आइत, मंसिर ७, २०८३
Sun, November 22, 2026
Shadow

मनोरन्जन

“क्युटी केयर ब्युटी हबलाई ग्लोबल स्टार अवार्ड: फेसन र श्रृङ्गार क्षेत्रमा नयाँ उचाइ”

“क्युटी केयर ब्युटी हबलाई ग्लोबल स्टार अवार्ड: फेसन र श्रृङ्गार क्षेत्रमा नयाँ उचाइ”

मनोरन्जन, समाचार
काठमाडौं । क्युटी केयर ब्युटी हप एण्ड ट्रेनिङ सेन्टर को निमन्त्रणामा फेसन आर्टिस्ट तथा फेसन इन्टरप्रेनर विशाल गुरुङले श्रृङ्गारमा आबद्ध भएका ब्युटिसियनहरूलाई आफ्नो फेसन यात्राका साथै जीवनका कठिनाई हरूलाई कसरी पार गर्ने भन्ने महत्त्वपूर्ण टिप्सहरू बताए। वरिष्ठ सौन्दर्यविद क्युटी केयर ब्युटी हप ट्रेनिङ सेन्टरकी सञ्चालिका चन्दा पुन भन्छिन्,- म मेरो विद्यार्थीहरूलाई एक सक्षम अनुशासित र आत्मनिर्भर भएको हेर्न चाहन्छु। फेसन, श्रृङ्गारको क्षेत्रमा स्थापित व्यक्तिहरुलाई निम्त्याएर उहाँहरूको अनुभवलाई ब्युटिसियनहरू माझ निकै नै प्रभावकारी साथै उनीहरूको मनोबल बढ्ने आशा राखेकी छु। फेसन आर्टिस्ट विशाल गुरुङ भन्छन् – गन्तव्यसम्म पुग्नको लागि लगनशीलता मेहनत र धैर्यता आवश्यक रहेको बताए। आज महिलाहरू आफ्नो घर सम्हाल्नेदेखि अफिसको कामहरू पनि सहज रूपले गर्न सक्ने भएका छन्। यो निकै नै खुसीको कुरा हो। जति ...
युवराज छन्त्याल र लक्ष्मी रेग्मीको स्वरमा तीज गीत ‘भयो डामाडोल’(भिडियो)

युवराज छन्त्याल र लक्ष्मी रेग्मीको स्वरमा तीज गीत ‘भयो डामाडोल’(भिडियो)

मनोरन्जन, समाचार
काठमाडौं – चर्चित गायक युवराज छन्त्याल र गायिका लक्ष्मी रेग्मीको स्वरमा नयाँ तीज गीत ‘भयो डामाडोल’ सार्वजनिक भएको छ। हाल वहुविवाहलाई मान्यता दिने विषयमा बहस भइरहेका बेला आएको यस गीतले सोही विषयलाई रोचक तरिकाले प्रस्तुत गरेको छ। गीतमा “घरकी भन्दा बाहिरकी राम्री लागेको” अवस्थालाई व्यङ्ग्यात्मक रूपमा चित्रण गरिएको छ। प्रतिमा शर्मा चपाईको शब्दमा तयार भएको गीतमा सुर्य खड्काको संगीत र याम थापा मगरको संगीत संयोजन रहेको छ। रमाइलो नृत्य भरिएको भिडियोको कोरियोग्राफी र निर्देशन शिवम पोखरेलले गरेका छन्। भिडियोमा निर्मल क्षेत्री, रिना थापा, सिला पाण्डे र बिमल बस्नेतको जीवन्त प्रस्तुति देख्न सकिन्छ। छायांकन सरोज शाही र उमेश बहादुर शाहले गरेका हुन् भने सम्पादन टेकेन्द्र शाहले गरेका हुन्। शृङ्गारको जिम्मा सरिता प्रजापतिले सम्हालेकी छन्। तीजमा नाच्न लायक गीतको खडेरी भएको बेला ‘भयो डामाडोल’ले श्रो...
नम्रता, नीलम र बबीको ‘किन्दिने हो कल्ले’ मा सुन्तली, सनिशा र जुनाको छमछमी

नम्रता, नीलम र बबीको ‘किन्दिने हो कल्ले’ मा सुन्तली, सनिशा र जुनाको छमछमी

मनोरन्जन, समाचार
काठमाडौं । नेपालीहरुको मौलिक चाड तिज नजिकिँदै गर्दा बजारमा नयाँ नयाँ गीतहरु आउनेक्रम जारी छ । संगीतकर्मीहरु तीज गीतलाई बजारमा ल्याउनमा आतुर देखिन्छन् । तीजको मौलिकतासँगै सन्देशमूलक गीतहरु ल्याउनु आफैंमा चुनौतिमय देखिन्छ । भड्किलो गीतहरु बजारमा ल्याएर चर्चा कमाउने एकातिर छन् भने अर्कोतिर समाजलाई भड्किलो बनाउन हुँदैन भनेर सन्देशमूलक सिर्जना पनि ल्याउने गरेका छन् । यसैक्रममा गायिकात्रय नम्रता तामाङ, नीलम रोका कार्की र बबी नेम्वाङ लिम्बूको स्वरमा रहेको गीत ‘किन्दिने हो कल्ले ?’ सार्वजनिक भएसँगै चर्चामा पनि रहेको छ । पछिल्लो समयको सामाजिक परिवेशलाई लिएर निर्माण गरिएको यो गीतले भड्किलो तीजलाई एउटा सन्देश पनि दिएको छ । पारिवारिक स्थिति र भड्किलो समाज अनुसार फरक रुपमा गीतलाई प्रस्तुत गरिएको छ । गीतकार डीपी खनालको शब्द सिर्जना रहेको गीत ‘किन्दिने हो कल्ले ?’ मा दीपक शर्माको संगीत सिर्जना रहे...
वसन्ती लामा र राज टाइगरको स्वरमा ‘सुनको चुराले’ (भिडियो)

वसन्ती लामा र राज टाइगरको स्वरमा ‘सुनको चुराले’ (भिडियो)

मनोरन्जन, समाचार
वसन्ती लामा र राज टाइगरको स्वरमा रहेको तीज गीत ‘सुनको चुराले’ सार्वजनिक भएको छ । सपना बानियाँको शब्द रचना, वसन्तीकै सङ्गीत, सुन्दर लामाको सङ्गीत संयोजन रहेको गीतको भिडियो सार्वजनिक भएको हो ।  परम्परागत लोकधुन र आधुनिक भावनाको मिश्रण भएको यो गीत अहिले सामाजिक सञ्जालमा चर्चामा छ । https://youtu.be/rRpWwtFnda8 ‘माइत जाने कुरा थियो यसपालिको तीजमा, कहाँबाट छिरेउ बुढा तिमी बीचमा- ए सुनको चुराले, लौ दिक्कै पार्‍यौ बुढा तिम्रा कुराले’ जस्ता बोलहरूले गीतलाई रमाइलो र व्यंग्यात्मक बनाएका छन् । आदित्य बुढाथोकीको निर्देशन राहुल बराइलीको कोरियोग्राफी, मुकेश हुमागाईंको छायांकन रहेको भिडियोमा दिक्पाल कार्की, राज टाइगर, सुषमा मगर, पुष्पा बिसुङ्खे लगायतको अभिनय र नृत्य रहेको छ । गीतको भिडियो सदिक्षा फिल्मस युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो । सार्वजनिक भएको छोटो समयमै दर्शकहरूको मा...
‘लिटिल मिस्टर एण्ड मिस काठमाडौं’ सम्पन्न: ऐश्वर्या, समाइरा,सम्भव र संश्रेय विजयी

‘लिटिल मिस्टर एण्ड मिस काठमाडौं’ सम्पन्न: ऐश्वर्या, समाइरा,सम्भव र संश्रेय विजयी

मनोरन्जन, समाचार
काठमाडौं, नेपाल – लविस ईभेन्ट्स प्रा.लि.को आयोजनामा “लिटिल मिस्टर एण्ड मिस काठमाडौं” प्रतियोगिता अत्यन्त भव्य र आकर्षक रूपमा सम्पन्न भएको छ। बालबालिकाको आत्मविश्वास, व्यक्तित्व विकास र सिर्जनशील क्षमताको अभिवृद्धिलाई प्रोत्साहन गर्ने उद्देश्यले आयोजना गरिएको प्रतियोगितामा विभिन्न उमेर समूहका बालप्रतिभाहरूले उल्लेखनीय सहभागिता जनाएका थिए। कार्यक्रम ललितपुरस्थित ज्यापू प्रतिष्ठानमा सम्पन्न भएको थियो। प्रतियोगितामा निर्णायक मण्डलका सदस्य श्यारोन बज्राचार्य, आशिम सक्सेना र प्रकाश चौहानले सहभागीहरूको प्रतिभा, आत्मप्रस्तुति, प्रस्तुति कला लगायतका पक्षमा आधारित मूल्यांकन गरी विजेता घोषणा गरेका थिए। विजेताहरूको विवरण यस प्रकार छः मुख्य विजेता सिनियर मिस – ऐश्वर्या श्रेष्ठ जुनियर मिस – समाइरा गुरुङ सिनियर मिस्टर – सम्भव शाह जुनियर मिस्टर – संश्रेय तिवारी प्रथम उ...
गायक कृष्ण भट्टराईको ‘तर्किएर जानेलाई’सार्वजनिक(भिडियो)

गायक कृष्ण भट्टराईको ‘तर्किएर जानेलाई’सार्वजनिक(भिडियो)

मनोरन्जन, समाचार
साउन मैनाको दोस्रो हप्ता कटिसक्दा नेपाली सांगीतिक बजार तिजमय भैसकेको छ । हरेक दिन कैयौं तिज कोशेलीहरु सांगीतिक बजारमा अडियो भिडियो सहित दर्शक श्रोतामाझ पस्किन पछिल्लो समय सर्जक गायक गायिका लाई भ्याइनभ्याई छ । यसैक्रममा गायक कृष्ण भट्टराईले पनि आफ्नो तिज कोशेली तर्किएर जानेलाई सार्वजनिक गरेका छ्न् । मन्जु बिक,तुलसा जिसि र कृष्ण भट्टराईको आवाज रहेको यश गीतमा दिपक अधिकारीले शब्द लेखेका हुन भने सन्तोष सुबेदिले लय भरेका छ्न् । राजेन्द्र नेपाली लट्टे,अस्मि गौतम र अनुभव पौडेलको अभिनय रहेको गीतको म्युजिक भिडियो लाई गणेश सापकोटाले खिचेका हुन भने सुवास अम्गाइले सम्पादन गरेका छ्म् । कपिल श्रेष्ठ को निर्देशन मा तयार भएको यश गीत लाई कृष्ण भट्टराई युटुब च्यानलबाट सार्वजनिक गरिएको छ । गीतमा स्वर संगै भिडियोमा पनि भट्टराई फिचर्ड छ्न् । गीत हेर्न तलको लिंक क्लिक गर्नुहोस । https://www.youtube.co...
‘किड्स अफ द इयर इन्टरनेशनल २०२५’ मा जुनियर र सिनियर गरेर एक साथ ४ विजेता

‘किड्स अफ द इयर इन्टरनेशनल २०२५’ मा जुनियर र सिनियर गरेर एक साथ ४ विजेता

मनोरन्जन, समाचार
काभ्रेपलान्चोक – काभ्रे जिल्लाको मुटु बनेपा बाट एकै स्टेजमा एकसाथ ४ विजेता छानिएका छन् । शनिबार बनेपाको आइटी पार्कमा रहेको लोटस इभेन्ट्स एण्ड रिसेप्सनमा सम्पन्न प्रतियोगिता बाट ‘किड्स अफ द इयर इन्टरनेशनल २०२५’ मा जुनियर र सिनियर गरेर एकसाथ ४ विजेता छानिएका हुन् । सातौं संस्करण ‘किड्स अफ द इयर इन्टरनेशनल २०२५’ बनेपाको लोटस इभेन्ट्स एण्ड रिसेप्सनमा सम्पन्न भएको हो । रेडियन्ट इभेन्ट म्यानेजमेन्ट एजेन्सीले आयोजना गरेको ‘किड्स अफ द इयर इन्टरनेशनल २०२५’ कार्यक्रमका प्रमुख अतिथि जिल्ला समन्वय समिति काभ्रेको प्रमुख दिपक कुमार गौतमले कार्यक्रममा बोल्दै “आजका बालबालिका नै भोलीको देशको नेतृत्व हुन्। यस्ता कार्यक्रमले उनीहरूलाई सिर्जनशील, जिम्मेवार र आत्मनिर्भर बनाउन प्रेरणा दिन्छ। यो केवल प्रतियोगिता नभई एक व्यक्तित्व विकासको प्रयोगशाला हो।” जिल्लामा राम्रो उत्कृष्ट कार्यक्रम गर्न अन्तर्राष्ट्रिय मो...
“राजेश हमाल र नागिन केसीको अभिनयमा ‘सपना’ (भिडियो)

“राजेश हमाल र नागिन केसीको अभिनयमा ‘सपना’ (भिडियो)

मनोरन्जन, समाचार
रेबेल ईभेन्टस् आइ.एन.सि र छेवाङ्ग प्रोजेक्टको प्रस्तुति गायक कमल खत्री र सुमन गुरुङको आवाजमा रहेको नयाँ नेपाली गीत सपना सार्वजनिक भएको छ । नेपाली संगीत क्षेत्रमा पृथक पहिचान बनाएका यी दुई लोकप्रिय गायकको स्वरमा रहेको यो गीतको म्युजिक भिडियोको छायांकन अमेरिकाको न्युयोर्कमा गरिएको हो ।भिडियोमा नेपाली चलचित्र क्षेत्रका महानायक राजेश हमालको दमदार अभिनय देख्न पाइन्छ साथै नागिन केसी पन्तले पनि उत्तिकै प्रभावशाली अभिनय प्रस्तुत गरेकी छन्, जसले गीतको भावनात्मक पक्षलाई अझ जीवन्त बनाएको छ ।गीतको संगीत दिलिप समनले गरेका हुन् भने भिडियोको निर्देशन सुरज सिंह ठकुरीले गरेका छन् । उक्त गीतलाई हरि हुमागाई, अन्जय खड्का र विर बहादुर लामिछानेले खिचेका हुन् । निर्देशन, अभिनय, र छायांकनको समिश्रणले यो भिडियो दर्शकहरूमाझ विशेष आकर्षण बनेको छ भने भिडियोले दर्शकहरुबाट राम्रो प्रशंशा बटुलिरहेको छ । ...
संगमको तिज कोशेली ‘नाचम बरिलै’ सार्वजनिक

संगमको तिज कोशेली ‘नाचम बरिलै’ सार्वजनिक

मनोरन्जन, समाचार
सुर्खेत । हिन्दु महिलाहरुको महान पर्व हरितालिका तिज को अवसरमा मौलिक भाका र चेलीे मनोभावनालाई समेटेर सर्जक तथा गितकार प्रेम संगमले ‘नाचम बरिलै’ बोलको अडियो भिडियो सार्वजनिक गरेका छन् । गीत शुक्रबार प्रतिक्षा सिजापती युट्युब च्यानलमार्फत सार्वजनिक भएको हो । गीतमा प्रेम संगम कै शब्द रचना रहेको छ भने लय सिर्जना राजकुुमार बगरको र गीतको संगीत संयोजन रमेश सेन्चुरी गर्नुभएको छ । गितमा रचना रिमालले आफ्नो सुमधुर स्वर दिएकी छिन् । पछिल्लो समय तीज गीतहरूमा मौलिकता र सन्देशभन्दा पनि भड्किलोपन हाबी भइरहेको गुनासो आइरहँदा ‘नाचम बरिलै’ ले नेपाली समाजका महिलाहरूले भोग्नुपरेको दुःख र संघर्षको कथालाई कलात्मक ढंगले प्रस्तुत गरेको छ । गीतको भिडियोतर्फ पनि एक सशक्त टिमले काम गरेको छ । भिडियोमा कर्णाली प्रदेशकै एक कोहिनुर हिरा का रुपमा परिचित बरिष्ठ कलाकार प्रेमदेब गिरी, राष्ट्रिय लोक तथा दोहरी गित प्रतिष्ठा...
चिट्ठी’को ‘सिन्दुरको रंग’ सार्वजनिक, भदौ २० देखि सिनेमाघरमा आउने (भिडियो)

चिट्ठी’को ‘सिन्दुरको रंग’ सार्वजनिक, भदौ २० देखि सिनेमाघरमा आउने (भिडियो)

मनोरन्जन, समाचार
आगामी भदौ २० गतेदेखि सिनेमाघरमा आउने मिति तय गरेको चलचित्र ‘चिट्ठी’ को दोस्रो गीत ‘सिन्दुरको रंग’ सार्वजनिक गरिएको छ । बिहीबार काठमाडौंमा एक विशेष कार्यक्रमबीच गीतको भिडियो सार्वजनिक गरिएको हो । एरा प्रोडक्सनको ब्यानरमा निर्माण गरिएको यो चलचित्रलाई माधवराज खरेलले निर्देशन गर्नुभएको हो । कुवेर डिस्टिब्युटर्स प्रालि. वितरण गर्ने ‘चिट्ठी’ हरर तथा कमेडी जनरामा निर्माण गरिएको निर्माण पक्षले जनाएको छ । सार्वजनिक ‘सिन्दुरको रंग’ चलचित्रको भावनात्मक मेरुदण्ड हो, जसमा विवाह, विश्वास, समर्पण र महिलाको मौन संघर्ष तथा आफ्ना श्रीमानप्रतिको आस्था र विश्वासलाई विम्बित गर्न खोजिएको छ । उक्त गीतमा सञ्चारकर्मी कमला जोशीको शब्द, सरोज कोइरालाको संगीत तथा गायिका बेनिशा पौडेलको स्वर छ । निर्देशक खरेलका अनुसार ‘सिन्दुरको रंग’ केवल गीत नभई महिलाको अन्तर–आत्माको आवाज हो, जसले दर्शकको हृदय छुनेछ । गीतको भिडि...