भीष्मराजको आमामा समर्पण गीत ‘जूनसरी विलाई गयौं’ सार्वजनिक (भिडियोसहित)
काठमाडौं, नेपाली साहित्य फाँटमा विशिष्ट स्थान बनाइसकेका युवा साहित्यकार भीष्म राज फुलारा गीतकारको रुपमा नेपाली गीत, सङ्गीतको क्षेत्रमा पदार्पण गरेका छन् । फुलाराद्वारा आमाको सम्झनामा लिखित गीत ‘जूनसरी बिलाई गयौं…’ सार्वजनिक भएको छ ।
विक्रम थापाको सङ्गीत, विसन मानन्धरको सङ्गीत संयोजन र स्वरुपराज आचार्यको स्वर रहेको गीत ‘जूनसरी बिलाई गयौं ’को लिरिकल भिडियो सार्वजनिक भएको हो ।
गीतकार भीष्म राज फुलारा गीतका बारेमा यसो भन्छन्- ‘आज म निक्कै नै भावुक भएको छु । मैले सानैमा मेरी आमा गुमाउनु परेकोले मेरी आमाको सम्झनामा यो गीतको सिर्जना गरेको थिएँ । यसका अतिरिक्त यो गीत संसारकी आमाहरुमा समर्पित गीत हो भन्न चाहन्छु ।’
त्यसैगरी गायक स्वरुप राज आचार्य भन्छन्- ‘मैले मेरो २५ वर्षे साङ्गीतिक यात्रामा सयौं गीतहरु गाएँ । म सधै गहन गीतहरुको खोजीमा हुन्छु । गीतकार भीष्मराज फुलाराज्युका शब्...









