आइत, मंसिर ७, २०८३
Sun, November 22, 2026
Shadow

मनोरन्जन

ग्लोकल टीन हिरो नेपाल अन्तर्गत,ग्लोकल -२० अन्डर २० को सूची सार्वजनिक

ग्लोकल टीन हिरो नेपाल अन्तर्गत,ग्लोकल -२० अन्डर २० को सूची सार्वजनिक

मनोरन्जन, समाचार
सेप्टेम्बर १ गतेका दिनवाई वाइग्लोकल टीन हिरो नेपालको आवेदन आह्वान घोषणा मार्फत आवेदनको अन्तिम मिती नोवेम्बर १४ भनी तोकिएको थियो। आवेदनको समय समाप्त भएपछी,प्राप्त आवेदनबाट उत्कृष्ट २० छनोट गरिएको छ जस्लाई ग्लोकल २० अन्डर २० भनीपहिचानगरिएको छ। किशोरकिशोरीहरुमाभएको प्रेरणा र उत्साहलाई प्रस्फुटन गरी उनीहरुले समाजमा गरेको प्रभावकारी कार्यलाई कदर र अरु माझ चिनाउने कार्यक्रम ‘वाई वाई ग्लोकल टिन हिरो नेपालको यो छैठौं संस्करण हो । २० वर्ष भन्दा कम उमेरका २० नेपाली प्रतिभाशाली किशोर किशोरीहरुको यस् बर्षको ग्लोकल २० अंडर २० को सुची सार्वजनिकगरिएको छ। हाल कोभिडका प्रभावका कारण यस वर्ष डिसेम्बर १२, २०२० माअन्लाईन अवार्ड कार्यक्रम र सम्मेलन मार्फत पुरस्कृत हुने भएका छन् । सोही दिन वाई वाई ग्लोकलटिन हिरो नेपाल बिजेताको नाम पनि घोषणा गरिनेछ ।ग्लोकल प्राली र वाईवाईको संयुक्त आयोजनामा नेपालका २० वर्ष भन्द...
बलिउडका दिग्गज अभिनेता परेश रावलको तमिल फिल्ममा डेब्यू

बलिउडका दिग्गज अभिनेता परेश रावलको तमिल फिल्ममा डेब्यू

मनोरन्जन, समाचार
 बलिउडका दिग्गज अभिनेता परेश रावल अब तमिल फिल्ममा देखिने भएका छन् । फिल्म ‘सूराराई पोतृ’बाट उनले तमिल इण्डष्ट्रीमा डेब्यू गर्न लागेका हुन् । यो फिल्ममा परेश रावलसँग तमिल सुपरस्टार सूर्या हुनेछन् । परेशले फिल्मको बारेमा कुरा गर्दै फिल्म उद्योगमा लामो अनुभव भएकोले अरु कुरा सहज भए पनि तमिल भाषामा संवाद बोल्न कठिन भएको बताए । भाषा सिक्नको लागि आफूले संवादहरु घोकेरै बोलेको बताउँदै परेशले भाषा सिक्नको लागि आफूले तयारीस्वरुप कोठामा सोही भाषामा कार्यक्रम टेलिभिजनमा चलाइराख्ने बताए । फिल्मको सुटिङ चेन्नइ र चण्डीगढमा गरिएको छ । यो फिल्मको कहानी आफूलाई पहिलो पटकमै मन परेको बताउँदै रावलले यो फिल्ममा काम गर्नु आफ्नो लागि सौभाग्य भएको बताए । ...
छठ पर्वको सन्ध्याकालीन अर्घ्य अर्पण

छठ पर्वको सन्ध्याकालीन अर्घ्य अर्पण

मनोरन्जन
आस्थाको महापर्व छठ पर्वअन्तर्गत व्रतालुले आज यहाँ अस्ताउँदो सूर्यलाई अघ्र्य अर्पण गरी पूजाअर्चना गरेका छन् । व्रतालु यहाँका इतिहास वर्णित सरोवर गङ्गासागर, अरगजालगायत पोखरीमा अर्घ्य सामग्री लिइ सूर्यलाई पूजा अर्चना गरेका हुन् । अर्घ्य सामग्रीमा ठकुवा, कसार, केरा, उखु, मेवा मिष्ठान, गेडागुडी, कन्दमूल र विभिन्न वनस्पति राख्ने परम्परा छ । यस पर्वमा भुसवा र कृषिजन्य अन्नको पीठोबाट बनाइएका पकवानसँगै केराको घरी, माटोको हात्ती, सुप, कनसुपती, कलशसहितको घैँटो आदि सामग्रीको स्वच्छता र पवित्रतापूर्वक व्यवस्था गरिन्छ र साँझतिर अस्ताउने सूर्यको नमन गर्दे अर्घ्य दिइन्छ । छठ पर्व नै यस्तो पर्व हो जसमा अस्ताउँदो सूर्यलाई पनि पूजा गर्ने परम्परा छ । यो पर्व वर्षभरमा दुईपटक मनाउने गरिएको छ । शरद् ऋतुको कात्तिक पष्ठीका दिन र अर्को वसन्त लागेको चैतको षष्ठीका दिन मनाइन्छ । सङ्ख्यात्मक दृष्टिले चैते छठ पर्...
युट्युबर विरुद्ध अक्षयकुमारले दर्ता गरे ५०० करोडको मानहानी मुद्दा

युट्युबर विरुद्ध अक्षयकुमारले दर्ता गरे ५०० करोडको मानहानी मुद्दा

मनोरन्जन
बलिउड अभिनेता अक्षयकुमारले युट्युबरलाई ५०० करोड भारतीय रुपैयाँको मानहानी केस दर्ता गरेका छन् । उनले राशिद सिद्दीकी नामको एक युट्युवर बिरुद्ध उक्त केस गरेका हुन् । राशिदले सुशान्त सिंह राजपुतको मावलमा अक्षय कुमारलाई केही गम्भिर आरोप लगाएका थिए । त्यसैले अक्षयले उनी बिरुद्ध कानुनी एक्सन लिएका हुन् । उनलाई मानहानीको टोसिस समेत पठाइएको छ ।बिहारका युट्युबर राशिदले आफ्नो ‘एफएफ न्युज’ च्यानलमा अक्षयकुमार, आदित्य ठाकरे र मुम्बई पुलिसको छवि खराब गर्ने कोशिश गरेर गलत जानकारीको साथ आपत्तिजनक भिडियो शेयर गरेका थिए । यतिमात्र कहाँ हो र ती युट्युबरले अक्षयकुमारलाई रिया चक्रवर्तीलाई सहयोग गरेको आरोप समेत लगाएका थिए ।  राशिदले एक भिडियो बाहिर ल्याएको थियो । जसमा भनिएको थियो ‘अक्षयले रियालाई देशबाट निस्किएर क्यानडा जान पुरै सहयोग गरेका थिए ।’ अर्काे एक भिडियोमा भनिएको थियो, ‘सुशान्तको मावलामा अक्ष...
भीडभाड नगरीकनै राजधानीमा छठ मनाइने

भीडभाड नगरीकनै राजधानीमा छठ मनाइने

मनोरन्जन
मंसिर ४ काठमाडौं । कोरोना भाइरसको सङ्क्रमणका कारण यस वर्ष राजधानीमा छठ पर्व भीडभाड नगरी विधिमात्र पूरा गरेर मनाइने भएको छ । जाडो लागि सकेकाले भीडभाड गर्दा कोरोना महामारी फैलन सक्ने हुँदा सामान्य पूजा मात्र गर्न लागिएको हो । राजधानीमा कमलपोखरी, गुह्येश्वरी, नागपोखरी, गहनापोखरीलगायत स्थानमा विशेष साजसज्जा गरी कात्तिक शुक्ल षष्ठीका दिन अस्ताउँदो र सप्तमीका दिन बिहान उदाउँदो सूर्यलाई अघ्र्य दिई छठ पर्व मनाइन्छ । राजधानीका यी स्थानमा हजारौँ मानिस जम्मा भएर छठ मनाउने गरिन्थ्यो । कमलपोखरीमा विगत १० वर्ष अघिदेखि छठ पूजा समाजको नेतृत्व गर्दै आउनुभएका राजेन्द्र सिंह जिल्ला प्रशासन कार्यालयले २५ जना मात्र उपस्थित भएर पर्वको विधि पूरा गर्न स्वीकृति दिएको बताउनुहुन्छ ।प्रशासनको स्वीकृतिअनुसार विगत नौ वर्षदेखि व्रत बस्दै आएकालाई मात्र मङ्सिर ५ गते बेलुकी कमलपोखरीमा प्रवेश गराएर अस्ताउँदो सूर्यलाई अघ...
गायिका बसन्ती लामा र बाबुल गिरीको स्वरमा”नेपाल गए कपालसँगै”सार्वजनिक(भिडियो)

गायिका बसन्ती लामा र बाबुल गिरीको स्वरमा”नेपाल गए कपालसँगै”सार्वजनिक(भिडियो)

मनोरन्जन, समाचार
गायिका बसन्ती लामा र बाबुल गिरीको स्वरमा रहेको नयाँ लोक गित”नेपाल गए कपालसँगै ” को म्यूजिक भिडियो आज एक कार्यक्रमका बीच सार्वजनिक गरिएको छ ।केन्द्र मोसनको युटुब च्यानलबाट सार्वजनिक उक्त गीत गायक बाबुल गिरीको शब्द सृजना तथा संगीत रहेको छ । https://youtu.be/eyMr2JNLPAY सुरेन्द्र मल्लले निर्देशन गरेको म्युजिक भिडियोमा गम्भीर बिष्टले कोरियोग्राफर गरेका छन् भने चक्र बहादुर बरालले छायांकन गरेका छन् । सिलान लम्सालले सम्पादन गरेको म्युजिक भिडियोमा पछिल्लो समय युवा पुस्तामा निकै नै लोकप्रिय मोडल पल शाह,प्रिज्मा,प्रिन्सा,अब्रिन,यादब र विमलाको अभिनय रहेको छ । ...
चलचित्र ‘आर्या’ को ‘हाम्रो धर्ती’ सार्वजनिक (भिडियो)

चलचित्र ‘आर्या’ को ‘हाम्रो धर्ती’ सार्वजनिक (भिडियो)

मनोरन्जन, समाचार
चलचित्र ‘आर्या’ को गीत भाइटीकाको अवसर पारेर युट्युब मार्फत सार्वजनिक गरिएको छ । तिमिल्सिना फिल्म प्रडक्सनबाट निर्माण सप्पन्न भएको चलचित्र ‘आर्या’ लकडाउनका कारण प्रदर्शन रोकिएको थियो । सार्वजनिक रास्ट्रभावले ओतप्रोत ‘हाम्रो धर्ती’ बोलको गीतमा गायिका मेलिना राइको स्वर कविराज गहतराजको नृत्य निर्देशन, राम सिटौलाको सङ्गीत, लक्ष्मण सिटौलाको शब्द छ । उपेन्द्र तिमिल्सिनाले निर्देशन गरेको चलचित्रमा शिल्पा पोखरेलको मुख्य भूमिका रहेको छ । https://www.youtube.com/watch?v=rsqMZ0M_LZE&feature=youtu.be&fbclid=IwAR2nNDw0Ic9mgxly5MMU6LtZc35oXc8DVeAMFgi9eSks0U9gQdoNjiw1CEE नेपाली चलचित्रको इतिहासमा रास्ट्रिय झण्डाको व्यापक प्रयोगगरी दृश्य छायाँकन गरिएको सम्भवत यो नै पहिलो पटक हो । झण्डालाई नेपाल र नेपालीको आत्मसम्मान र राष्ट्र गौरवको प्रतीक मान्नुपर्छ भन्ने एउटा महत्वपूर्ण शन्देश दिने यो गी...
टिकटक जस्तै एप ल्याउदै यूट्यूब

टिकटक जस्तै एप ल्याउदै यूट्यूब

मनोरन्जन
यूट्यूबले टिकटकको नयाँ प्रतिस्पर्धीको रूपमा भारतमा आफ्नो नयाँ एपको बीटा संस्करण परीक्षण गर्ने घोषणा गरेको छ। यूट्यूब सर्ट्स नामक उक्त एपमा १५ सेकेन्डको भिडिओ बनाउन मिल्नेछ र तिनको सिर्जना गर्ने शैली र तरिका चिनियाँ स्वामित्वको टिकटकसँग मिल्दोजुल्दो हुनेछ। चीन सीमामा तनाव चुलिएका बेला दिल्लीले टिकटकसहित सबै चिनियाँ एपलाई जुन प्रतिबन्ध लगाएको थियो त्यस बेलासम्म भारतमा टिकटकका सर्वाधिक १२ करोड प्रयोगकर्ता थिए। यूट्यूबले भारतमा अब टिकटकको अभाव पूर्ति गर्न खोजिरहेका थुप्रै स्थानीय एपहरूसँग प्रतिस्पर्धा गर्नुपर्नेछ। थप परिस्कृत भएर नयाँ सुविधाहरू थपिएपछि त्यो अन्य देशका बजारमा पनि विस्तार गरिने जफीले बताएका छन्। यूट्यूबको यो एप त्यस्तो बेला आएको छ जतिखेर अमेरिकी प्रविधि कम्पनी ओरकलले टिकटकको निर्माता बाईटडान्सलाई अमेरिकामा आफू विश्वासिलो प्रविधि साझेदारु हुन भनेर औपचारिक रूपमा प्रस्ताव गर...
टिकटकका निम्ति ठूलो राहत

टिकटकका निम्ति ठूलो राहत

मनोरन्जन
यसअघिको आदेशअनुसार बिहीबार रातिदेखि अमेरिकामा टिकटक डाउनलोड गर्न प्रतिबन्ध लाग्नुपर्ने थियो। तर अमेरिकाको वाणिज्य मन्त्रालयले बिहीबार रातिदेखि टिकटकमाथि लाग्न लागेको प्रतिबन्ध तत्कालको लागि रोकेको छ। वाणिज्य मन्त्रालयले कानुनी प्रक्रिया जारी रहेकोु भन्दै प्रतिबन्धको कार्यान्वयनमा ढिलाइ गरेको छ। उसले फिलडेल्फियाको अदालतको आदेशतर्फ पनि इङ्गित गरेको छ।सेप्टेम्बरमा त्यहाँ तीन चर्चित टिकटक प्रयोगकर्ताले अमेरिकामा उक्त भिडिओसम्बन्धी सामाजिक सञ्जालको एपलाई प्रतिबन्धित गर्न नहुने जिकिर गरेका थिए। वाणिज्य मन्त्रालयको पछिल्लो निर्णय टिकटकका निम्ति ठूलो राहत हो। अमेरिकामा उसका १० करोड प्रयोगकर्ता रहेको अनुमान छ। सेप्टेम्बरमा टिकटकको स्वामित्व रहेको चिनियाँ कम्पनी बाइटडान्सले उसको अमेरिकी सम्पत्तिलाई ‘टिकटक ग्लोबल’अन्तर्गत राखेर वालमार्ट र ओरकललाई हस्तान्तरण गर्ने घोषणा गरेको थियो । राष्ट्रपति ...