आइत, मंसिर ७, २०८३
Sun, November 22, 2026
Shadow

मनोरन्जन

विजय गुरुङको अभिनय, शव्द र निर्देशनमा  ‘तिमी हिँड्ने बाटो’ सार्वजनिक(भिडियो)

विजय गुरुङको अभिनय, शव्द र निर्देशनमा ‘तिमी हिँड्ने बाटो’ सार्वजनिक(भिडियो)

मनोरन्जन, समाचार
काठमाडौं । सुमधुर स्वरकी गायिका तृप्ति खड्का गुरुङ र गायक लिला गौतमको संयुक्त आवाजमा सजिएको नयाँ नेपाली प्रेमगीत ‘तिमी हिँड्ने बाटो’ सार्वजनिक गरिएको छ। लामो समयदेखि प्रतीक्षामा रहेको यो रोमान्टिक गीत डिजिटल प्लेटफर्ममार्फत श्रोता तथा दर्शकमाझ ल्याइएको हो। गीतमा विजय गुरुङको  शब्द सिर्जना रहेको छ भने संगीत गायिका तृप्ति खड्का गुरुङ स्वयंले तयार गरेकी हुन्। गीतको संगीत संयोजन, मिक्सिङ तथा मास्टरिङ नरेश पाण्डेले गरेका छन्। गीतको सम्पूर्ण रेकर्डिङ सारेगम स्टुडियोमा सम्पन्न गरिएको निर्माण पक्षले जनाएको छ। गीतसँगै सार्वजनिक गरिएको म्युजिक भिडियो पनि आकर्षक ढंगले निर्माण गरिएको छ। भिडियोको निर्देशन गीतकार विजय गुरुङले गरेका हुन्। भिडियोमा विजय गुरुङ र उदयमान मोडल निर्जरा केसी मुख्य भूमिकामा देखिएका छन्। उनीहरूको स्वाभाविक अभिनय र रोमान्टिक प्रस्तुतिले गीतको भावलाई प्रभावकारी रूपमा अभ...
‘तीन तीघ्रे क्या बिग्रे’ चलचित्रको औपचारिक घोषणा, यसै सातादेखि छायाङ्कन सुरु

‘तीन तीघ्रे क्या बिग्रे’ चलचित्रको औपचारिक घोषणा, यसै सातादेखि छायाङ्कन सुरु

मनोरन्जन, समाचार
काठमाडौं । रघुजी फिल्म्सको ब्यानरमा निर्माण हुन लागेको नेपाली चलचित्र ‘तीन तीघ्रे क्या बिग्रे’ को औपचारिक घोषणा गरिएको छ। काठमाडौंको दिव्यश्वरी टाउन प्लानिङस्थित म्याड्रिक्स रेस्टुरेन्टमा आयोजित विशेष कार्यक्रममा चलचित्रको घोषणा गरिएको हो। कार्यक्रममा चलचित्रका कलाकार तथा प्राविधिक टोलीसँगै नेपाली चलचित्र क्षेत्रका विभिन्न विशिष्ट व्यक्तित्वहरूको उपस्थिति रहेको थियो। कार्यक्रममा चलचित्र कलाकार संघका अध्यक्ष उत्तम केसी, चलचित्र निर्देशक समाजका अध्यक्ष अरुणकुमार प्रधान, निर्देशक मिलन चाम्स तथा सर्लाहीको चन्द्रनगर गाउँपालिकाका अध्यक्ष राजकुमार महतोले चलचित्रको सफलताको शुभकामना व्यक्त गरेका थिए। अमरदीप सापकोटाको लेखन तथा निर्देशनमा निर्माण हुन लागेको यस चलचित्रको छायाङ्कन यही सातादेखि सुरु हुने निर्माण पक्षले जनाएको छ। चलचित्रका निर्माता रघुनाथ सापकोटा हुन्। कार्यक्रममा बोल्दै निर्माता ...
राजाराम पौडेलदेखि प्रिया कार्कीसम्म निर्णायक भूमिकामा, ‘मिस एण्ड मिसेस ब्युटिफुल’को पहिलो अडिशन

राजाराम पौडेलदेखि प्रिया कार्कीसम्म निर्णायक भूमिकामा, ‘मिस एण्ड मिसेस ब्युटिफुल’को पहिलो अडिशन

मनोरन्जन, समाचार
मिस एण्ड मिसेस ब्युटिफुल’को ११औं र १०औं संस्करणको पहिलो अडिशन शनिबार काठमाडौंको मध्यबानेश्वरस्थित घरना लाउन्ज एन्ड बारमा सम्पन्न भएको छ । दक्ष इन्टरनेशनलको आयोजनामा भएको अडिशनमा मिस र मिसेस दुवै विधामा दुई दर्जनभन्दा बढी प्रतिस्पर्धी सहभागी भएको आयोजकले जनाएको छ । अडिशनमा वरिष्ठ हास्यकलाकार तथा अभिनेता राजाराम पौडेल, वरिष्ठ लोकगायक बोमबहादुर कार्की, पेजेन्ट कोरियोग्राफर अश्विनी झा तथा मिसेस ब्युटिफुल नेपाल २०२५ की विजेता प्रिया कार्की निर्णायकको भूमिकामा रहनुभएको थियो । आयोजक समितिका अध्यक्ष तथा दक्ष इन्टरनेशनलका प्रमुख टेकराज पाण्डेले छनोट भएका प्रतिस्पर्धीलाई आगामी सातादेखि एक महिनाको व्यक्तित्व विकास तथा पेजेन्टसम्बन्धी प्रशिक्षण दिइने जानकारी दिनुभयो । उहाँका अनुसार प्रशिक्षणमा मिडिया कम्युनिकेसन, सार्वजनिक वक्तृत्वकला, एमसीइङ, व्यक्तित्व विकास, आत्मविश्वास अभिवृद्धि, फिटनेस, योग, ...
भटभटे माइला अब फिल्मका नायक, ‘तीन तीघ्रे क्या बिग्रे’ अनुबन्धित

भटभटे माइला अब फिल्मका नायक, ‘तीन तीघ्रे क्या बिग्रे’ अनुबन्धित

मनोरन्जन, समाचार
काठमाडौं । टेलिभिजन र डिजिटल प्लेटफर्ममार्फत ‘भटभटे माइला’को चरित्रबाट दर्शकमाझ अत्यन्त लोकप्रिय बनेका कमेडियन बेगम नेपाली अब पहिलो पटक ठूलो पर्दामा नायकका रूपमा देखिने भएका छन्। उनी रघुजी फिल्म्सको ब्यानरमा निर्माण हुन लागेको नेपाली चलचित्र ‘तीन तीघ्रे क्या बिग्रे’ मा मुख्य भूमिकाका लागि अनुबन्धित भएका हुन्। वर्षौंदेखि टेलिभिजन, डिजिटल माध्यम र विभिन्न मञ्चमार्फत आफ्नो विशिष्ट हास्य प्रस्तुति दिँदै लाखौँ दर्शकको मन जितेका बेगम नेपालीका लागि यो चलचित्र अभिनय यात्राको नयाँ अध्याय बन्नेछ। सानो पर्दामा ‘भटभटे माइला’ का रूपमा स्थापित उनी पहिलो पटक मुख्य नायकको भूमिकामा देखिन लागेका कारण निकै उत्साहित रहेका छन् । अमरदीप सापकोटाको लेखन तथा निर्देशनमा निर्माण हुन लागेको यस चलचित्रको छायाङ्कन यही सातादेखि सुरु हुने तयारी गरिएको छ। चलचित्रका निर्माता रघुनाथ सापकोटा हुन्। निर्माता सापकोटाक...
‘तीन तीघ्रे क्या बिग्रे’ मार्फत प्रभात लामाको डेब्यु

‘तीन तीघ्रे क्या बिग्रे’ मार्फत प्रभात लामाको डेब्यु

मनोरन्जन, समाचार
काठमाडौं । रघुजी फिल्म्सको ब्यानरमा निर्माण हुन लागेको नेपाली चलचित्र ‘तीन तीघ्रे क्या बिग्रे’ मा लोकप्रिय कमेडियन प्रभात लामा मुख्य भूमिकाका लागि अनुबन्धित भएका छन्। टेलिभिजन, डिजिटल प्लेटफर्म तथा विभिन्न मञ्चमार्फत लाखौँ दर्शकलाई आफ्नो कमेडी प्रस्तुत गर्दै लोकप्रियता हासिल गरेका प्रभात लामा यस चलचित्रमार्फत पहिलो पटक नायकको भूमिकामा देखिन लागेका हुन्। उनको अभिनयले दर्शकलाई भरपुर मनोरञ्जन प्रदान गर्ने विश्वास निर्माण टिमले लिएको छ। फिल्ममा अनुबन्धित भएपछि प्रभातले चलचित्र अभिनयलाई लिएर निकै उत्साहित रहेको बताएका छन्। अमरदीप सापकोटाको लेखन तथा निर्देशनमा बन्ने यस चलचित्रको छायाङ्कन यही सातादेखि सुरु हुने तयारी गरिएको छ। चलचित्रका निर्माता रघुनाथ सापकोटा हुन्। निर्माता सापकोटाका अनुसार चलचित्रमा नेपाली मनोरञ्जन क्षेत्रका अन्य चर्चित तथा लोकप्रिय कलाकारहरूको पनि सशक्त उपस्थिति रहने...
“रातो घेरा – द रेड सर्कल” को शुभमुहूर्त सम्पन्न, असार २५ देखि छायांकन सुरु हुने

“रातो घेरा – द रेड सर्कल” को शुभमुहूर्त सम्पन्न, असार २५ देखि छायांकन सुरु हुने

मनोरन्जन, समाचार
काठमाडौं । निर्देशक अनिल बुढा मगरको निर्देशनमा निर्माण हुन लागेको चलचित्र “रातो घेरा – द रेड सर्कल” को आज बिहीबार पाटनस्थित बंगलामुखी मन्दिरमा शुभमुहूर्त गरिएको छ । असार २५ गतेदेखि छायांकनमा जाने फिल्मको बिहिवार विधिवत रूपमा पटकथा पूजा गर्दै शुभारम्भ गरिएको हो । अभिनेता दयाहाङ राई र अभिनेत्री मिरुना मगर सहित करिब दुई दर्जन कलाकारहरूको अभिनय रहने यस चलचित्रको निर्माण विश्राम फिल्म्स प्रा. लि. को ब्यानरमा निर्माण हुन लागेको हो । अधिकांश छायांकन काठमाडौं उपत्यकामा गरिने निर्माण पक्षले जनाएको छ भने चलचित्रको प्रदर्शन मिति समेत तय भइसकेको छ । चलचित्र आगामी मंसिर १८ गतेदेखि प्रदर्शनमा आउने छ । निर्देशक अनिल बुढा मगरका अनुसार चलचित्र सामाजिक तथा भावनात्मक पक्षमा आधारित कथा प्रस्तुत गर्नेछ । सत्य घटनामा आधारित भएर निर्माण भइरहेको यस फिल्मलाई अझ भव्य, कथात्मक रूपमा सशक्त तथा प्राविधिक रूपमा ...
मनोरन्जन, समाचार
तामाङ कला-संस्कृति जोगाउने अभियान: 'मिसेस तामाङ' को ग्रान्ड अडिसन छिट्टै काठमाडौँ । तामाङ समुदायका विवाहित गृहिणी तथा व्यावसायिक महिलाहरूमा रहेको प्रतिभा, आत्मविश्वास र सांस्कृतिक पहिचानलाई प्रबर्द्धन गर्ने उद्देश्यका साथ सौन्दर्य प्रतियोगिता ‘मिसेस तामाङ २०२६’ (Mrs. TAMANG 2026 Season- 5) को पाँचौँ संस्करण आयोजना हुने भएको छ। आयोजकका अनुसार यस वर्षको ‘ग्रान्ड अडिसन’ छिट्टै नै सुरु हुँदैछ। एस.के. इन्टरटेनमेन्ट (SK Entertainment) को प्रस्तुतिमा आयोजना हुन लागेको यो प्रतियोगिता पूर्ण रूपमा नि:शुल्क (FREE) रहनेछ। प्रतियोगितामा सहभागी हुन चाहने इच्छुक आकांक्षीहरूका लागि आवेदन फारमदेखि प्रशिक्षणसम्मको सम्पूर्ण व्यवस्था नि:शुल्क गरिएको आयोजक तथा वरिष्ठ महिला समाजेवी शान्ता कुमारी तामाङ्गले जनाएका छिन । व्यावसायिक सौन्दर्य प्रतियोगिताहरूमा...
सुदूरपश्चिमको डोटेली गीत ‘मिनाकुमारी’ सार्वजनिक

सुदूरपश्चिमको डोटेली गीत ‘मिनाकुमारी’ सार्वजनिक

मनोरन्जन, समाचार
धनगढी। ए.एस. उडान फिल्म प्रोडक्सन प्रा.लि.को प्रस्तुतिमा तयार गरिएको डोटेली भाषाको गीति एल्बम ‘हिरोइन मिनाकुमारी’ एक विशेष समारोहका बीच भव्य रूपमा सार्वजनिक गरिएको छ। कार्यक्रमका प्रमुख अतिथि सु.प. प्रज्ञा प्रतिष्ठानका संस्थापक उपकुलपति तथा संस्कृतिविद् डा. टी.एन. जोशीले एल्बमको औपचारिक विमोचन गर्दै सुदूरपश्चिमको भाषा, कला र संस्कृतिको संरक्षण तथा प्रवर्द्धनमा यस्ता सिर्जनात्मक प्रयासले महत्वपूर्ण योगदान पुर्‍याउने विश्वास व्यक्त गर्नुभयो। कार्यक्रममा वरिष्ठ चलचित्रकर्मी राजकुमार जोशी, सनराइज टिभीका CEO दीप श्रेष्ठ, प्रबन्ध निर्देशक उत्तम थापा, विभिन्न सांस्कृतिक तथा सामाजिक क्षेत्रका व्यक्तित्वहरू, कलाकार तथा सञ्चारकर्मीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। कार्यक्रमको अध्यक्षता तथा उद्घोषण ए.एस. उडान फिल्म प्रोडक्सन प्रा.लि.का अध्यक्ष तथा सुदूरपश्चिमका प्रथम नायक अम्बिका प्...
नेशनल किड्स एण्ड टिन्स सुपरस्टार–३ का विजेता घोषित, २०२७ मा थाइल्याण्डमा प्रतिनिधित्व गर्ने

नेशनल किड्स एण्ड टिन्स सुपरस्टार–३ का विजेता घोषित, २०२७ मा थाइल्याण्डमा प्रतिनिधित्व गर्ने

मनोरन्जन, समाचार
काठमाडौं । बालबालिकाको व्यक्तित्व विकास, नेतृत्व क्षमता, आत्मविश्वास तथा अन्तरनिहित प्रतिभालाई राष्ट्रिय मञ्च प्रदान गर्ने उद्देश्यसहित आयोजित ‘नेशनल किड्स एण्ड टिन्स सुपरस्टार सिजन–३’ को ग्रान्ड फिनाले शुक्रबार राष्ट्रिय नाचघर, जमलमा भव्य रूपमा सम्पन्न भएको छ। व्ल्याकवर्ड ईन्टरटेनमेन्टको आयोजनामा तथा कसविज हर्वल्सको टाइटल स्पोन्सरशिपमा सम्पन्न प्रतियोगितामा ललितपुर जिल्लाका २५ विद्यालयका ४० जना विद्यार्थी सहभागी भएका थिए। प्रतियोगिताअन्तर्गत जुनियर गर्ल्स समूहमा १६, ब्वाइज समूहमा ११ तथा सिनियर गर्ल्स समूहमा १३ जना प्रतियोगीले प्रतिस्पर्धा गरेका थिए। प्रतियोगितामा गायन, नृत्य, व्यक्तित्व विकास, स्टेज प्रस्तुति, आत्मविश्वास, प्रश्नोत्तर तथा विभिन्न सिर्जनात्मक चरणमार्फत सहभागीहरूले आफ्नो प्रतिभा प्रस्तुत गरेका थिए। ग्रान्ड फिनालेमा प्रस्तुत भएका आकर्षक सांस्कृतिक कार्यक्रम, नृत्य तथा...
ट्रेड भिजन कार्गो एण्ड कुरियरले औपचारिक रूपमा सेवा प्रारम्भ गर्‍यो

ट्रेड भिजन कार्गो एण्ड कुरियरले औपचारिक रूपमा सेवा प्रारम्भ गर्‍यो

मनोरन्जन, समाचार
काठमाडौं,— नेपालको अन्तर्राष्ट्रिय कार्गो तथा कुरियर क्षेत्रमा नयाँ पहिचान स्थापित गर्ने उद्देश्यसहित ट्रेड भिजन इन्भेष्टमेन्ट कम्पनीद्वारा प्रवर्द्धित ट्रेड भिजन कार्गो एण्ड कुरियर प्रा.लि. को औपचारिक शुभारम्भ आज काठमाडौं महानगरपालिका–१६, बालाजु बाइपासस्थित कार्यालयमा सम्पन्न भएको छ। कार्यक्रमको उद्घाटन ट्रेड भिजन इन्भेष्टमेन्ट कम्पनीका अध्यक्ष विनोद भट्टराई तथा चर्चित गायिका सरिका घिमिरेको विशेष उपस्थितिमा रिबन काटेर गरिएको थियो। कार्यक्रममा उडान कार्गो, सारथी कार्गो, युनिका कार्गो, नेपाल रक्तदाता संघ, नेपाल चलचित्र पत्रकार संघकी गीता अधिकारी, गायक गौरव दर्पण, व्यवसायी युवराज श्रेष्ठ, गोपाल बिष्ट लगायत विभिन्न व्यवसायिक तथा सामाजिक संघ–संस्था, स्थानीय बासिन्दा, व्यवसायी तथा शुभेच्छुकहरूको उल्लेखनीय सहभागिता रहेको थियो। सहभागीहरूले नवस्थापित कम्पनीको सफलताको कामना गर्दै आगामी दिनमा सं...