सोम, मंसिर ८, २०८३
Mon, November 23, 2026
Shadow

समाचार

सगरमाथा म्युजिक अवार्डको तेस्रो संस्करणको लागि आवेदन खुल्ला

सगरमाथा म्युजिक अवार्डको तेस्रो संस्करणको लागि आवेदन खुल्ला

मनोरन्जन, समाचार
सगरमाथा म्युजिक अवार्डको तेस्रो संस्करण हुने भएको छ । अर्थ नेपालको  आयोजनामा हुने अवार्डको तेस्रो संस्करणको लागी आवेदन खुल्ला भएको आयोजक संस्थाद्वारा जारी विज्ञप्तीमा जनाइएको छ । कोभिडको कारण सुस्ताएको नेपाली गीत संगीत क्षेत्रलाई चलायनमान बनाउन तेस्रो साहारा एप सगरमाथा म्युजिक अवार्ड २०७८ गर्न लागिएको आयोजक संस्था अर्थ नेपाल प्रालिले जनाएको छ । यस वर्ष अवार्डमा राइड सेयरिङमा लोकप्रिय रहेको साहारा एपले सहकार्य गर्दै टाइटल स्पोन्सर गरेको छ । तेस्रो साहारा एप सगरमाथा म्युजिक अवार्ड २०७८ मा २०७६ वैशाखदेखी २०७७ चैत्रसम्म बजारमा आएका गीत संगीतले सहभागीता जनाउन सक्नेछन् । जुरी र भोटको आधारमा अवार्डको अन्तिम निर्णय हुने अध्यक्ष मनोज थापाले बताउनुभएको छ । ‘नेपाली कला र स्रष्टाको सम्मान, नेपाली संस्कृति संरक्षण र प्रवद्र्धन हाम्रो अभियान’ भन्ने मूल नाराको साथ हुन लागेको तेस्रो साहारा एप ...
लोकप्रिय कलाकार गोपाल ढकाल ‘छन्दे’ प्रथम उपराष्ट्रपतिबाट सम्मानित

लोकप्रिय कलाकार गोपाल ढकाल ‘छन्दे’ प्रथम उपराष्ट्रपतिबाट सम्मानित

मनोरन्जन, समाचार
“राष्ट्रलाई पुर्‍याएको योगदान विशिष्ट व्यक्तित्व तथा स्रष्टालाई विशेष सम्मान” भन्ने मूल नाराका साथ रिवन इन्टरटेन्मेन्ट प्रा लि को ७ औँ बार्षिकोत्सबको अवसरमा आयोजना गरिएको राष्ट्रिय व्यक्तित्व तथा स्रष्टा सम्मान २०७८ मा विगत १७ बर्षदेखि नेपाली कलाकारिताको क्षेत्रमा दर्जनौँ सुपरहिट ठूलो पर्दाका नेपाली कथानक चलचित्र, टेलि चलचित्र, विज्ञापनहरु, सडक नाटक, स्टेज शोहरु, देश बिदेशमा आफ्नो प्रस्तुति दिईसकेका, बिभिन्न संघ संंस्थामा आबद्घ एवम् अनेक राष्ट्रिय तथा अन्तराष्ट्रिय अवार्ड, सम्मानबाट सम्मानित चर्चित हाँस्य कलाकार गोपाल ढकाल छन्देलाई कार्यक्रमका प्रमुख अतिथि गणतन्त्र नेपालका प्रथम उपराष्ट्रपति सम्माननीय परमानन्द झाबाट सम्मानित गरिएको छ । उक्त कार्यक्रममा व्यवसायी, व्युटिसियन नेपाली चलचित्रकर्मी, संगीतकर्मी लगायत विभिन्न विधाका लगभग ८० जना व्यक्तित्व तथा स्रष्टालाइ योगदानको आधारमा सम्मानि...
इंग्लिश प्रिमियर लिग  दुई उपाधि दावेदार मानिएका टोली चेल्सी र लिभरपुलले १-१ गोलको बराबरी

इंग्लिश प्रिमियर लिग दुई उपाधि दावेदार मानिएका टोली चेल्सी र लिभरपुलले १-१ गोलको बराबरी

अन्तराष्ट्रिय, खेलकुद, समाचार
इंग्लिश प्रिमियर लिग अन्तर्गत शनिवार राति भएको खेलमा दुई उपाधि दावेदार मानिएका टोली चेल्सी र लिभरपुलले १-१ गोलको बराबरी खेलेका छन्। लिभरपुलको घरेलु मैदान एन्फिल्डमा खेलिएको खेलमा १० खेलाडीमा सीमित चेल्सीले लिभरपुललाई बराबरीमा रोक्न सफल भएको हो। पहिलो हाफको २२औं मिनेटमा चेल्सीले कर्नरमार्फत गोल गर्दै अग्रता लिएको थियो। चेल्सीका फरवार्ड काई हाभर्जले शानदार हेडर गोल गर्दै चेल्सीलाई अग्रता दिलाएका थिए। तर पहिलो हाफको इन्जुरी समयमा चेल्सी १० खेलाडीमा सीमित भयो। लिभरपुलका स्ट्राइकर साडियो मानेले प्रहार गरेको शटलाई चेल्सीका रक्षक रिस जेम्सले गोल लाइनमा हातले बचाउ गरेपछि लिभरपुललाई पेनाल्टी तथा जेम्सलाई रातो कार्ड प्रदान गरिएको थियो। सो पेनाल्टीलाई लिभरपुलका स्टार खेलाडी मोहम्मद सालाहले गोल गर्दै घरेलु टोलीलाई बराबरीमा पुर्याएका थिए। दोस्रो हाफमा लिभरपुलले निकै नै आक्रामक खेल प्रस्तुत...
भदौ १३ गते आईतवारको राशिफल

भदौ १३ गते आईतवारको राशिफल

राशिफल, समाचार
मेष(चू,चे,चो,ला,लि,लू,ले,लो,अ) बोलेको कुरा पुर्याउन नसक्दा सहकर्मी तथा आफन्तबाट तपाईको आलोचना हुनेछ । पढाइ लेखाइमा आत्तिने बानिले नतिजा आफ्नो पक्षमा पार्न मुस्किल पर्नेछ । परिवारका साथ मिष्टान्न भोजन ग्रहण गर्ने अवसर जुरेपनि खानपानको तालमेल नमिल्दा स्वास्थ्यमा समस्या आउनेछ । प्रेममा केहि असन्तुष्टि मिलाउदै बढ्न सकिनेछ । व्यापारमा मन्दी आउनेछ । वृष(ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) समय मध्ययम रहेकोले व्यापार व्यावसायमा तत्काल लगानि नबढाउनु नै उत्तम हुनेछ । राजनीति तथा समाजसेवामा जनताको समर्थन भन्दा आलोचना सहनु पर्नेछ । घर परिवार तथा आफन्तसँग सैद्धान्तिक राज बाजिनेछ । टेक्निकल सामानको प्रयोग गर्दा ध्यान दिनुहोला । शिर सम्वन्धी समस्या देखा पर्ने तथा कन्फिडेन्ट पावरमा कमि हुनेछ । मिथुन(का,की,कू,घ,ङ,छ,के,को,हा) खानपानमा ध्यान दिनुहोला स्वास्थ्यमा समस्या आई औषधी उपचार खर्च बढ्नेछ...
३० विधामा अवार्ड प्रदान गरि साधना म्यूजिक अवार्डको दोश्रो संस्करण सम्पन्न

३० विधामा अवार्ड प्रदान गरि साधना म्यूजिक अवार्डको दोश्रो संस्करण सम्पन्न

मनोरन्जन, समाचार
सामना म्युजिक क्रियशन प्रा.लि.को आयोजनामा राजधानीमा शुक्रबार दोस्रो साधना म्युजिक अवार्डमा सम्पन्न भएको छ । विभिन्न ३० विधामा अवार्ड प्रदान गरिएको समारोहमा गायक कृष्णभक्त राईलाई दीर्घ साधना सम्मान प्रदान गरिएको थियो । उहाँलाई नगद ११ हजार १११ नगद सहित सम्मान गरिएको थियो । गायक, संगीतकार तथा निर्देशक नारायण रायमाझीको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा साहित्यकार दामोदर पुडासैनी, कलाकार मोहन निरौला, गायक चन्द्र शर्मा, शिव परियार, सीताराम पोख्रेल, गीतकार तथा साहित्यकार शान्तिप्रिय, समाजसेवी टेकबहादुर बम, सहित्यकार डीआर राई, गीतकार/पत्रकार सुमन वैरागी लगायतले सम्मानित व्यक्तित्व तथा उत्कृष्ट सर्जकहरूलाई अवार्ड प्रदान गर्नुभएको थियो । समारोहमा आइटिविज्ञ राजेन्द्र अर्याल र लेखक तथा पत्रकार गीता अधिकारीलाई सम्मान प्रदान गरिएको थियो । अवार्ड समारोहका सचिव गोकर्ण लामिछानेले स्वागत मन्तव्य राख...
माधव पक्षलाई चिढाउने काम बाहेक ओली खेमाले अरु केही गरेन

माधव पक्षलाई चिढाउने काम बाहेक ओली खेमाले अरु केही गरेन

राजनीति, समाचार
-डा.डिआर उपाध्याय, दल बिभाजन लोकतन्त्रका लागी खतरा अब आउने दिनमा देशको राजनीति के हुन्छ र कता जान्छ भन्ने बिषयमा सबैको चासो छ । देशको ठूलो पाटी एमाले बिभाजनले देशमा एक खालको तरंग उत्पन्न भइरहेको छ । लोकतन्त्रमा ठूला दल बिभाजन हुँदा पक्कै पनि देशलाई घाटा हुन्छ नै । लोकतन्त्र पनि कमजोर हुने खतरा हुन सक्छ । दल बिभाजन हुनु भनेको लोकतन्त्रका लागी खतरा हो । आज जे भइरहेको छ, त्यो मुलुकको हितमा छैन । जसले जति कोसीस गरे पनि नेपाल कम्युनिस्ट पार्टी एमाले फुटबाट जोगिन सकेन । यो नै चिन्ताको बिषय हो । दोस्रो तहका नेताहरुको पनि केही सिपलागेन । उनीहरू निरीह बनेर बसे । ओलीपक्षका दोस्रो तहका नेताहरुले पनि यो बिषयमा प्रभाबकारी भूमिका निर्वाह गर्न सकेनन् । पार्टी फुट्न दिनु हुँदैन भनेर उनीहरु कहिले गम्भिर बनेनन् । बरु माधब नेपाललाई उत्तेजित बनाउने खालका टिकाटिप्पणी गरे । माधव पक्षलाई चिढाउने काम बाहेक...
अमेरिकी मिसन काबुलमा नरोकिने :राष्ट्रपति जो बाइडन

अमेरिकी मिसन काबुलमा नरोकिने :राष्ट्रपति जो बाइडन

अन्तराष्ट्रिय, समाचार
अफगानस्थानको राजधानी काबुलस्थित विमानस्थलमा भएको आतंकवादी हमलापछि अमेरिका क्रूध भएको छ। बिहीबार साँझ भएका दुई विस्फोटमा ६० जनाको ज्यान गएको छ । चार अमेरिकी सैनिकसहित १३ जना आफ्ना नागरिक मारिएपछि राष्ट्रपति जो बाइडनले हमलाकारीलाई नछाड्ने चेतावनी दिएका छन् । पेन्टागनका अनुसार अमेरिकी सैनिकका लागि यो हमला सन् २०११ यताकै सबैभन्दा खतरनाक हो। बाइडनले भनेका छन्,’यो हमलाको पछाडि जो सुकै होस्, हामी पत्ता लगाएरै छाड्ने छाै‌ं। यसको मूल्य हमलाकारीले चुकाउनुपर्नेछ । हामी माफ गर्ने छैनाैं।’ अमेरिकीलाई आफ्नो काममा आतंकवादीले राेक्न नसक्ने बताउँदै उनले काबुलमा अमेरिकी मिसन नरोकिने बताएका छन् । मान्छेलाई सुरक्षित साथ अफगानिस्थानबाट बाहिर निकालिने उनले बताए । बिबिसीका अनुसार काबुल विमानस्थलको हमला इस्लामिक स्टेट समूहले लिएको छ ...
भदौ ११ गते शुक्रवारको राशिफल

भदौ ११ गते शुक्रवारको राशिफल

राशिफल, समाचार
वि.सं.२०७८ साल भदौ ११ गते । शुक्रवार । ईश्वी सन् २०२१ अगष्ट २७ तारिख । नेपाल संवत् ११४१ । राक्षस संवत्सर । दक्षिणायन । वर्षा ऋतु । श्रीशाके १९४२ । भाद्र कृष्णपक्ष । तिथि– पंचमी, बेलुकी ०६ बजेर ३८ मिनेट उप्रान्त षष्ठी । नक्षत्र– अश्विनी, रातको ०१ बजेर ४५ मिनेट उप्रान्त भरुणी । योग– गंड, बिहान ०७ बजेर ३९ मिनेट उप्रान्त वृद्धि । करण– कौलव, बेलुकी ०५ बजेर ५७ मिनेट उप्रान्त तैतिल, बेलुकी ०६ बजेर ३८ मिनेट उप्रान्त गर । आनन्दादिमा–वज्र योग । चन्द्रराशि–मेष । काठमाडौंमा सूर्योदय बिहान ०५ बजेर ४० मिनेट,सूर्यास्त बेलुकी ०६ बजेर ३० मिनेट । दिनमान ३२ घडी ०० पला । विरुडा पञ्चमी । डाछीकोलमती घाट स्नान,ल।पु। नृसिंह यात्रा । उपकलासाँया । मेष(चू,चे,चो,ला,लि,लू,ले,लो,अ) भौतिक तथा विलाशी वस्तुको प्रयोग गर्दा ध्यान दिनुहोला समय मध्ययम रहेकोछ । ओभर कन्फिडेन्टले नतिजा शुन्य जस्तै हुनेछ । व्यापारमा नाँफ...
डा.डिआरको कीर्तिमान माथि कीर्तिमान, थपियो थप ७ सहित ५९ वटा विश्व रेकर्ड

डा.डिआरको कीर्तिमान माथि कीर्तिमान, थपियो थप ७ सहित ५९ वटा विश्व रेकर्ड

समाचार, समाज
विश्व कीर्तिमानी गीतकार डा. डीआर उपाध्यायले फेरि सात विश्व कीर्तिमान कायम गर्नुभएको छ । बिहीबार राजधानीमा आयोजित एक विशेष कार्यक्रममा पूर्व श्रम तथा रोजगार मन्त्री रामेश्वर राय यादवले उपाध्यालाई विभिन्न सात विश्व रकेर्ड हस्तान्तरण गर्नुभएको हो ।गीतकार संघका पूर्व अध्यक्ष चुडामणी देवकोटा, अन्तर्राष्ट्रिय साहित्य समाज (अनेसास)का पूर्व अध्यक्ष राधेश्याम लेकालीलगायतको आतिथ्यतामा भएको कार्यक्रममा उपाध्ययालाई सात विश्व रेकर्ड हस्तान्तरण गरिएको हो । उपाध्यायका सात नयाँ विश्व रकेर्डमा ४१ ओटा हेट र क्यापको शब्द प्रयोग गरिएको गीति कविता, ५३ फरक चरा र कुकुरको नाम समावेश गरिएको गीति कविता, ४३ शब्दको अन्त्यमा ‘यो’ प्रयोग गरिएको गीति कविता, ६० शब्द ‘हामी’ प्रयोग गरिएको गीति कविता, १७० फरक ब्राण्डका मोवाइलको नाम प्रयोग गरिएको गीति कविता, एकसय म्युजिक व्याण्डको नाम प्रयोग गरिएको गीति कविता र ६० गाडीको ना...
आज नेप्से १७.६० अंकले बढेर तीन हजार ९४ दशमलब ५ विन्दुमा

आज नेप्से १७.६० अंकले बढेर तीन हजार ९४ दशमलब ५ विन्दुमा

आर्थिक, समाचार
 नेपाल स्टक एक्सचेञ्ज (नेप्से) आज कारोबारको अन्तिम दिन आज बिहिबार दोहोरो अंकले बढेको छ । आज नेप्से १७.६० अंकले बढेर तीन हजार ९४ दशमलब ५ विन्दुमा पुगेको हो ।    त्यस्तै, आज १३ अर्ब ४२ करोड १९ लाख बराबरको कारोबार भएको छ । बुधबार १२ अर्ब ९ करोड २१ लाख बराबरको कारोबार भएका थियो । आज कारोबार भएका आठ समूह घटेका छन् भने अन्य समूह बढेका छन् ।  नेप्सेका अनुसार आज कारोबार भएका १४ कम्पनीको शेयरमूल्यमा उच्च बृद्धि भएको छ । शेयरमूल्य घट्ने कम्पनीहरुमा नारायणी डेभलपमेन्ट बैंक, श्री इन्भेष्टमेन्ट फाइनान्स, गुहेश्वरी मर्चेन्ट एण्ड फाइनान्स कम्पनी, कर्पोरेट डेभलपमेन्ट बैंक, आँखु खोला जलविद्युत कम्पनी, घलेम्दी हाइड्रो लिमिटेड, जीवन विकास लघुवित्त वित्तिय संस्था, खानीखोला हाइड्रोपावर, अरुण भ्याली हाइड्रोपावर, दिव्यश्वरी हाइड्रोपावर, रिलायन्स फाइनान्स, मल्टिपर्पोज फाइनान्स कम्पनी, म...