शनि, मंसिर ६, २०८३
Sat, November 21, 2026
Shadow

ह्वाइट हाउसमा दिपावली : ट्रम्प, बाइडेन लगायतले दिए शुभकामना

कात्तिक ३० काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले हिन्दुहरुको महान पर्व दिपापलीको अवसरमा शुभकामना दिएका छन् ।

राष्ट्रपति ट्रम्पले दिपवालीका अवसरमा शुभकामना दिँदै अमेरकी राष्ट्रपति भवनमा दीप जलाएर दिपावली समेत गरेका छन् ।

ट्रम्पले आफूले दीपावली गरिरहेको तस्वीर सामाजिक सञ्जाल ट्वीटरमार्फत सार्वजनिक गरेका छन् । सामाजिक सञ्जालमा तस्बिर पोष्ट गर्दै राष्ट्रपति ट्रम्पले ‘ह्यापी दिपावली’ भनेका छन् ।

त्यस्तै अमेरिकाकै नवनिर्वाचि राष्ट्रपति वो बाइडेनले पनि दिपावलीको शुभकामना दिएका छन् ।

 उता, बेलायतका प्रधानमन्त्री बोरिस जोनसन र प्रिन्स चाल्र्सले पनि दिपावलीको शुभकामना दिएका छन् ।

बेलायतका प्रधानमन्त्री जोनसले ब्रिटिश हिन्दु, शिख र जैन धर्माबलम्बीहरुलाई दिपावलीको एकमुष्ट शुभकामना दिएका छन् । त्यस्तै अमेरिकी विदेशमन्त्री माइक पोम्पेओ लगायतका नेताहरुले पनि दिपावलीको शुभकामना दिएका छन् । एजेन्सी

Leave a Reply

Your email address will not be published. Required fields are marked *