्वारा २०० परिवारलाई राहत वितरण

मनोरन्जन, समाचार
लाजिम्पाट टोल सुधार समितिका अध्यक्ष,संचार तथा सुचना प्रविधि मन्त्रालय अन्तर्गत रहेको चलचित्र जाँच समितिका सदस्य तथा नेपाल चलचित्र कलाकार संघका केन्द्रिय सदस्य राजेश महर्जनले कोरोनाको माहोलले दैनिकी जीवनयापन गर्न पनि कठिन अवस्थामा रहेका बिपन्न वर्गका लगभग २०० परिवारलाई खाद्यान्न तथा स्वास्थ्य सामाग्री वितरण गरेका छन् ।व्यक्तिगत खर्च,साथीभाई र विभिन्न संघसंस्थाको सहकार्यमा सहयोग गरिएको जानकारी महर्जनले दिएका छन् ।विपन्न वर्गका लागि स्वास्थ्य संस्थाका अध्यक्ष रत्न थापा,सामाजिक अभियन्ता निर्मल नकर्मी ,पर्यटन व्यवसायी हरिभक्त श्रेष्ठ लगायतले सहयोग गर्नुभएको छ भने राहत वितरण कार्यक्रममा स्वास्थ्यकर्मी सिकृता वस्ती(ढकाल)र हाँस्यकलाकार गोपाल ढकाल छन्देको पनि उपस्थिति रहेको थियो ।सेवा नै धर्म हो र आफू पनि बाँचौँ,अरुलाई पनि बचाऔँ भन्ने सकारात्मक सोचका धनि,समाजसेवी राजेश महर्जनले सहयोग निरन्तर जारी ...
भोकालाई कसरी व्यवस्थापन गर्ने ?

भोकालाई कसरी व्यवस्थापन गर्ने ?

समाचार, समाज
-डा.डिआर उपाध्याय, यति बेला मुलुक कोरोना भाइरसको फैलँदो संक्रमणको कारण गम्भिर संकटमा छ । देशको अर्थतन्त्र डामाडोल छ । कोरोना भाइरस नियन्त्रण र रोकथाम गर्नको लागि पर्याप्त तयारी हुन नसक्दा यो अवस्था सिर्जना भएको हो ।अस्पतालमा बेड नपाएर वरन्डाहरूमा राखेर बिरामीहरूको उपचार गर्नु पर्ने अवस्था उत्पन्न भयो । देशभरका अस्पतालहरू भरिभराउ भए । अक्सिजनको हाहाकार भयो । उपचार नपाएर मृत्यु हुनेहरूको दर बढ्दो छ । कोरानाले मानवीय क्षतिका साथसाथै देशको आर्थिक स्थिति पनि डामाडोल गरिरहेको छ। कतिपय ठाउँमा भोकमरी सिर्जना भइसकेका छन्।कुनै पनि नेताहरूले यस्तो महामारीको बेलामा देशमा परेको संकटबाट जनतालाई कसरी सुरक्षित राख्ने भन्ने विषयमा खासै चासो दिएको देखिएको छैन। यो महामारी र संकटको बेला हो। यो बेला सकारात्मक सोच र जनताको पिर मर्कामा साथ दिने बेला हो ।अहिलेको महामारी नियन्त्रण र रोकथाममा संघीय सरकार देखि स...
कोभिड उपचारको सहयोगका लागी कलाकर्मी आशिष पुरुषको अभियान, ८ लाख ३४ हजार, १ सय ४० रुपैया संकलन

कोभिड उपचारको सहयोगका लागी कलाकर्मी आशिष पुरुषको अभियान, ८ लाख ३४ हजार, १ सय ४० रुपैया संकलन

आर्थिक, समाचार
कोरोना भाईरसको संक्रमणका कारण विश्व नै आक्रान्त छ । त्यसबाट नेपाल पनि अछुतो रहन सकेन । कोरोनाको नयां भेरियन्टले पछिल्लो पटक नेपालमा समेत ठूलो असर गरिरहेको छ । दैनिक संक्रमण वृद्धि हुनुको साथै मृत्यृदरको अवस्था पनि भयावह वन्दै गईरहेको अवस्थमा देशभरका अस्पतालमा भरिभराउ हुदै गयो र अस्पताल कोभिड बिरामीको चाप बढेसंगै अक्सिजनको अभाव बढेर गयो भने अक्सिजनको अभावमा थुप्रै बिरामीको मृत्यु समेत हुन थाल्यो । नेपाल सरकारले समेत अक्सिजनको सहयोगका लागी विश्वभर आव्हान गर्यो । तर पनि अवस्था सामान्य हुन सकेन ।देशमा अक्सिजन अभावलाई नजिकबाट हेरिरहेका प्रवासीहरुको लागि यो पिडाकै विषय अवश्य बन्ने नै भयो । अझ, लामो समयदेखि युएईमा बसेर कलाकारिता र समाजसेवामा सक्रिय आशिष पुरुषका लागी त असह्य हुने नै भयो । प्रवासमा वसेर नेपालीहरुका लागी समाजसेवामा निरन्तर लागि पर्दै आएका मनका धनी आशिष आफु एक्लैले मात्र चाहेर पनि न...
काठमाडौं महानगरपालिकाले आर्थिक वर्ष २०७८/७९ का लागि नीति तथा कार्यक्रम यही असार ३ गते प्रस्तुत गर्ने

काठमाडौं महानगरपालिकाले आर्थिक वर्ष २०७८/७९ का लागि नीति तथा कार्यक्रम यही असार ३ गते प्रस्तुत गर्ने

समाचार, समाज
 काठमाडौं महानगरपालिकाले आगामी आर्थिक वर्ष २०७८/७९ का लागि नीति तथा कार्यक्रम यही असार ३ गते बिहीवार प्रस्तुत गर्ने भएको छ । चालु आवमा जस्तै यस वर्ष पनि कोरोना महामारी नियन्त्रण र यसले पारेको प्रभावलाई सहजीकरण गर्ने कार्य मुख्यरूपमा समेटिएका छन् । कामपाका प्रवक्ता ईश्वरमान डङ्गोलले भने, “चालु आवमा सञ्चालनमा रहेका तर विभिन्न कारणले गर्दा पूरा हुन नसकेका आयोजना पूरा गर्ने विषय पनि नीति कार्यक्रमको मुख्य विषय रहेको छ । त्यसैगरी कोरोनाले गर्दा आर्थिक, सामाजिक, सांस्कृतिकरूपमा पर्न गएको समस्यालाई सहजीकरण गर्ने कार्य पनि प्रमुखरूपमा कार्यक्रममा समावेश भएको छ । असार ३ गते नीति कार्यक्रम ल्याउनका लागि महानगर प्रमुख विद्यासुन्दर शाक्यको अध्यक्षतामा ६१औँ कार्यपालिका बैठक सम्पन्न भइसकेको छ । प्रमुख शाक्यले आउँदो वर्षका लागि गर्नुपर्ने कामलाई योजनाका रूपमा सङ्कलन गरी वडा समितिका बैठकबाट प्...
महिला सुरक्षाकर्मीलाई स्वास्थ्य सामाग्री वितरण गर्दै नायक संजित भण्डारीको टिम

महिला सुरक्षाकर्मीलाई स्वास्थ्य सामाग्री वितरण गर्दै नायक संजित भण्डारीको टिम

समाचार, समाज
‘कोहि पनि भोका नबसुन’ भन्ने नारा बोकेर स्थापना भएको सामाजिक संस्था ईन्ट्रा नेशनल वेलफेयर सर्पोट फाउण्डेशन अफ अमेरिकाका महानिर्देशक रुद्र बानिया तथा नेपालका लोकप्रिय नायक एवं फाउण्डेसनका नेपाल संयोजक दिलिप रायमाझीको अगुवाईमा राजधानी लगायत देशका विभिन्न स्थानमा राहत वितरण कार्य भैरहेको छ ।हाल नेपालमै रहेका समाजसेवी बानिया तथा नायक रायमाझीले कोरोना रोकथाम र न्यूनिकरणका लागी नेपाल सरकारले लागू गरेको लकडाउनको शुरुवाती चरणदेखि नै विपन्न परिवार र निषेधाज्ञाका कारण रोजीरोटी गुमाएका परिवारलाई राहत तथा स्वास्थ्य सामाग्री वितरण गर्दै आईरहेका छन । अहिलेको विषम परिस्थितीमा कोही नागरिक भोका रहन हुन्न भनेर उक्त फाउण्डेसनका नेपाल सहकर्मीहरु नायक संजित भण्डारी, समाजसेवी बिमला श्रेष्ठ,मोडल निक शर्मा ,नव नायक ओजस थापा,वब श्रेष्ठ तथा भ्वाईस अफ नेपालका बलिया प्रतिस्पर्धी किरण गजमेरको टिमले प्रत्येक दिन राजधान...
एसइईको मूल्यांकनमा कुनै पनि शिक्षकले आफ्नो विषयमा ८० नम्बरभन्दा धेरै अंक दिय कारण खुलाउनुपर्ने

एसइईको मूल्यांकनमा कुनै पनि शिक्षकले आफ्नो विषयमा ८० नम्बरभन्दा धेरै अंक दिय कारण खुलाउनुपर्ने

शिक्षा, समाचार
राष्ट्रिय परीक्षा बोर्डले यसपटक माध्यमिक शिक्षा परीक्षा कक्षा १० एसइईको मूल्यांकनका कुनै पनि शिक्षकले आफ्नो विषयमा ८० नम्बरभन्दा धेरै अंक दियो भने कारण खुलाउनुपर्ने नियम बोर्डले तय गरेको छ। बोर्डको आइतबार बसेको बैठकले यसपटकको एसइई परीक्षाको मूल्यांकनको जिम्मेवारी विद्यालयलाई दिने निर्णय गरेसँगै विगतबाट पाठ सिक्दै ८० नम्बर माथि अंक दिने शिक्षकले आफूले नम्बर किन र कुन आधारमा दिएको भन्नै प्रमाणसमेत पेश गर्नुपर्ने कार्यविधिमा व्यवस्था गरिएको बोर्डका प्रवक्ता जंगबहादुर अर्यालले बताए। ‘गत वर्ष एसइई विद्यालयले मूल्यांकन गरी बोर्डलाई पठाएको नतिजामा धेरै दुरूपयोग भएको थियो,’ प्रवक्ता अर्यालले नागरिकसँग अनुभव सुनाए, ‘हामीले गुरुहरूमाथि विश्वास गरेर मूल्यांकन गर्न दियौँ। तर वहाँहरुले मर्यादा कायम गर्नुभएन,’ उनले थपे, ‘कहिले जिपिए चार नल्याउने पनि चार ल्याएका पनि उदाहरण पाइयो।’ परीक्षाको मर्याद...
आज असार १ गते मंगलबारको राशिफल

आज असार १ गते मंगलबारको राशिफल

राशिफल, समाचार
मेष राशि चु, चे, चो, ला, लि, लु, ले, लो, अ आफ्नो ऊर्जा प्राप्त गर्न पूर्ण आराम गर्नुहोस्। विश्वास गर्नुहोस् वा नगर्नुहोस (कसैले तपाईंलाई धेरै नजिकबाट हेरिरहेको छ र तपाईंलाई विशेष व्यक्ति ठान्दछ ) प्रशंसनीय कामहरू मात्र गर्नुहोस् जसले तपाईंको प्रतिष्ठालाई अझै उठाउन सक्छ। तपाईंले लामो समयदेखि काम गरिरहेको एउटा महत्त्वपूर्ण परियोजनामा ढिलाइ भएको छ। कुनै पनि समस्यालाई हटाउनको लागि इच्छा भएमा केही पनि असम्भव हुँदैन। तपाईंको जोडीले आफ्नो मनको कुरा सुन्न प्रशस्त समय दिनेछन्। बृष राशि इ, उ, ए, ओ, बा, बि, बु, बे, बो भावनात्मक रूपमा तपाईं धेरै स्थिर हनु हुँदैन  त्यसैले अरूको अगाडि कसरी व्यवहार र कुरा कसरी गर्नु भन्ने ध्यान राख्नुहोस्। अस्थायी ऋणका लागि तपाईंसँग भेट गर्नेहरूलाई बेवास्ता गर्नुहोस्। परिवारका सदस्य वा जोडीले केही खिचलो निकाल्नेछन्। आज तपाईंलाई प्रेम सबैको व...
थपिएको निषेधाज्ञाका बेला स्वास्थ्य सुरक्षा मापदण्ड पालना गरेर आवश्यकताअनुसार बैंक तथा वित्तीय संस्था खोल्न निर्देशन

थपिएको निषेधाज्ञाका बेला स्वास्थ्य सुरक्षा मापदण्ड पालना गरेर आवश्यकताअनुसार बैंक तथा वित्तीय संस्था खोल्न निर्देशन

आर्थिक, समाचार
बैंक तथा वित्तय संस्थाहरुका लागि नेपाल राष्ट्र बैंकले सोमबार नयाँ निर्देशन जारी गरेको छ । थपिएको निषेधाज्ञाका बेला स्वास्थ्य सुरक्षा मापदण्ड पालना गरेर आवश्यकताअनुसार बैंक तथा वित्तीय संस्था खोल्न निर्देशन दिएको हो ।  राष्ट्र बैंकले जारी गरेको निर्देशन अनुसार नजिक नजिकै रहेका दुई वा दुईभन्दा धेरै शाखा खोल्नुको साटो एउटै शाखाबाट सेवा दिन भनिएको छ । बन्द भएका शाखाको सटरमा वा वेबसाइट र सामाजिक सञ्जालमा खुला भएको शाखाको स्पष्ट जानकारी दिने गरी सूचना दिन पनि निर्देशन दिइएको छ ।  बैंक तथा वित्तीय संस्थाले आफ्नो व्यावसायिक निरन्तरतालाई उच्च प्राथमिकतामा राखेर सकभर घरबाटै काम गर्न र कार्यालयमा पनि न्यूनतम कर्मचारी राखेर सेवा दिन राष्ट्र बैंकले निर्देशन दिएको छ । केन्द्रीय कार्यालयको हकमा एक तिहाइ र शाखा कार्यालयमा न्यूनतम कर्मचारी राख्न राष्ट्र बैंकले भनेको छ । सेवाग्राहीलाई पनि सकभ...