आइत, मंसिर ७, २०८३
Sun, November 22, 2026
Shadow

मनोरन्जन

नायक गजित बिस्ट ‘महाराजधिराज’मा अनुबन्धित

नायक गजित बिस्ट ‘महाराजधिराज’मा अनुबन्धित

मनोरन्जन, समाचार
पछिल्लो समय लोकप्रिय हास्य टेलिश्रृंखला ‘सक्किगोनी’ मा ‘जेठान’ को भूमिकाबाट चर्चा कमाएका अभिनेता गजित विष्ट यस वर्षको फूलपातीमा रिलिज हुने चलचित्र ‘महाराजधिराज’ मा अनुबन्धित भएका छन् । अभिनयमा आफ्नो राम्रो पकड भएका बिष्टले यस चलचित्रमा जोडिन पाउँदा खुसी व्यक्त गरेका छन् । ‘मायाज बार’ नामक चलचित्रबाट अभिनयमा डेब्यु गरेका गजित बिष्टले आफ्नो १५ वर्षको चलचित्र करियरमा २० भन्दा बढी फिल्ममा अभिनय गरिसकेका छन् । यसका साथै, उनले ‘लभ यु बाबा’ र ‘हैरान’ जस्ता चलचित्र निर्माण समेत गरेका छन् । टेलिभिजन रियालिटी शोहरूको निर्देशनमा पनि अनुभव बटुलेका विष्ट अब ‘महाराजधिराज’ मा कस्तो भूमिकामा देखिन्छन् भन्ने कौतुहलता बढेको छ । ‘महाराजधिराज’ मा गजित बिस्टको आगमनले कलाकारहरूको सूचीलाई अझ बलियो बनाएको छ । यसअघि नै आर्यन सिग्देल, रमेश उप्रेती, पल शाह, वर्षा राउत, वर्षा सिवाकोटी, जय किशन बस्नेत र पुष्प ख...
१२ औं संस्करणको मिस्टर एण्ड मिस एसईई आइकन भए अग्रिया र प्रेरिल

१२ औं संस्करणको मिस्टर एण्ड मिस एसईई आइकन भए अग्रिया र प्रेरिल

मनोरन्जन, समाचार
काठमाडौं– मिस्टर एण्ड मिस एसईई आइकन २०२५ (सिजन १२) को  फिनाले शानदार प्रस्तुति सहित सम्पन्न भएको छ। नवप्रतिभाहरूको उत्साह, मेहनत र कलात्मक क्षमतालाई उजागर गर्ने यस बहुप्रतीक्षित प्रतियोगितामा प्रतियोगीहरूले आफ्नो प्रतिभा प्रस्तुत गरेका थिए । यस वर्षको निर्णायक मण्डलमा वरिष्ठ शिक्षाविद् कमल किरण कटुवाल, इन्डिया नरुलाज एण्ड कम्पनी, दिल्लीका संस्थापक तथा कार्यक्रम निर्देशक डा. शिखा नरुला र मोडल शारोन लेप्चा बज्राचार्य रहेका थिए। उक्त प्रतियोगितामा सुमी बानियाँको कोरियोग्राफी, इभेन्ट स्ट्रक्चर रिकिस चित्रकार तथा प्रणिमा दाहालको उत्कृष्ट सञ्चालनले कार्यक्रमलाई पूर्णता दिएको थियो । उक्त प्रतियोगितामा मिस तर्फ  अग्रिया सिंह विजेता भएको थियो ,भने प्रथम उपविजेता अंकिता रिमाल, द्वितीय उपविजेताः प्रिशा पोखरेल, तृतीय उपविजेता सम्राज्ञी जोशी, चौथो उपविजेता स्वस्तिका कार्की, पाँचौँ उ...
प्रज्वल राज भट्ट “कला सम्मान -२०८२”बाट सम्मानित

प्रज्वल राज भट्ट “कला सम्मान -२०८२”बाट सम्मानित

मनोरन्जन, समाचार
काठमाडौं ।  कार्यक्रम ब्यबस्थापन संघ नेपालको पाँचौं साधारणसभा एवं बिसेश सम्मान समारोहको अवसरमा मोडल/कलाकार प्रज्वल राज भट्ट“ कला सम्मान-२०८२”बाट सम्मानित भएकाछन। राष्ट्रीयसभाका अध्यक्ष सम्माननीय नारायण प्रसाद दाहालको प्रमुख आतिथ्यता एवं ब्यबस्थापिका संसदको अर्थ समितिका सभापति माननिय सन्तोष चालिसे बाणिज्य तथा आपुर्ति समिति सभापति माननिय अब्दुल खान माईती नेपालकि संस्थापक एवं अध्यक्ष अनुराधा कोईराला लगायतका बिशिष्ठ ब्यक्तीत्वहरुको गरिमामय उपस्थिति रहेको उक्त कार्यक्रम संस्थाका अध्यक्ष लव बहादुर कार्कीको सभापतित्व एवं राजेन्द्र लुईंटेलको संयोजनमा सम्पन्न भएकोथियो। थुप्रै र्याम्प स्टेज शो हुँदै कलाकारिता क्षेत्रमा प्रबेश गरेका प्रज्वलले दिल आफ्नै थियो” खुशी तिमीलाई”औधि मन पराएँ” मुटु रेटियो” चोखो मायामा लगायत १ दर्जनभन्दाबढि गीतहरुमा कुशल अभिनय गरिसकेकाछन भने केहि गीतहरु बजारमा आउने...
कार्यक्रम व्यवस्थापन संघको ५ औं वार्षिक साधारण सभा:तृप्ति खड्का गुरुङ्गलाई सम्मान

कार्यक्रम व्यवस्थापन संघको ५ औं वार्षिक साधारण सभा:तृप्ति खड्का गुरुङ्गलाई सम्मान

मनोरन्जन, समाचार
काठमाडौं - लोकप्रिय गायिका एवं संगीतकार तृप्ति खड्का गुरुङ्गलाई यो वर्ष सम्पन्न कार्यक्रम व्यवस्थापन संघको ५ औं वार्षिक साधारण सभा एवं विशेष सम्मान समारोहमा गायन सम्मान २०८२ बाट सम्मानित गरिएको छ ।राष्ट्रिय सभाका अध्यक्ष नारायण प्रसाद दाहालको प्रमुख आतिथ्यता तथा साधारण सभामा अर्थ समिति सभापति एवं प्रतिनिधि सभा सदस्य सन्तोष चालिसे, वाणिज्य आपूर्ति सभापति एवं प्रतिनिधि सभा सदस्य अव्दुल खान तथा माईती नेपालकी संस्थापक अनुराधा कोईरालाको विशेष आतिथ्यतामा सम्पन्न सो सभामा उनी सहित नेपाल भारतका प्रतिष्ठित व्यक्तित्वहरुलाई विशेष सम्मान प्रदान गरिएको थियो । प्रमुख अतिथी दाहाल, विशिष्ठ अतिथीहरु चालिसे र खानको हातबाट उनलाई सो विशेष सम्मान प्रदान गरिएको थियो । लामो समयदेखि नेपाली संगीत क्षेत्रमा सक्रिय गायिका एवं संगीतकार तृप्तिलाई उक्त सम्मान प्रदान गरिएको हो। तृप्तिले वैशले मातिए, ए निष्ठुरी स...
अन्तर्राष्ट्रिय नेपाली गीतकार संघका अध्यक्ष हरि उप्रेतीलाई “गीतकार सम्मान”

अन्तर्राष्ट्रिय नेपाली गीतकार संघका अध्यक्ष हरि उप्रेतीलाई “गीतकार सम्मान”

मनोरन्जन, समाचार
काठमाडौं – वरिष्ठ गीतकार हरि उप्रेतीलाई यो वर्ष सम्पन्न कार्यक्रम व्यवस्थापन संघको ५ औं वार्षिक साधारण सभा एवं विशेष सम्मान समारोहमा वरिष्ठ गीतकार सम्मान बाट सम्मानित गरिएको छ ।राष्ट्रिय सभाका अध्यक्ष नारायण प्रसाद दाहालको प्रमुख आतिथ्यता , अर्थ समिति सभापति एवं प्रतिनिधि सभा सदस्य सन्तोष चालिसे, वाणिज्य आपूर्ति सभापति एवं प्रतिनिधि सभा सदस्य अव्दुल खान तथा माईती नेपालकी संस्थापक अनुराधा कोईरालाको विशेष आतिथ्यतामा सम्पन्न सो सभामा उनी सहित नेपाल भारतका प्रतिष्ठित व्यक्तित्वहरुलाई विशेष सम्मान प्रदान गरिएको थियो । हाल अमेरिकामा रहेका गीतकार उप्रेती समारोहमा उपस्थित हुन नसकेका कारण मोडल एवं संगीतकर्मी विजय गुरुङ्गलाई हस्तान्तरण गरिएको थियो । प्रमुख अतिथी दाहाल, विशिष्ठ अतिथीहरु चालिसे र खानको हातबाट गीतका उप्रेतीको तर्फबाट उनलाई सो विशेष सम्मान प्रदान गरिएको थियो ।लामो समयदेखि प्रवासमा र...
राष्ट्रिय सभाका अध्यक्ष नारायण दाहालको प्रमुख आतिथ्यतामा ‘कार्यक्रम व्यवस्थापन संघको ५ औं साधारण सभा’

राष्ट्रिय सभाका अध्यक्ष नारायण दाहालको प्रमुख आतिथ्यतामा ‘कार्यक्रम व्यवस्थापन संघको ५ औं साधारण सभा’

मनोरन्जन, समाचार
काठमाडौं ।  कार्यक्रम व्यवस्थापन संघ,नेपालको ५ औं वार्षिक साधारण सभा भव्य रुपमा सम्पन्न भएको छ । राष्ट्रिय सभाका अध्यक्ष नारायण प्रसाद दाहालको प्रमुख आतिथ्यतामा सम्पन्न ५ औं वार्षिक साधारण सभा सहित विशेष सम्मान समारोहको आयोजना समेत गरिएको थियो । अर्थ समिति सभापति एवं प्रतिनिधि सभा सदस्य सन्तोष चालिसे, वाणिज्य आपूर्ति सभापति एवं प्रतिनिधि सभा सदस्य अव्दुल खान तथा माईति नेपालकी संस्थापक अनुराधा कोईरालाको विशेष आतिथ्यतामा सम्पन्न सो कार्यक्रममा करिव डेढ दर्जन नेपाल भारतका प्रतिष्ठित व्यक्तित्वहरुलाई विशेष सम्मान प्रदान गरिएको थियो । नेपाल चेम्बर अफ कमर्शकी उपाध्यक्ष उर्मिला श्रेष्ठ, वरिष्ठ महिला उद्यमी एवं समाजसेवी शोभा गुरुङ्ग,गायिका एवं संगीतकार तृप्ति खड्का गुरुङ्ग, मोडल विजय गुरुङ्ग,समाजसेवी समिक्षा गुरुङ्ग,गायिका पूजन काफ्ले ,गायिका सुमी पराजुली,सौन्दर्यकर्मी चन्दा पुन, फेशन डिज...
कार्यक्रम व्यवस्थापन संघको ‘राष्ट्रिय नृत्य निर्देशन सम्मान’ सन्दीप भुजेललाई

कार्यक्रम व्यवस्थापन संघको ‘राष्ट्रिय नृत्य निर्देशन सम्मान’ सन्दीप भुजेललाई

मनोरन्जन, समाचार
काठमाडौं-  १७ वर्षको समर्पित कला यात्रा, हजारौं पाइलाको लय र अनगिन्ती सपनाहरूलाई मञ्च प्रदान गर्ने प्रसिद्ध कोरियोग्राफर सन्दीप भुजेललाई नेपाली नृत्य निर्देशनको सर्वोच्च सम्मान ‘राष्ट्रिय नृत्य निर्देशन सम्मान – २०८२’ ले सम्मानित गरिएको छ। यो पुरस्कार केवल एक साधारण पुरस्कार मात्र होइन, तर नेपाली नृत्यप्रति समर्पण, रचनात्मकता र सांस्कृतिक सम्पदाको प्रतीक हो – जुन सन्दीप भुजेल जस्ता सच्चा नृत्य योद्धालाई समर्पित गरिएको छ। यो ऐतिहासिक सम्मान नेपालको राजधानी काठमाडौँको जमलस्थित राष्ट्रिय नाचघरमा आयोजित एक विशेष समारोहमा राष्ट्रिय सभाका अध्यक्ष माननीय नारायण प्रसाद दाहाल जीको कमल हातले प्रदान गरिएको थियो। यो यात्रा सन् २००८ मा सुरु भएको थियो जब धेरैजसो युवाहरू केवल सपना देखिरहेका हुन्छन्, सन्दीप भुजेलले नेपाली नृत्यको सेवा गर्ने प्रतिज्ञा गरे। कोरियोग्राफी उनका लागि केवल एक प...
सञ्जिवकुमार र मेलिना राईको स्वरमा ‘ख्याल ख्यालैमा हरायौ’सार्वजनिक(भिडियो)

सञ्जिवकुमार र मेलिना राईको स्वरमा ‘ख्याल ख्यालैमा हरायौ’सार्वजनिक(भिडियो)

मनोरन्जन, समाचार
सञ्जिवकुमार पौडेल र मेलिना राईको स्वरमा रहेको गीत ‘ख्याल ख्यालैमा हरायौ’ सार्वजनिक भएको छ । खगेन्द्र दाहालको शब्द, सञ्जिवकै सङ्गीत, कृष्ण विके (भाञ्जा)को एरेञ्ज र प्रकाश मिश्रको मिक्सिङ/माष्टरिङ रहेको गीतको भिडियो सार्वजनिक भएको हो । https://youtu.be/ZJPPns8_ksM विक्रम चौहानको निर्देशन रहेको गीतको भिडियोमा स्मारिका ढकाल र सुरेश कोहलीलाई फिचरिङ गरिएको छ । प्रकाश खड्का र टिमको सिनेमेटोग्राफी रहको भिडियोमा लक्षमण चौहानको दृश्य सम्पादन छ । गीतले आफूले माया गरेको मान्छेसँग बोल्दा बोल्दै एक अर्कामा रमाएको, ख्याल ख्यालैमा एक अर्कामा हराएको भाव व्यक्त गरिएको छ । भावनात्मक शब्द, समधुर सङ्गीत र आकर्षक भिडियो संयोजनले गीतलाई अझ प्रभावशाली बनाएको छ ।उत्कृष्ट शब्द, सङ्गीत र स्वर रहेको गीत जति समधुर छ गीतको भिडियो पनि त्यतिकै राम्रो बनेको छ । गीतको भिडियो गायक पौडेलको अफिसियल युट्यूव च्या...
बालबालिकासँग चलचित्र सम्बन्धि खुला संवादका लागि नायक भट्टराई आफ्नै जन्मथलो इलाममा 

बालबालिकासँग चलचित्र सम्बन्धि खुला संवादका लागि नायक भट्टराई आफ्नै जन्मथलो इलाममा 

मनोरन्जन
इलाम । ‘सेलिब्रेटीसँग बालबालिका’ अन्तर्गत चलचित्र बिकास बोर्डको कार्यक्रममा आफ्नै गाउ इलाममा आएर बालबालिकासँग चलचित्र सम्बन्धि खुला संवाद गर्न पाउदा आफुलाई निकै भाग्यमानी सम्झेको र कलाकार भएकोमा गर्व महशुस भएको कुरा नायक श्रीदेब भट्टराईले बताए ।  उनले उक्त कुरा चलचित्र विकास बोर्डको आयोजनामा इलाम नगरपालिकाको सहकार्य तथा कोशी प्रदेश र नेपाल पर्यटन बोर्डको प्रवद्र्धनमा आयोजित ‘बाल चलचित्र महोत्सव, इलाम’ कार्यक्रममा बताएका हुन । नायक भट्टराई, संगै सेलिब्रेटीसँग बालबालिका अन्तर्गत विशिष्ठ अभिनेत्री बसुन्धरा भुसाल, गौरी मल्ल, मोहन निरौला, सन्तोष लोहनी, मिलन चाम्स, प्रेमकुमार श्रेष्ठ, बालकृष्ण निरौला, दिनेश डिसी, जनकदीप पराजुली, पुनम क्षेत्रीलगायतले बालबालिकासँग खुला संवाद गर्नुभएको थियो । चलचित्र विकास बोर्डको आयोजनामा इलाम नगरपालिका सहकार्य तथा कोशी प्रदेश र नेपाल पर्यटन बोर्डको प्...
प्रतिक्षा काफ्ले र प्रज्वल राज भट्टको अभिनयमा ‘दिल आफ्नै थियो’(भिडियो)

प्रतिक्षा काफ्ले र प्रज्वल राज भट्टको अभिनयमा ‘दिल आफ्नै थियो’(भिडियो)

मनोरन्जन, समाचार
काठमाडौं ।  बिगत लामो समयदेखि अभिनयमा सक्रिय कलाकार प्रतिक्षा काफ्ले र प्रज्वल राज भट्टको अभिनय रहेको प्रेमभावयुक्त गीत “दिल आफ्नै थियो” हालै फाक्थुंगलुंग ईन्टरटेन्मेन्ट युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको छ। यो गीतमा गायक नारायण थापा र नित्याशिवाको सुमधुर स्वर सुन्न सकिन्छ। गीतका शब्द शंकर अधिकारी घायलले लेखेका हुन् भने संगीत बिकाश चौधरीले गरेका छन्। https://youtu.be/CKd8QrMQzTg गोबिन्द सोनीले मिक्सिंग र मास्टरिङ गरेका छन्। भिडियो पक्षमा पनि उत्कृष्ट टिमको समावेश छ छायांकन सुबिन गोदार, सम्पादन राकेश दाहाल, श्रृंगार सबिना गुरुङ र निर्देशन प्रकाश धितालले गरेका हुन्। भिडियोमा “दिल आफ्नै भएपनि अरूका लागि मायामा धड्किने भावलाई कलात्मक र भावुक शैलीमा प्रस्तुत गरेको छन् निर्देशक प्रकाश धितालले । भिडियोमा देखाइएको समर्पण, प्रेम र भावनात्मक गहिराइले दर्शकको मन छुने अपेक्षा गर...