सोम, मंसिर ८, २०८३
Mon, November 23, 2026
Shadow

समाचार

नेपालमा २४३३ जना नयाँ संक्रमित थपिए

नेपालमा २४३३ जना नयाँ संक्रमित थपिए

समाचार, स्वास्थ्य
पछिल्लो २४ घण्टामा नेपालमा २४३३ जना नयाँ संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार विगत २४ घण्टामा आरटी पीसीआर परिक्षण गर्दा २०५२ जना र एन्टिजन परिक्षण गर्दा ३८१ जना गरि जम्मा २४३३ जना नयाँ संक्रमित थपिएका हुन् ।  मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १९२९ जना कोरोनामुक्त भएका छन् भने मृतकको संख्या २६ रहेको छ ।  यस्तै हालसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या १० हजार ६ सय ३८ रहेको छ । नेपालभर कोरोना संक्रमित निको हुनेदर ९३.५ प्रतिशत रहेको छ भने संक्रिय संक्रमितको संखया ३८ हजार ३८४ रहेको छ ।   ...
अत्यावश्यक वस्तुको आपूर्तिमा बन्द/हडताल गर्न पाइँदैन

अत्यावश्यक वस्तुको आपूर्तिमा बन्द/हडताल गर्न पाइँदैन

आर्थिक, समाचार
 मुलुकमा बन्द/हडताल वा कुनै विपत्ति आएर ढुवानी प्रभावित भए नेपाल आयल निगमको भण्डारण क्षमताले पेट्रोलियम पदार्थको माग कति दिनसम्म धान्ला ? आयल निगमका प्रवक्ता विनितमणि उपाध्याय भन्छन्, ‘मुलुकभर पेट्रोल ७ दिन र डिजेल १० दिनलाई मात्रै पुग्छ । कतिपय जिल्लामा त एक दिनलाई पनि पुग्दैन ।’ भलबारी, धनगढी, नेपालगन्ज, दाङ, सुर्खेतलगायत स्थानमा एक दिनलाई पनि पुग्दैन । विराटनगरमा डेढ दिन, उपत्यकाको हकमा ९ दिनलाई मात्रै पुग्ने भण्डारण क्षमता रहेको उपाध्यायले बताए । यो अवस्था बर्सौँ अघि देखिको हो । भारतले २०७३ मा अघोषित नाकाबन्दी गरी इन्धन हाहाकार भएपछि भण्डारण तथा मौज्दातको संयन्त्र र संरचना खडा गर्ने बताइए पनि त्यतिकै सेलायो । पछिल्लो समय निगमले पोखरामा डिजेल ट्याङ्की, विभिन्न डिपोमा रहेका मट्टितेल ट्याङ्कीमा पेट्रोल भण्डारण गर्ने प्रक्रिया थालेको छ । अमलेखगन्जमा ४/४ हजार किलोलिटर , विराटन...
“नाच्ने हो छमछमी”भन्दै आईन गायिका सरु गौतम(भिडियो)

“नाच्ने हो छमछमी”भन्दै आईन गायिका सरु गौतम(भिडियो)

मनोरन्जन, समाचार
गायिका सरु गौतम र आरसी सापकोटाको स्वरमा “नाच्ने हो छमछमी” बोलको तिज गित सार्वजनिक भएको छ । तारा पराजुलीको शव्द रचना रहेको गीत आरसि सापकोटा युट्यब च्यानलबाट सार्वजनिक भएको हो । भिम बिसीको संगित रहेको गीतलाई नरेन्द्र वियोगीले एरेन्ज गरेका हुन भने वेभ स्टुडियोमा रेर्कडिङ्ग गरिएको हो । https://www.youtube.com/watch?v=lStt9n1JDvo भिडियोमा चर्चित गायिका सरु गौतम स्यवंलाई देख्न सकिन्छ भने मोडलहरु काजिश श्रेष्ठ,मेक्सम खाती,बिना राउत, सोनिया महत लगायतको आकर्षक नृत्य रहेको छ ।अर्जुन तिवारीको छायांकन रहेको भिडियोलाई काजिस श्रेष्ठले नै निर्देशन गरेका छन भने सम्पादन दिपक विष्टको रहेको छ । ...
निर्वाचन आयोगले नेकपा (एकीकृत समाजवादी)लाई राजनीतिक दलको मान्यता प्रदान

निर्वाचन आयोगले नेकपा (एकीकृत समाजवादी)लाई राजनीतिक दलको मान्यता प्रदान

राजनीति, समाचार
निर्वाचन आयोगले नेकपा (एकीकृत समाजवादी)लाई राजनीतिक दलको मान्यता प्रदान गरेको छ। आयोगको आजको बैठकले माधव नेपालको अध्यक्षतामा रहेको नेकपा (एकीकृत समाजवादी) र लोकतान्त्रिक समाजवादी पार्टीलाई दलको मान्यता प्रदान गर्दै प्रमाणपत्र दिएको आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले जानकारी दिए। आयोगका सचिव सुरेश अधिकारीले नेकपा (एकीकृत समाजवादी)का नेता राजेन्द्रप्रसाद पाण्डे र लोकतान्त्रिक समाजवादी पार्टी नेपालका नेता केशव झालाई दल दर्ताको प्रमाणपत्र प्रदान गरेका हुन। नेकपा (एमाले)बाट विद्रोह गरी अलग राजनीतिक दलका लागि ५६ केन्द्रीय सदस्य र ३० सांसदले आयोगमा सशरीर उपस्थित भई नयाँ दलका पक्षमा सनाखत गरेका हुन्। राजनीतिक दलसम्बन्धी अध्यादेशका आधारमा दलका केन्द्रीय सदस्य र सांसदलाई आवश्यक कागजातसहित बिहान ११ः३० देखि दिउँसो २ बजेसम्म सनाखतका लागि बोलाएको थियो। दल दर्ताका लागि निवेदन दिँदाका बेला...
भदौ १० गते  बिहीवारको राशिफल

भदौ १० गते बिहीवारको राशिफल

राशिफल, समाचार
मेष(चू,चे,चो,ला,लि,लू,ले,लो,अ) समय राम्रो रहेकोले विदेशी सामानको आयात निर्यात गरी व्यापार विस्तार गर्न सकिनेछ । विदेशी नियोग तथा विदेशी लगानीबाट सञ्चालित सस्थामा काम पाउने योग रहेकोछ । बिद्यार्थीहरुका लागी अध्ययनकै सवालमा यात्रा गर्ने अवसर जुर्नेछ । तरपनि काम गर्दा ध्यान पुर्र्वक गर्नुहोला काम विग्रने र जरिवाना तिर्नु पर्ने हुन सक्छ । वृष(ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) अध्ययन तथा अनुशन्धानमा ध्यान केन्द्रित हुँदा उत्कृष्ट नजिता हात पार्न सकिनेछ । प्रविधिको उच्चतम् प्रयोग गरी रचानात्मक कार्य गर्न सकिनेछ । पैत्रिक धनको प्रयोग मार्फत व्यावसाय गरी रोजगारिका अवसर सिर्जना गर्न सकिनेछ । प्रेममा सामिप्यता बढेर जानेछ भने जीवन साथिको सहयोगले राम्रा काम गर्न सकिनेछ । जमघटमा मिष्ठान्न भोजन ग्रहण गर्न सकिनेछ । मिथुन(का,की,कू,घ,ङ,छ,के,को,हा) समाजमा नेतृत्वदायी भुमिकामा बसेर काम गर्न स...
माधब नेपाल बिनाको एकता नाटक हो

माधब नेपाल बिनाको एकता नाटक हो

राजनीति, समाचार
-डा.डिआर उपाध्याय, एमाले बिधिवत रुपमा विभाजन भएको छ । माधब नेपालको नेतृत्वमा नेकपा एकीकृत समाजवादी नामको नयाँ दल खुलेको छ । एमालेबाट माधब नेपाल बाहिरे लगत्तै केपी ओलीलाई ठूलो झट्का लागेको छ । यही झड्का नै अन्तिम भने हुनेछैन । किनकि, गण्डकी र लुम्बिनीका प्रदेश सरकार ढलेका छन । प्रदेश एकको सरकार ढल्ने पनि ढल्ने देखिन्छ । अष्टलक्ष्मी शाक्यले पनि माधबको साथ छोडेकी हुनाले बागमतीको सरकार पनि फेरि ढल्ने सम्भावना छ । ओलीले एकताको बल्छी पटक पटक फाले तर माधब नेपाल त्यो बल्छीमा परेनन् । बरु आफनै नेतृत्वमा नयाँ दल खोलेर ठूलो साहस देखाएका छन । माधव नेपाल–झलनाथ खनाल जस्ता बरिष्ठ नेताहरुले एमालेबाट बिद्रोह गरेर नयाँ दल खोले तर यो दलको भविश्य के हुन्छ त्यो त भबिश्यले देखाउला । माधव नेपाल–झलनाथ खनालले ओलीलाई पूर्णतया तिरस्कार गर्नु नै थियो गरेरै छोडे । ओलीले एकलौटी ढंगले पार्टी हाँक्न खोज्नुको परिणा...
ग्लोकल टीन हिरो नेपालमा उत्कृष्ठ ६ प्रतिस्पर्धीको घोषणा

ग्लोकल टीन हिरो नेपालमा उत्कृष्ठ ६ प्रतिस्पर्धीको घोषणा

मनोरन्जन, समाचार
वाईवाई ग्लोकल टिन हिरो २०२१ का अन्तिम ६ प्रतिस्पर्धीको नाम घोषणा भएको छ । देश भरका किशोर किशोरीहरूबाट परेको कुल ६११ आवेदनबाट अन्तिम ६ प्रतिस्पर्धीको नाम घोषणा भएको हो । किशोर किशोरीहरूमा भएको प्रेरणा र उत्साहलाई प्रस्फुटन गरी उनीहरुले समाजमा गरेको प्रभावकारी कार्यलाई कदर र अरु माझ चिनाउने कार्यक्रम ‘वाईवाई ग्लोकल टिन हिरो नेपालको यो सातौं संस्करण हो । यस वर्ष १ सेप्टेम्बर २०२१ मा अनलाइन अवार्ड कार्यक्रम र सम्मेलन मार्फत वाईवाई ग्लोकल टिन हिरो नेपाल विजेताको नाम घोषणा गरिने आयोजकले जनाएको छ । किशोर किशोरीहरु समाजसेवा, बालअधिकार, खेलकुद, कृषि, मिडिया, पत्रकारिता, विज्ञान, प्रविधि र उद्यमशीलता, वाताबरण संरक्षणजस्ता विविध क्षेत्रमा काम गरेर सकारात्मक सन्देश प्रवाह गरिरहेका छन । वाईवाई ग्लोकल टिन हिरोका अन्तिम ६ प्रतिस्पर्धीहरुमा अनुराग चापागाईं, दीपक सुतिहार, खुस्बु भण्डारी, नेहा गुरुङ,...
मिस्टर एण्ड मिस एसईइ,२०२१ को उपाधी अनुपम र जेनिशाको हातमा

मिस्टर एण्ड मिस एसईइ,२०२१ को उपाधी अनुपम र जेनिशाको हातमा

मनोरन्जन, समाचार
काठमाडौँ — भाद्र ९, २०७८। फेसन ईराको ब्यानरमा संचालन भएको मिष्टर एण्ड मिस एसईइ २०२१ को फाइनल प्रतिस्पर्धामा अनुपम न्यौपाने र जेनिशा तामाङ विजेताका रुपमा चयन भएका छन् । मिष्टर तर्फ उपाधि विजेता अनुपम ट्यालेन्ट विधामा पनि उत्कृष्ट ठहरिए भने मिसतर्फकी उपाधि विजेता जेनिशाले वेष्ट फिगर विधामा आफूलाई अब्बल देखाइन् । प्रतियोगितामा भिअर च्वाइस, वेष्ट वाक र पर्फमेन्स अफ द डे विधा सहित गोरे तामाङ पुरुषतर्फ फस्ट रनर अप भए भने ब्युटी विथ ब्रेन विधाको अवार्ड सहित एलिजा राउत महिलातर्फ फस्ट रनर अप बनिन् । प्रतियोगितामा एलिगेन्स र वेष्ट ड्रेसको अवार्ड सहित ईस्पा महर्जन तथा वेष्ट ड्रेस र मोस्ट पपुलर विधाको अवार्ड सहित सुवास बोहोरा सेकेन्ड रनर अप बन्न सफल भएका थिए । यसैगरी मोस्ट पपुलर र भिअर च्वाइस सहित जुना मोक्तान र मल्टिमिडिया अवार्ड सहित विशाल तामाङ अर्गनाइजर च्वाइस अवार्डको हकदार बनेका थिए । आर्शु महर...
उपत्यकाको फोहोर व्यवस्थापनमा  समस्या आउन थालेपछि मेयरले लेखे प्रम देउवालाई पत्र

उपत्यकाको फोहोर व्यवस्थापनमा समस्या आउन थालेपछि मेयरले लेखे प्रम देउवालाई पत्र

समाचार, समाज
काठमाडौंको फोहोर व्यवस्थापनमा दैनिकजसो समस्या आउन थालेपछि काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले मंगलबार बञ्चरेडाँडा ल्यान्डफिल साइट र सो साइटसम्म पुग्ने बाटो तत्काल बनाउन प्रधानमन्त्री शेरबहादुर देउवालाई पत्र पठाउनुभएको छ । शहरी विकास विभाग, सडक विभाग र सरोकारवाला निकायसँग पटक पटक कुरााकानी गर्दा समेत समस्या समाधान हुन नसकेपछि प्रधानमन्त्री देउवाकै ध्यानाकर्षण गराउन मेयर शाक्यले पत्र पठाउनुभएको हो । पत्रमा लेखिएको छ , वञ्चरेडाँडा ल्यान्डफिल साइट हालसम्म पनि निर्माण सम्पन्न नभएको र सो साइटमा जाने बाटोसमेत निर्माण हुन नसकेको कारण उपत्यकाको फोहोरमैला व्यवस्थापनमा तत्काल ल्यान्डफिल साइट र बाटो निर्माण सम्पन्न गरी उपत्यकाकको फोहोरमैला व्यवस्थापन सहजताकासाथ आवश्यक कारबाही अगाडि बढाउन अनुरोध गर्दछु । मेयर शाक्यले भन्नुभयो, ‘उपत्यकाको फोहोर व्यवस्थापनमा दैनिकजसो समस्या आउन था...
निर्वाचन आयोगले माधव नेपाल र महन्थ ठाकुरको दल आज दर्ता गर्ने

निर्वाचन आयोगले माधव नेपाल र महन्थ ठाकुरको दल आज दर्ता गर्ने

राजनीति, समाचार
निर्वाचन आयोगले माधव नेपाल र महन्थ ठाकुरको दल आज बुधबार दर्ता गर्ने तयारी गरेको छ । नयाँ दल दर्ताका लागि निवेदन दिएका नेपालको दल ‘नेकपा एकीकृत समाजवादी’ र ठाकुरको दल ‘लोकतान्त्रिक समाजवादी पार्टी’लाई आवश्यक प्रक्रिया पु¥याएर आयोगले बुधबार नै दर्ता गर्ने तयारी गरेको हो । निर्वाचन आयोग उच्च स्रोतका अनुसार आयोगले सनाखतसहित आवश्यक सबै प्रक्रिया बुधबार नै पु¥याउने र दल दर्ताको निर्णय गर्ने भएको हो । ‘आयोग सचिवालयले दल दर्ताको काम अगाडि बढाइसकेको छ, बुधबार सनाखत सक्छौंं र दर्ताको निर्णय पनि बुधबार नै गर्छौं,’ आयोग उच्च स्रोतले मंगलबार भन्यो । राजधानी दैनिकमा खबर छ । ...