यूट्यूबले टिकटकको नयाँ प्रतिस्पर्धीको रूपमा भारतमा आफ्नो नयाँ एपको बीटा संस्करण परीक्षण गर्ने घोषणा गरेको छ। यूट्यूब सर्ट्स नामक उक्त एपमा १५ सेकेन्डको भिडिओ बनाउन मिल्नेछ र तिनको सिर्जना गर्ने शैली र तरिका चिनियाँ स्वामित्वको टिकटकसँग मिल्दोजुल्दो हुनेछ।
चीन सीमामा तनाव चुलिएका बेला दिल्लीले टिकटकसहित सबै चिनियाँ एपलाई जुन प्रतिबन्ध लगाएको थियो त्यस बेलासम्म भारतमा टिकटकका सर्वाधिक १२ करोड प्रयोगकर्ता थिए। यूट्यूबले भारतमा अब टिकटकको अभाव पूर्ति गर्न खोजिरहेका थुप्रै स्थानीय एपहरूसँग प्रतिस्पर्धा गर्नुपर्नेछ।
थप परिस्कृत भएर नयाँ सुविधाहरू थपिएपछि त्यो अन्य देशका बजारमा पनि विस्तार गरिने जफीले बताएका छन्। यूट्यूबको यो एप त्यस्तो बेला आएको छ जतिखेर अमेरिकी प्रविधि कम्पनी ओरकलले टिकटकको निर्माता बाईटडान्सलाई अमेरिकामा आफू विश्वासिलो प्रविधि साझेदारु हुन भनेर औपचारिक रूपमा प्रस्ताव गरेको छ।
त्यस्तो कदमको उद्देश्य राष्ट्रपति डोनल्ड ट्रम्पले राष्ट्रिय सुरक्षाका कारण देखाउँदै टिकटकलाई अमेरिकामा बन्द गर्न दिएको चेतावनी छल्नु रहेको छ।
ट्रम्प र भारत सरकार दुवैले पछिल्लो व्यवस्थाअन्तर्गत टिकटकमा हुने प्रयोगकर्ताका विवरणमा चीन सरकारको पहुँचमा हुनसक्ने बताउँदै आएका छन्।
