दुबईमा चम्कियो जेएनडी ज्वलेरी: सपना शर्मा ‘मिनु’को अन्तर्राष्ट्रिय सफलता
दुबई —व्यवसायमा नाम कमाउने सपना सजिलो हुँदैन। तर, जब त्यो सपना मिहिनेत, आत्मविश्वास र दृढसंकल्पसँग जोडिन्छ, असम्भव पनि सम्भव बन्न जान्छ। यस्तै प्रेरणादायी यात्रा पूरा गर्दै नेपालकी प्रख्यात ज्वेलरी व्यवसायी सपना शर्मा ‘मिनु’ले दुबईको बरदुबईमा आफ्नो (जय नवदुर्गा ज्वलेरी ) जेएनडीज्वेलरी शोरुम भव्य रूपमा सञ्चालनमा ल्याएकी छिन्।
ज्वेलरी व्यवसायमा आफ्नो अद्वितीय योगदान र उत्कृष्ट सेवाका कारण पहिचान स्थापित गरेकी सपना शर्मा ‘मिनु’ले व्यवसायिक यात्रा अब अन्तर्राष्ट्रिय स्तरसम्म पुर्याएकी छिन्। नेपालकै लोकप्रिय जेएनडी ज्वलेरीको व्यवसायिक सफलता पछि उनले आफ्नो शाखा विस्तार गर्दै दुबईको बरदुबईमा पाँचौ शोरुम सञ्चालनमा ल्याएकी हुन्।
शोरुमको उद्घाटन टिका सानु र पुरुषोत्तम भण्डारी ‘पुर्खे बा’ले संयुक्त रुपमा रिबन काटेर गरेका थिए। सो अवसरमा दुबईस्थित नेपाली समुदायका प्रतिनिधि, व्य...









