चेतन राईको ‘मेरो देश नेपाल’ गीत सार्वजनिक(भिडियो)
काठमाडौँ — नेपाली मौलिक संगीत, साहित्य र संस्कृतिको प्रवर्द्धन गर्ने उद्देश्यसहित ‘मेरो देश नेपाल’ गीत तथा भिडियो सार्वजनिक गरिएको छ। विशिष्ट व्यक्तित्वहरूको उल्लेखनीय उपस्थितिमा सम्पन्न कार्यक्रममा संगीतप्रेमी, साहित्यकार तथा कलाकारहरूको बाक्लो सहभागिता रहेको थियो।
कार्यक्रमका प्रमुख अतिथि पूर्व उपसचिव तथा भाषा आयोगका सदस्य एवम् साहित्यकार उषा हमाल रहनुभएको थियो। त्यसैगरी, किर्तिमानी संगीतकार सन्तोष श्रेष्ठ कार्यक्रमका विशिष्ट अतिथि का रूपमा सहभागी हुनुहुन्थ्यो।
कार्यक्रममा नेपाल संगीत कल्याण कोषका अध्यक्ष, गायक तथा संगीतकार रमेश पाठक, राप्ति समाजकाअध्यक्ष, गायक तथा संगीतकार गोविन्द मधुर आचार्यको विशेष उपस्थिति रहेको थियो। साथै, निर्देशक तथा कोरियोग्राफर कृष्ण रसालको पनि सहभागिता रहेको थियो।
सार्वजनिक गरिएको गीतमा चेतन राई को स्वर तथा संगीत रहेको छ। गीतका शब्द राजाराम पौडे...









