आइत, मंसिर ७, २०८३
Sun, November 22, 2026
Shadow

मनोरन्जन

सहिमा श्रेष्ठ तथा ध्रुव विश्कोको स्वरमा‘सिल्की कपाल’ सार्वजनिक(भिडियो)

सहिमा श्रेष्ठ तथा ध्रुव विश्कोको स्वरमा‘सिल्की कपाल’ सार्वजनिक(भिडियो)

मनोरन्जन, समाचार
गीतकार अमर बान्तु गीत ‘सिल्की कपाल’ सार्वजनिक भएको छ । सहिमा श्रेष्ठ तथा ध्रुव विश्कोको स्वर, दीपक शर्माको सङ्गीत, शाहस शाक्यको एरेञ्ज र किशोर थापाको मिक्सिङ रहेको गीतको भिडियो सार्वजनिक भएको हो । https://youtu.be/BVp_XrXgX8k सरोज अधिकारीको कन्सेप्ट तथा निर्देशन र आस्मा विश्वकर्माको कोरियोग्राफी रहेको गीतको भिडियोमा कार्टुन क्रुजको अभिनय छ । पवन शुसलिङको छयाँकन रहेको भिडियोेमा सरोज अधिकारीको सम्पादन छ । ...
बलिउडका अभिनेता सन्नी देवलको सुरक्षामा दुई जना कमान्डो, प्रहरी तथा पिएसओसहित ११ जना बढाइए

बलिउडका अभिनेता सन्नी देवलको सुरक्षामा दुई जना कमान्डो, प्रहरी तथा पिएसओसहित ११ जना बढाइए

मनोरन्जन, समाचार
बलिउडका अभिनेता सन्नी देवलको सुरक्षा बढाइएको छ। उनलाई दुई जना कमान्डो, प्रहरी तथा पिएसओसहित ११ जनाको सुरक्षा टाली उपलव्ध गराइएको भरतीय सञ्चारमाध्यमहरुले जनाएका छन् । केहि दिन अघि सरकारले ल्याएको किसान कानूनको समर्थनमा बोलेका बोलेका सन्नीको सुरक्षाका लागि यस्तो व्यवस्था गरिएको हो । भारतमा सरकारी कानूनको विरोधमा किसानहरु आन्दोलनमा उत्रिएका छन् । आन्दोलनकारीको पक्ष नलिइ सरकारलाई साथ दिएसँगै सन्नीलाई ‘वाई क्लास’ सुरक्षा दिइएको एनडिटिभीले जनाएको छ। उनी भारतीय जनता पार्टी भाजपाका सांसद समेत हुन्। उनलाई सुरक्षा दिनुको कारण समेत रहेको छ। किसान कानूनको समर्थनमा बोलेपछि आन्दोलनरत किसानहरू भड्किएका थिए। जुन आन्दोलन अहिले भारतमा आन्दोलन चर्चिरहेको छ। उनले किसानको आन्दोलनका नाममा अरुले फाइदा लिन खोजिरहेको आरोप लगाएका थिए । सन्नीले ट्वीटरमा लेखेका थिए,‘मलाई थाहा छ कि धेरैजसो मानिसहरूले य...
साधना म्युजिक अवार्डको दोस्रो संस्करणका लागि आवेदन खुल्ला

साधना म्युजिक अवार्डको दोस्रो संस्करणका लागि आवेदन खुल्ला

मनोरन्जन, समाचार
साधना म्युजिक अवार्डको दोस्रो संस्करणका लागि आवेदन खुल्ला गरिएको छ । सामना म्युजिक क्रियसनले आयोजना गर्ने यो अवार्डको आवेदन खुल्ला गरिएको हो । ‘अग्रजलाई सम्मान नवलाई प्रोत्साहन, कला गला तथा संस्कृति संरक्षणमा हाम्रो अभियान’ भन्ने मुख्य उद्देश्यका साथ आयोजना गर्न लागिएको दोस्रो साधना म्युजिक अवार्ड २०७७को आवेदन फारम पुनः खुल्ला गरिएको आयोजकले बताएको छ । नेपाली लोक गीत, आधुनिक, पप र लोकपप, डिजे गीत र राष्ट्रिय गीतलगायत ३० बिधामा आवेदन फारम भर्न सकिने आयोजकले बताएको छ । २०७६ बैशाख १ गते देखि मंसिर १ गतेसम्म बजारमा आएका नेपाली सिर्जनालाई समावेश गर्न पाउने बताइएको छ । नेपाली मौलिक लोक गीत सङ्गीतको विकास र विस्तार एवम् प्रर्वद्धन गर्ने उद्देश्यका साथ भब्य र सभ्य रुपमा आयोजना गर्न लागिएको सामना क्रियसनकी अध्यक्ष सामना शाहले बताउनुभयो । आबेदन फारम अनामनगर स्थित सामना म्युजिक क्रियसन प...
क्लिन फिड लागू भएपछि रोकिएका टेलिभिजन च्यानल पुनः सञ्चालनमा

क्लिन फिड लागू भएपछि रोकिएका टेलिभिजन च्यानल पुनः सञ्चालनमा

मनोरन्जन, समाचार
सरकारले गत कात्तिक ८ गतेदेखि नेपालमा सञ्चालित विदेशी टेलिभिजन च्यानल पूर्णरुपमा विज्ञापनरहित (क्लिन फिड) लागू भएपछि रोकिएका च्यानल पुनः सञ्चालनमा आएका छन् । विदेशी टेलिभिजन च्यानल विज्ञापनरहित भएको करीब २ महिनापछि डिसहोम मिडिया प्रालिबाट प्रसारण हुने स्टार नेटवर्कअन्तर्गतका ३२ वटा च्यानल मङ्गलबारबाट पुनः सञ्चालनमा आएको हो । विदेशी ब्रोडकास्टरले तत्काल विज्ञापनरहित च्यानलहरु उपलब्ध गराउन नसकेका कारण प्रसारण अवरुद्ध भएका च्यानलहरु पुनः विज्ञापनरहित प्रसारणमा आएको डिसहोम मिडिया प्रालिले जनाएको छ । डिसहोम मिडिया प्रालिका प्रबन्ध निर्देशक सुदीप आचार्यका अनुुसार स्टार नेटवर्कअन्तर्गत स्टार प्लस, स्टार गोल्ड, स्टार भारत, स्टार मुभिज, स्टार गोल्ड, स्टार गोल्ड टु, स्टार गोल्ड सेलेक्ट, स्टार प्लस एसडी, स्टार उत्सभ मुभिजलगायत च्यानल विज्ञापनरहित प्रसारणमा आएका छन् । उनका अनुसार विदेशी ब्रोडकास...
गायक बिनोद दनुवारको ‘एक्का दुक्का चौका रे’ गितको भिडियो सार्बजनिक(भिडियो)

गायक बिनोद दनुवारको ‘एक्का दुक्का चौका रे’ गितको भिडियो सार्बजनिक(भिडियो)

मनोरन्जन, समाचार
काठमाडौं ३० मंसिर आईएमई लोक स्टारका ‘सेकेण्ड रनरअप’ तथा उदयपुरे गायक बिनोद दनुवारको ‘एक्का दुक्का चौका रे’ गितको भिडियो सार्बजनिक भएको छ । बुधबार उदयपुरको त्रियुगा नगरपालिका – ७ चुहाडे स्थित आदिम बाल संगित तथा नृत्य पाठशालाको सभाहलमा एक कार्यक्रमको आयोजना गर्दै उनले भिडियो सार्बजनिक गरेका हुन् । उदयपुरका बिभिन्न स्थानमा छायांकन गरिएको सो भिडियामा निशान लिम्बु र झरना राईको मुख्य अभिनय रहेको छ । https://youtu.be/xUvJU4xzrgg बिनोद दनुवार र सपना कट्टेलले गाएको सो गितको शब्द सैन्ध्वज दनुवार र एरेन्ज÷मिक्सिङ पुस्कर सुनुवारको रहेको छ । आदिम बाल संगित तथा नृत्य पाठशालाको ब्यानरमा निमार्ण भएको सो गित मेलोडी नेपाल अनामनगरमा रेकर्ड गरिएको हो । गितमा संगित गायक बिनोद दनुवारले नै दिएका छन् । गितको अफिसियल भिडियो गायक दनुवारको युटुब च्याननलबाट बुधबार सार्बजनिक गरिएको छ । ...
‘ओसिस मिस एण्ड मिसेज कर्भि नेपाल २०२०’ हुदै,विजेताले नगद १ लाख पाउने

‘ओसिस मिस एण्ड मिसेज कर्भि नेपाल २०२०’ हुदै,विजेताले नगद १ लाख पाउने

मनोरन्जन, समाचार
काठमाण्डौमा 'ओसिस मिस एण्ड मिसेज कर्भि नेपाल २०२०' भव्य आयोजना हुने भएको छ ।प्लस साईज तथा आफ्नो शारिरीक मोटोपनका कारण आफुमा यथेष्ट प्रतिभा भएर पनि प्रस्फुटन गर्न असमर्थ भएका बिवाहित तथा अबिवाहित महिलाहरुका लागी ड्रिम्स ईन्टरटेनमेन्ट तथा मृगतृष्णा फेशन हाउसको संयुक्त आयोजनामा नेपालमै पहिलो पटक ओसिस मिस एण्ड मिसेस कर्भि नेपालको आयोजना हुन लागेको हो । मोटोपनका कारण समाजमा क्षमताका बावजुद अवसरबाट वन्चित ईच्छुक महिलाहरुका लागी प्रोत्साहन गर्ने तथा उनीहरुको क्षमतालाइ अभिवृद्धि गरी लुकेका प्रतिभा प्रस्फुटन गराउन यस कार्यक्रमको उद्देश्य रहेको आयोजक तथा नेपालकै पहिलो प्लस साईज मोडल तथा मिस स्माईल टप अफ द वल्र्ड प्लस साईज २०१८ सपना राईले जानकारी दिईन । प्रतियोगीता मा सहभागी हुनका लागि ईच्छुकहरुका लागी केहि प्रावधान तोकिएको छ जस अनुसार १६ वर्षदेखि ४५ वर्षको हुनुपर्नेछ भने शारिरिक तौल ५० केजीभन...
सिनेमा हलले ९ महिनामा करिब पाँच अर्ब गुमाए

सिनेमा हलले ९ महिनामा करिब पाँच अर्ब गुमाए

मनोरन्जन, समाचार
कोरोनाका कारण चलचित्र उद्योग ठप्प भएको ९ महिना बितेको छ । सिनेमा हलले ९ महिनामा करिब पाँच अर्ब गुमाएका छन् । कोभिडका कारण चैत ११ गतेभन्दा अगावै बन्दै भएको चलचित्र उद्योग अहिलेसम्म खुल्न नसक्दा छायांकन सकिएर रिलिज हुन ठिक्क परेका २२ वटा चलचित्रमा भएको करिब १ अर्ब लगानी होल्ड भएको हो । चलचित्र उद्योगमा लगानी भएको एक अर्ब रुपैयाँ होल्ड भएको छ भने नयाँ लगानीका लागि तयार भएका चलचित्र निर्माण कार्य अघि बढ्न नसकेको नेपाल चलचित्र विकास बोर्डका अध्यक्ष दयाराम दाहालले बताएका छन् ।  ‘कोभिड अगाडि नै छायांकन सकिएर रिलिजका लागि तयार भएका करिब २०/२२ वटा चलचित्र थन्किएका छन्,’ उनले भने ‘यसको लगानी त होल्ड भयो नै यसका साथै छायांकन कै क्रममा रहेका १५ वटा चलचित्र पनि पुरा हुन सकेका छैन । यसका साथै छायांकनमा जान तयारी भएर बसेका २० वटा चलचित्र पनि त्यतिकै थन्किएको उनले बताए । समग्रमा करिब ६० वटा चलचित...
लघु चलचित्र ‘निम्तो’ सार्वजनिक (भिडियो)

लघु चलचित्र ‘निम्तो’ सार्वजनिक (भिडियो)

मनोरन्जन, समाचार
लघु चलचित्र ‘निम्तो’ सार्वजनिक भएको छ । गोल्डेन ड्रिम्स इन्टरटेनमेन्ट प्रा.लि.को प्रस्तुति तथा निर्माता गणेश सुवेदीले निर्माण रहेको ‘निम्तो’ सार्वजनिक भएको हो । चेतनाथ दंगालको निर्देशन रहेको सार्वजनिक चलचित्रमा कोरोना भाइरस (कोभिड-१९)का कारण हलसम्म जान नपाएका दर्शकहरूलाई लक्षितगरी युट्युव मार्फत सार्वजनिक गरिएको निर्माता सुवेदीले बताउँनुभयो । https://youtu.be/JStBoWKqADY साहित्यकार तथा समाजसेवी राधा भण्डारीको कथा, भूमिकला पौडेल तथा अपराजिता सुवेदी सहनिर्माता रहेको सार्वजनिक चलचित्रमा नायक दिनेश केसी, नायिका तुलसा पहाडी र बाल कलाकार पुनम केसीलगायतको अभिनय छ । तिलक गौतमको छायाँकन, जीवनराम टण्डनको सम्पादन, सम्राट थापाको पाश्र्व सङ्गीत, गणेश सुवेदीको पटकथा÷सम्वाद रहेको चलचित्र प्रेममय जीवन बाँच्न चाहनेहरूको प्रतिनिधी चलचित्र रहेको छ । लामो अन्योलकाबीच आफ्ना दर्शकलाई राम्रो वि...
मन्दिरा श्रेष्ठ बनिन् ग्लोकल टीन हिरो २०२०

मन्दिरा श्रेष्ठ बनिन् ग्लोकल टीन हिरो २०२०

मनोरन्जन, समाचार
 वाई वाई ग्लोकल अन्तर्राष्ट्रिय टिन सम्मेलन २०२० सम्पन्न भएकाे छन् । भब्य र सभ्य रुपमा ग्लोकल प्रा. लि. द्वारा आयोजित “ग्लोकल टीन हिरो २०२०” को उपाधि रामेछापकी मन्दिरा श्रेष्ठले जित्न सफल भएकी छन्। किशोर किशोरीहरुमा भएको प्रेरणा र उत्साहलाई प्रस्फुटन गरी उनीहरुले समाजमा गरेको प्रभावकारी कार्यलाई कदर र अरुमाझ चिनाउने कार्यक्रम “वाई वाई ग्लोकल टिन हिरो” नेपालको यो छैठौं संस्करण हो। अनलाईन कार्यक्रमकाबिच आज ग्लोकल टीन हिरो नेपाल, २०२० को घोषणा गरिएको हो। भर्चुअल कार्यक्रममा श्रम, रोजगार र सामाजिक सुरक्षा मन्त्रालय, रामेश्वर रे यादबले बिजेताको घोषणा गरेको हो । शिक्षा, उद्यमशीलता, कूटनीति, एवम अन्य विविध क्षेत्रका ब्यक्तित्वहरुको उपस्थितिमा यो कार्यक्रम सञ्चालन गरिएको थियो । वाई वाई ग्लोकल टिन हिरोका अन्तिम ६ प्रतिस्पर्धी: एकराज घिमिरे, वातावरणविद् मन्दिरा श्रेष्ठ, स्वास्थ्य अभिय...
गीतकार लोकराज अधिकारीले ल्याए ‘क्या बात’ (भिडियो सहित)

गीतकार लोकराज अधिकारीले ल्याए ‘क्या बात’ (भिडियो सहित)

मनोरन्जन, समाचार
नेपाली गीती लेखनमा नाम कमाएका गीतकार लोकराज अधिकारीले नयाँ गीत क्या बात ! को भिडियो सार्बजनिक गरेका छन । सार्बजनिक भएको गीतमा सरोज कोइरालाको संगीत वर्षा दासको स्वर रहेको छ । मेल भर्सनमा नरेन्द्र प्यासीको स्वर सुन्न सकिन्छ । मेल भर्सनको भिडियो भने केही समय पछि बनाउने योजना क्या ! बात टिमको छ । गीतकार अधिकारीले आफ्नै युट्युब च्यानल बाट सार्बजनिक गरेको भिडियोमा श्रीदेब भट्टराई , शिलास्मा हमाल, आश्मा अधिकारी र डा. रोजिना अधिकारीको अभिनय रहेको छ । https://www.youtube.com/watch?v=ruqrkLO8QOk&feature=youtu.be&fbclid=IwAR1nzlVfR6WW4f94WmACjfo4hK0OJjAZ7LK3xx4pqMLSV9XZ4ZpBjDqF6ls बिकाश दाहालले सम्पादन गरेको भिडियोलाई अजय रेग्मी ले खिचेका हुन भने निर्देशन हेम प्रभासले गरेका हुन । लिला डागीको प्रस्तुति रहेको उक्त गीतको संगीत संयोजन गोबिन्द मधुर आचार्यले रेकर्डिङ मिक्सिङ सन्तोष पौडेलले...