रोटरी ई क्लब ३२९२ तथा रोटा किड्सको संयुक्त पदस्थापन :कन्चन र सम्यकले सम्हाले नेतृत्व
रोटरी ई क्लब अफ डिष्ट्रिक्ट ३२९२ तथा रोटा किड्स अफ रोटरी ई क्लबको संयुक्त पदस्थापन समारोह मिति १७ श्रावण २०८२ गते सम्पन्न भएको छ । काठमाण्डौको इन्द्रेणी सुइट होटलमा आयोजित विशेष कार्यक्रममा रोटरी ई क्लबका नव नियुक्त अध्यक्ष कन्चन तामाङ्ग तथा रोटा किड्सका नवनियुक्त अध्यक्ष सम्यक राज श्रेष्ठले रोटरी इन्टरनेशनल डिष्ट्रिक्ट ३२९३ नेपाल – भुटानका गभर्नर इलेक्ट विष्णु बहादुर कार्की समक्ष पद तथा गोपनीयताको सपथ ग्रहण गरेका थिए।
निवर्तमान रोटरी क्लबका अध्यक्ष राज श्रेष्ठ तथा रोटा किड्सका अध्यक्ष आरभ श्रेष्ठलाई उहाँहरुको सफल कार्यकालको कदर स्वरूप प्रशंसापत्र प्रदान गरिएको थियो ! रोटरी ई क्लबका पहिलो महिला अध्यक्षको रूपमा क्लबको नेतृत्व ग्रहण गर्न पाएको खुसी व्यक्त गर्दै अध्यक्ष तामाङ्गले ” रोटरी फर हर ” लाई मूलमन्त्र बनाउँदै आफ्नो कार्यकालमा महिलाहरूलाई केन्द्रविन्दु राखेर समाजमा सकारात्मक योगदान...









