“मिस्टर एण्ड मिस मकवानपुर आईडल” को पहिलो अडिसन सम्पन्न,अर्को अडिसन यहि पौष ५ र १२ गते
हेटौंडा — मंसिर २२। मोडल सङ्ग्स नेपालको आयोजनामा मकवानपुरको हेटौडामा “मिस्टर एण्ड मिस मकवानपुर आईडल” को पहिलो अडिसन सम्पन्न भएको छ । नेपालमा सौन्दर्य प्रतियोगिताहरुको बढ्दो भिडमा आफुलाइ स्थापित गर्दै राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरमा सफल ईभेन्टहरु प्रस्तुत गर्दै आएको मोडल सङ्ग्स नेपालले मकवानपुरमा “मिस्टर एण्ड मिस मकवानपुर आईडल” आयोजना गर्ने भएको हो। हेटौडामा आयोजित प्रत्रकार सम्मेलन मार्फत आयोजक संस्थाका कार्यक्रम व्यवस्थापक बिबेक बिक्रम शाहाका अनुसार पहिलो अडिसनको समाप्तिसंगै रहर हुँदाहुदै बिभिन्न बाध्यता तथा कार्यव्यस्तताले गर्दा छनौट प्रक्रियामा सम्मिलित हुन नसक्नेहरुलाई मध्यनजर गर्दै प्रतियोगिताको अर्को अडिसन यहि पौष ५ र १२ गते पिज्जा कटर, स्कुल रोड,हेटौंडामा हुने छ । उक्त प्रतियोगिताको बिजेताले राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरको प्रतियोगितामा भाग लिन पाउने साथै “मकवानपुर लिटल स्ट...









