जनतालाई झुक्याउने दिन गए
-डा.डी.आर.उपाध्याय खनाल,
अब राजनीतिक दलका नेताहरु सच्चिनु पर्छ । लोकतन्त्र बचाउने भनेको दलहरुले हो । दलहरु नमिले सम्म लोकतन्त्र बलियो हुदैन । लोकतन्त्र बलियो बनाउन पनि दलहरु मिल्नु पर्छ । आज देशमा राजनीतिक अबस्था त्यति राम्रो ढंगले चलेको छैन । जनता धेरै निराश अबस्थामा छन । राजनीतिक दलहरुले जनतालाई भ्रममा पारिरहेका छन । अब जनता सचेत हुनु पर्छ आज जनताको चेतनास्तरमा निकै वृद्धि भइसकेको छ ।
अहिलेका जनता मुलुक हाँक्ने भएका छन । अब हुने चुनाव मा जनताले आफै फैसला गर्छन । अब मतदाता सचेत हुनु पर्ने आबश्यकता देखिएको छ । अब जनतालाई सचेत र सजग बनाउनु पर्ने बेला आएको छ । राजनीतिक दलहरुले ले मुलुक बनाउने चिन्ता पटक्कै गरेनन् । भर्खरै सम्पन्न स्थानीय तह निर्वाचनबाट पाठ सिकेर दलहरु अघि बढनु पर्छ । दल र तिनका नेताहरुले सधैँ नेपाली जनतालाई सोझो सम्झँदै आएका छन् । नेताहरूका भ्रष्ट प्रवृत्तिका बिरुद्ध ...






