आइत, मंसिर ७, २०८३
Sun, November 22, 2026
Shadow

समाचार

डा. हरि उप्रेतीको ‘निदरी’ सार्वजनिक(भिडियो)

डा. हरि उप्रेतीको ‘निदरी’ सार्वजनिक(भिडियो)

मनोरन्जन, समाचार
गायिका तृप्ति खड्का गुरुङको स्वर तथा सङ्गीतमा नयाँ गीत ‘निदरी’ को म्युजिक भिडियो सार्वजनिक भएको छ । लामो समयदेखि नेपाली आधुनिक तथा सुगम सङ्गीतमा सक्रिय तृप्तिले यस गीतमार्फत फेरि एकपटक आफ्नै मौलिक सिर्जनात्मक पहिचान प्रस्तुत गर्नुभएको छ । गीतमा उहाँलाई चर्चित गायक राज सिग्देलले स्वरमा साथ दिनुभएको छ । ‘निदरी’ले मायाप्रेमको कोमल अनुभूति, वियोगको पीडा , जीवन र आदर्श बोकेको छ ।  शब्द, सङ्गीत र स्वरको संयोजनले श्रोतालाई भावुक बनाउने शैलीमा गीत तयार गरिएको छ । भिडियोमा मोडल विजय गुरुङ र सामिया कार्कीको जीवन्त अभिनय देख्न सकिन्छ । भिडियोको निर्देशन स्वयं मोडल गुरुङ्गले गर्नुभएको हो, जसले उहाँको बहुआयामिक कलात्मक क्षमता उजागर गरेको छ । गीतका शब्द तथा रचना डा. हरि उप्रेतीको रहेको छ । अन्तर्राष्ट्रिय गीतकार संघ, अमेरिकाका अध्यक्ष तथा चर्चित गीतकार डा. हरि उप्रेती नेपाली गीत संगीत र साहि...
डा. भोला रिजालको गीत ‘अन्धकार पन्छाएर’(भिडियो)

डा. भोला रिजालको गीत ‘अन्धकार पन्छाएर’(भिडियो)

मनोरन्जन, समाचार
काठमाडौं । प्रतिष्ठित स्त्रीरोग विशेषज्ञ डा. भोला रिजालको शब्दरचना रहेको राष्ट्रिय भावले ओतप्रोत गीत ‘अन्धाकार पन्छाएर’ श्रोता÷दर्शकमाझ आएको छ । शिव परियारको स्वर, शंकर थापा स्माइलको संगीत रहेको गीतको भिडियो सार्वजनिक भएको हो । वीरेन्द्र भाट ‘विपिन’को निर्देशन रहेको गीतको भिडियोमा वरिष्ठ कलाकार रमेश बुढाथोकी, डा. नवीन यादव, विष्णु रोक्का, जयन्त रेग्मी, सुशील श्रेष्ठ लगायतको अभिनय छ । सरला रिजालको प्रस्तुति रहेको भिडियोलाई महेश महाराले छायांकन गर्नुभएको हो भने सम्पादन वीरेन्द्रकै रहेको छ । देशको बर्तमान परिस्थितिलाई मध्यनजर गर्दै सार्वजनि भएको गीत निकै शसक्त जागरण गीत रहेको छ । वल्र्डकभर मिडियाको पोष्ट प्रोडक्सनमा निर्माण भएको गीतको भिडियो बिआर प्रोडक्सनमार्फत श्रोता/दर्शकमाझ आएके हो । हामीहरू फुटेर होइन जुटेर अघि बढौ भन्ने धारणाले यो राष्ट्रभावको गीत श्रोता÷दर्शकमाझ ल्याएको डा. र...
‘हाँसिदेउन’ गीतले सबैको खिच्यो ध्यान, चर्चामा गायक चेतन राई

‘हाँसिदेउन’ गीतले सबैको खिच्यो ध्यान, चर्चामा गायक चेतन राई

मनोरन्जन, समाचार
काठमाडौं । गायक तथा संगीतकार चेतन राई अहिले आफ्नो नयाँ गीत ‘हाँसिदेउन’ को कारण चर्चा र प्रशंसाको केन्द्रमा छन्। संगीत प्रेमीहरू र डिजिटल मञ्चमा यो गीतले अत्यधिक मनपर्दो प्रतिक्रिया पाएको छ। गीतमा लोकराज अधिकारीको शब्द, सविर कार्कीको संगीत संयोजन, र चेतन राईको निर्देशन रहेको छ। भिडियोलाई सविन तिमल्सिनाको छायांकन र राज धामीको सम्पादन तथा रंग संयोजनले थप आकर्षक बनाएको छ। भिडियोमा सुजन सुवेदी र ज्योति खड्का को अभिनयले प्रेम र भावनाको जीवन्त प्रस्तुति दिएको छ। चेतनले आफ्नै संगीत र निर्देशन क्षमता प्रदर्शन गर्दै गीतलाई सम्पूर्ण रूपमा आफ्नो कलात्मक छाप दिएका छन्। https://www.youtube.com/watch?v=Tc_jfnROkOA चेतन राईले बताएअनुसार, ‘हाँसिदेउन’ गीत युवा दर्शक र संगीतप्रेमीको मन जित्न सफल भएको छ। यस गीतको सरल तर प्रभावकारी भावनात्मक प्रस्तुति, अभिनय र संगीत संयोजनले सबैको ध्यान खिचेको छ...
नृत्यदेखि नीति निर्माणसम्म: महेश्वर सुनार प्रलोपा समानुपातिक उम्मेदवार, क्रम संख्या २

नृत्यदेखि नीति निर्माणसम्म: महेश्वर सुनार प्रलोपा समानुपातिक उम्मेदवार, क्रम संख्या २

राजनीति, समाचार
पोखरा/कास्की । नेपाली नृत्य क्षेत्रका प्रतिष्ठित व्यक्तित्व, आध्यात्मिक साधक तथा सामाजिक अभियन्ता महेश्वर सुनार आगामी निर्वाचनका लागि प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा) को तर्फबाट समानुपातिक उम्मेदवार सिफारिस हुनुभएको छ। पार्टीले उहाँलाई बन्द सूचीको क्रम संख्या २ मा राख्दै प्राथमिकताका साथ अघि सारेको हो। पछिल्ला तीन दशकभन्दा बढी समयदेखि नेपाली नृत्य क्षेत्रमा सक्रिय सुनार सन् १९९९ मा भारतीय चर्चित रियालिटी शो ‘बुगी उगी’ का विजेता बनेर अन्तर्राष्ट्रिय स्तरमै नेपाली प्रतिभाको पहिचान स्थापित गर्न सफल हुनुभएको थियो। त्यसपछि नेपालमा प्रसारित लोकप्रिय टेलिभिजन कार्यक्रम ‘छमछमी’ को सिजन १ देखि ४ सम्म मुख्य निर्णायकको रूपमा रहेर नेपाली नृत्यलाई व्यावसायिक र संस्थागत दिशातर्फ डोर्‍याउन उहाँको योगदान उल्लेखनीय मानिन्छ। बज्रयोगिनी डान्स एण्ड म्यूजिक एकेडेमीका संस्थापक निर्देशक सुनारले ‘एस...
संगीतबाट अदालतसम्म : डिजे युवाको दशक लामो संघर्ष र न्यायको फैसला

संगीतबाट अदालतसम्म : डिजे युवाको दशक लामो संघर्ष र न्यायको फैसला

मनोरन्जन, समाचार
काठमाडौं ।  कुनै समय नेपालको सांगीतिक क्षेत्रमा तहल्का मचाएका चर्चित डिजे युवराज भण्डारी अर्थात “डिजे युवा” पुनः चर्चाको केन्द्रमा आएका छन् ,  तर यसपटक संगीत होइन, एक दशक लामो पीडादायी कानुनी संघर्षमा पाएको ऐतिहासिक जितका कारण। कुनै समय नेपालको सांगीतिक क्षेत्रमा डिजे संस्कृतिलाई नयाँ उचाइमा पुर्‍याउने नाम थियो, युवराज भण्डारी, अर्थात् ‘डिजे युवा’। आकर्षक गेटअप, फरक स्टाइल र ऊर्जाशील प्रस्तुतीका कारण उनले नेपालमा मात्रै होइन, विदेशमा समेत डिजेयिङमार्फत लोकप्रियता कमाए। म्युजिक भिडियोहरूमा उनको अभिनय र व्यक्तित्वले थुप्रै युवायुवतीलाई आकर्षित गर्‍यो। करिब एक दशकसम्म उनी संगीत र डिजे क्षेत्रमा राज गरिरहेका थिए। तर जीवन सधैं एउटै लयमा नचल्दो रहेछ। नेपालमा डिजे संस्कृतिको प्रारम्भिक चरणमै आफ्नो फरक शैली, आकर्षक गेटअप र संगीतप्रतिको मोहका कारण अपार लोकप्रियता कमाएका डिजे ...
नेपाल पुलिस क्लबमा ‘लिटल च्याम्पियन्स नेपाल–सिजन २’ को ऐतिहासिक ग्रान्ड फिनाले

नेपाल पुलिस क्लबमा ‘लिटल च्याम्पियन्स नेपाल–सिजन २’ को ऐतिहासिक ग्रान्ड फिनाले

मनोरन्जन, समाचार
काठमाडौं — नेपालकै एकमात्र चर्चित बाल गायन तथा नृत्य प्रतियोगिता ‘लिटल च्याम्पियन्स नेपाल–सिजन २’ को भव्य ग्रान्ड फिनाले हिजो पौष २९ गते काठमाडौंस्थित नेपाल पुलिस क्लबको सभाहलमा अत्यन्तै भव्य र सफल रूपमा सम्पन्न भएको छ। बालबालिकामा लुकेका प्रतिभा उजागर गर्ने उद्देश्यसहित आयोजना गरिएको उक्त कार्यक्रममा दर्शक, अभिभावक तथा विशिष्ट अतिथिहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। ब्ल्याक बर्ड इन्टरटेनमेन्ट प्रा.लि. को आयोजनामा सम्पन्न प्रतियोगिताको समग्र नेतृत्व तथा कार्यक्रम निर्देशन संस्थाकी म्यानेजिङ डाइरेक्टर तथा इभेन्ट डाइरेक्टर सबिना श्रेष्ठले गर्नु भएको थियो। उत्कृष्ट व्यवस्थापन, अनुशासित कार्यक्रम सञ्चालन र गुणस्तरीय प्रस्तुतीका कारण यस सिजनको ग्रान्ड फिनाले अत्यन्तै प्रभावशाली बनेको भन्दै उपस्थित सबैले खुलेर प्रशंसा गरेका थिए। कार्यक्रमको होस्टिङ लोकप्रिय तथा ऊर्जावान प...
युवा व्यवसायी सुदन ज्ञवालीको रुपन्देही–२ मा राजनीतिक दाबी

युवा व्यवसायी सुदन ज्ञवालीको रुपन्देही–२ मा राजनीतिक दाबी

राजनीति, समाचार
रुपन्देही – युवा व्यवसायी तथा वैकल्पिक राजनीतिक अभियन्ता सुदन ज्ञवालीले आगामी प्रतिनिधिसभा निर्वाचनमा रुपन्देही क्षेत्र नम्बर २ बाट उम्मेदवारी दिने तयारी थालेका छन्। लामो समयदेखि वैकल्पिक राजनीतिमा सक्रिय रहँदै आएका ज्ञवालीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)बाट उम्मेदवारी दिने गरी आन्तरिक तयारी अघि बढाएका हुन्। ज्ञवाली यसअघि नयाँ शक्ति पार्टी र विवेकशील साझा पार्टी हुँदै हाल रास्वपामा आबद्ध नेता हुन्। दशकभन्दा बढी समयदेखि परम्परागत राजनीतिभन्दा फरक धारको वकालत गर्दै आएका उनले आफ्नो उम्मेदवारी आकस्मिक नभई निरन्तर संघर्ष र राजनीतिक यात्राको स्वाभाविक निष्कर्ष भएको बताएका छन्।‘यो कुनै एक दिनको निर्णय होइन, वैकल्पिक शक्ति निर्माणका लागि वर्षौँदेखि गरिएको त्याग र संघर्षको परिणाम हो,’ उनले उम्मेदवारीबारे प्रतिक्रिया दिएका छन्। बुटवललाई कर्मथलो बनाएका ज्ञवाली एक स्थापित युवा व्यवसायीसम...
‘चिया भवन’ ले थप्यो नयाँ बानेश्वरको चिया संस्कृति

‘चिया भवन’ ले थप्यो नयाँ बानेश्वरको चिया संस्कृति

आर्थिक, समाचार
काठमाडौँ — व्यस्त दैनिकीका बीच केही समय निकालेर तातो–तातो, स्वादिलो चियासँगै सान्त्वनादायी वातावरणमा आराम गर्न चाहनेहरूका लागि नयाँ बानेश्वर (बुद्धनगर) मा ‘चिया भवन’ उत्कृष्ट गन्तव्यका रूपमा सञ्चालनमा आएको छ। कान्तिपुर इन्टरनेशनल कलेजको मुख्य प्रवेशद्वार अगाडि अवस्थित यस क्याफेले छोटो समयमै चियाप्रेमी तथा खानाका सौखिनहरूको ध्यान आकर्षित गर्न सफल भएको छ। चिया भवनले गुणस्तर, स्वाद र सेवामा विशेष ध्यान दिँदै विभिन्न प्रकारका ताजा र स्वादिलो चिया उपलब्ध गराउँदै आएको छ। बिहानदेखि बेलुकासम्म ग्राहकको आवश्यकता अनुसार खाजा तथा स्न्याक्सको व्यवस्था गरिएको छ, जसले विद्यार्थी, कार्यालयकर्मी तथा स्थानीय बासिन्दालाई सहज विकल्प प्रदान गरेको छ। यस क्याफेको विशेष आकर्षणका रूपमा प्रस्तुत गरिएको स्पेशल बिरयानी ले ग्राहकहरूबाट अत्यन्त सकारात्मक प्रतिक्रिया पाएको छ। स्वाद, परिकारको गुणस्तर र प्रस्तुतिक...
तबलाबाट समाजसेवासम्मः पं. डा. निशिको च्यारिटी म्यूजिक कन्सर्ट

तबलाबाट समाजसेवासम्मः पं. डा. निशिको च्यारिटी म्यूजिक कन्सर्ट

मनोरन्जन, समाचार
काठमाडौं, विश्वप्रसिद्ध तबला वादक पं. डा. निशिकान्त सोनवलकरको अगुवाईमा आयोजित ‘च्यारिटी म्यूजिक कन्सर्ट शो’ कार्यक्रम काठमाडौंको होटल टिबेट कन्फरेन्स रूममा भव्य रूपमा सम्पन्न भएको छ। कार्यक्रममा सन्तुरमा युवा कलाकार युवान तोडी, सितारमा इश्वरि खड्का, र तानपुरामा दिनेश खड्काले समागम गरिरहेका थिए। कार्यक्रममा करिब ७५ भन्दा बढी सहभागीहरू उपस्थित थिए। दर्शकहरूले पं. सोनवलकरद्वारा प्रस्तुत उत्तर भारतीय शास्त्रीय तबला एकल प्रस्तुतिको सजीव अनुभव लिएका थिए। उनी द्वारा प्रस्तुत १६ ताल टीन्तालमा आधारित तबला प्रस्तुतिले संगीतको माधुर्य प्रस्तुत गर्नुका साथै शास्त्रीय लय, ताल संरचना र रचनात्मकताका जटिल पक्षहरूलाई व्याख्या गर्दै व्याख्यान प्रस्तुति शैलीमा दर्शक सामु प्रस्ट पारेको थियो। तबलाको प्रस्तुति पश्चात्, जुगलबन्दी  कार्यक्रम भएको थियो, जहाँ युवान तोडीले सन्तुर प्रस्तुत गरे, उ...
‘मिस्टर एण्ड मिस लभिस’ को फाइनल भव्य रुपमा सम्पन्न

‘मिस्टर एण्ड मिस लभिस’ को फाइनल भव्य रुपमा सम्पन्न

मनोरन्जन, समाचार
काठमाडौँ — फेसन, प्रतिभा र व्यक्तित्वको संगमका रूपमा आयोजना गरिएको ‘मिस्टर एण्ड मिस लभिस फाइनल’ प्रतियोगिता भव्य रूपमा सम्पन्न भएको छ। प्रतियोगितामा विभिन्न उमेर समूहका प्रतिस्पर्धीहरूले उत्कृष्ट प्रस्तुति दिँदै आ–आफ्नो विधामा उपाधि हासिल गरेका छन्। प्रतियोगिताअन्तर्गत टिन गर्ल्स विधामा बेला महर्जन विजेता घोषित हुनुभएको छ। त्यसैगरी जुनियर गर्ल्स विधामा विक्टोरिया शाही ले प्रथम स्थान हासिल गर्न सफल हुनुभयो। बोयस विधातर्फ सन्दीप भण्डारी ले उत्कृष्ट प्रदर्शन गर्दै विजेताको उपाधि हात पार्नुभएको छ। यसैगरी, सिनियर गर्ल्स विधामा नाओमी कुमाल ले प्रथम उपविजेता (First Runner-up) को उपाधि प्राप्त गर्नुभएको छ भने जुनियर गर्ल्स विधामा प्राप्ति बास्तोला प्रथम उपविजेता घोषित हुनुभयो। त्यस्तै, सिनियर गर्ल्स विधामा सैना बराल दोस्रो उपविजेता (Second Runner-up) बन्न सफल हुनुभयो भने जुनियर गर्ल्स वि...