आइत, मंसिर ७, २०८३
Sun, November 22, 2026
Shadow

मनोरन्जन

विश्व कीर्तिमानी गीतकार डा. उपाध्यायलाई भारतमा‘दादा साहेव फाल्के’अवार्ड

विश्व कीर्तिमानी गीतकार डा. उपाध्यायलाई भारतमा‘दादा साहेव फाल्के’अवार्ड

मनोरन्जन, समाचार
विश्व कीर्तिमानी गीतकार तथा उपन्यासका डा. डीआर उपाध्यायलाई भारतको प्रतिष्ठित अवार्ड दादा साहेव फाल्के अवार्ड २०२२ प्रदान गरिएको छ । आइतबार मुम्बईमा भएको एक विशेष समारोहमा डा. उपाध्यायलाई यो अवार्ड अर्पण गरिएको हो । भारतमा दादा साहेव फाल्के अवार्ड एउटा भारतको केन्द्रीय सरकारले प्रदान गर्दै आएको छ भने अर्को श्री दादा साहेव फाल्के इन्टरनेशनल अवार्ड फिल्म फाउण्डेशन र श्रीडिएसपी फिल्म प्रोडक्सनले प्रदान गर्दै आएको छ । डा. उपाध्यायलाई फिल्म फाउण्डेशनले अवार्ड प्रदान गरेको हो । भारतले प्रदान गर्ने यो अवार्ड जति प्रतिष्ठित मानिन्छ त्यति नै फाउण्डेशनले प्रदान गर्ने अवार्डलाई मानिन्छ । डा. उपाध्यायले सो अवसरमा आफूलाई अवार्ड प्रदान गरिएकोमा आयोजकलाई धन्यवाद दिँदै छोटो मन्तव्य राख्नुभएको थियो । यो अवार्डले आफूलाई थप क्रियाशिल बनाउने उहाँले बताउनुभयो । डा. उपाध्यायका गीत-संगीत र साहित्यका विभ...
फेशन शो सहित ह्यापिनेस र्याफटिङ्ग फेस्टिवल आयोजना हुदै

फेशन शो सहित ह्यापिनेस र्याफटिङ्ग फेस्टिवल आयोजना हुदै

मनोरन्जन, समाचार
द ग्रुप फोर क्रियसन र गोर्खा वीच रिसोर्टको संयुक्त आयोजनामा  ह्यापिनेस र्याफटिङ्ग फेस्टिवलको आयोजना हुने भएको छ । र्याफटिङ्गका लागि लोकप्रिय रहेको कुरिनटारको गोर्खावीच रिसोर्टमा हुने उक्त कार्यक्रममा नेपाली लोक पहिचान झल्किने फेशन शो समेत हुने छ । नेपालका चर्चित डिजेका साथमा लोकप्रिय कलाकारहरुको आकर्षक प्रस्तुती रहने उक्त कार्यक्रममा उपस्थित हुनेले र्याफटिङ्गको मज्जा सहित गोर्खावीचमा खाने वस्ने समेतको सुविधा रहेको आयोजक द ग्रुप फोर क्रियसनका प्रबन्ध निर्देशक गणेश थापाले जानकारी दिए ।नेपाली कला संस्कृति, मौलिक पहिरन र सम्पदालाई कार्यक्रम मार्फत प्रवद्र्धन र विकासका निमित्त लागि पर्दै आएको संस्था द ग्रुप फोर क्रियसनले विगत १ दशक भन्दा लामो समयदेखि पर्यटन क्षेत्रका लागि समेत विविध कार्यक्रम समेटेर आर्थिक विकासमा योगदान दिदै आएको कार्यक्रमका व्यबस्थापक अविनाश पराजुलीले बताए ।कार्यक्रमलाई...
अस्मिताको स्वर तथा गीतकार ‘ममल’को ‘कहाँ राखु प्रिय’को भिडियो छायांकन सम्पन्न

अस्मिताको स्वर तथा गीतकार ‘ममल’को ‘कहाँ राखु प्रिय’को भिडियो छायांकन सम्पन्न

मनोरन्जन, समाचार
ललितपुर । गीतकार निर कमल खड्का(ममल) द्वारा रचित गीत ‘कहाँ राखु प्रिय’ बोलको गीतको भिडियो छायांकन सम्पन्न भएको छ । गायिका अस्मिता अधिकारीको स्वरवद्ध गीतको म्यूजिक भिडियो प्रमोद निर्वाणको एरेन्ज तथा संगीत रहेको गीत ललितपुरको गोदावरी गार्डेनमा छायांकन गरिएको हो । गोदावरीका आकर्षक हरियाली र मनमोहक दृश्यहरु कैद गरिएको भिडियोलाई छायांकार ओम प्रसाईले छायाँकन गरेका थिए । लोकप्रिय कलाकार तथा निर्देशक गोपाल ढकाल छन्देको निर्देशनमा तयार हुन लागेको भिडियोलाई नृत्य निर्देशक सन्दिप भुजेलले कोरियोग्राफी गरेका थिए भने कलाकारहरुमा मोडल सोनितराज ढुंगेल, मोडल डा.सलिन भित्रकोटी र अनिल नगरकोटी रहेका छन । पछिल्लो पटक म्यूजिक भिडियो निर्देशनमा समेत व्यस्त छन्देले हांस्य कलाकारको रुपमा चर्चित छन । अभि श्रेष्ठ प्रडक्सन म्यानेजर रहेको टिममा सौन्दर्यविद मनिषा जिसी तथा सृष्टि थापा मगरको श्रृंगार तथा ड्रेस डिज...
रामकृष्ण ढकालको स्वरमा गीतकार गोबिन्द कडेल आँसुको ‘ए माया गाजलु'(भिडियो)

रामकृष्ण ढकालको स्वरमा गीतकार गोबिन्द कडेल आँसुको ‘ए माया गाजलु'(भिडियो)

मनोरन्जन, समाचार
गीतकार गोबिन्द कडेल आँसुको नयाँ गीत ( ए माया गाजलु ) बोलको गीत बजारमा आएको छ । कथा , कवीता , खण्डकाव्य , गीत लेखन साथै उपन्यास सम्पादन गर्दै आउनु भयको आँसुले नेपाली साहित्य र सङ्गीतमा दुई दशक देखी कलम चलाउँदै आउँनु भएको छ । https://www.youtube.com/watch?v=yaTEpEQYcZQ अहिलेका चर्चित सङ्गीतकार दीपक शर्माको सङ्गीत वरिष्ठ गायक रामकृष्ण ढकालको स्वर रहेको उक्त गीतमा नायक आकाश श्रेष्ठ र अनुशा अधिकारीको अभिनय रहेको छ भने निकेश खड्काले भिडियो डाइरेक्सन गर्नुभएकोछ । सुरज अधिकारी निर्माता रहनु भएको उक्त गीतमा विष्णु पौड्यालको समेत सपोट रहेको छ ।रामकृष्ण ढकाल अफिसिएल युटुबच्यानलमा गीत राखीएको छ । ...
विश्व कीर्तिमानी गितकार डा. उपाध्यायले गरे सङ्गीत क्षेत्रमा पुन: विश्वमै नौलो काम

विश्व कीर्तिमानी गितकार डा. उपाध्यायले गरे सङ्गीत क्षेत्रमा पुन: विश्वमै नौलो काम

मनोरन्जन, समाचार
गीत-सङ्गीत र साहित्यका विभिन्न विधामा गिनिज बुक अफ वर्ल्ड रेकर्ड सहित १ सय १० विश्व रेकर्ड कायम गरिसकेका बहुआयामिक सर्जक डा. डी. आर. उपाध्यायले सङ्गीत क्षेत्रमा पुन: विश्वमै नौलो काम गरेका छन् l आज राजधानीमा आयोजित एक समारोहमा डा. उपाध्यायद्वारा रचित एवं विश्व कीर्तिमानी सङ्गीतकार सन्तोष श्रेष्ठद्वारा सङ्गीतवद्ध २५ वटा फरक फरक गीतको मेलोडी ( धुन ) २५ जना सङ्गीतकर्मीहरुले एकै थलोमा क्रमैसँग पालैपालो किबोर्डमा बजाएका छन् l यस प्रकारको प्रस्तुति विश्वमै नौलो र पहिलो भएको कुरा गीतकार डा. उपाध्यायले जानकारी गराए l कार्यक्रम राष्ट्रवादी गीतकार एवं गीतकार सङ्घ नेपालका पूर्व अध्यक्ष चूडामणि देवकोटाको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो l समारोहमा सन्तोष श्रेष्ठले ‘सन्तानको शिर उठाउन’, सागर अधिकारी `शरद´ ले ‘तिलिचो ताल’, देवेन्द्र नेवा:ले ‘तिम्रो एक झल्को नपाउँदा’, सूर्य दयालुले ‘स्वर्थी छ दुनि...
विश्व कीर्तिमानी गीतकार डा. उपाध्यायका फरक शैलीका १३ गीति कविता सार्वजनिक

विश्व कीर्तिमानी गीतकार डा. उपाध्यायका फरक शैलीका १३ गीति कविता सार्वजनिक

मनोरन्जन, समाचार
काठमाडौं । विश्व कीर्तिमानी गीतकार डा. डीआर उपाध्यायले आफ्ना फरक शैलीका १३ गीति कविता र एक पृथक् शैलीमा सिर्जना सार्वजनिक गर्नुभएको छ । शनिबार राजधानीमा एक पत्रकार सम्मेलन गर्दै डा. उपाध्यायले फरक शैलीका १३ गीति कविता र एक पृथक् शैलीमा सिर्जना सार्वजनिक गर्नुभएको हो । गिनिज बुक अफ वल्र्ड रेकर्डसहित विश्वका विभिन्न ११० विधामा यसअघि विश्व रेकर्ड कायम गर्नुभएका गीतकार तथा साहित्यकार उपाध्यायले शनिबार सार्वजनिक गर्नुभएको गीति कविता र फरक शैलीको सिर्जनालाई पनि विभिन्न विश्व रेकर्डमा समावेश गर्ने उद्देश्य रहेको बताउनुभयो । यसपटक उहाँले आफ्ना १५० ओटा गीत विश्वको नक्सा (ग्लोबल)मा सार्वजनिक गर्नुभएको हो भने फरक शैलीका १३ गीति कविता सार्वजनिक गर्नुभएको हो । उहाँले सार्वजनिक गरेका गीति कवितामा संसारभरका ११५ वटा सांगीतिक पत्रिकाको नाम समेटिएको, अन्तरिक्षमा पाइला टेकेका विश्वका अन्तरिक्ष या...
दुबईको समारोहमा नपुगेका विजेतालाई काठमाडौंमै  एसियन प्रोफेसनल अचिभमेन्ट अवार्ड

दुबईको समारोहमा नपुगेका विजेतालाई काठमाडौंमै एसियन प्रोफेसनल अचिभमेन्ट अवार्ड

मनोरन्जन, समाचार
काठमाडौं । गत सेप्टेम्बर २९ मा दुबईमा भएको ‘एसियन प्रोफेशनल अचिभमेन्ट अवार्ड–२०२२’ समाराेहमा उपस्थित हुन नसकेका विजेताहरूलाई अवार्ड वितरण गरिएको छ । सिजन मिडियाले शुक्रवार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा पूर्वप्रधानमन्त्री डा. बावुराम भट्टराईले यस वर्षको अवार्ड पाउन बाँकी विजेताहरूलाई अवार्ड वितरण गरे । जसमा उद्यमी प्रदीपकुमार श्रेष्ठलाई आइकोनिक इन्डस्ट्रियल अफ नेपाल अवार्ड प्रदान गरिएको छ । त्यसैगरी, मुक्तिनाथ विकास बैंकका सीईओ प्रद्युमन पोखरेललाई सीईओ अफ दि इयर अवार्ड दिइएको छ । स्कुल प्रिन्सिपल अफ दि इयर अवार्ड अक्षरा स्कुलका प्रिन्सिपल अन्जु भट्टराईलाई प्रदान गरिँदा भेट्रान स्पोर्ट पर्सनालिटी अवार्डबाट अशोककुमार श्रेष्ठलाई सम्मान गरिएको छ । स्पोर्ट लिडरसिप अवार्डतर्फ मनिस जोसी, युथ फेशन इन्टरप्रेनियर अवार्डका लागि कृष्णराज तिमिल्सिना, डिजिटल मार्केटिङ एक्सपबाट बमवहादुर ...
इन्दिराको लक्ष्मी मन्त्र सहितको ‘लक्ष्मी भजन'(भिडियो)

इन्दिराको लक्ष्मी मन्त्र सहितको ‘लक्ष्मी भजन'(भिडियो)

मनोरन्जन, समाचार
नेपालीहरुको दोश्रो महान चार्ड तिहार नजिकै आएको छ । तिहारलाई विशेष गरेर फूलमालाको पर्वको रुपमा पनि चिन्ने गरिन्छ । विशेष गरेर लक्ष्मीको पुजा तथा दिदीबहिनीको हातमा टिका ग्रहण साथै देउसी भैली खेल्नु तिहारका विशेषता हुन । तिहारमा झिलीमिली बत्ति बालेर लक्ष्मीको पूजा गरे लक्ष्मीको कृपा प्राप्त हुने किंबदन्दी चलिआएको छ । https://www.youtube.com/watch?v=hjr-QZ7QFQQ तिहारमा यस सम्बन्धी गीत सङ्गीतले पनि चर्चा पाउने गर्दछन् । यसै मेसोमा गायिका इन्दिरा भट्टराईले लक्ष्मी भजन श्रोता/दर्शकमाझ ल्याउनुभएको छ । सागर अधिकारीको शब्द सङ्गीत रहेको उक्त भजन हर्ट अफ हिमालय म्युजिक एन्ड ट्रेजरले बजारमा ल्याएको हो । भजनको भिडियोमा आर्यन विमलीले छायाँकन छ भने सञ्चारकर्मी कमल फुयाँलको निर्देशन तथा सम्पादन छ । भिडियोमा ग्रेसियन सापकोटालाई लक्ष्मीको अवतारमा देखाउन खोजिएको छ । साथमा गणेश सापकोटा, सपना गिरी, ...
मिस वल्र्ड २०२२ क्यारोलिना नेपाल आउने

मिस वल्र्ड २०२२ क्यारोलिना नेपाल आउने

मनोरन्जन, समाचार
लन्डन स्थित डोरचेस्टर होटलमा चार दिन सम्म चलेको सिसि फोरमको सम्मेलन भब्यरुपमा सप्पन्न भएको छ दिगो बिकासका लागि विस्वब्यापि लगानि गर्ने उदेश्यले आयोजना गरिएको सम्मेलन सिसि फोरम को ८ औ सस्करण अक्टोबर १७ देखि अक्टोबर २० सम्म चलेको थियो । उक्त सम्मेलनमा विस्वको थुप्रै देशबाट विभिन्न लगानिकर्ताहरुको उपस्थिति थियो उक्त सम्मेलनमा छिटैनै युरोप र यशियाका विभिन्न देशमा उडान सन्चालनमा ल्याउनको लागि तयारी गरिरहेको एरलाइन्स हिमालय जेटको निर्देशक दीपेन्द्र गुरुङको निमन्त्रणामा आएकि मिस वल्ड २०२२ को उपाधि जितेकि पोलाण्डकि २३ वर्षिया सुन्दरी क्यारोलिना बिलवस्काले आफु चाडैनै नेपाल आउने बताएकि हुन । नेपालको सुन्दरताको बारेमा धेरै नै सुनेको अनि हिमाल र गौतम बुद्ध को देशमा पुग्ने ठुलो रहर भएको बताएकि थिइन । उनको यो रहर लाइ नेपाल लगायत विभिन्न युरोप र यसियालि देशमा संचालन हुन लागेको हिमालय जेट ले पुरा ग...
रमेशको ‘झिलिमिली तिहारै आयो’ दर्शकको रोजाईमा(भिडियो)

रमेशको ‘झिलिमिली तिहारै आयो’ दर्शकको रोजाईमा(भिडियो)

मनोरन्जन, समाचार
बहु प्रतिभाशाली गायक रमेश पाठकको नयाँ तिहार गीत सबैको रोजाइमा पर्न सफल भएको छ। पाठककै शब्द, स्वोर र संगीत रहेको “झिलिमिली तिहारै आयो” बोलको गीत केहि दिन अघी मात्र सार्वजनिक भएको थियो ।पाठकको आफ्नै वेभ स्टुडियोमा रेकर्ड भएको यस गीतको संगीत सम्योजन रिकेश गुरुङको रहेको छ भने मिक्सिङ र मास्टरीङ नरेन्द्र बियोगिले गरेका हुन । त्यस्तै भिडियो तर्फ छायान्कन बिजय कार्कीको रहेको छ भने सम्पादन रोशन धितालले गरेका हुन । नेपालीहरुको माहन चाड दिपावली नजिकदै गर्दा अहिले पाठकको “झिलिमिली तिहारै आयो” बोलको गीत एफ एम, टेलिभिजनहरुमा अत्याधिक बजिरहेको छ । त्यस्तै पछिल्लो समयमा चर्चित मोबाईल एप TIKTOK मा पनि पाठकको यो गीत अत्याधिक रुचाईएको छ । हुन त गायक रमेश पाठकका तीज गीत, दशै गीत प्राय सबै चर्चित छन । नेपालीहरुको चाड पर्बमाहरुमा पाठककै गीत हरु धेरै बज्ने गर्दछन गायक पाठक सचेतना मुलक गीतमा पनि उत्तिकै अब्ब...