आइत, मंसिर ७, २०८३
Sun, November 22, 2026
Shadow

नायक गजित बिस्ट ‘महाराजधिराज’मा अनुबन्धित

पछिल्लो समय लोकप्रिय हास्य टेलिश्रृंखला ‘सक्किगोनी’ मा ‘जेठान’ को भूमिकाबाट चर्चा कमाएका अभिनेता गजित विष्ट यस वर्षको फूलपातीमा रिलिज हुने चलचित्र ‘महाराजधिराज’ मा अनुबन्धित भएका छन् । अभिनयमा आफ्नो राम्रो पकड भएका बिष्टले यस चलचित्रमा जोडिन पाउँदा खुसी व्यक्त गरेका छन् ।

‘मायाज बार’ नामक चलचित्रबाट अभिनयमा डेब्यु गरेका गजित बिष्टले आफ्नो १५ वर्षको चलचित्र करियरमा २० भन्दा बढी फिल्ममा अभिनय गरिसकेका छन् । यसका साथै, उनले ‘लभ यु बाबा’ र ‘हैरान’ जस्ता चलचित्र निर्माण समेत गरेका छन् । टेलिभिजन रियालिटी शोहरूको निर्देशनमा पनि अनुभव बटुलेका विष्ट अब ‘महाराजधिराज’ मा कस्तो भूमिकामा देखिन्छन् भन्ने कौतुहलता बढेको छ ।

‘महाराजधिराज’ मा गजित बिस्टको आगमनले कलाकारहरूको सूचीलाई अझ बलियो बनाएको छ । यसअघि नै आर्यन सिग्देल, रमेश उप्रेती, पल शाह, वर्षा राउत, वर्षा सिवाकोटी, जय किशन बस्नेत र पुष्प खड्का जस्ता स्थापित तथा नयाँ पुस्ताका कलाकारहरू यस फिल्ममा अनुबन्धित भइसकेका छन् । 

‘महाराजधिराज’ को निर्देशन परिच्छेद सेनले गर्दैछन् । यसअघि सेनले निर्देशन गरेको चलचित्र ‘प्रेमगञ्ज’ ले राम्रो प्रतिक्रिया पाएको थियो । यस चलचित्रको कथा पनि निर्देशक सेनकै हो । छत्रेश्वर म्यानेजमेन्ट प्रालिको निर्माण रहने यो चलचित्रका प्रस्तुत कर्ता बिराज विष्ट हुन्, जसले यसअघि राष्ट्रिय अवार्ड विजेता फिल्म ‘बुलाकी’ निर्माण गरेका थिए । टोपेन्द्र विष्ट, चक्रबहादुर केसी र रवि खड्का निर्माता हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *