कम्युनिस्ट पार्टीबीच एकीकरण भए बहुमत आउला ?
-डा.डिआर उपाध्याय,
काठमाडौं । फेरी नेपालका कम्युनिस्ट पार्टी एकीकरण हुने हल्ला चलेको छ । बास्तबिकता के हो बिस्तारै खुल्दै जाला । पार्टीहरु फुटनु भन्दा जुटनु नै राम्रो हो तर स्वार्थका लागी पार्टी जुटे पनि फेरी फुटने खतरा छ । नेपालका कम्युनिष्ट पार्टी धेरै पटक फुटे धेरै पटक जुटे । कम्युनिष्टहरु फुटने र जुटने श्रृखला लामो छ । कम्युनिष्टहरु एक आपसमा मिल्न सक्दैनन् । सबै भन्दा ठूलो समस्या यो हो । नेपालका सबै कम्युनिष्टहरु मिलेर एउटै पार्टी बनाउने हो भने दुई तिहाइ भन्दा धेरै जनमत छ । यो कुरालाई सबैले स्वीकार्न सक्नु पर्छ । कम्युनिष्ट नेताहरुमा शव्द जाल फाल्ने क्षमता छ । त्यो क्षमताले कार्यकर्ताहरु अडिएका छन ।
पार्टी भित्र आफना कार्यकर्ताहरु अडाउन भए पनि दर्शन र शिद्धान्तका कुरा बढी मात्रमा हुने गर्दछन । यति बेला संचारमाध्यममा नेपालका कम्युनिस्ट पार्टी मिल्ने चर्चाले राम्रै ठाउँ लिएको छ । ...




